कीवर्डहरू -

समाचार

क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी सर्वसम्मत

क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्।

कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय उपाध्यक्ष धुर्वराज शर्मा सुदिपको उपस्थितिमा सम्पन्न साधारणसभाले जोशीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।

क्यान बाँकेको नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा दिपक कुमार खड्का, उपाध्यक्षमा ओस्कर थापा र सचीवमा रमेश क्षेत्री छन् ।

त्यस्तै सहसचिवमा बिष्णु प्रसाद कंडेल र कोषाध्यक्षमा रेमन्त बहादुर खत्री र सदस्यहरुमा जिता कुमारी रावत, निसान्त कुमार शाक्य, दिनानथ सोनि, उत्तम क्षेत्री, अमर महतारा, महेश चौधरी, अन्कित श्रीवास्तब र रोशनी पौडेल चयन भएका छन् ।

क्यान बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको बिशिस्ट अतिथि क्यान महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण खनाल, बिशिस्ट अतिथि क्यान महासंघ बाँकेका संस्थापक अध्यक्ष इश्वर पोख्रेल, बिशिष्ट अतिथि पुर्व केन्द्रिय उपाध्यक्ष तथा पुर्व अध्यक्ष सन्जय थापा, बिशिस्ट अतिथि पुर्व अध्यक्ष जितेन्द्र जोशी तथा भुपाल गिरिको अतिथि तथा क्यान बर्दियाको पुर्व अध्यक्ष नवनिर्वाचित पदाधिकारी सहितको उपस्थिति थियो ।

कार्यक्रममा बर्दियाका कर्ण बहादुर बुढा क्षेत्रीलाई मोबाइल एप निर्माण गरि राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा पहिचान कमाउन सफल एप डेभलपरलाई सम्मान गरेको छ । 

समाचार

आइसिटी अवार्ड २०२४ को ग्राण्ड जुरी सेसन सम्पन्न

आइसिटी अवार्ड २०२४ को ग्राण्ड जुरी सेसन सम्पन्न भएको छ । शनिबार काठमाडौंको आनन्द इभेन्ट्स एण्ड मिटिङमा ग्राण्ड जुरी सेसन सम्पन्न भएक…

एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सले गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ । 

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न, १५ हजार बढीले गरे अवलोकन

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सम्पन्न भएको छ । कात्तिक २९ र ३० गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको…

आईटी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै नवराज कुँवरलाई असोसियो अवार्ड प्रदान

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा झन्डै तीन दशकदेखि समर्पित नवराज कुँवरले प्रतिष्ठित असोसियो अवार्ड प्राप्त गरेका छन् । एसियन…

क्लासिक टेकमा रोजगारीको अवसर, नेपालभर बजार प्रतिनिधिदेखि शाखा प्रबन्धकसम्म माग

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको लागि रोजगारीको अवसर ल्याएको छ ।&nbs…

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्टको आज अन्तिम दिन, निःशुल्क अवलोकन गर्न सकिने

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ शुक्रबार पनि सञ्चालन हुँदैछ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ ब…

सुरू भयो टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट, १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनको सहभागीता

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ सुरू भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि फेस्ट सु…

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि, सातै प्रदेशका १०० बढी स्टार्टअप सहभागी हुने

टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४ आजदेखि सुरू हुँदैछ ।  बिहीबार र शुक्रबार २ दिनसम्म काठमाडौंको बत्तिसपुतली स्थित …

एप्पलले कस्टम इमोजी र सुधारिएको क्यामरा कन्ट्रोलसहित डिसेम्बरमा आईओएस १८.२ अपडेट ल्याउँदै

एप्पलले यस महिनाको सुरुमा आइफोन प्रयोगकर्ताहरूका लागि आईओएस १८.१ अपडेट रोल आउट गरेको थियो । यसको साथसाथै, कम्पनीले डिसेम्बरम…

अब जीपीएसले होइन्, ब्याक्टेरियाले बताउने छ तपाईको लोकेसन

तपाईंले सुन्नु भएको हुनसक्छ, कुनै व्यक्तिको स्थान थाहा पाउनका लागि जीपीएसको प्रयोग गरिन्छ । तर अब यो तरिका चाँडै परिवर्तन हुँदै…

दर्ता नगरी चलाएका युट्युब च्यानल तथा फेसबुक पेजबाट गल्ती भए कारबाही हुने

प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र  सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फे…

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक उत्तरदायित्व सम्बन्धि परियोजन…

टेलिकमले भन्योः बबरमहल बाहिर धर्ना दिने जनशक्तिसँग कुनै सरोकार छैन्

नेपाल टेलिकमले दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र बबरमहल काठमाडौं प्राङ्गण बाहिर धर्ना दिनेसँग कुनै सरोकार नरहेको बताएको छ …

गूगलमा यी शब्दहरू सर्च गर्दा जोखिममा पर्न सक्छ व्यक्तिगत जानकारी, साइबर विज्ञले दिए चेतावनी

ह्याकरहरूले मानिसहरूको व्यक्तिगत जानकारीमा पहुँच गर्न कुनै न कुनै उपाय पत्ता लगाइरहेका हुन्छन् । डिजिटल युगमा हाम्रो जीवन जति स…

फुडमाण्डुले सुरू गर्याे क्विक कमर्स सेवा वानमार्ट, ग्राेसरी अर्डर गरेकाे ३० मिनेटमै डेलिभरी हुने

नेपालकाे पहिलाे फुड डेलिभरी कम्पनी फुडमाण्डुले क्विक कमर्स सेवा सार्वजनिक गरेकाे छ । १४ औँवार्षिकोत्सवकाे अवसरमा कम्पनी क्विक कम…