कीवर्डहरू -

समाचार

नयाँ युगको ब्राउजिङ: डिया ब्राउजरमा इनबिल्ट एआई च्याटबट

द ब्राउजर कम्पनीले आफ्नो नयाँ एआई-आधारित वेब ब्राउजर लन्च गरेको छ, जसको नाम डिया हो । यो ब्राउजर एक इनबिल्ट एआई च्याटबोटसँग आउँछ, जसले एकै साथ धेरै ट्याबहरूबाट जानकारी लिएर युजरको जिज्ञासाहरूका उत्तर दिन सक्छ।

यो लन्च त्यही समयमा भयो जब कम्पनीले आठ महिना अघि आफ्नो पहिलो ब्राउजर आर्कका लागि समर्थन बन्द गर्ने घोषणा गरेको थियो, किनकि यसले व्यापक रूपमा अपनाउन गाह्रो अनुभव गरिरहेको थियो।

डिया पहिला आर्क युजर्सका लागि बीटा भर्जनमा उपलब्ध गरिएको छ र हाल म्याकओएस १४  वा त्यो भन्दा नयाँ भर्जनमा चल्ने एप्पल एम१  वा त्यो भन्दा नयाँ चिपसेट भएका डिभाइसेज़का लागि उपलब्ध छ।

आर्कझैं यसमा भर्टिकल ट्याबहरू छैनन्, बरु माथि पारम्परिक होरिजोन्टल ट्याबहरू दिइएका छन्। ब्राउजरको दाहिने प्यानलमा अवस्थित च्याटबोट सम्पूर्ण ब्राउजिङ अनुभवको हिस्सा हो। यसले सबै खुला ट्याबहरूबाट जानकारी लिएर प्रश्नहरूको उत्तर दिन सक्छ। यो ब्राउजर कुनै पनि वेबपेजलाई संक्षेपमा बताउन सक्छ।

यसका अलावा यो इमेल र मेसेजलाई री-राइट गर्न सक्छ। यूट्यूब  भिडिओलाई सारांश रूपमै दिन र टाइमस्ट्याम्प साझा गर्न, अलग–अलग ट्याबहरूमा खुला प्रोडक्टहरूको तुलना गरी चार्ट र टेबल बनाउन र अनुवाद र कुनै पनि भाषामा पेजको स्पष्टीकरण  दिन जस्ता कामहरू यो ब्राउजर गर्न सक्षम छ।

कम्पनीले एउटा नयाँ हिस्ट्री फीचर पनि प्रस्तुत गरेको छ, जुन अहिले अप्ट–इन (स्वइच्छाले सक्रिय) छ। यो फीचरले युजर्सलाई आफ्ना पहिले खोलिएका ट्याबहरूको बारेमा प्रश्न गर्न सक्ने सुविधा दिन्छ। उदाहरणका लागि: 'मैले हिजो कुन-कुन भिडिओ हेरेँ?' यसका लागि युजरले केवल टेक्स्ट फील्डमा @हिस्ट्री टाइप गर्नुपर्नेछ।

 

समाचार

के विमानको ककपिट ह्याक गरेर क्र्यास गराउन सम्भव छ ?

अहमदाबादमा भएको एअर इण्डिया विमान दुर्घटनापछि सम्पूर्ण विश्व स्तब्ध छ । अचम्म यसकारण भइरहेको छ कि अहिलेसम्म यस्तो प्रकारको कुनै पन…

बाघ ई-स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट

कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटि…

असार १८ गतेबाट शार्क ट्यांक नेपाल प्रसारण हुने

शार्क ट्यांक नेपाल असार १८ गतेबाट प्रसारण हुने भएको छ ।  असार १८ गतेदेखि प्रत्येक हप्ताको बुधबार र बिहीबार राती ९ बजे हि…

दिपलले विश्वभर डेलिभरी गर्‍यो पाँच लाख युनिट कार

सांघाई–चांगान अटोमोबाइल अन्तर्गतको न्यु इनर्जी भेहिकल ब्रान्ड दिपलले विश्वभर डेलिभरीको संख्या पाँच लाख युनिट पार गरेको छ …

नेपाल र श्रीलंकाबीच आईटी क्षेत्रमा रणनीतिक सहकार्य

नेपाल र श्रीलंकाले औपचारिक रूपमा एक रणनीतिक द्विपक्षीय साझेदारी सुरु गरेका छन् । यो सहकार्यले दुई राष्ट्रबीच डिजिटल रूपान्तरणला…

एनसेल फाउन्डेसनको सहकार्यमा सुरू भएको आइसिटी ज्ञान कार्यक्रम ६ प्रदेशमा सम्पन्न, शुक्रबार बागमतीमा हुँदै

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेन्सको संयुक्त सहकार्यमा बागमती प्रदेशको दोलखामा आइसिटी ज्ञान कार्यक्रम सञ्चालन हुने भएको छ ।…

डट एनपी डोमेन नामहरू प्रत्येक २-२ वर्षमा शुल्क तिरेर नवीकरण गर्नुपर्ने

अब डट एनपी डोमेन नामहरू प्रत्येक २-२ वर्षमा शुल्क तिरेर नवीकरण गर्नुपर्ने भएको छ । सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि तथ…

एप्पलको लिक्विड ग्लास डिजाइनमा सामसङको व्यंग्य: ‘विन्डोज भिस्टा एयरो यूआई जस्तै’ देखिने दावी

हालै एप्पलले आफ्ना सबै डिभाइसहरूका लागि लेटेस्ट अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । यसलाई कम्पनीले लिक्विड ग्लास डिजाइन नाम दिएक…

एनसेलले बढायो ‘लीग अफ क्रिएटर्स’मा सहभागी हुने म्याद असार १ सम्म

एनसेलले आयोजना गर्न लागेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा सहभागी हुनका लागि भिडियो पोष्ट गर्ने अन्तिम म्याद पाँच …

के हो मेटाको ‘सुपरइन्टेलिजेन्स’? जसका लागि जुकरबर्ग दिइरहेका छन् करोडौं रुपैयाँ तलब

आजकल धेरै ठूला प्रविधि कम्पनीहरू एआईको दौडमा लागिपरेका छन् । हालै गुगलले आफ्ना यस्ता धेरै एआई फिचरहरूको घोषणा गरेको छ, जुन भ…

आईओएस २६ डेभलपर बेटा अपडेट कसरी इन्स्टल गर्ने ?

डब्लुडब्लुडीसी २०२५ इभेन्टको केही घण्टामै एप्पलले आईओएस २६ को पहिलो डेभलपर अपडेट औपचारिक रूपमा रिलिज गरेको छ । यो अपडेटले आई…

बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान

पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान’ सुरु गरेको छ ।

डा भगवान कोइरालाको नेत…

समाचार हटाइएको*

यसअघि प्रकाशित भएको सामग्री पठाओ नेपालले भूलबस पठाएको र उक्त समाचार हटाउन अनुरोध गरेकाले समाचार हटाइएको छ । सम्पादक

नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर

नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई प्रवक्ता तोकेको छ । 

केन्द्रीय कार्यालयस्थित प्रमुख …

अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा एप्पलको ऐतिहासिक परिवर्तन, अब वर्ष आधारित नामाकरण प्रणाली

एप्पलले आफ्नो अपरेटिङ सिस्टमहरूको ब्रान्डिङमा ऐतिहासिक परिवर्तन गर्ने घोषणा गरेको छ। कम्पनीले वर्ल्ड वाइड डेभलपर कन्फेरेन्स (डब्लुडब्…