कीवर्डहरू -

समाचार

सुरक्षित इन्टरनेट दिवसको अवसरमा देशभर जनचेतनाका कार्यक्रम सञ्चालन

अनलाइन बाल सुरक्षामा कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद् र ५० भन्दा बढी सहकर्मी संस्थाहरुकासंगको सहकार्यमा सुरक्षित इन्टरनेट दिवस २०२५ को अवसरमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरेको छ ।

यी संस्थाहरुले बालबालिका, युवा र समुदायलाई सुरक्षित इन्टरनेट प्रयोग र अनलाइन जोखिमहरूबाट जोगिने उपायहरू सिकाउन देशका विभिन्न स्थानमा डिजिटल सुरक्षा कार्यक्रमहरू सञ्चालन गरेका थिए।

सन् २०१९ देखि, चाइल्डस्फनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको राष्ट्रिय सचिवालय र संयोजकको रूपमा कार्य गर्दै यस दिवसको प्रवर्द्धन गर्दै आएको छ । यस वर्ष, ५० भन्दा बढी संस्थाहरूले सुरक्षित इन्टरनेट दिवस मनाउन चाइल्डसेफनेटसंग ऐक्यवद्धता गरेका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, सुनसरी, मोरङ, तनहुँ, कास्की, नवलपरासी, अछाम, र बाजुरा जिल्लाहरूमा अनलाइन सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरि यस वर्ष सुरक्षित इन्टरनेट दिवस मनाइये ।साथै, आगामी दिनहरूमा थप जिल्लाहरूमा पनि कार्यक्रमहरू गरिने जानकारी सहकर्मी संस्थाहरुले दिएका छन् ।

अनलाइन बाल सुरक्षामा जिम्मेवार निकायहरुबाट पर्याप्त काम नभएको जानकारी दिँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले सुरक्षित इन्टरनेट दिवसले अनलाइन सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने बताए ।

null

यसै क्रममा चाइल्डसेफनेटले राष्ट्रिय बाल अधिकार परिषद्संग सहकार्य गर्दै इलेन मेमोरियल स्कूल, सीतापाइला, काठमाडौँमा २०८१ माघ २९ गते अनलाइन बाल सुरक्षाबारे एक सार्वजनिक जनचेतना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरूले नृत्य, गीत, र नाटक प्रस्तुत गरी सुरक्षित इन्टरनेट प्रयोग सम्बन्धी सन्देशहरू प्रभावकारी रूपमा प्रस्तुत गरे। कार्यक्रममा  साइबर सुरक्षा हाज़िरी जवाफ पनि संचालन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रा देवी ढकालले बालबालिकाको डिजिटल सुरक्षाको महत्त्वबारे प्रकाश पार्दै नेपालका बालबालिकालाई अनलाइन जोखिमहरूबाट सुरक्षित राख्न पहल गरिरहेको बताए ।

अइलेन मेमोरियल स्कूलका कार्यकारी निर्देशक सपना तुलाधरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्कूलका संस्थापक तथा नेपालका आईटी क्षेत्रका अगुवा एलन तुलाधरले विद्यार्थीहरूलाई डिजिटल प्रविधिको सकारात्मक र सुरक्षित प्रयोग गर्न प्रेरित गरे । कार्यक्रममा ३०० भन्दा बढी विद्यार्थी, शिक्षक, नागार्जुन नगरपालिकाका प्रतिनिधिहरू र प्याबसनका सदस्यहरूको सहभागिता रहेको थियो।

यसै गरि देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमहरू संचालन गरि सुरक्षित इन्टरनेट दिवस मनाइएको छ । ललितपुरको रातो बंगला स्कूलमा माघ २८ गते यस संस्थाले एक अन्तरक्रियात्मक बाल अनलाइन सुरक्षा सचेतना कार्यक्रम संचालन गरेको थियो, जसमा कक्षा ५, ६, र ७ का २०६ विद्यार्थी (११९ छात्रा र ८७ छात्र) सहभागी थिए ।

ट्रिपल एच र चाइल्डसेफनेटले अछाम, बाजुरा, काभ्रे, र रामेछाप मा एक महिना भित्र ३० वटा भन्दा बढी तालिम  सम्पन्न गरेका छन् । धरानमा सुनाखरी एकेडेमील् डिजिटल सुरक्षाबारे निबन्ध प्रतियोगिता संचालन गरिएको थियो । धरानकै शारदा बालिका नमुना माविले अनलाइन सुरक्षा सचेतना र्यालीको आयोजना गरेको थियो, जसमा विद्यार्थी (छात्राहरू), शिक्षक, र अभिभावकहरू समेत ३५० भन्दा बढीले भाग लिएका थिए ।

यसैगरि पोखरामा कृष्ण माविले अनलाइन सुरक्षा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो भने पोखरामा नै सामाजिक पब्लिक स्कूलद्वारा चित्रकला प्रतियोगिता संचालन गरेका थिए । साथै, नवलपरासीमा वेदः सिर्जनशील संस्थाद्वारा बालबालिकाका लागि इन्टरनेट सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

त्यसै गरि, बन्दीपुरमा दीपशिखा स्कुलद्वारा अनलाइन सुरक्षा तालिम र सचेतना गतिविधिहरू आयोजना भइरहेका छन् । यसै क्रममा मोरङ, बेलबारीमा श्री लक्ष्मी माविद्वारा वादविवाद प्रतियोगिता संचालन भएको थियो ।

समाचार

एससीटीको २३औ वार्षिक साधारण सभा सम्पन्न

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले आफ्नो २३औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा आर्थिक वर्ष २०८०÷०८१ को…

इसेवामा भएको पैसा एनआईसी एशिया बैंकको एटीएमबाट कसरी झिक्ने ?

ईसेवा मोबाइल वालेटले एटीएम ‘विथड्र’ सेवा विस्तार गरेको छ । यो सेवाअनुसार प्रयोगकर्ताहरूले एनआईसी एशिया बैंकको ए…

ओपनएआई खरिद गर्छु भन्दा मस्कलाई उल्टै एक्स किन्ने अल्टम्यानको प्रस्ताव

ओपनएआई खरिद गर्छु भन्दा एलन मस्कलाई स्याम अल्टम्यानले उल्टै एक्स किन्ने प्रस्ताव गरेका छन् । मस्कले ओपनएआईलाई&nb…

सबैभन्दा छिटो चार्ज हुने पाँच स्मार्टफोन

स्मार्टफोन हाम्रो दैनिक जीवनशैलीको आवश्यक हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा, यसको बिना एक क्षण पनि कल्पना गर्न कठिन हुन्छ ।

एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ सम्पन्न

सूचना तथा सञ्चार प्रविधिको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ भव्यताका साथ स…

सलिको र इनड्राइभबीच सम्झौता, अब प्रयोगकर्तालाई ८ लाखसम्मको दुर्घटना बीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेड र इनड्राइभ नेपालबीच दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।

ओपन एआई खरिद गर्ने एलन मस्कको इच्छा, बोर्डमा पुग्यो ९७.४ अर्ब डलरको प्रस्ताव

एलन मस्कले ओपन एआई खरिद गर्ने इच्छा देखाएका छन् । ओपन एआईलाई खरिद गर्न मस्कले ९७.४ अर्ब डलरको प्रस्ताव गरेका हुन् । 

अब औंला बिनानै आईफोन प्रयोग गर्न सकिने, एप्पलको नयाँ आँखा ट्र्याकिङ प्रविधि

यदि औंलाहरूले ष्एजयलभ प्रयोग गर्दा तपाईं दिक्क हुनुभएको छ भने, आईओएस १८ अपडेटले प्रयोगकर्ताहरूलाई मात्र आँखाको इसाराले नै डिभा…

बालबालिकाको अनलाइन सुरक्षा तथा सुरक्षित इन्टरनेट सेवा सम्बन्धी वेबिनार हुँदै

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र नेपाल दूरसञ्चार प्र…

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटो पत्रकार समूहका सदस्यलाई क्यामेरा खरिदका लागि कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपल…

भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो

राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्…

शैलेन्द्र राज गिरीको अध्यक्षतामा एआई एशोशिएसन नेपाल गठन

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एशोशिएसन नेपाल गठन भएको छ । मेरो जबका संस्थापक शैलेन्द्र राज गिरीको अध्यक्षतामा एआई एशोशिएसन नेप…

नेपालमा सुरक्षित इन्टरनेट दिवस २०८१ मनाइँदै, अनलाइन ठगी र सुरक्षा प्रमुख एजेन्डा

विश्वभरका १७० भन्दा बढी मुलुकमा आगामी माघ २९ गते मंगलबारका दिन सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ। नेपालमा सन् २०१९ देखि यस दिव…

२८ लोकप्रिय एप्समा खतरनाक ‘स्पार्ककैट’ भाइरस, व्यक्तिगत डेटा जोखिममा

स्पार्ककैट नामक एक खतरनाक भाइरसले २८ लोकप्रिय एप्समा प्रवेश गरिसकेको छ । यसको कारणले गर्दा व्यक्तिगत तथा वित्तीय डाटाका लागि ठूल…

बालबालिकाको अनलाइन सुरक्षाका लागि वेबिनार: सुरक्षित इन्टरनेट दिवस २०२५ मनाइने

नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय बाल अधिकार परिषद्, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि म…