कीवर्डहरू -

समाचार

गरिमा र महालक्ष्मी विकास बैंक ई-कमर्स कार्ड कारोबारको लागि एनसीएचएलमा आबद्ध

गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोवारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी सर्भिसेसमा आवद्ध भई थ्रीडी सेक्युर एसीएससेवा सुरु गरेका छन् । उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी बिकास बैंकका कार्ड होल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्नेछन् । 

उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सूचारु गर्नुपर्ने हुन्छ । ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न थ्रीडी सेक्युर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिनेछ ।

बैंक र एनसीएचएलकोे यस पहलले बढ्दो ई-कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरुलाई अनलाइन कारोवार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । 

एनसीएचएलले ईएफटी सेवा अन्तर्गत एससीएसका साथै विभिन्न नेटवर्क स्किमको कार्ड जारी गर्ने, कारोबार अक्वायर गर्ने, कारोबार प्रोसेसिङ तथा सेटलमेन्ट ई-कर्मस पेमेन्ट गेटवे, कार्ड पर्सनलाइजेसन जस्ता कार्ड सम्बन्धी सेवाहरु आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरुलाई दिदै आएको छ । 

एनसीएचएलले उक्त प्रणालीमा नेपाल पे कार्ड समेतको कारोबार गर्न सकिने गरी आवश्यक प्रणाली विस्तार गरी परिक्षणको चरणमा रहेको छ । 

हाल एससीएचएलको ईएफटी सर्भिसेस अन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंक, ज्योती विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक लगायतका बैंक वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ । 

नेपालको अग्रणी विकास बैंकहरु मध्य गरिमा विकास बैंकको १ लाख ७५ हजार भन्दा बढि कार्डहरु तथा ५० वटा एटीएम तथा महालक्ष्मी विकास बैंकको १ लाख ३५ हजारभन्दा बढि कार्डहरु तथा ४९ वटा एटीएममार्फत देशभरीका ग्राहकहरुलाई सेवा दिँदै आएका छन् ।
 

समाचार

सागर ग्रुपले आईटी एक्स्पो गर्ने, अवलोकनकर्तालाई ल्यापटप जित्ने मौका

सूचना प्रविधि क्षेत्रमा लगातार तिन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २३ गतेदेखि माघ २९ गतेसम्म आफ्नो कर्पोर…

युट्युबका दुई नयाँ फिचर: अब फ्यान्ससँग सजिलो अन्तरक्रिया र भिडियो हेर्ने गति चार गुणा तीव्र

युट्युबले दुई नयाँ फिचरहरू सार्वजनिक गरेको छ । क्रिएटर्ससँगै प्रयोगकर्ताहरूको कामलाई पनि सजिलो बनाउन युट्युबले नयाँ फिचर …

इजरायली स्पाइवेयरद्वारा ह्वाट्सएप प्रयोगकर्तामाथि 'जीरो-क्लिक' आक्रमण

इजरायली स्पाइवेयरद्वारा ह्वाट्सएप प्रयोगकर्तामाथि 'जीरो-क्लिक' आक्रमण भएको छ । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले&nb…

नेपालमा एडिया इपोक इलेक्ट्रिक स्कुटर सार्वजनिक

नेपालमा एडिया इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक कुजु नेपाल एडिया इपोक इलेक्ट्रिक स्कुटर सार्वजनिक भएको छ । 

चाइल्डसेफनेट र टिकटकले सात जिल्लामा डिजिटल सुरक्षा तालिम सञ्चालन गर्ने

अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले, टिकटकसँग सहकार्य गर्दै  डिजिटल सुरक्षा तालिम संचालन गर्…

राष्ट्रिय परिचयपत्र नभएकै कारण सार्वजनिक सेवाबाट वञ्चित गर्न नहुने सर्वोच्चको भनाइ, यस्तो छ ३ बुँदे आदेश

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र सम्बन्धि परेको रिट खारेज गर्दै जारी गरेको तीन बुँदे निर्देशनात्मक आदेशको पूर्ण पाठ सार्वजनिक भ…

अमेरिकी सरकारका लागि ओपन एआईको विशेष टुल ‘च्याटजीपीटी जिओभी’ लन्च

ओपन एआई ले अमेरिकी सरकारका लागि विशेष एआई टुल लन्च गरेको छ । यसलाई च्याटजीपीटी जिओभी नाम दिइएको छ ।

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

 चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशम…

महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिजमा एनसेलको सहकार्य

युवा तथा खेलकुदसँगको आफ्नो अटुट सम्बन्धलाई निरन्तरता दिँदै, एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लाग…

एग्री डिजी-टेक च्यालेन्जका लागि ८ वटा कम्पनी छनौट, एक्सिलेरेसन चरण सुरू

स्वीस विकास तथा सहयोग एजेन्सी (एसडीसी) को डिजिटल इन्नोभेसन फर ग्रोथ एन्ड इन्क्लुजन इन नेपाल (डिजि नेपाल) परियोजनाको सहयोगमा सञ्…

नेटफ्लिक्सले आईफोनमा नयाँ फिचर ल्यायो, अब एकै ट्यापमा पूरा सिजन डाउनलोड गर्न सकिने

नेटफ्लिक्सले आईफोन र आईप्याड प्रयोगकर्ताहरूका लागि एउटा नयाँ फिचर सार्वजनिक गरेको छ, जसले एकै ट्यापमा मनपर्ने शोको पूरा सिजन डा…

ओपन एआईमा २५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न छलफल गर्दै सफ्ट बैंक

सफ्ट बैंकले ओपन एआईमा २५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न छलफल अगाडि बढाएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार ओपन एआईले १…

चिनियाँ एआई प्लेटफर्म किमी के १.५ को धमाकेदार प्रवेश, अमेरिकी टेक दिग्गजहरूलाई चुनौती

अमेरिकी टेक कम्पनीहरूलाई चिनियाँ टेक कम्पनीहरूले एआईको मामिलामा जबरजस्त चुनौती दिइरहेका छन् । डिपसिक एआई पछि अब अर्को चिनिया…

नेपालगञ्जमा जारी क्यान इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण, विशेष छुटको अवसर

नेपालगञ्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी 'आईएनजीस्क्रीन क्य…

इसेवाका एजेन्टहरूले  २ लाख रुपैयाँसम्म इजी लोन पाउने

इसेवाले २ लाख रुपैयाँसम्म इजी लोन प्रदान गर्ने भएको छ ।  इसेवा र गुडविल फाईनान्स बिचको सहकार्यमा यो सेवा थप गरिएको हो ।

इसेवाले गुडविल फ…