समाचार
अमेरिकामा हाम्रो पात्रो रेमिटको सेवा पुन: सुरू
मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा 'हाम्रो पात्रो रेमिट' पुनः सुरु गरेको छ। यससँगै अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलो, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।
विशेषगरी नेपालीहरूको महान चाड बडादसैंलाई लक्षित गर्दै हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको जनाएको छ ।
जसअनुसार हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले १ हजार अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन। दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५ हजार नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर १५० रूपैयाँको विशेष विनिमय दर प्राप्त गर्नेछन्।
हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेतीले भने 'हाम्रो पात्रो रेमिटले प्रदान गर्ने छिटो सेवा, पारदर्शी शुल्क र भरपर्दो डेलिभरी प्रणालीले गर्दा प्रयोगकर्ताले पठाएको हरेक डलरले घरमा थप माया, भरोसा र महत्व ल्याउनेछ। अमेरिकाबाट नेपालीहरूले सजिलै आफ्ना परिवारलाई आर्थिक सहयोग गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो ।'
प्रयोगकर्ताले पैसा पठाउनु अघि नै प्राप्तकर्ताले कति रुपैयाँ पाउनेछन् भन्ने थाहा पाउनेछन् र जसले सेवा पूर्णरूपमा पारदर्शी बनाउने कम्पनीको भनाइ छ । रकम सिधै नेपालका प्रमुख बैंकहरूमा जम्मा हुन्छ भने नियमित बैंकिङ समयअनुसार छिटो सम्पादन गरिने कम्पनीको भनाइ छ । साथै, प्रयोगकर्ताहरूलाई कुनैपनि दुविधा या जिज्ञासा भएमा हाम्रो पात्रो एपमै रहेको ग्राहक सेवा टोलीमा २४ घण्टा सम्पर्क गर्न सकिने जनाइएको छ ।
हाम्रो पात्रो रेमिट अमेरिकाको संघीय र राज्य सरकारको नियम अनुसार काम गर्ने अनुमोदित साझेदारहरूसँग मिलेर सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।
समाचार
इनड्राइभको अरोरा टेक अवार्ड २०२६ आवेदन खुला, नेपालबाट यसरी दिन सकिन्छ
विश्वव्यापी रूपमा महिला प्रविधि उद्यमीहरूलाई प्रोत्साहन गर्ने प्रतिष्ठित अरोरा टेक अवार्डले आफ्नो २०२६ संस्करणका लागि आवेदन खुला गर…
पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू, पाँच हजार अमेरिकी डलर पुरस्कार राशी
नेपालमा लोकप्रिय ई–स्पोर्ट्स खेल पब्जी मोबाईलको बहुप्रतिक्षित २०२५ नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू भएको छ। पाँच हजार अमे…
सरकारले अनलाइनबाटै तालिम, गोष्ठी सञ्चालन गर्ने, महंगा इलेक्ट्रोनिक्स सामान खरिदमा रोक
सरकारले अब सम्भव भएसम्म अनलाइनबाटै तालिम, गोष्ठी सञ्चालन गर्ने भएको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले खर्च घटाउन यस्…
ओपनएआईमा सय अर्ब डलरसम्म लगानी गर्दै एनभिडिया
प्राविधिक कम्पनी एनभिडियाले ओपनएआईमा १ सय अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने घोषणा गरेको छ। यस अन्तर्गत दुवै कम्पनीबीच एआइ मोडेलह…
एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट
चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्क…
प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा दिने सञ्चारमन्त्रीको पहिलो निर्णय
सञ्चार तथा सूचना प्रविधि मन्त्री जनदीश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्…
पर्यटकका लागि एनसेलले ल्यायो टुरिस्ट ई-सिम, प्रयोगकर्तालाई अनलिमिटेड डेटा र भ्वाइस सुविधा
एनसेल आजियाटाले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई लक्षित गर्दै नयाँ ‘अनलिमिटेड टुरिस्ट ईसिम प्लान’ सार्वजनिक गरेको…
डिजिटल ब्ल्याकआउट: म्युज सफ्टवेयर ह्याक हुँदा यूरोपका ठूला एयरपोर्ट ठप्प
विश्वभरका एयरपोर्टहरूमा कामलाई नियमन गर्न विभिन्न प्रकारका सफ्टवेयरहरू प्रयोग गरिन्छ। यी सफ्टवेयरहरूले मेसिनहरू चलाउँछन् जसले काम…
महावीर पुन भन्छन् – मन्त्री नभन्नुहोला, रहर लागे ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बधाईका लागि फोन नगर्न र खादा …
भोजमाण्डुको नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ठगी, कम्पनीद्वारा साइबर ब्यूरोमा उजुरी
अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुको नाममा नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ग्राहकहरूलाई ठगी गर्ने गरेको पाइएको छ ।&nb…
एनभिडिया चीनमा बन्द भएपछि हुवावेले घोषणा गर्यो नयाँ एआई इन्फ्रास्ट्रक्चर
चीनमा एनभिडियाको हार्डवेयर खरिदमा प्रतिबन्ध लगाइएपछि, चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नै एआई इन्फ्रास्ट्रक्चर सार्वजनिक गरेको छ …
अमेरिकामा टिकटक: बहुमत स्वामित्व अमेरिकी लगानीकर्ताको हुने, सम्झौतामा कहिले होला हस्ताक्षर ?
ह्वाइट हाउस प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको टेलिफोन वार्ताप…
मन्त्री बन्दै महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा वैज्ञानिक महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सर…
नासाको सुरक्षा कमजोरी फेला पार्ने नेपाली अनुसन्धानकर्तालाई सम्मान
अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो सुरक्षा कमजोरी पत्ता लगाउने नेपाली सुरक्षा अनुसन्धानकर्ता फिरोज शाहलाई सम्मान गरेको छ …