समाचार
एलजीका उत्पादनहरुमा ४० प्रतिशतसम्मको क्यासब्याक र उपहार
एलजीले दशै तिहारलाई लक्षित गर्दै एलजी सँग खुशीको पल नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्नेछन् ।
एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर, एलजी एयर प्युरिफायर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशतसम्मको क्याश ब्याक प्राप्त गर्न सक्नेछन् । साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा ओएफआर हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर भन्दा माथि)को खरिदमा मिक्सर वा फ्यान हिटर, एलजी डबल डोर रेफ्रिजेरेटर(२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ६ केजी डिटरजेन्ट पाउडर वा भ्याकुम फ्लास्क, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ केजी डिटरजेन्ट पाउडर, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट प्राप्त गर्न सक्नेछन् । त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले फ्री इन्स्टलेशन सेवा पाउनेछन् ।
“हामी नेपाली उपभोक्ताहरुलाई हाम्रो एलजी उत्पादनहरु मार्फत गुणस्तरीय अनुभव प्रदान गर्न सधैं प्रतिबद्ध छौं,” सिजी इलेक्ट्रोनिक्सका सेल्स हेड पुरुशोत्तम भण्डारीले बताए, “यस पर्वको अवसरमा, हामीले एलजी संग खुशीको पल अभियान मार्फत नेपाली परिवारहरुको खुशीयालीमा थप उत्साह भर्न चाहेका छौं ।”
यसका साथसाथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।
समाचार
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १३ सोसल इनोभेसन
आइसिटी अवार्ड २०२४ मा उत्कृष्ट १३ सोसल इनोभेसन छनोट भइसकेका छन् । आइसिटी अवार्डको सोसल इनोभेसन विधामा प्राप्त आवेदन मध्येबाट अव…
कीटिनी माध्यमिक विद्यालय ललितपुरद्वारा कोडिङ र रोबोटिक्स पाठ्यक्रम सुरु
तौखेल, गोदावरी–३ मा अवस्थित कीटिनी माध्यमिक विद्यालयले आफ्नो मावि तहका विद्यार्थीहरूका लागि एक वर्ष लामो कोडिङ र रोबोटिक्…
एलन मस्कद्वारा विकिपिडियालाई अति-वामपन्थी भन्दै डोनेशन रोक्न आग्रह
एलन मस्कले मानिसहरूलाई विकिपिडियामा डोनेशन नदिन अपील गरेका छन् । उनले विकिपिडियालाई 'अति–वामपन्थी कार्यकर्ताहरू&rs…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १२ राइजिङ स्टार इन्नोभेसन
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १२ राइजिङ स्टार इन्नोभेसनको नाम सार्वजनिक भइसकेको छ । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र…
एनवाईईएफ स्टार्टअप अवार्ड ४.० का लागि आवेदन खुल्यो
नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले चौथो संस्करण एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को शुभारम्भको घोषणा गरेको छ। यो प्र…
एप्पलले एमफोर चिप सहितको म्याकबुक प्रो र आईम्याक सार्वजनिक गर्ने
एप्पलले अर्को हप्ता धेरै ठूलो घोषणा गर्ने तयारी गरिरहेको छ । कम्पनीले २८ अक्टोबरमा केही ठूलो हुनेछ भनेर संकेत गरेको छ । कम्पनी…
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर सार्वजनिक
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर, ‘एनआईएमबी पेवियर’ को आधिकारिक रूपमा लोकार्पण गरेको छ । राजधानीम…
एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग
स्थानिय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप, एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १३ प्रडक्ट
आइसिटी अवार्ड २०२४ मा उत्कृष्ट १३ प्रडक्ट छनोट भइसकेका छन् । आइसिटी अवार्डको प्रडक्ट विधामा प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समि…
ईसेवा र फोनपोइन्ट्सको सहकार्य: एकीकृत लौयल्टी प्वाइन्ट्स र आकर्षक अफरहरूको पहुँच पाउन सकिने
ईसेवाले फोनपोइन्ट्ससँग सहकार्य गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमीत प्रयोगकर्ताहरूलाई दिई…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट १० स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न …
टिकटकले २०२४ दोस्रो त्रैमासिकमा १७.८८ करोड भिडियो हटाएर सुरक्षित डिजिटल स्पेसमा जोड दिदै
टिकटकले आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल स्पेस सिर्जना गर्ने निरन्तरको प्रतिबद्धता अनुरुप २०२४ को दोस्रो क्वाटरका …
एसबी सोल्युसन्स र म्यागडटनेटबीच रणनीतिक साझेदारी
एसबी सोल्युसन्स प्रा. लि.ले सिंगापुरको प्रतिष्ठित प्रविधि कम्पनी म्यागडटनेट (Magdotnet)
स्प्याम कलबाट जोगिनका लागि एप्पलले नयाँ फिचर ल्याउँदै
एप्पल आफ्ना प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षाका लागि लोकप्रिय छ । हाल कम्पनी स्पाम कलहरूबाट जोगिनका लागि कलर आईडी फिचरमा काम …
इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज
रूपन्देहीको इन्टरनेट सेवा प्रदायक कम्पनी रेग्मी मिडिया इंकको लाइसेन्स खारेज भएको छ ।
&nb…