समाचार
नास्टको सूचना पहुँच केन्द्र अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सञ्चालन गरिरहेको सूचना पहुँच केन्द्रले अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सी (NIA) ले ४५ देशमा सञ्चालनमा रहेका ६० सूचना पहुँच केन्द्रका गतिविधिहरूलाई समेटेर ३ देखि ५ मिनेटको उत्कृष्ट प्रयोग र सफलता कथा (Success Story) प्रस्तुत गर्ने भिडियो प्रतियोगिता आयोजना गरेको थियो ।
सो प्रतियोगितामा विभिन्न देशबाट ३० वटा भिडियो प्रस्तुत गरिएका थिए, जसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
अन्य विकसित देशहरूको तुलनामा उच्चस्तरीय प्राविधिक उपकरण र दक्ष जनशक्तिको अभाव हुँदाहुँदै पनि तेस्रो स्थान हासिल गर्नु नास्ट मात्र नभई समग्र देशकै लागि गौरवको विषय भएको सूचना पहुँच केन्द्रका संयोजक प्रदीप ढोडारीले बताएका छन् ।
नास्टले कोरियाको सहयोगमा सूचना पहुँच केन्द्र स्थापना गरेको थियो । यस सम्बन्धमा सन् २०२० डिसेम्बर ११ मा नेपाल र कोरिया सरकारबीच द्विपक्षीय सम्झौतापत्र (MoU) मा हस्ताक्षर भई औपचारिक प्रक्रिया सुरु गरिएको थियो। केन्द्रको औपचारिक उद्घाटन सन् २०२१ नोभेम्बर ११ मा सम्पन्न भएको थियो।
दुई देशबीचको सहकार्यको मुख्य उद्देश्य नेपालमा विद्यमान डिजिटल विभाजन (Digital Divide) घटाउनुका साथै सूचना प्रविधि (IT) क्षेत्रको समग्र विकासमा योगदान पुर्याउनु रहेको छ।
सूचना पहुँच केन्द्रलाई दुई भागमा सञ्चालन गरिएको छ। पहिलो, नास्ट परिसरभित्र स्थापित भौतिक सूचना प्रविधि पूर्वाधार, जहाँ विभिन्न आईटी ल्याबहरू सञ्चालनमा छन्। दोस्रो, घुम्ती सूचना पहुँच केन्द्र (मोबाइल IAC), जसलाई विशेष बसमार्फत देशका विभिन्न स्थानमा सञ्चालन गरिन्छ।
नास्टमा रहेका सूचना प्रविधि ल्याबमार्फत विद्यालय तथा विश्वविद्यालयका शिक्षक–विद्यार्थी, अनुसन्धानकर्ता, कर्मचारी तथा सरकारी निकायका कर्मचारीहरूलाई आवश्यकताअनुसार विभिन्न सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिँदै आएको छ। त्यस्तै, घुम्ती सूचना पहुँच केन्द्रमार्फत सातै प्रदेशका विद्यालय, विश्वविद्यालय, सरकारी तथा सुरक्षा निकायका पदाधिकारीहरूलाई समेत तालिम प्रदान गरिँदै आएको छ।
सन् २०२२ देखि हालसम्म नास्टस्थित सूचना प्रविधि ल्याब र मोबाइल IAC मार्फत झण्डै १२ हजारभन्दा बढी व्यक्तिहरूलाई निःशुल्क सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरिएको नास्टले जनाएको छ। नयाँ अवधारणाका रूपमा सञ्चालन गरिएको यस कार्यक्रमले व्यापक आकर्षण र प्रशंसा पाएको छ, जसका कारण कार्यक्रमको दायरा क्रमशः विस्तार हुँदै गएको छ।
यसका अतिरिक्त, कोरियन सरकारको सहयोगमा दृष्टिविहीन व्यक्तिहरूको दैनिक जीवन सहज बनाउने उद्देश्यसहित विभिन्न आधुनिक उपकरणहरू समेत उपलब्ध गराइएको छ। सूचना पहुँच केन्द्रमार्फत नास्ट परिसरका साथै देशका अन्य स्थानहरूमा पनि दृष्टिविहीनहरूलाई लक्षित गरी तालिम कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। स्रोत–साधनको सीमितताका बाबजुद कार्यक्रमलाई निरन्तरता दिँदै जाँदा यस्ता कार्यक्रमहरू देशभर विस्तार गर्नुपर्ने माग बढ्दै गएको नास्टले जनाएको छ।
समाचार
सामसङ इनोभेसन क्याम्पस नेपालको एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न, युवालाई भविष्यमुखी सीप सिकाउँदै
सामसङ इनोभेसन क्याम्पस (SIC) नेपालले डिसेम्बर २७ देखि ३१ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यसै क्रममा नया…
आईटी क्षेत्रलाई विश्व बजारतर्फ ‘पखेटा फैलाउन’ गभर्नर पौडेलको आग्रह, ‘नेपालबाटै संसार जित्न सकिन्छ’
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले पछिल्ला वर्षहरूमा नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्द…
सन् २०२५ मा एआई: नानो बनानादेखि सोरासम्म, प्रविधिमा नयाँ छलाङ
सन् २०२५ मा भएका केही प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) घोषणा र लञ्चहरूले प्रविधिलाई अनुसन्धान प्रयोगशालाबाट बाहिर निकालेर द…
साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान…
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षम…
वैज्ञानिकहरूले पत्ता लगाए अनौठो क्रिस्टल, क्वान्टम कम्प्युटिङमा क्रान्ति ल्याउने सक्ने
वैज्ञानिकहरूले भर्खरै यस्तो अनौठो क्रिस्टल पत्ता लगाएका छन् जसले क्वान्टम कम्प्युटिङको दुनियाँमा क्रान्ति ल्याउन सक्छ। यो क्रिस्टलको नाम…
नयाँ शहर बनाउन बिटक्वाइन लगानी गर्दैछ भुटान, नयाँ आर्थिक केन्द्र बनाउने योजना
भूटानले राष्ट्रिय पूर्वाधार र आर्थिक विकासका लागि बिटक्वाइन प्रयोग गर्ने इतिहासमै सबैभन्दा महत्वाकांक्षी कदम चालेको छ। सरकारले आफ्…
चीनको गोप्य ईयूभी चिप मेसिन: पश्चिमी एकाधिकार तोड्ने दिशामा ठूलो कदम
चीनले गोप्य रूपमा आफ्नो पहिलो सेमीकन्डक्टर चिप निर्माण गर्ने ईयूभी (Extreme Ultraviolet) लिथोग्राफी मेसिन को प्रोटोटाइप तयार पा…
टिकटकमा भाइरल भिडियोप्रति यस्तो छ इन्ड्राइभको स्पष्टिकरण
इन्ड्राइभका एक चालकले यात्रुलाई दुर्व्यवहार गरेको आरोपसहित टिकटकमा भाइरल भइरहेको सामग्रीप्रति कम्पनीले आफ्नो आधिकारिक धारणा सार्व…
अब विदेशमा समेत नेपालपे कार्ड चल्ने, डिस्कभरी नेटवर्कसँग सहकार्य
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले डिस्कभरी नेटवर्क सँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, नेपालपे कार्ड, को कमर्शियल रोलआउट शु…
भावनात्मक एआईमाथि चीनको कडाइ: नयाँ नियमको मस्यौदा सार्वजनिक
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीव्र परिवर्तन भइरहेका बेला चीनले उपभोक्ता एआई बजारलाई नियमन गर्ने दिशामा महत्वपूर्ण कदम …
निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट चलाउन नपाइने, शेयर र मेन्सनमा पनि रोक
निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न नपाइने भएको छ ।
प्रिक्साले अधिग्रहण गर्यो एग्रीटेक प्लेटफर्म दैलोकृषि
प्रविधि कम्पनी प्रिक्साले एग्री–टेक प्लेटफर्म दैलोकृषिलाई अधिग्रहण गरेको छ। यो कदमलाई खाद्य मूल्य शृंखलामा दीर्घकालीन र विश्व…
३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता डिशहोम गोबाट हेर्न सकिने
लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुने ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुन…
डिजिटल कारोबारमा गरिमा विकास बैंक सम्मानित
गरिमा विकास बैंक लिमिटेड डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मानित भएको छ ।