समाचार
इन्स्टाग्राम ब्लेण्ड: साथीहरूसँग सेयर गर्न मिल्ने कस्टमाइज्ड रील फिड फिचर सार्वजनिक
इन्स्टाग्रामले प्रयोगकर्ताहरूका लागि नयाँ सामाजिक फिचर “ब्लेण्ड“ सार्वजनिक गरेको छ ।
यो फिचरले रील फिडलाई व्यक्तिगत बनाउने विकल्प दिन्छ, जसलाई प्रयोगकर्ताले आफ्ना साथीहरूसँग साझा गर्न सक्छन् । इन्स्टाग्राम ब्लेण्ड फिचर विश्वभरि रोल आउट भइरहेको छ । यसको उद्देश्य रील्सलाई पहिलेभन्दा धेरै खोजयोग्य बनाउनु हो, जसले गर्दा प्रयोगकर्ताहरूले रमाइलो कन्टेन्ट अझ बढी मज्जा लिएर हेर्न सकून् ।
के हो इन्स्टाग्राम ब्लेण्ड फिचर?
ब्लेण्ड फिचरले प्रयोगकर्तालाई कस्टमाइज्ड रील फिड बनाउन दिनेछ, जस मार्फत प्रयोगकर्ताले साथी वा समूहसँग सेयर गर्न सक्नेछन् । प्रयोगकर्ताले जतिसुकै ब्लेण्ड फिड तयार गर्न सक्छन्, जुन छुट्टाछुट्टै रुचि र ग्रुपको हेर्ने बानीका आधारमा कन्टेन्ट देखाउनेछ । यसमा कन्टेन्ट हरेक दिन अपडेट हुनेछ, जसले गर्दा हरेक पटक चेक इन गर्दा प्रयोगकर्ताले आकर्षक अनुभव प्राप्त गर्नेछन् ।
ब्लेण्डमा प्रयोगकर्ता केवल इन्भाइटको माध्यमबाट मात्र जोडिन सक्छन् । यसको लागि प्रयोगकर्ताले डायरेक्ट म्यासेज गर्नुपर्ने हुन्छ । त्यसपछि उनीहरूले ब्लेण्ड रिक्वेस्ट पठाउन सक्छन्, जुन अर्काे प्रयोगकर्ताले स्वीकृत गर्नुपर्ने हुन्छ । एकपटक ब्लेण्ड स्वीकृत भएपछिमात्र यो च्याटमा सक्रिय हुन्छ ।
कसरी बनाउने ब्लेण्ड फिड?
स्टेप १ – सबैभन्दा पहिले एक–एक जनाको वा ग्रुप डिएम च्याट खोल्नुहोस् ।
स्टेप २ – अब च्याट स्क्रिनमा देखिने नयाँ ब्लेण्ड आइकनमा ट्याप गर्नुहोस् ।
स्टेप ३ – यहाँ इन्भाईटमा क्लिक गरी ब्लेण्ड इन्भाइट पठाउनुहोस् ।
स्टेप ४ – ब्लेण्ड फिड तब मात्रै सुरू हुनेछ जब कुनै एक सदस्यले रिक्वेस्ट एक्सेप्ट गर्नेछ ।
स्टेप ५ – ब्लेण्ड मा ट्याप गरेर तपाईं कहिल्यै पनि साझा फिडमा जान सक्नुहुन्छ ।
इन्स्टाग्राम ब्लेण्ड फिड मा कन्टेन्ट हरेक दिन अपडेट हुनेछ । प्रयोगकर्ताले जति पटक यो फिड हेर्छन्, उति पटक उनीहरूको मनपर्ने आधारमा नयाँ रील्स देख्न पाउनेछन् । समूहमा कुनै पनि रीलमा रिएक्ट वा लाइक गर्दा सबै सदस्यलाई सूचना प्राप्त हुनेछ ।
इन्स्टाग्राम ब्लेण्डको यो नयाँ फिचर संगीत स्ट्रिमिङ एप स्पटीफाईको ब्लेण्ड फिचरबाट प्रेरित हो । स्पटीफाईमा प्रयोगकर्ताले आफ्ना साथी वा परिवारसँग प्लेलिस्ट साझा गर्न सक्छन्, जुन उनीहरूको संगीत प्राथमिकताअनुसार हरेक दिन अपडेट हुन्छ । त्यस्तै गरी, इन्स्टाग्राम ब्लेण्ड फिड पनि हरेक दिन रिफ्रेश हुनेछ, ताकि प्रयोगकर्ताले हरेक दिन आफ्ना फिडमा नयाँ रील्स पाउन सकून् ।
समाचार
नेपाल प्रहरीको वेबसाइटमा समस्या
प्राविधिक समस्याका कारण नेपाल प्रहरीको वेबसाइट र अनलाइन प्रणालीमा नेपाल प्रहरीको वेबसाइटदेखिएको छ ।
रबर जस्तै मोड्न सकिने ब्याट्रीको विकास: ६० प्रतिशत पानी, लचिलो संरचना र आफैं मर्मत गर्ने क्षमता
ब्याट्री सधैंदेखि एक कडा वस्तु मानिँदै आएको छ चाहे त्यो घडीमा लाग्ने ब्याट्री होस् वा स्मार्टफोनको । तर वैज्ञानिकहरूले यस परम्पराला…
गुगलको नयाँ सुरक्षा फिचर: तीन दिनसम्म प्रयोग नभएमा एन्ड्रोइड फोन आफैं रिस्टार्ट हुने
यदि तपाईंको फोन कुनै दिन अचानक आफैं रिस्टार्ट हुन्छ भने नआत्तिनुहोस् । हामी यस्तो किन भन्दैछौं भने, गुगलले एन्ड्रोइड प्रयोगकर्ताहर…
फेसबुक अब सामाजिक सञ्जाल होइन, ‘एआई-आधारित मनोरञ्जन प्लेटफर्म’ बनिसक्यो: मार्क जुकरबर्ग
के तपाईंलाई याद छ त्यो समय, जब फेसबुकमा लगइन गरेपछि साथीहरूको फोटो, परिवारका अपडेटहरू र बर्थडे विशहरूले भरिएको हुन्थ्यो? त्य…
वैशाख ९ र १० गते सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ हुँदै, डिजिटल इनिसिएटिभ्स पनि शोकेस हुने
वैशाख ९ र १० गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश …
एनसेलले ल्यायो नयाँ प्याकहरू, ३० रूपैयाँ भन्दा कममा नै दैनिक अनलिमिटेड भ्वाइस र डेटा सेवा
नेपालको अग्रणी दूरसञ्चार कम्पनी एनसेलले पहिलोपटक दिनको ३० रूपैयाँ भन्दा कममा नै अनलिमिटेड भ्वाइस र डेटा सेवा लिन सकिने प्याकह…
एआईले लियो स्टेयरिङ: ड्राइभरबिनाको कारले पार गर्यो सहरको ट्राफिक
भविष्यमा एआई हाम्रो जीवन र दैनिक कामको अभिन्न हिस्सा बन्नेछ । यसको सुरुवात भइसकेको छ । तपाईंको स्मार्टफोनले एआईलाई अँगाल्दैछ । …
इलेक्ट्रिक टूथब्रश: आधुनिक सुविधा वा अनावश्यक खर्च? जान्नुहोस् फाइदा र बेफाइदा
आजको समयमा दाँत सफा गर्नका लागि बजारमा म्यानुअल ब्रशसँगै इलेक्ट्रिक टूथब्रश पनि निकै लोकप्रिय बन्दै गएका छन् । धेरै ठूला ब्रान्डका इलेक्ट्रिक टूथब्रश बजारमा उपल…
ओपनएआईले ल्याउँदै एक्स-जस्तै एप, एआई र सोशल मिडिया भिडन्तको संकेत
ओपनएआई, जसले च्याटजीपीटी बनाएको हो, अब एउटा नयाँ र ठूलो कदम चाल्न तयारीमा रहेको छ । द भर्जको रिपोर्टअनुसार, ओपनएआईले आफैंले…
अमेरिकामै एआई चीप र सुपरकम्प्युटर बनाउने एनभिडियाको घोषणा
एनभिडियाले हालैको ट्यारिफको झमेलाबाट सिक्दै, अब आफ्ना एआई चिपहरू र सुपरकम्प्युटरहरू अमेरिका मै उत्पादन गर्ने घोषणा गरेको छ । क…
ह्वाट्सएपमा नयाँ 'ब्लर इमेज स्क्याम': एक क्लिकमा डाटा चोरीको खतरा
साइबर ठगीका नयाँ–नयाँ तरिका हरेक दिन बाहिर आइरहेका छन् । अहिले ह्वाट्सएपमा एउटा नयाँ स्क्याम देखिएको छ, जसलाई ’ब्…
दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला
दराजले दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंक…
के मार्क जुकरबर्गले ह्वाट्सएप र इन्स्टाग्राम बेच्नुपर्ने हुन सक्छ ?
दुनियाँको सबैभन्दा ठूलो सोशल मिडिया कम्पनी मेटालाई लिएर ठूलो खबर बाहिर आएको छ । अमेरिकामा चलिरहेको एन्टिट्रस्ट मुद्दाको सुनुव…
त्रिविका विद्यार्थीले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सक्ने
त्रिभुवन विश्वविद्यालयले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सकिने व्यवस्था पुनः सुरू गरेको छ । …
च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने
च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले च्याटजीपीटीको मेमोरीलाई धे…