समाचार
नेपालको आफ्नै कार्ड नेपालपे कार्ड सार्वजनिक, के के छन् सुविधा ?
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपालको आफ्नै कार्ड नेपालपे कार्ड सार्वजनिक गरेको हो । नेशनल पेमेन्ट स्वीच - नेशनल कार्ड स्वीच (एनपीएस – एनसीएस) र डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) औपचारिक रूपमा सार्वजनिक भएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार नेपाल पे कार्डको पूर्वाधार स्थापना र प्राविधिक रूपमा तयार भएको घोषणा गरेको थिए । नेशनल पेमेन्ट स्वीच - नेशनल कार्ड स्वीच/नेपालपे कार्डको लागि नेपाल राष्ट्र बैंकबाट एनसीएचएलले हालै प्राप्त गरेको अन्तिम स्वीकृति पाएको थियो ।
कार्यक्रममा नेपालपे कार्डबाट गभर्नर अधिकारीले पहिलो कारोबार समेत गरेका थिए । यस क्रममा हिमालयन बैंकले जारी गरेको नेपालपे कार्ड प्रयोग गरी माछापुच्छ्रे बैंकको प्वाइन्ट अफ सेल (POS) टर्मिनल र सिद्धार्थ बैंकको एटीएममा सफल कारोबार गरिएको थियो ।
एनपीएसको पूर्वाधारको एक महत्वपूर्ण हिस्सा अन्तर्गत, एनसीएचएलले राष्ट्रिय कार्ड स्विच, केन्द्रीकृत निवारण तथा विवाद व्यवस्थापन प्रणाली, कृत्रिम बुद्धिमत्ता/मेसिन लर्निङ (AI/ML) आधारित ठगी तथा जोखिम व्यवस्थापन प्रणाली र नेपालपे घरेलु कार्ड योजना लागू गरेको छ ।
यो एनपीएस कार्यान्वयनको अन्तिम चरण हो, जसअन्तर्गत यसअघि २०२१ नोभेम्बरदेखि रिटेल पेमेन्ट स्विच (RPS) र अन्तरदेशीय अन्तरफेस (NPIx) कार्यान्वयन भइसकेका छन् । एनपीएस-एनसीएस र नेपालपे कार्डको तयारी पूरा भएसँगै, सहभागी बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई), पीएसओ र पीएसपीहरूले अब आफ्ना प्रणालीहरूलाई नेपालपे कार्ड जारी गर्न र कारोबार सहज बनाउन एकीकृत गर्न सक्नेछन् । बैं
कहरूको संलग्नतालाई अगाडि बढाउन एनसीएचएल र विभिन्न बैंक तथा वित्तीय संस्थाहरू बीच ‘प्रिन्सिपल मेम्बरशिप’ सम्झौता आदानप्रदान गरिएको छ । सम्झौतामा सहभागी हुने संस्थाहरूमा सिटिजन्स बैंक इन्टरनेशनल, गुडविल फाइनान्स, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, शांग्री-ला डेभलपमेन्ट बैंक, र सिद्धार्थ बैंक रहेका छन् ।
एनसीएचएलले ११ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई अन्तर्राष्ट्रिय कार्ड योजनाहरू सञ्चालन गर्न मद्दत गर्दै आएको आफ्नो इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (EFT) स्विचलाई अब नेपालपे कार्डलाई स्वीकृत गर्न तयार रहेको घोषणा गरिएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालपे नेटवर्कमा आबद्ध गराउन थप प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।
एनपीएस-एनसीएसको कार्यान्वयनबाट घरेलु कार्ड कारोबारलाई अन्तरसञ्चालित बनाउने, लागत घटाउने, डेटा स्थानीयकरण लागू गर्ने, र डिजिटल भुक्तानी प्रणालीमा नवीनता ल्याउने लक्ष्य राखिएको छ । नेपालपे कार्ड EMV चिप प्रविधिमा आधारित छ र यसलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य बनाउन एक अन्तर्राष्ट्रिय कार्ड नेटवर्कसँग सहकार्य गरिएको छ ।
नेपालपे कार्ड योजना अन्तर्गत, सहभागी बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) र भुक्तानी सेवा प्रदायक (पीएसपी)हरूले यसलाई प्रिन्सिपल वा एसोसिएट सदस्यका रूपमा जारी गर्नेछन् । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)हरूले तेस्रो पक्ष भुक्तानी प्रशोधनकर्ता (TPP) का रूपमा कार्ड प्रणाली निर्माण गर्नेछन् । नेपालपे कार्डलाई ग्राहकहरूले पीओएस टर्मिनल, एटीएम र भविष्यमा ई-कमर्स कारोबार तथा भर्चुअल कार्डका रूपमा प्रयोग गर्न सक्नेछन् ।
समाचार
ज्योति विकास बैंकले दियो सुदूरपश्चिमका ४ अस्पताललाई बेबी वार्मर
ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले देश…
ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफर्मेसन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी
ग्लोबल आईएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडेल अगाडि बढाउन …
एलन मस्ककै एआई कम्पनी एक्सएआईले किन्यो एक्स
एलन मस्कको एआई कम्पनी एक्स एआईले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) खरिद गरेको छ । एक्स र एक्स एआई दुवैका मालिक एलन मस्क हुन् ।…
एनसेल एनएसएल सिजन ३ सुरू
नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग ९एनएसएल० सिजन ३’ भव्य उद्घाटन समारो…
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ ।
मायाको पहिचान नेपालका कार्य…
जेनरेटिभ एआई सर्चको उदय: के पारम्परिक सर्च इन्जिनको युग समाप्त हुँदैछ ?
हामी यात्रा सुझावदेखि तौल कम गर्ने तरिकासम्म जान्न गुगलको सहायता लिन्छौं । कुनै वेबसाइट, फेसबुक वा युट्युबमा लग–इन…
काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन
दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा …
ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल
यही शनिबारदेखि सुरु हुन गईरहेको बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा सहभागी रहेको ललितपुर सिटी एफसीलाई एनसेलले ‘पावर्ड बाई&rsq…
एसईई दिएपछि सवारी साधन नपाएर घर फर्किन समस्या भएमा काठमाडौं महानगरले पुर्याइदिने
सवारी साधन नपाएर एसईई दिएपछि घर फर्किन समस्या भएमा काठमाडौं महानगरपालिकाले घरसम्म पुर्याइदिने भएको छ ।
सिटिटेकको गेट पे प्लेटफर्ममा माछापुच्छ्रे बैंक र एनसीएचएलको सहकार्य
सिटिटेक ग्रुप प्रालिले नेपालको पहिलो एकीकृत भुक्तानी संयोजन प्रणाली तथा व्यवसायी व्यवस्थापन सफ्टवेयर गेटेपेलाई नेपाल क्लियरिङ हा…
राष्ट्र बैंकले स्थापना गर्यो डिजिटल फाइनान्स इन्नोभेसन हब
नेपाल राष्ट्र बैंकले डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना गरेको छ । राष्ट्र बैंकले वित्तीय नवप्रवर्तनलाई उत्प्रेरित गर्ने उद्देश्यले ह…
ग्लोबल कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई ऐतिहासिक सफलता
दुरशिक्षा एजुकेशन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा भएको ‘इन्टरनेसनल कोडिङ…
सिग्नल एप विवादमा, ट्रम्प प्रशासनको त्रुटिका कारण उठ्यो विवाद
म्यासेजिङ एप सिग्नल फेरि एक पटक चर्चामा आएको छ । यसपटक यो एप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको एक गल्तीका कारण चर्चामा छ…
स्थापनाको दोस्रो वर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
वि. सं. २०७९ साउन १८ गते संघिय संसदबाट पारित भएको ऐनमार्फत स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्नो स्…
अनुसन्धानका लागि युवा वैज्ञानिकहरूलाई नास्टले दियो १२ लाखसम्म अनुदान, क-कसले पाए ?
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्न (नास्ट) ले ‘युवा वैज्ञानिकहरुको लागि अनुसन्धान सहयोग’ कार्यक्रम अन्तर्गत १२ ल…