कीवर्डहरू -

समाचार

लेनोभोको योगा स्लिम ७ आई औरा एडिसन ल्यापटप नेपालमा

लेनोभोले नेपालमा योगा स्लिम ७ आई औरा एडिसन सार्वजनिक गरेको छ । नागमणी इन्टरनेशनलसँगको सहकार्यमा सार्वजनिक गरिएको यो प्रिमियम ल्यापटप अत्याधुनिक प्रविधि र नवप्रवर्तनमार्फत प्रयोगकर्ताको अनुभवलाई उचाइमा पुर्‍याउने लक्ष्य राखेर डिजाइन गरिएको छ ।

इन्टेलसँग मिलेर सह–निर्मित यो उत्पादनले आकर्षक डिजाइन, उत्कृष्ट प्रदर्शन र फिचरहरूको समायोजन गर्दै व्यवसायिक, सिर्जनात्मक, कोडिङ गर्ने र दैनिक प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्न सक्षम रहेको कम्पनीको भनाइ छ ।

यो ल्यापटपले एआई–समर्थित प्रविधिको उपयोग गर्दै कम्प्युटिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको बताइएको छ । इन्टेल कोर अल्ट्रा प्रोसेसर (सिरीज २) सँग सुसज्जित यसले १८ घण्टाभन्दा बढी ब्याट्री लाइफ प्रदान गर्न सक्ने बताइएको छ ।

८–कोर हाइब्रिड आर्किटेक्चर, शक्तिशाली ्जीपीयू, र स्मार्ट एनपीयू (४०+ टप्स) ले एकै समयमा मल्टिटास्किङ र जटिल कार्यहरू सजिलै पूरा गर्न सक्ने क्षमता प्रदान गर्दछ ।  यसमा ३२ जीबी सम्म ८५३३ मेगाहर्जको र्या‍म र १ टिबीको एसएसडी स्टोरेजको विकल्प उपलब्ध छ, जसले ठूला फाइल र मागयुक्त एप्लिकेसनहरू सहज रूपमा सञ्चालन गर्न सक्षम बनाउँछ ।

माइक्रोसफ्टका नवीनतम सुधारहरू र कोपाईलट+ को सहयोगमा प्रयोगकर्ताले अफलाइन अवस्थामै उत्पादनशीलता र सिर्जनशीलताका लागि ठूला भाषा मोडेल (एलएलएम) प्रयोग गर्न सक्नेछन् ।  

साथै, बजेट अनुकूल गेमिङ ल्यापटप खोज्नेहरूका लागि लेनोभोले एलओक्यू एसेंशियल पनि सार्वजनिक गरेको छ । १२औँ जेन इन्टेल कोर प्रोसेसर र ३० तथा ४० सिरीजका एनभीडीया जीफोर्स आरटिएक्स ग्राफिक्सले यसलाई अध्ययन र खेल दुवैका लागि शक्तिशाली बनाएको छ । यो ल्यापटपले बजेटमै उच्च प्रदर्शन प्रदान गर्दै विद्यार्थी गेमर र पहिलो पटक गेम खेल्नेहरूको आवश्यकतालाई सम्बोधन गर्दछ ।

नागमणी इन्टरनेशनलका प्रबन्ध निर्देशक अमित साराफले दशकभन्दा लामो समयदेखि आईटी वितरणमा विश्वासिलो नामका रूपमा स्थापित भएको बताउँदै यो कार्यक्रम हाम्रो साझेदार र नेपालको प्रविधि उत्साहीप्रतिको प्रतिबद्धताको प्रतीक भएको जानकारी दिए । 

 

 

समाचार

इनफिनिक्सद्वारा बम्पर पुरस्कार हस्तान्तरण

इनफिनिक्सले दशैं धमाका बम्पर पुरस्कारका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

काठमाडौं…

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पु¥याउने बन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्…

दक्षिण एशियाकै सबैभन्दा ठूलो एआई शिक्षासम्बन्धी कार्यक्रम नेपालमा आयोजना हुँदै

नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) ले बुधवार एनुअल नेपाल एआई स्कूल (ANAIS) को आयोजना गर्ने घोषणा गर…

इन्ड्राइभले स्टार्टअपलाई पनि प्रवर्द्धन गर्न काम गरिरहेको छ: अध्यक्ष मार्क लकरेन

इन्ड्राइभका अध्यक्ष तथा डेपुटी सीईओ मार्क लकरेनले नेपालको स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्न आइसिटी अवार्ड २०२४ सँग सहकार्य गरेको…

चलचित्र विकास बोर्डमा ‘ड्रोन’ कार्यशाला सुरू

चलचित्र विकास बोर्डको आयोजनामा पुस ८ गतेदेखि १० दिने ‘ड्रोन कार्यशाला’ सुरू भएको छ। कार्यशालाको प्रारम्भ गर्दै बोर्ड…

एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुको…

क्रिसमस एट भाटभटेनी विथ नामी: सर्प्राइज उपहारसँगै टेस्ट ड्राइभ गर्ने मौका

क्रिसमसको अवसरमा नामीले नेपालभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्दैछ । यस अवसरमा काठ…

गुगल सर्च २.०: ठूलो तयारी गर्दै गुगल, के हो सुन्दर पिचाईको मास्टर प्लान?

गुगलका सीईओ सुन्दर पिचाईले २०२५ सम्म गुगल सर्चमा थुप्रै नयाँ फिचरहरू समावेश गरिने संकेत गरेका छन्, जसले प्रयोगकर्ताको अनुभव मा…

वर्ल्ड समिट अवार्डमा नेपालबाट कोइली, मिड डे मिल मोनिटरिङ प्लेटफर्म र कताहो शर्टलिष्ट

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२४ मा नेपालबाट ३ वटा परियोजना शर्टलिष्ट भएका छन् । नेपालबाट डब्लुएसए २०२४ का लागि कोइली, मिड डे…

कस्ता छन् इन्ड्राइभ आइसिटी अवार्ड २०२४ का विजेताहरू ?

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन एन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ ।…

अनधिकृत समूहद्वारा हुम्लामा नेपाल टेलिकमका टावरमा क्षति, सेवा अवरूद्ध

हुम्लामा रहेका नेपाल टेलिकमका बीटीएस टावरहरूमा अनधिकृत रुपमा केही समूह/व्यक्तिहरुले क्षति पुर्‍याएपछि सेवा अवर…

गुगलले हटायो व्यवस्थापकीय स्तरका १० प्रतिशत कर्मचारी, ‘गूगलीनेस’ टर्म चर्चामा

गुगलले हालै मात्र व्यवस्थापकीय स्टाफका १० प्रतिशत कर्मचारीहरूलाई जागिरबाट हटाएको छ । कामको प्रभावकारिता र कर्पोरेट संस्कृतिमा सु…

वर्ल्डलिंकको आयोजनामा पोखरामा ‘वर्ल्डलिंक कार्निभल’ हुने

नेपालकै अग्रणी इन्टनेट सेवा प्रदायक कम्पनी, वर्ल्डलिंकले पोखरामा भव्य ‘कार्निभल’को आयोजना गर्ने भएको छ । यस कार्निभलम…

फ्युचर कनेक्ट समिट २०२५ सम्पन्न, नेपालको फाइभजीमा हुवावेले सहयोग गर्ने

प्रविधि पत्रकार मञ्च (टिजेएफ) र हुवावे नेपाल ले संयुक्त रूपमा आयोजना गरेको 'फ्युचर कनेक्ट समिट २०२५' सम्पन्न भएको छ । &…

शार्क ट्यांक नेपालको औपचारिक घोषणा, यी हुन् पाँच शार्क

शार्क ट्यांक नेपालका पाँच जना शार्क सार्वजनिक गरिएको छ । सोमबार शार्क ट्यांक नेपालको ओैपचारिक घोषणासँगै ५ जना शार्क समेत सार्वज…