कीवर्डहरू -

समाचार

यस वर्ष निकै चर्चामा रहेका केही स्मार्टफोन

सन् २०२४ को अन्त्य हुन अब डेढ महिनाभन्दा कम समय बाँकी छ । यस वर्ष सबै ब्रान्डहरूले आफ्ना फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गरेका छन् ।

एप्पलको आईफोन १६ सिरिजसहित ओप्पो, भिभो र टेक्नो जस्ता कम्पनीहरूले यस वर्ष फ्ल्यागशिप फोन सार्वजनिक गरेका छन् वा गर्ने क्रममा छन् ।

यो क्रम आगामी समयमा पनि जारी रहनेछ । यहाँ हामी ती स्मार्टफोनहरूको चर्चा गर्दैछौं, जुन यस वर्ष निकै चर्चामा रहे ।  

आईफोन १६ सिरिज  

यस वर्षको सबैभन्दा फ्ल्यागशिप र एडभान्स सिरिज आईफोन १६ हो । एप्पलले इन्टेलिजेन्स फिचरले भरिपूर्ण यो सिरिजलाई २०२४ सेप्टेम्बर ९ मा ग्लोबल मार्केटमा सार्वजनिक गरेको थियो । यसमा चार मोडेल आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स समावेश छन् । 

वानप्लस १३  

वानप्लस १३ ग्लोबल मार्केटमा सार्वजनिक भइसकेको छ । कम्पनीले नोभेम्बर वा डिसेम्बर महिनामा वनप्लस १३ सार्वजनिक गर्न सक्छ । यो स्मार्टफोन स्न्यापड्रागन ८ जेन ४ चिपसेटद्वारा सञ्चालित हुनेछ र यसमा ६००० एमएएच क्षमताको ब्याट्री हुन सक्छ, जसले फास्ट चार्जिङलाई समर्थन गर्नेछ ।  

टेक्नो फ्यान्टम भी फोल्ड २ र भी फ्लिप २  

टेक्नो फ्यान्टम भी फोल्ड २ र भी फ्लिप २ फोल्डेबल सेग्मेन्टमा यसै वर्ष सार्वजनिक हुने अपेक्षा गरिएको छ । यी स्मार्टफोन क्रमशः मीडियाटेक डाइमेन्सिटी ९०००ं र मीडियाटेक डाइमेन्सिटी ८०२० एसओसीद्वारा सञ्चालित हुनेछन् । 

 भिभो एक्स २०० सिरिज  

अपकमिङ फ्ल्यागशिप लाइनअपमा थुप्रै मोडेलहरू समावेश हुने अपेक्षा गरिएको छ, जस्तै भिभो एक्स २००, भिभो एक्स २०० प्लस, र भिभो एक्स २०० प्रो । पछिल्ला केही हप्तादेखि यस सिरिजबारे धेरै समाचारहरू आइरहेका छन् । यसको सटीक मिति घोषणा गरेको छैन् । यसमा मीडियाटेक प्रोसेसर र १२० हर्ज रिफ्रेस रेटसहितको डिस्प्ले हुनेछ ।  

ओप्पो फाइन्ड एक्स एट सिरिज  

ओप्पोले आफ्नो फ्ल्यागशिप सिरिज अन्तर्गत फाइन्ड एक्स एट र फाइन्ड  एक्स एट प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । यी दुवै फोनमा फ्ल्यागशिप मीडियाटेक डाइमेन्सिटी ९४०० प्रोसेसर, क्वाड–क्यामेरा सेटअप, एन्ड्रोइड १५ आधारित कलरओएस १५ र क्विक चार्जिङ ब्याट्रीजस्ता फिचरहरू समावेश छन् । यी फोन ३ डिसेम्बरदेखि ओप्पो ई–स्टोर, रि रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछन् । 

 

समाचार

जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता, एप्पलका उत्पादनमा २० प्रतिशतसम्म छुट

नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र सन सेक्युरिटीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध न…

सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनरमा नेपाल टेलिकम

मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणमा सहभागी टोली सुदूरपश्चिम रोयल्स…

सिटिजन्स बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्बन्धि सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलिप्लेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल प…

नेपाल प्रिमियर लिगको पावर्ड बाई पार्टनरमा एनसेल, लाइभ स्क्रिनिङमार्फत खेलहरू पनि देखाउने

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा एनसेल पावर्ड बाई पार्टनरमा सहभागी भएको छ । एनपीएलमा ए…

एससीटी र पायोनियर असोसिएट्सबीच सहकार्य

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र दशकौँ देखि बिभिन्न वित्…

एफएनसीसीआईले स्थापना गर्‍यो साना तथा मझौला उद्यम विकास केन्द्र, उद्यमीलाई नवप्रवर्तनमा सघाउने

नेपाल उद्योग वाणिज्य महासंघमा लघु घरेलु तथा साना मझौला उद्यम बिकास केन्द्र स्थापना भएको छ । केन्द्रको उद्घाटान सोमबार राष्ट्रिय यो…

क्यासियोले ल्यायो पहिलो रिङ-आकारको घडी, क्लासिक डिजाइनसहित नयाँ प्रविधि

डिजिटल घडी बनाउने लोकप्रिय कम्पनी क्यासियोले हालै आफ्नो पहिलो रिङ आकारको घडी प्रस्तुत गरेको छ ।  

क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी सर्वसम्मत

क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्।

पाँच वर्षमा एनसेलले तिर्‍यो १ खर्ब ७० अर्ब कर

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले पाँच वर्षमा भण्डै १ खर्ब ७० अर्ब रुपैयाँ सरकारलाई कर तिरेको छ । यो रकम सरकारलाई १५ वटा …

सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नेपाल टेलिकम सम्मानित

सबैभन्दा बढी कर तिर्ने संस्थाको रूपमा नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गर्ने…

आईटी सेवा निर्यात गरेर सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा कोडावतार टेक सम्मानित

सूचना प्रविधि (आईटी) सेवा निर्यात गरेर सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा कोडावतार टेक प्रालि सम्मानित भएको छ ।

आइसिटी अवार्ड २०२४ को ग्राण्ड जुरी सेसन सम्पन्न

आइसिटी अवार्ड २०२४ को ग्राण्ड जुरी सेसन सम्पन्न भएको छ । शनिबार काठमाडौंको आनन्द इभेन्ट्स एण्ड मिटिङमा ग्राण्ड जुरी सेसन सम्पन्न भएक…

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सले गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ । 

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न भएको छ । कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको…

आईटी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै नवराज कुँवरलाई असोसियो अवार्ड प्रदान

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा झन्डै तीन दशकदेखि समर्पित नवराज कुँवरले प्रतिष्ठित असोसियो अवार्ड प्राप्त गरेका छन् । एसियन…