कीवर्डहरू -

समाचार

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक सम्म आईपुग्दा ६९३ प्रतिशतको बार्षिक बृद्धि हाँसिल गर्न सफल भएको हो । 

यो अप्रत्यासित बृद्धिदर हाँसिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु ए को मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङ्का संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए । आम उपभोक्ताले यसलाई अत्याधिक रुचाए ।

यो विश्व बजारको तत्कालिन फ्ल्यागसिप किलर बन्न सफल भयो । जसको दोश्रो संस्कर फोन टु प्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रह्यो । जसले उत्साहित भएको नथिङ्ले उही डिजाईन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ् फोन टु ए विश्व बजारमा उतारेपछी नथिङ् ठूला स्मार्टफोन उत्पादकलाई नथिङ् ठूलो चुनौती बन्ने देखिएको हो ।

यता नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाईलले नथिङ् नेपाली बजारमा दुई महिना अगाडी आधिकारीक रुपमा लन्च गरेको हो । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रतक्ष्य संलग्नतामा नथिङ् नेपाली बजारमा भित्रिएकोले यो ब्राण्ड प्रति चौधरी समूहको लगाव र संभाब्यता बोकेको ब्राण्ड भएको प्रष्टै देखिन्छ ।

“अन्तर्राष्ट्रिय बजारमा नथिङ्ले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भईसकेका छौं", सिजी मोबाईलका महाप्रबन्धक विनय जोशी भन्छन्, “नथिङ् एकातर्फ प्रिमियम ब्राण्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामूखी छ । जसको उदाहरणको रुपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ । वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज नथिङ्का स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन् ।"

नथिङ्ले स्मार्टफोनमा मात्र नभएर बड्मा समेत ७६९ प्रतिशतको बृद्धि हाँसिल गरेको हो । टाढैबाट डिजाईनमा अलग देखिने नथिङ्ले आफ्नो दोश्रो ब्राण्ड सिएमएफ सन् २०२३ मा लन्च गरको थियो । प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स् तथा स्मार्टवाच समेत सिएमएफले उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।


 

समाचार

क्रोम र आईओएस प्रयोगकर्ताहरूको सुरक्षा जोखिममा, गूगलद्वारा चेतावनी

गूगलले प्रयोगकर्ताको सुरक्षासँग सम्बन्धित कुरा गर्दै भनेको छ कि रूसी ह्याकरहरूले आईओएस र क्रोमको कमजोरीहरूको फाइदा उठाएर प्रयोगक…

फोटोनले मनायो २८औँ वार्षिकोत्सव

सवारी साधन निर्माता कम्पनी फोटोनले आफ्नो २८ औँ वार्षिकोत्सवलाई विश्वभर विभिन्न कार्यक्रम गरी मनाएको छ । नेपालमा यो अवसरलाई एमएडब्…

सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकलाई श्री एयरलाइन्समा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्र…

एनसेललाई लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन दिने सरकारको निर्णय

सरकारले मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरणको शुल्क ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठ…

एप्पलद्वारा आईओएस १८ ​​​​​​​बेटा ६ अपडेट जारी

एप्पलले आफ्ना आईफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८ बेटा ६ अपडेट जारी गरेको छ । यसका अतिरिक्त, कम्पनीले आईप्याड ओएस १८ र म्याकओए…

अब युट्युबमा आफ्नो च्यानल क्युआर कोडमार्फत पनि सेयर गर्न सकिने

गुगलको पपुलर भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ फिचर सार्वजनिक गरेको छ । युट्युब च्यानल शेयर गर्न…

खल्तीद्वारा नाडा अटो शोमा ‘कार सुरक्षा’ नामक.नयाँ सुरक्षा प्याकेज सार्वजनिक

डिजिटल वालेट ‘खल्ती’ले राजधानीमा जारी नाडा अटो शोको अवसरमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ। विभि…

अब जीमेलमा नयाँ स्क्रिन नखोलेरै रिप्लाइ गर्न सकिने

जीमेलले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा ल्याएको छ । गुगलको वर्कस्पेस वेबपेजमा उल्लेख गरिएको नयाँ ब्लग पोष्ट अनुस…

नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी इभि ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेप…

सरकारी नीतिले घट्दै छ टेलिकम कम्पनीको राजस्व

निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई सरकारको नीति र व्यवहारले प्रत्यक्ष असर पुर्याएको छ । अनुमतिपत्र नविकरणमा…

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी “मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४" अवार्डले सम्मानित

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंक द्वारा संयुक्त रूपमा प्रवर्धित नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनपीडी)  लाई अनल…

फोनपेको फोनट्याग स्कुप एण्ड सेभ अभियान सुरु, ५० प्रतिशत क्यासब्याकको अफर

फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान "फोन पे स्कुप एण्ड सेभ" को घोषणा गरेको छ।  अभियान २५ अगस्टब…

मस्कको निशानामा जुकरबर्ग, भने - इन्स्टाग्राममा बच्चाहरूको शोषण हुँदा पनि कुनै कारबाही भइरहेको छैन

टेलिग्राम एपका संस्थापक र सीईओ पावेल डुरोभको गिरफ्तारीपछि धेरै मानिसहरूको यसबारे प्रतिक्रिया आएको छ । अब एक्स र स्पेसएक्सका माल…

ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई

 ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर  (के–ल्याब…

एनआईसी एशिया बैंकले पायो डिजिटल बैंकिङ अवार्ड

 एनआईसी एशिया बैंकले ‘बेस्ट इन डिजिटल बैंकिङ’ अवार्ड जितेको छ । दोस्रो आईसीसी इमिर्जिङ एसिया बैंकिङ अवार्डस्…