समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा रोकियो सामाजिक सुरक्षा भत्ता, वृद्धवृद्धालाई सास्ती
मुगुको खत्याड गाउँपालिका–७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । उनान्सत्तरी वर्षीय खिम्ता घोडासैनी, ७० वर्षीया तुली सञ्ज्याल, ७७ वर्षीय पूर्णचन्द्र उपाध्याय र ६४ वर्षीया सौरा देवी घोडासैनीले राष्ट्रिय परिचयपत्र लिन समस्या भएकाले भत्ता पाउन मुस्किल भइरहेको बताए ।
स्थानीयका अनुसार बैंकमा भत्ता लिन जाँदा राष्ट्रिय परिचयपत्र आवश्यकपर्ने भनेपछि परिचयपत्र बनाउन दुई तीन दिन हिँडेर जिल्ला सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । जसले गर्दा धेरै ज्येष्ठ नागरिकले भत्ता पाउन सकेका छैनन् ।
स्थानीय सरकारले यस विषयमा चासो नदिँदा वृद्धवृद्धा थप समस्यामा परेका छन् । सम्बन्धित निकायले समाधानका लागि पहल गर्नुपर्ने ज्येष्ठ नागरिक बताउँछन् । खत्याडका खमाले गाउँका ७१ वर्षीय खाम्मा बुढाले राष्ट्रिय परिचय पत्र नहुँदा एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैंकबाट झिक्न नसकेको बताउँदै यसले दैनिक खर्च व्यवस्थापनमा समस्या हुँदै आएको सुर्नाए ।
बुढाले एक महिनामा दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता पाउनेमा परिचयपत्र नहुँदा समस्या भएको बताए । उनका अनुसार वडा ५ मा मात्रै ३५ भन्दा बढी वृद्धवृद्धा र एकल महिलाले भत्ता पाउन सकेका छैनन् ।
खत्याड खमालेका ८४ वर्षीया चाउली बुढा पनि भत्ता नपाउनेमध्ये एक हुन् । उनले स्वास्थ्य प्रतिकूलका कारण राष्ट्रिय परिचयपत्र बनाउन दुई–तीन दिन हिँडेर गमगढी पुग्न नसकेको धारणा राखिन् ।
खत्याड–५ खमालेका अध्यक्ष चित्रबहादुर बुढाले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुँदा समस्या देखिएको बताए । उनले माछापुच्छ्रे बैंकले भत्ता दिन परिचयपत्र माग्ने गरेकाले वृद्धवृद्धाहरू समस्या झेल्न बाध्य हुनुभएको उल्लेख गरे ।
उनका अनुसार वडाका १४५ भन्दाबढी वृद्धवृद्धा र एकल महिला सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गराएका छन् । आवश्यक कागजात पूरा नहुँदा अधिकांशले भत्ता पाउन सकेका छैनन् ।
गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीहरूको समस्या समाधान गर्न आगामी दिनमा पालिकाको पायकपर्ने स्थानमा राष्ट्रिय परिचयपत्र वितरण शिविर राखिने प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । रासस
समाचार
बनेपामा थर्ड पार्टी लजिस्टिक वेयरहाउस बनाउँदै उपाय, लागत १२० करोड
लजिस्टिक कम्पनी उपायले आफ्नो थर्ड पार्टी लजिस्टिक्स (थ्रीपीएल) वेयरहाउस व्यवसाय विस्तार गर्ने घोषणा गरेको छ । उपायको नयाँ वेयरहाउस…
इटालियन पत्रिकाले विश्वमै पहिलो पटक प्रकाशन गर्यो पूर्ण रूपमा एआईले तयार गरेको संस्करण
इटालियन पत्रिका इल फोलियोले पूर्ण रूपमा कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा तयार गरिएको संस्करण प्रकाशित गरेको छ । पूर्ण रूपमा एआईब…
फोटोनले बिक्री गर्यो १ करोड युनिट सवारी साधन
विश्वव्यापी व्यावसायिक सवारी साधन निर्माता फोटोनले १ करोड युनिट बिक्री गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस उपलब्धिले फोटोन…
टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजनको अफिसियल इन्टरटेनमेन्ट पार्टनर
टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ ।…
ट्विटरको चर्चित ब्लू बर्ड लोगो ३४ हजार डलरमा बिक्री
ट्विटरको चर्चित ब्लू बर्ड लोगो आरआर अक्सनमा ३४ हजार ३७५ डलरमा बिक्री भएको छ । एलन मस्क ट्विटर (अहिलेको एक्स) को मालिक बनेर …
ईसेवा मनी ट्रान्सफर र सामाजिक सुरक्षा कोषबीच सम्झौता
नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनी ट्रान्सफरले सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्दै आप्रवासी नेपालीहरू…
जेडटीई पुन: नेपाली बजारमा प्रवेश गर्दै, शंकर ग्रुपसँग सहकार्य
ग्लोबल टेक जायन्ट जेडटीई नेपालमा पुनः प्रवेश गर्ने तयारी गर्दैछ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्स भए…
नेपालमा ग्रीन हाइड्रोजनको सफल परीक्षण गर्ने थापालाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान
ग्रीन हाइड्रोजनको अनुसन्धान र उत्पादनमा क्रियाशिल काठमाडौंको विश्वविद्यालयका एशोशिएट प्राध्यापक डा. विराज सिंह थापाले प्रधानमन्त्री…
एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा एक्सेस वर्ल्ड र एआई एसोसिएसनबीच छलफल
एक्सेस वर्ल्ड टेक (एडब्लुटी) र एआई एसोसिएसन अफ नेपालबीच एआईको इकोसिस्टम विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
…२१ शिक्षक तथा शिक्षिकाहरूलाई नासोद्वारा गतिशील मानव सौर्य मण्डल सम्बन्धि तालिम प्रदान
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले गतिशील मानव सौर्य मण्डल शिक्षक तालिम काठमाडौंको नासा कलेजमा सम्पन्न गरेको छ । नेपाल तथा …
एनसेल नेपाल सुपर लिगको लाइभ हिमालय टिभीबाट हेर्न पाइने
देशव्यापी फुटबल प्रशंसकहरूका लागि बहुप्रतीक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ ले फुटबलको आधिकारिक प्रसारण साझेदारको र…
फेसबुक, इन्टाग्राम, एक्स लगायतलाई सूचीकरण हुन सञ्चार मन्त्रालयको ३० दिने अल्टिमेटम
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, इन्टाग्राम, एक्स लगायत सामाजिक सञ्जाललाई ३० दिनभित्र नेपालमा सूचीकरण हुन अनुरोध गरे…
गुगलको इतिहासकै सबैभन्दा ठूलो डिल: ३२ अर्ब डलरमा इजरायली साइबर सुरक्षा कम्पनी विजको अधिग्रहण
गुगलले आफ्नो इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता गरेको छ । कम्पनीले साइबर सुरक्षा सेवा प्रदान गर्ने इजरायली स्टार्टअप विजल…
१५ औं वर्षमा स्पारो एसएमएस, इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै
नेपालको अग्रणी एसएमएस तथा मोबाइल म्यासेज सेवा प्रदायक स्प्यारो एसएमएस १५ औं वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा एउटा सानो परियो…
एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण
एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वि…