कीवर्डहरू -

समाचार

एनसेलद्वारा ठाकुरापुर कपिलवस्तुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

एनसेलले प्रदेशस्तरमा संचालन भईरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए । 

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यस अघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ । 

“एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र हामीले समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधै प्रतिबद्घ रहेका छौं । यसै अनुरुप हामीहरुले सातै प्रदेशमा विभिन्न स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै विभिन्न सामाविक विकासका कार्यहरु गर्दै आएका छांै । हाम्रा परियोजनाहरुले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौं,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् । 

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत सातै प्रदेशमा विकास कार्यहरु कार्यन्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । 

एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अन्तर्गत अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०÷८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी रु ३२० खर्ब भन्दा बढी राजस्व तिरिसकेको छ ।
 

समाचार

हिरो बाईक तथा स्कुटर किन्दा नेटा भि इभी कार जित्ने अवसर

 सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । 

आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा, गूगल लेन्स जस्तै काम गर्ने

एप्पलले आईफोन १६ मा भिजुअल इन्टेलिजेन्स सुविधा ल्याएको छ । यसले गूगल लेन्स जस्तै काम गर्नेछ । 

परामर्श सेवाका लागि साइबर सुरक्षा कम्पनीहरूको रोस्टर तयार पार्दै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले सेक्युरिटी अडिटका लागि साइबर सुरक्षा कम्पनीहरूको रोस्टर (संक्षिप्त सूची) तयार पार्न लागेको छ । 

एप्पलको एयरपड्स ४ सार्वजनिक, ३० मिनेटमा पूर्ण चार्ज हुने

एप्पलले आफ्नो 'इट्स ग्लोटाइम’ इभेन्टमा एयरपड्सको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आईफोन १६ लञ्च गर्नुका साथै…

अहिले आईफोन १५ खरिद गर्दा हुनेछ फाइदा, जानौँ यस पछाडिको कारण

टेक कम्पनी एप्पलले हरेक वर्ष आफ्ना ग्राहकहरूका लागि नयाँ आईफोन लन्च गर्छ । सन् २०२४ मा एप्पल प्रयोगकर्ताहरूलाई आईफोन १६ सिरिजको प्र…

सीजीको दशैं, तिहार अफर, सामानहरू खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहार

सिजीले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । यस योजनामा सीजीका प्रत्…

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले गरिन पदभार ग्रहण, संस्थालाई थप उचाइमा लैजाने प्रतिवद्धता

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा नियुक्त संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छन् । <…

फेस तथा भ्वाइस डिपफेक पत्ता लगाउने टुलमाथि काम गर्दै युट्युब

फेस (अनुहार) तथा भ्वाइस (आवाज) डिपफेक पत्ता लगाउन युट्युबले नयाँ टुलमाथि काम गर्न थालेको छ । बिहीबार युट्युबले व्यक्तिको अनुहा…

युट्युबरले बनाए विश्वकै सबैभन्दा ठूलो आईफोन, कस्तो छ र के के काम गर्न सक्छ ?

युट्युबरले विश्वकै सबैभन्दा ठूलो आईफोन निर्माण गरेका छन् । युट्युबर अरुण मैनीले पूर्ण रूपमा काम गर्न सक्ने विश्वकै सबैभन्दा ठ…

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्जबीच सहकार्य

निओ मनि ट्रान्सफर र कुवेतको अलजमिल एक्सचेन्ज बिच सहकार्य भएको छ । सहकार्यसँगै कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपम…

सिटिजन्स बैंकका कर्मचारीलाई सुबिसुको इन्टरनेट जोड्दा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुबिसु केबल नेट बिच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भए…

नेपालमा चल्न थाल्यो टिकटक

नेपालमा टिकटक चल्न थालेको छ । यसअघि भदौ ६ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय ग…

नास आईटीको दोस्रो साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष कोइराला चयन

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) को दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।&…

दराजबाट बोट उत्पादन खरिद गर्दा ७० प्रतिशतसम्म छुट

भारतको नम्बर वान अडियो र वेयरेवल ब्राण्ड बोटले आफ्ना उत्पादनहरूमा ७० प्रतिशतसम्म छुट दिने भएको छ । भदौ २० देखि भदौ २६ गतेसम्म द…

५०औं दीक्षान्त समारोह आयोजना गर्दै त्रिवि, यसरी दिनुहोस् अनलाइन आवेदन

त्रिभुवन विश्वविद्यालयले ५०औं दीक्षान्त समारोहको अनलाइन फाराम खुलाएको छ । अनलाइन आवेदन फाराम भदौ २० गतेदेखि असोज २३ गतेसम्म ख…