समाचार
नेपाल भित्रियो सनलङले इलेक्ट्रिक कार्गो पिकअप, के के छन् सुविधा ?
सनलङले इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्र्याएको छ । ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको छ । जसअनुसार कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापन गरेर सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक गरेको हो ।
सनलङ ईभीयू-३ मा ७० किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ । यसलाई एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।
सनलङ ईभीयू-३ को लम्वाई ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्वीलवेस ३०५० एमएम रहेको छ । यसको कार्गोको स्पेसको लम्वाई ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाई ३३० एमएम छ । यसको १.४ टन लोडिङ क्षमता रहेको छ ।
यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टासम्म छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टि दिने बताएको छ ।
ब्लू कर्पोरेशनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कम्पनीले निकट भविष्यमै कमर्शियल भ्यानसमेत ल्याउने तयारी थालेको छ । कम्पनीसँग १२ सिटे, १४ सिटे, १९ सिटे भ्यान उपलब्ध हुने बताइएको छ ।
समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा रोकियो सामाजिक सुरक्षा भत्ता, वृद्धवृद्धालाई सास्ती
मुगुको खत्याड गाउँपालिका–७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । उनान्सत्तरी …
ई-गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड
नेपाल सरकारको ई-गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (
विश्वकै चर्चित प्रविधि कम्पनीमध्ये एक एप्पलको सुरुवात भएका कम्प्युटरमध्ये एक भिन्टेज एप्पल–१ कम्प्युटर हालै ३७५,००० अमेरिकी डल…
भिन्टेज एप्पल १ कम्प्युटर ३ लाख ७५ हजार डलरमा लिलाम, स्टिभ जब्सका अन्य दुर्लभ सामग्रीहरू पनि बिक्री
सन् २०२६ मा फोल्डेबल आइफोन लन्च हुने, आइफोन १७ एअरबाट लिनेछ प्रेरणा
एप्पलले धेरै समयदेखि आफ्नो ४–मोडल आइफोन श्रृंखला जारी राख्दै आएको छ, तर २०२५ देखि यसमा परिवर्तन देख्न सकिन्छ । रिपोर्टहरू…
बनेपामा थर्ड पार्टी लजिस्टिक वेयरहाउस बनाउँदै उपाय, लागत १२० करोड
लजिस्टिक कम्पनी उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स (थ्रीपीएल) वेयरहाउस व्यवसाय विस्तार गर्ने घोषणा गरेको छ । उपायको नयाँ वेयरहाउस…
इटालियन पत्रिकाले विश्वमै पहिलो पटक प्रकाशन गर्यो पूर्ण रूपमा एआईले तयार गरेको संस्करण
इटालियन पत्रिका इल फोलियोले पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा तयार गरिएको संस्करण प्रकाशित गरेको छ । पूर्ण रूपमा एआईब…
फोटोनले बिक्री गर्यो १ करोड युनिट सवारी साधन
विश्वव्यापी व्यावसायिक सवारी साधन निर्माता फोटोनले १ करोड युनिट बिक्री गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस उपलब्धिले फोटोन…
टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजनको अफिसियल इन्टरटेनमेन्ट पार्टनर
टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ ।…
ट्विटरको चर्चित ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री
ट्विटरको चर्चित ब्लू बर्ड लोगो आरआर अक्सनमा ३४ हजार ३७५ डलरमा बिक्री भएको छ । एलन मस्क ट्विटर (अहिलेको एक्स) को मालिक बनेर …
ईसेवा मनी ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता
नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरू…
जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै, शंकर ग्रुपसँग सहकार्य
ग्लोबल टेक जायन्ट जेडटीई नेपालमा पुनः प्रवेश गर्ने तयारी गर्दैछ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भए…
नेपालमा ग्रीन हाइड्रोजनको सफल परीक्षण गर्ने थापालाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान
ग्रीन हाइड्रोजनको अनुसन्धान र उत्पादनमा क्रियाशिल काठमाडौंको विश्वविद्यालयका एशोशिएट प्राध्यापक डा. विराज सिंह थापाले प्रधानमन्त्री…
एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा एक्सेस वर्ल्ड र एआई एसोसिएसनबीच छलफल
एक्सेस वर्ल्ड टेक (एडब्लुटी) र एआई एसोसिएसन अफ नेपालबीच एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
…२१ शिक्षक तथा शिक्षिकाहरूलाई नासोद्वारा गतिशील मानव सौर्य मण्डल सम्बन्धि तालिम प्रदान
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंको नासा कलेजमा सम्पन्न गरेको छ । नेपाल तथा …
एनसेल नेपाल सुपर लिगको लाइभ हिमालय टिभीबाट हेर्न पाइने
देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको आधिकारिक प्रसारण साझेदारको र…