कीवर्डहरू -

समाचार

१३ वर्ष मुनिका बालबालिकालाई फोन नदिन विज्ञको सुझाव

१३ वर्ष मुनिका बालबालिकालाई फोन नदिन विज्ञहरूले सुझाव दिएका छन् । सेपियन ल्याब्सले १८ देखि २४ वर्ष उमेर समूहका विश्वभरका १ लाखभन्दा बढी मानिसहरूमा गरिएको एउटा ठूलो अध्ययनपश्चात विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । 

अध्ययनमा बच्चाहरूले १३ वर्षभन्दा कम उमेरमै स्मार्टफोन प्रयोग गर्न थाल्ने र त्यसले उनीहरूको मानसिक स्वास्थ्य र भविष्यमा गम्भीर असर पर्ने गरेको देखिएको छ ।

अध्ययनमा सहभागी अधिकांशलाई बाल्यकालमै स्मार्टफोन प्राप्त भएको थियो । उनीहरू आक्रामक व्यवहार, वास्तविकताबाट टाढा हुने, आत्महत्याका विचार र आत्मसम्मानको कमी जस्ता समस्यासँग जुदिरहेका छन्।

सुरूवाती उमेरमै सोसल मिडिया एक्सपोजर, साइबरबुलिङ, कमजोर निद्रा र पारिवारिक सम्बन्धमा खटपटले यो जोखिम अझ बढाउने अध्ययनमा देखिएको छ । 

सेपियन ल्याब्सका संस्थापक तथा न्यूरोसाइंटिस्ट डा. तारा थिएगराजनले स्मार्टफोन र सोसल मिडियाले मान्छेहरू मानसिक स्वास्थ्यमा समस्या ल्याइरहेको बताइन् । बालबालिकालाई १३ वर्षभन्दा पहिले स्मार्टफोन नदिने र यसमा जुन मदिरा र तम्बाकू जस्तै प्रतिबन्ध लगाउन उनको आग्रह छ । 

यद्यपि सोसल मिडिया प्लेटफर्महरूमा औपचारिक रूपमा १३ वर्षको उमेरसीमा तोकिएको छ, तर त्यो प्रभावकारी रूपमा पालना हुन सकेको छैन् । फ्रान्स, इटाली, नेदरल्याण्ड्स र न्यूजील्याण्डजस्ता देशहरूले विद्यालयमा फोनमा प्रतिबन्ध लगाएका छन्। अमेरिकाको न्युयोर्कले पनि भर्खरै विद्यालयहरूमा स्मार्टफोन प्रतिबन्ध घोषणा गरेको छ ।

बच्चाहरूमा फोनको छिटो पहुँचले मात्र निद्रा र सम्बन्धहरूलाई प्रभावित पार्ने मात्रै नभएर यसले दीर्घकालीन रूपमा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने बताइएको छ । विज्ञहरूले नीति निर्माताहरूलाई यसमा तत्काल कदम चाल्न सुझाव दिएका छन् ।

 

समाचार

सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन सरकारकाे सातदिने अल्टिमेटम

सरकारले सामाजिक सञ्जाललाई सूचीकरण हुन सातदिने अल्टिमेटम दिएकाे छ ।

सोमबार बसेकाे मन्त्…

पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा नेपालको एससीटी चयन

नेपालको भुक्तानी प्रणाली सञ्चालक कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) पेमेन्ट कार्ड इन्डष्ट्री सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (पीसी…

मिस्ट्रल र पेरप्लेक्सिटी खरिद गर्ने आन्तरिक छलफलमा एप्पल

एप्पलले फ्रान्सको एआई स्टार्टअप मिस्ट्रल र एआई सर्च कम्पनी पेरप्लेक्सिटी खरिद गर्न आन्तरिक रूपमा छलफल अगाडि बताएको छ । एआईको दौडमा प्…

‘आत्महत्या कसरी गर्ने’ प्रश्नको जवाफै दिदैनन् एआई च्याटबट, अध्ययन भन्छ - उत्तर दिने शैली परिवर्तन गर्नुपर्छ

आत्महत्यासँग सम्बन्धित प्रश्नहरूमा तीन लोकप्रिय एआई च्याटबटहरूको प्रतिक्रिया जाँच गर्ने अध्ययनले केही निकै रोचक र अचम्मलाग्दो तथ्…

नेपाल टेक मार्केटले सार्वजनिक गर्‍यो फोहोर व्यवस्थापन प्रणाली

नेपाल टेक मार्केटले नयाँ फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ। यो प्रणालीले स्मार्ट प्रविधिको प्रयोग गरी नेपालमा फोहोर व्यवस्…

नासो कर्णालीलाई खगोलीय उपकरण हस्तान्तरण

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) कर्णालीका संयोजक डा…

काठमाडौंमा ‘एआई सुरक्षा भेला’ सम्पन्न, एआईको नैतिक प्रयोगमा जोड

गएको शनिबार काठमाडौंमा एआई सुरक्षा भेला (AI Safety Meet-Up) सम्पन्न भएको छ । एनोभेटर्स र बेलायतस्थित गैर-नाफामूलक संस्था &lsq…

बालबालिका, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई अनिवार्य छैन् राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बालबालिका, असहाय, अशक्त र ९० वर्षमाथिका जेष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र अनिवार्य न…

कस्तो रह्यो नेपालमा नामीको एक वर्ष ?

नामीले नेपालमा आफ्नो पहिलो मोडेल नामी ०१ सार्वजनिक गरेको एक वर्ष पूरा भएको महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालमै पहिलोपटक…

नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक

नमस्ते पे नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । यस सम्बन्धमा नेपाल टेलिकम र नमस्ते पेबीड एनडीएमा हस्ताक्षर भएको …

टेली डिजिटल सर्भिसेस अब गुगल क्लाउड पार्टनर एड्भान्टेजको आधिकारिक पार्टनर

रमेश कर्पको अन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेसले गुगल क्लाउडसँगको निरन्तर सहकार्यलाई विस्तार गर्दै गुगल क्लाउड पार्टन…

युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ हुँदै

युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘क…

नेपाली विद्यार्थीलाई कोडिङ र प्रोग्रामिङ तालिम दिदै सामसङ, तेस्रो ब्याचका ५६ जनालाई प्रमाणपत्र वितरण

सामसङले आफ्नो सामाजिक उत्तरदायित्त्व पहल अन्तर्गत सामसङ इनोभेसन क्याम्पस, अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच सफलतापूर्वक…

मोबैंकमार्फत भुक्तानी गर्दा कैलाली हस्पिटलमा एनआईसी एशियाका ग्राहकलाई २० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बैंक र कैलाली हस्पिटल प्रा.लि.बिच सम्झ…

चिनियाँ साइबर आक्रमण बढ्दा ताइवानका इन्टरनेट सेवाहरू जोखिममा: विशेषज्ञको चेतावनी

चीन प्रविधिको मामलामा प्रगतिशील छ,  एआई देखि रोबोटिक्ससम्मका क्षेत्रमा चीनले ठूलो लगानी गरेको छ। अमेरिकाले चीनको प्रविधिल…