समाचार
शुन्य प्रतिशत ईएमआईमा अब रियलमीका फोन किन्न सकिने
रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रयोगकर्ताहरूले शुन्य प्रतिशत ईएमआईमा केवल आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर बिना झन्झट सजिलो र सुविधाजनक मासिक किस्तामा रियलमी स्मार्टफोन किन्न सक्नेछन् ।
रियलमीको यस योजनामा गुडविल फाइनान्स लिमिटेड र जगदम्बा हायर पर्चेजले प्रयोगकर्ताहरूलाई थप सुविधा सम्पन्न स्मार्टफोनहरू सजिलैसँग प्राप्त गर्ने अवसर प्रदान गरेको छ । यो योजना अन्तर्गत, प्रयोगकर्ताहरूले रियलमीका लोकप्रिय मोडलहरू छनौट गर्न सक्नेछन् ।
३३ हजार ९९९ रुपैयाँ मूल्य रहेको नार्जो ७० प्रो १३ हजार५९९ रुपैयाँको डाउन पेमेन्टमा र १ हजार ६९९ रुपैयाँको मासिक किस्तामा उपलब्ध रहेको छ । त्यस्तै थप बजेट–अनुकूल विकल्प खोज्नेहरूका लागि, रियलमी सि७५ (८+१२८जीबी स्टोरेज) २६ हजार ९९९ रूपैयाँमा उपलब्ध छ, जसमा १० हजार ७९९ हजारको डाउन पेमेन्ट र १ हजार ३४९ हजारको मासिक किस्तामा उपलब्ध छ ।
त्यसैगरी वैकल्पिक रूपमा, ८ जीबी ¥याम र २५६ जीबी स्टोरेज भएको सि ७५ २९ हजार ९९९ रूपैयाँमा खरिद गर्न सकिन्छ, जसको डाउन पेमेन्ट ११ हजार ९९९ रुपैयाँ र मासिक भुक्तानी केवल १,४९९ रुपैयाँ मात्र हुन्छ ।
विशेष गरी यो योजना पूर्ण रकम अग्रिम भुक्तान नगरी अत्याधुनिक सुविधा भएको स्मार्टफोन खरिद गर्न चाहने युवा प्रयोगकर्ताहरू, विद्यार्थीहरू र पहिलो पटक स्मार्टफोन खरिदकर्ताहरूका लागि उपयुक्त रहेको छ । यो योजना अब देशभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध रहेको छ ।
समाचार
बागमतीको नयाँ ड्राइभिङ लाइसेन्स प्रणाली: बायोमेट्रिक दिन नपर्ने, लिखित र ट्रायल दिए पुग्ने
बागमती प्रदेशले आफ्नै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणाली (ईडीएल…
अब बच्चाको टिकटक अकाउन्ट अभिभावकले सजिलै कन्ट्रोल गर्न सक्ने, के के छन् सुविधा ?
टिकटकले नेपालमा आफ्ना किशोरकिशोरी प्रयोगकर्ताका लागि ‘फ्यामिली पेयरिङ’ फिचर सुरु गरेको छ । यस फिचरमार्…
एनसेलले तिर्यो सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सबैभन्दा बढी आयकर, सरकारद्वारा सम्मान
सरकारले देशको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा एनसेललाई सम्मान गरेको छ । क…
यसैवर्षदेखि फाइभजी सुरू गर्ने सञ्चारमन्त्रीको घोषणा
नेपालमा यसैवर्षदेखि फाइभजी सुरू हुने भएको छ ।
राष्ट्रिय सूचना तथा सञ्चार प्र…
अब भौतिक रूपमा ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्यूआर कोडसहित ई-ब्लुबुक जारी हुने
बागमती प्रदेशले ई–ब्लुबुकको सुरूवात गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माले ओ…
अब एक स्थानीय तह: एक स्मार्ट हुलाक
सरकारले एक स्थानीय तहः एक स्मार्ट हुलाकको अवधारणाको कार्यान्वयन गरिने बताएको छ ।
…
सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने सरकारको घोषणा
सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणालीको प्रबन्ध गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम प्रस्तु…
अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरिने, नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याइने
सरकारी र सार्वजनिक सेवामा नागरिकहरूको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन अधिकांश सेवाहरूलाई नागरिक एपमा आबद्ध गरि…
किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गरिने
सरकारले किसानले प्राप्त गर्ने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्ने भएको छ ।
इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला
सरकारले इन्टर्न गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ ।
सरकारले साइबर अपराध नियन्त्रण र अन्य अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गर्ने
सरकारले साइबर अपराध नियन्त्रण र अन्य अपराध अनुसन्धानमा उच्च प्रविधिको प्रयोग गरिने घोषणा गरेको छ ।
ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने सरकारको घोषणा
सरकारले ग्रीन हाइड्रोजनको व्यवसायीक प्रयोगको परीक्षण गर्ने घोषणा गरेको छ ।
संघीय संसदमा …
प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने
प्रविधिमार्फत सेवाको रूपान्तरणका लागि ई-गभर्नेन्स बोर्डलाई सक्रिय बनाइने भएको छ ।
स…
सरकारले युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरुवात गर्ने
सरकारले युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरुवात गर्ने भएको छ ।
संघीय संसदमा आर्थिक वर्ष …
विभिन्न व्यक्ति तथा संस्थालाई नेशनल आइसिटी अवार्ड प्रदान, क-कसले पाए ?
राष्ट्रिय सूचना प्रविधि दिवस २०८२ (नेशनल आइसिटी डे २०२५) को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विभिन्न विधामा नेशनल आइ…