समाचार
भोजमाण्डुको नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ठगी, कम्पनीद्वारा साइबर ब्यूरोमा उजुरी
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुको नाममा नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ग्राहकहरूलाई ठगी गर्ने गरेको पाइएको छ ।
bhojmandu.food नामक नक्कली वेबसाइट र अनौपचारिक टेलिग्राम च्यानलमार्फत् भोजमाण्डुको सेवा जस्तै देखाई उपभोक्ताबाट व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने कार्य भइरहेको भोजमाण्डु फुड प्रालिले जानकारी दिएको छ ।
कम्पनीले ठगी गर्नेलाई कारवाहीको दायरामा ल्याउन साइबर ब्यूरोमा समेत उजुरी गरिसकेको छ । नक्कली वेबसाइट र टेलिग्राम च्यानल सञ्चालन गर्दै उपभोक्तामाथि ठगी गर्ने प्रयास भइरहेको भन्दै सतर्क रहन कम्पनीले ग्राहकहरूलाई आग्रह गरेको छ।
भोजमाण्डु आधिकारिक एप र वेबसाइट (bhojmandu.com र web.bhojmandu.com) मार्फत मात्र सञ्चालन हुन्छ । त्यसबाहेक कुनै टेलिग्राम च्यानल वा अन्य माध्यममार्फत ग्राहकलाई सम्पर्क नगर्ने बताइएको छ ।
अन्य नक्कली वेबसाइटबाट आएका लिंक क्लिक नगर्न र व्यक्तिगत, बैंकिङ वा ओटीपी सम्बन्धी जानकारी नदिने कम्पनीले आग्रह गरेको छ ।
साथै यस्ता गतिविधि देखेमा तुरुन्तै [email protected] वा [email protected] इमेल गर्न वा 9813104240 मा जानकारी दिन समेत कम्पनीले अनुरोध गरेको छ । यस बाहेक प्राप्त प्रमाणलाई नेपाल साइबर ब्युरो र सम्बन्धित बैंकमा पठाउन आग्रह गरिएको छ ।

समाचार
नासाको सुरक्षा कमजोरी फेला पार्ने नेपाली अनुसन्धानकर्तालाई सम्मान
अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने नेपाली सुरक्षा अनुसन्धानकर्ता फिरोज शाहलाई सम्मान गरेको छ …
एनभिडियाले इन्टेलमा ५ अर्ब डलरको लगानी गर्ने, एआई चिप विकासमा सहकार्य हुने
विश्वकै सबैभन्दा ठूला चिप निर्मातामध्ये एक एनभिडियाले अमेरिकी सेमीकन्डक्टर कम्पनी इन्टेलमा ५ अर्ब डलर बराबरको सेयर किन्न सहमति गर…
गूगल क्रोम ब्राउजरमै अब जेमिनाई प्रयोग गर्न सकिने
अब गूगल क्रोम ब्राउजरमै जेमिनाई प्रयोग गर्न सकिने भएको छ । एआई प्रो र अल्ट्रा सब्सक्रिप्सन लिएका विन्डोज र म्याक प्रयोगकर्ताहरूले अहि…
माइक्रोसफ्टको गेमिङ कोपाइलट अब विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा
माइक्रोसफ्टले आफ्नो गेमिङ एआई असिस्टेन्ट गेमिङ कोपाइलट औपचारिक रूपमा विन्डोज पीसी र एक्सबक्स मोबाइल एपमा ल्याउने घोषणा गरेको छ। …
नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याउने विश्वास ढकाल युएईको कम्पनी फिल्प्सको सीईओमा नियुक्त
नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याएका विश्वास ढकाल युएईको बहुराष्ट्रिय फिनटेक कम्पनी फिल्प्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् ।&n…
डिस्कोर्डले मेटा क्वेस्टका लागि नेटिभ एप विकास गर्दै, सन् २०२६ भित्र उपलब्ध हुने
मेटाले आफ्नो मेटा कनेक्ट २०२५ सम्मेलनमार्फत नयाँ हार्डवेयरसँगै सफ्टवेयरसम्बन्धी घोषणा गरेको छ । कम्पनीले लोकप्रिय गेमिङ…
जेनजी आन्दोलनपछि आईटी उद्योग: सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध
गत भदौ २४ गते भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल प्रतिबन्धविरूद्ध जेनजीहरूले आन्दोलन सुरू गरे । डिस्कोर्ड लगायतका डिजिटल माध्यमब…
‘अप्टिकल फाइबर’ तार चोरेर भारततर्फ लैजाँदै गर्दा पाँच जना पक्राउ
झापाको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थ…
एनभिडियाको नयाँ एआई चिप खरिदमा चीनको प्रतिबन्ध
चीनको साइबरस्पेस प्रशासन (सीएसी) ले देशका प्रविधि कम्पनीहरूलाई एनभिडियाको नयाँ एआई चिप RTX Pro 6000D खरिद तथा परीक्षण नगर्न न…
गुगलको डिस्कभरमा अब सोसल मिडिया पोस्ट र युट्युब शर्ट्स पनि देखिने
गुगलको डिस्कभर कन्टेन्ट फिडमा नयाँ सुविधाहरू थपिँदैछन्। अब यसमा वेबमा प्रकाशित लेख मात्र नभई सोसल मिडिया पोस्टहरू (जस्तै इन्स्टाग्…
बससेवाबाट दशैंका लागि बसको टिकट बुकिङ गर्दा ५ जनालाई खसी उपहार, सय जनालाई निःशुल्क टिकट
बससेवाले दशैंका लागि टिकट बुकिङ खुलाएको छ। बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाक…
बच्चाको च्याटजीपीटी चलाउने सीमा अब अभिभावकले निर्धारण गर्न सक्ने
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम आल्टम्यानले मंगलबार १८ वर्षमुनिका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै च्याटजीपीटीको प्रयोग…
बससेवाबाट हवाई टिकट काट्ने यात्रुलाई हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक
बससेवाबाट हवाई टिकट काट्ने यात्रुले हरेक टिकटमा पाँच सय रुपैयाँसम्म क्यास ब्याक पाउने भएका छन् । नेपालीको महत्वपूर्ण चाड दशैँ त…
अमेरिकामा टिकटक: ८० प्रतिशत स्वामित्व अमेरिकी लगानीकर्ताले लिने, नयाँ एप परीक्षणमा
अमेरिकामा टिकटक ‘बचाउने’ योजना अन्ततः स्पष्ट हुँदै गएको छ। मंगलबार द वाल स्ट्रीट जर्नलले यसबारे थप विवरण सार्वजनिक…
स्पोटीफाईका निःशुल्क प्रयोगकर्ताले पनि अब आफूले चाहेको गीत सर्च गरेर प्ले गर्न सक्ने
स्पोटिफाइले आफ्नो लसलेस स्ट्रिमिङ सेवा पेड सब्सक्राइबरका लागि सार्वजनिक गरेपछि अब निःशुल्क प्रयोगकर्ताहरूका लागि पनि नयाँ सुविधा …