समाचार
स्टारलिंकलाई टक्कर : चीनको ५जी स्याटेलाइट परीक्षण सफल, अमेरिका चिन्तित
चिनियाँ वैज्ञानिकहरूले ५जी स्याटेलाइटको मद्दतले सिधै स्मार्टफोनमा ब्रोडब्यान्ड भिडियो कल गरेर इतिहास रचेका छन् । विश्वमै यस्तो पहिले कहिल्यै भएको थिएन । साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार, सैद्धान्तिक रूपमा यस प्रविधाको प्रयोग गरेर स्याटेलाइटमार्फत सिधै फोनमा भिडियो स्ट्रिमिङ सम्भव हुने बताइएको छ ।
अब प्रश्न उठ्छ—के यसले टिकटकमा अमेरिका फस्न सक्छ? यदि अमेरिका र चीनबीच टिकटक सम्बन्धी डिल असफल भयो र यो एप अमेरिकामा प्रतिबन्धित भयो भने, भविष्यमा ५जी स्याटेलाइट प्रविधिमार्फत अन्तरिक्षबाट सिधै फोनमा टिकटक चलाउने सम्भावना बढ्न सक्छ ।
यद्यपि, यसमा धेरै रेगुलेटरी र कानुनी समस्या आउन सक्छन् । तर ह्याकरहरू वा प्रविधिमा दक्ष व्यक्तिहरू भविष्यमा यस्तो प्रविधाको प्रयोग गरेर आफ्नो डिभाइसमा प्रतिबन्धित एपहरू पनि चलाउन सक्छन् ।
चीनको परीक्षण किन फरक छ?
चीन स्याटेलाइट नेटवर्क ग्रुपले यस परीक्षणको जानकारी दिएको छ । रिपोर्ट अनुसार, यो परीक्षण ५जी नन(टेरेस्ट्रियल नेटवर्कका मापदण्डअनुसार गरिएको हो । यसको अर्थ फोन अन्तर्राष्ट्रिय मान्यता प्राप्त ५जी स्पेसिफिकेसनमार्फत स्याटेलाइटसँग जडान भएको थियो, जसमा कुनै हार्डवेयर थप्न आवश्यक परेन ।
अब कल्पना गर्नुहोस् , कुनै अमेरिकी प्रयोगकर्ताले पनि यही प्रविधामार्फत आफ्नो फोन जडान गर्याे भने, उसले सजिलै प्ले स्टोर वा एप स्टोरबाट त्यस्ता एपहरू डाउनलोड गर्न सक्छ, जुन अमेरिका भित्र प्रतिबन्धित छन् । यद्यपि, चिनियाँ विज्ञहरूका अनुसार सम्भव भए पनि यसमा नियामकीय समस्याहरू आउने सम्भावना धेरै छन् ।
स्याटेलाइट इन्टरनेटको क्षेत्रमा पनि चीन अमेरिकालाई चुनौती दिन अघि बढिरहेको छ । त्यहाँको चाइना स्याटनेट सरकारको अधीनमा सञ्चालन हुने निकाय हो, जसले हजारौँ स्याटेलाइट अन्तरिक्षमा पठाइसकेको छ । रिपोर्ट अनुसार, कम्पनीको सीधै उद्देश्य एलन मस्कको स्टारलिङ्कलाई चुनौती दिनु हो ।
नयाँ प्रविधिबाट चीन के गर्न चाहन्छ?
रिपोर्ट अनुसार, चिनियाँ विज्ञहरूका अनुसार नयाँ प्रविधिको मद्दतले भविष्यमा फोनलाई सिधै स्याटेलाइटसँग जडान गर्न सकिनेछ । यस्तो भएमा परम्परागत मोबाइल टावरहरूमा निर्भरता हट्नेछ ।
टाढा रहेका दुर्गम स्थानहरूमा पनि जहाँ सिग्नलको समस्या छ, त्यहाँ निरन्तर सिग्नल प्राप्त हुनेछ ।
चीनले यस प्रविधाबारे विस्तृत जानकारी नदिएको भए पनि चिन्ता यस कुराको हो कि संसारको कुनै पनि फोनले बिना हार्डवेयर सिधै चिनियाँ स्याटेलाइटसँग जडान गर्न सक्यो भने त्यसबाट जुनसुकै कार्य गरिन सक्नेछ ।
समाचार
१२ इन्च डिस्प्ले र ९००० एमएएच ब्याट्रीसहित ब्ल्याकभ्यू ट्याब मेगा २ सार्वजनिक
प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ । यस ट्याब्लेटले आधुनिक सु…
गुगलद्वारा जेमिनाई २.५ मा 'डिप थिङ्क' सहित शक्तिशाली एआई फिचरहरू सार्वजनिक
गुगलले मंगलवार राति आयोजना गरेको गूगल आइओ २०२५ इभेन्टमा आफ्नो कृत्रिम बुद्धिमत्ता मोडल जेमिनाई २.५ का लागि थुप्रै शक्तिशाली फि…
गुगलले 'बीम' सार्वजनिक गर्दै भिडियो कन्फरेन्सिङलाई बनायो थ्रीडी र वास्तविक
गुगल आईओ २०२५ मा कम्पनीले बीमलाई औपचारिक रूपमा लञ्च गर्यो, जुन एउटा नयाँ थ्रीडी भिडियो कन्फरेन्सिङ् प्रणाली हो । यसले भर्चु…
युए ह्याकाथन सम्पन्न, पहिलो पटक नेपाली भाषाको डोमेनयुक्त वेबसाइट सार्वजनिक
नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन …
सामसङले सुरु गर्यो वन यूआई ७ अपडेटको बृहत् रोलआउट, पुराना मोडेलहरूमा पनि अपडेट उपलब्ध
दिउँसोको प्रतीक्षा पछि सैमसङले एप्रिल महिनामा अन्ततः वन यूआई ७ अपडेटको रोलआउट सुरु गरेको थियो । सर्वप्रथम कम्पनीले आफ्नो …
गुगलको फाइन्ड माई डिभाइस अब ‘फाइन्ड हब’ : नयाँ नाम, विस्तारित सेवा र एयरट्यागसँग कडा प्रतिस्पर्धा
गुगलले आफ्नो डिभाइस फाइन्डिङ सेवा सुधार गर्नुका साथै यसको नाम पनि परिवर्तन गरेको छ । पहिले यो फिचरको नाम फाइन्ड माई डिभाइस थ…
चिरञ्जीवी अधिकारी क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित
नेपालको सूचना तथा प्रविधि क्षेत्रको विकासमा दुई दशकभन्दा लामो योगदान दिएका साइबर सुरक्षा विशेषज्ञ तथा आईसीटी अगुवा चिरञ्जीवी अ…
सुरक्षा सँगै क्यासब्याक: कनेक्ट आईपीएसको जीवन बीमा प्रिमियम अफर
डिजिटल पेमेन्ट सेवा प्रदायक कनेक्ट आईपीएस ले जीवन बीमा प्रिमियम भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ। कम्पनीले &ldq…
नेपालमा अर्को राइड शेयरिङ प्लेटफर्म याङ्गो सुरू हुँदै, जिरो कमिसन र बोनस सुविधा
मंगलबारबाट नेपालमा विदेशी राइड शेयरिङ प्लेटफर्म याङ्गो सञ्चालनमा आउने भएको छ । उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम …
साउदी अरेबियामा एआई चिकित्सकको क्लिनिक: ३० रोगहरूको उपचार सम्भव
साउदी अरेबियामा विश्वकै पहिलो यस्तो क्लिनिक सुरु गरिएको छ, जहाँ बिरामीको जाँच र उपचारको जिम्मेवारी आर्टिफिसियल इन्टेलिजेन्स (ए…
के हो आइफोनको ‘आई’ को अर्थ? इन्टरनेटदेखि इन्स्पिरेशनसम्म ‘आई’ को यात्रा
पछिल्लो केही समययता एन्ड्रोइड फोनको तुलनामा मानिसहरूले एप्पलको आइफोन बढी मन पराउन थालेका छन् । विशेषगरी युवाहरूबीच यसको क्रेज…
हर्कुलेनियमका २,००० वर्ष पुराना स्क्रोलहरू भर्चुअल “अनर्याप”: एल्गोरिदमले ल्यायो प्राचीन पाण्डुलिपिको रहस्य
सन् २०२४ मा प्लस वन (PLOS One) मा प्रकाशित एक अध्ययनले करिब २,००० वर्षदेखि अँध्यारोमा हराइरहेका हर्कुलेनियम (Herculaneum) का प्राचीन स्क्रोलहरूलाई भर्चुअल रू…
गुगल जिमेलमा ल्यायो ‘म्यानेज सब्स्क्रिप्सन’ फिचर, अनावश्यक इमेलबाट छुटकारा पाउने सजिलो उपाय
गुगलले निःशुल्क खाता सँगै १५ जीबी स्टोरेज निःशुल्क दिन्छ । आजको डेटा युगमा यो १५ जीबी कहाँ सकिन्छ भन्ने थाहा नै हुँदैन् । यस्तो…
डिजिटल नेपाल फ्रेमवर्क २.० कार्यान्वयनका लागि सरोकारवालासँग क्यान महासंघको छलफल
कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क २.०: कार्यान्वयन सरोकारवालासँग छलफल …
केकियस म्याक्सिमस: एलन मस्कको नाम परिवर्तनले क्रिप्टो बजारमा ल्यायो हलचल
टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका सीईओ एलन मस्क आफ्नो अनौठो क्रियाकलापका लागि चिनिन्छन् । यद्यपि उनी विश्वका सबैभन्दा धनी व्यक्तिहरूको …