समाचार
१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल
‘१०० ग्लोबल वुमन इन एआई’ सूचीमा नेपालकी नामी बराल पर्न सफल भएकी छन् । १०० डाभोस वुमनले तयार पारेको विश्वभरका १०० वुमन इन एआईको सूचीमा न्युरलकी संस्थापक नामी बराल पनि पर्न सफल भएकी हुन् ।
सन् २०२२ देखि नामीले नेपाली प्रतिभा प्रयोग गरेरै ग्लोबल प्रडक्ट बनाउने गरी आफ्ना श्रीमान नवीन बाँस्कोटासँग मिलेर अर्को स्टार्टअप न्युरल सुरू गरेकी छन्, जसमा काम गर्ने अधिकांश नेपालीहरू छन् ।
सन् २००८ मा पढाइको शिलशिलामा अमेरिका गएकी नामीले सन् २०१८ मा ट्विटरको जागिर छोडेर फिनटेक स्टार्टअप हार्भेस्ट प्लेटफर्म सुरू गरेकी थिइन् । जसलाई सन् २०२१ मा अमेरिकाको सबैभन्दा ठूलो नियो बैंक एकर्न्सले किनेको थियो ।
सन् २०२२ देखि नामीले न्युरललाई ग्लोबल प्रडक्ट बनाउन लागिपरेकी छन् । सन् २०२१ मा फोर्ब्सको द नेक्स्ट थाउजन्समा समेत सूचीकृत हुन सफल उनलाई विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२४ समेत प्रदान गरिएको थियो ।
समाचार
क्रोम्प्टनको नयाँ वर्ष २०८२ मा ‘ठूलो हर्ष योजना’ सार्वजनिक
नयाँ वर्ष २०८२ को अवसरलाई ध्यानमा राख्दै सीजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ । ‘नयाँ वर्षक…
इन्फिनिटी लघुवित्तले कर्जा लगायत अन्य भुक्तानी अब सिधै सदस्यको बैंक खातामा भुक्तानी गर्न सक्ने
इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार शुरु गरेको छ । यसै…
नयाँ मल्टिमोडल क्षमता र शक्तिशाली प्रदर्शनसहित मेटाले सार्वजनिक गर्यो लामा ४ एआई मोडेल श्रृंखला
टेक्नोलोजीको क्षेत्रको अग्रणी कम्पनी मेटाले आफ्नो नयाँ लामा ४ एआई मोडेल श्रृंखलाको पहिलो झलक सार्वजनिक गरेको छ। कम्पनीले अत्याधुन…
अब एआई आफैं सिक्नेछ! चीनको नयाँ मोडेलले प्रशिक्षण बिना काम गर्ने
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई केही समयअघिसम्म एक महँगो प्रविधिको रूपमा हेरिन्थ्यो, तर डिपसिक को आगमनपछि यो भ्रम समाप्त भएको छ । सामान्यतया कुनै पनि एआई…
विद्यार्थीहरूलाई च्याटजीपीटी प्लस निःशुल्क दिदै ओपन एआई
ओपन एआईको प्रतिस्पर्धी एन्थ्रोपिकले ‘क्लाउड फर एजुकेसन’ नामक सेवा सार्वजनिक गरेपछि, ओपन एआईले पनि मासिक २० अम…
इन्फिनिक्सको नयाँ स्मार्टफोनले अब परफ्युमको काम पनि गर्ने
अहिलेसम्म मोटोरोला आफ्नो प्रयोगकर्ताको अनुभवलाई अझ राम्रो बनाउन आफ्नो स्मार्टफोनको बक्सभित्र परफ्युमको प्रयोग गर्दथ्यो । जसका कारण प्र…
इन्स्टाग्रामका ३ विकल्प
इन्स्टाग्राम अहिले संसारकै सबैभन्दा ठूला सामाजिक सञ्जाल प्लेटफर्महरू मध्ये एक बनिसकेको छ, जसका २ अर्बभन्दा बढी प्रयोगकर्ता छन् । फोट…
राष्ट्र बैंकले सन् २०२६ सम्ममा डिजिटल मुद्राको पाइलट परीक्षण गर्ने, प्रोटोटाइप तयार
नेपाल राष्ट्र बैंकले सन् २०२६ सम्ममा केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को पाइलट परीक्षण गर्ने भएको छ । २०७७-२०८१ सम्ममा राष्…
८ विधामा नेशनल आइसिटी अवार्ड प्रदान गर्दै सरकार, कसरी दिने आवेदन ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) का लागि आवेदन खुला गरेको छ…
सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्न सुरू गरेको छ । विभागले सार्वजन…
विश्वकै सानो पेसमेकर विकास: इन्जेक्सनबाटै राख्न सकिने, प्रकाशबाट चल्ने
अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका इन्जिनियरहरूले विश्वकै सबैभन्दा सानो पेसमेकर विकास गरेका छन् । यो पेसमेकर यति सानो छ कि ज…
४ मेगावाट घण्टा क्षमता भएको ब्याट्री भण्डारण प्रणाली स्थापना गर्दै घाम पावर
घाम पावरले प्राक्टिकल एक्सन र स्वानबार्टनसँग मिलेर नेपालमा सबैभन्दा ठूलो ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने भएको छ । यसका लागि सं…
एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रुपमा सम्मानित
निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ बाट सम्मानित भएको छ । कम्पनील…
ग्लोबल आइएमई बैंकका कार्ड होल्डरलाई सेल्सबेरीमा १० प्रतिशतसम्म क्यासब्याक
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरुले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन् ।
१९७४ एडीको अन्तिम कन्सर्ट शनिबार, टिकट इसेवाबाट किन्न सकिने
नेपालको प्रसिद्ध रक ब्यान्ड, १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट “रक यात्रा २” को आयोजना गर्न लागेको छ । तीन दशकदेखि निरन्तर नेपाली संगीत क्षेत्रमा योग…