कीवर्डहरू -

समाचार

सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारी कदमप्रति ११ संस्थाको चिन्ता

११ वटा नागरिक संस्थाहरूको साझा समूह डिजिटल फ्रिडम कोलिसनले सात दिने अल्टिमेटम दिएर सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने सरकारी मनसायप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

सामाजिक सञ्जाल प्लेटफर्महरू अभिव्यक्ति स्वतन्त्रतालाई बढावा दिने माध्यम भएको बताउँदै कोलिसनले यस्तो कदमले डिजिटल स्वतन्त्रतालाई गम्भीर रूपमा असर गर्ने चिन्ता व्यक्त हरेको हो । 

‘यस्ता कार्यहरूमा पारदर्शिता र सार्वजनिक परामर्शको अभाव छ, जसले स्वेच्छाचारी निर्णय प्रक्रियाको बारेमा गम्भीर खतराको घण्टी बजाएको छ र यस्तो कदमले डिजिटल स्वतन्त्रतालाई गम्भीर रूपमा असर गर्न सक्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नागरिकको अधिकारलाई असर गर्ने नियामक उपायहरूले संवैधानिक सिद्धान्त र लोकतान्त्रिक मान्यताहरूसँग अनुकूलता सुनिश्चित गर्दै विस्तृत विधायीकी परिक्षण हुनु जरुरी छ ।’

सामाजिक सञ्जालले नेपालको डिजिटल अर्थतन्त्रलाई अगाडि बढाउन, व्यक्तिहरूलाई सक्षम बनाउन र सीमान्तकृत समुदायहरूको आवाजलाई बुलन्द गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दै आएको कोलिसनको भनाइ छ । 

विज्ञप्तीमा अगाडि भनिएको छ, ‘यी प्लेटफर्महरूलाई प्रतिबन्ध लगाउने प्रयासले यी महत्त्वपूर्ण उपलब्धिहरूलाई जोखिममा पार्नेछ । सामाजिक सञ्जालमा गरिने यस्ता प्रतिबन्धात्मक कदमहरूले सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको दायरामा प्रतिकूल प्रभाव पार्दै प्रभावकारी लोकतन्त्रका आधारभूत मान्यतामा दीर्घकालीन नकारात्मक असर पार्नेछ। यी नियन्त्रणहरूले सञ्चार माध्यमहरुको दिगोपनलाई पनि खतरामा पार्छ, पत्रकारहरूलाई स्वतन्त्र रूपमा रिपोर्ट गर्न गाह्रो बनाउँछ र सेन्सरशिपको जोखिम बढाउँछ ।’

सामाजिक सञ्जाल प्लेटफर्महरू माथि प्रतिबन्ध लगाउँदा डिजिटल अर्थतन्त्र, रोजगारी र इन्टरनेट सेवाहरूको समग्र गुणस्तर र लागतमा दूरगामी नकारात्मक असर पर्ने कोलिसनले चेतावनी दिएको छ । 

साना, मझौला वा ठूला उद्यमहरू लगायत लगभग सबै व्यवसायहरू मार्केटिङ, ग्राहक संलग्नता, बिक्री, अनलाइन समर्थन र अन्य धेरैका लागि सामाजिक सञ्जालमा निर्भर छन् । यी व्यवसायहरूले ठूलो परिचालन अवरोधहरू भोग्नेछन्, फलस्वरूप डिजिटल मार्केटिङ, सामग्री निर्माण, अनलाइन व्यापार र ग्राहक सेवा जस्ता क्षेत्रहरूमा व्यापक रोजगारी गुम्ने बताइएको छ । 

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई  व्यवस्थापन गर्ने निर्देशिका, २०८० अन्तर्गत नेपालमा दर्ता नहुने प्लेटफर्महरूमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । 

संसदीय कानूनको अभावमा ल्याइएको निर्देशिकाले सुरुदेखि नै सरोकारवालाहरूको चिन्ता बढाएको कोलिसनको दावी छ । ‘सरोकारवालाहरूसँग अर्थपूर्ण परामर्श बिना यी निर्देशिकाहरूको कार्यान्वयनले पारदर्शिता र जवाफदेहिताको सिद्धान्तको उल्लङ्घन गर्दछ । नागरिकको अधिकारलाई असर गर्ने कुनै पनि कानून संवैधानिक जनादेश र विधायीकि प्रक्रियाहरूसँग मिल्नुपर्छ। स्वेच्छाचारी प्रशासनिक कार्यहरूले नेपाली नागरिकहरूको संवैधानिक अधिकारलाई हनन गर्नु हुँदैन,’ कोलिसनले भनेको छ । 

कोलिसनका अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध वा अनुचित प्रतिबन्धले नागरिक सहभागितालाई कमजोर बनाउनेछ, लोकतान्त्रिक अभ्यासहरूलाई निरुत्साहित गर्नेछ र अभिव्यक्ति र भेला हुने नागरिकहरूको अधिकारलाई कमजोर पार्नेछ । 

कोलिसन सदस्य संस्थाहरु र प्रतिनिधिहरु 

तारानाथ दाहाल

फ्रीडम फोरम नेपाल

लक्ष्मणदत्त पन्त

मिडिया एक्सन नेपाल

रोशन पोखरेल

इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट

प्रवेश सुवेदी

 डिजिटल मिडिया फाउन्डेसन

राजन पराजुली

एन्टेना फाउन्डेसन नेपाल

सुरज अधिकारी

फोरम फर डिजिटल इक्वालिटी

आनन्द गौतम

युथ आईजीएफ नेपाल

आशीर्वाद त्रिपाठी

इन्टरनेट सोसाइटी नेपाल च्याप्टर

विनोद बस्नेत

एजुकेटिङ नेपाल

सुस्मीरा अर्याल

अपाङ्गता अधिकारका लागि महिला समूह

सञ्जीव घिमिरे

मिडिया लयर्स एसोसिएसन

 

 

 

समाचार

एससीटी युपिआई कार्डमार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौँ होटलमा विशेष छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र यहि जनवरी देखि काठमाडौँको सुकेधारा हाइट्समा देश…

अमेरिकी ट्यारिफका बीच पनि चीनको रोबोटिक क्षेत्र विश्व बजारमा अगाडि

अमेरिकी ट्यारिफका कारण अहिले विश्वभर चिन्ता छ । धेरै देशहरू र त्यहाँ काम गर्ने कम्पनीहरूले अब आफ्नो नाफा–नोक्सानको मूल्यां…

युट्युबमा २० अर्ब भिडियो अपलोड! दुई दशकको यात्रामा विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म बन्न सफल

दुनियाँको सबैभन्दा ठूलो भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबका दीवाना तपाईंलाई हरेक ठाउँमा भेटिन्छन् । यो प्लेटफर्म मनोरञ्जनदेखि लिए…

च्वाइस सुविधा ल्याउँदै दराज, किनमेल प्रक्रियालाई अझ सहज बनाउने

नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ‘च्वाइस’ सार्वजनिक गर्ने…

डिजिटल कर्णाली कन्क्लेभ २०२५ सम्पन्न, प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइस…

नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक गरेको छ । 

सगरमाथा संवादका लागि सामाजिक सञ्जाल दूतको आह्वान, आवेदन दिने आज अन्तिम दिन

सरकारले सगरमाथा संवाद २०२५ का लागि सामाजिक सञ्जाल…

नेपालपे कार्डको लागि प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच सम्झौता

प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच एनपीएस – एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लाग…

टेलर स्विफ्टलाई पछि पार्दै स्केल एआईकी संस्थापक ३० वर्षीया लूसी गुओ बनिन डलर अर्बपति

लूसी गुओ नाम गरेकी अमेरिकाकी ३० वर्षीया युवती हालै सबैभन्दा कम उमेरमा सेल्फ–मेड महिला डलर अर्बपति बन्न सफल भएकी छन् । उ…

इन्स्टाग्रामको 'एडिट्स' एप एन्ड्रोइडमा उपलब्ध, मोबाइलमा सजिलै भिडियो एडिट गर्न सकिने

एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि इन्स्टाग्रामले आफ्नो नयाँ भिडियो एडिटिङ एप 'एडिट्स' सार्वजनिक गरेको छ । अब यसबाट तपा…

आईसीटीमा लैंगिक समानता प्रवर्द्धन गर्न ललितपुरमा डब्लुआईआईटीको प्रभातफेरी कार्यक्रम

सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) को आयोजनामा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस २०२५ को अवसरमा प्रभातफेरि कार्यक्रम सम्प…

क्रोम ब्राउजर किन्न ओपन एआई इच्छुक

अनलाइन सर्चको क्षेत्रमा गूगलको एकाधिकार रहेको भन्ने गत वर्षको अदालतको फैसलाबाट कम्पनी गम्भीर निगरानीमा परेको छ । यद्यपि यो अवस्थ…

कर्णाली प्रदेशमा टेलिकमको टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएका छौ: अधिकारी

नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकारी डिल्लीराम अधिकारी कर्णाली प्रदेशमा टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको बताएका छन् । 

पोखरा महानगरका नगरप्रहरीलाई वाकिटकी

पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई  जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी…

थाइल्याण्डको प्रहरी टिममा रोबोट प्रहरी पनि समावेश, खेलौना बन्दुक र वास्तविक बन्दुक छुट्याउन सक्ने

थाइल्याण्डको रोयल प्रहरीले आफ्नो टोलीमा एक रोबोट प्रहरीलाई समावेश गरेको छ । यस रोबोट प्रहरीको नाम एआई पुलिस साईबोर्ग १.० राखिए…