समाचार
ओपनएआईले सार्वजनिक गर्यो नयाँ जीपीटी ५ कोडेक्स
ओपनएआईले सोमबार आफ्ना एआई कोडिङ एजेन्ट कोडेक्सका लागि नयाँ संस्करण जीपीटी ५ कोडेक्स सार्वजनिक गरेको छ। यो मोडेलले अघिल्ला संस्करणहरूभन्दा धेरै गतिशील ढंगले ‘सोच्ने समय’ खर्च गर्न सक्ने दावी गरिएको छ ।
जसले गर्दा कोडिङ कार्यमा केही सेकेन्डदेखि सात घण्टासम्म समय दिन सक्छ। यसका कारण, यसले एजेन्टिक कोडिङ बेञ्चमार्कमा उत्कृष्ट प्रदर्शन गरेको छ।
नयाँ मोडेल अहिले कोडेक्स उत्पादनहरूमा रोलआउट भइरहेको छ, जसलाई टर्मिनल, आईडीई, गिटअप वा च्याटजीपीटीमार्फत प्रयोग गर्न सकिन्छ।
यो सुविधा च्याटजीपीटी प्लस, प्रो, बिजनेस, एडु र इन्टरप्राइज प्रयोगकर्ताहरूलाई उपलब्ध भएको छ। एपीआई ग्राहकहरूका लागि भने पछि उपलब्ध गराइने योजना ओपनएआईले जनाएको छ।
यो अपडेट ओपनएआईको कोडेक्सलाई अन्य प्रतिस्पर्धी एआई कोडिङ उत्पादनहरू—जस्तै क्लाउड कोड, एनीस्फेयरको करसर वा माइक्रोसफ्टको गिटहब कोपाइलटसँग प्रतिस्पर्धी बनाउनको लागि आएको हो।
पछिल्लो वर्ष प्रयोगकर्ताको तीव्र मागका कारण एआई कोडिङ उपकरणको बजार निकै प्रतिस्पर्धात्मक बनेको छ। उदाहरणका लागि, करसरले सन् २०२५ मा मात्र ५० करोड डलरभन्दा बढी वार्षिक आम्दानी (ARR) पार गरेको थियो भने विन्डसर्फ नामक अर्को कोड एडिटरलाई लिएर भएको अधिग्रहण प्रयासले टिमलाई गूगल र कग्निसनबीच विभाजन गरेको थियो।
ओपनएआईका अनुसार, जीपीटी ५ कोडेक्सले जीपीटी ५ भन्दा SWE-bench Verified (एजेन्टिक कोडिङ क्षमतामापन गर्ने बेञ्चमार्क) मा उत्कृष्ट प्रदर्शन गरेको छ। साथै, ठूलो र स्थापित रिपोजिटरीहरूको कोड रिफ्याक्टरिङ कार्यमा समेत यसले राम्रो नतिजा देखाएको छ।
कम्पनीले यस मोडेललाई कोड रिभ्युका लागि विशेष रूपमा तालिम दिएको छ। अनुभवसंपन्न सफ्टवेयर इन्जिनियरहरूले मूल्यांकन गर्दा यसले अघिल्ला मोडेलभन्दा कम गलत टिप्पणीहरू दिएको र बढी ‘उच्च प्रभाव पार्ने टिप्पणीहरू’ गरेको पाइएको छ।
ब्रिफिङमा, ओपनएआईका कोडेक्सका उत्पादन प्रमुख एलेक्ज्यान्डर एम्बिरिकोसले जीपीटी फाइभ कोडेक्सको उच्च प्रदर्शन यसको गतिशील सोच्ने क्षमताका कारण भएको बताए।
प्रयोगकर्ताहरू च्याटजीपीटीमा जीपीटी ५ राउटरसँग परिचित छन्, जसले कार्यको जटिलता अनुसार विभिन्न मोडेल रोज्छ। तर, जीपीटी ५ कोडेक्समा भने त्यस्तो राउटर छैन। यसले वास्तविक समयमा कार्यको कठिनाइ अनुसार समय मिलाउन सक्छ।
एम्बिरिकोसका अनुसार, यही विशेषता यसलाई फाइदा पुर्याउँछ। राउटरले कार्य सुरु गर्दा नै कति समय र कम्प्युटेशनल पावर प्रयोग गर्ने भन्ने निर्णय गर्छ।
तर जीपीटी ५ कोडेक्सले भने बीचैमा—जस्तै पाँच मिनेटपछि—अझ एक घण्टा बढी खर्च गर्नुपर्ने निर्णय लिन सक्छ। उनले भनेका छन्, ‘मैले यसलाई सात घण्टासम्म समय लिएको देखेको छु।’
समाचार
आईओएस २६ को बेटा भर्सन सार्वजनिक, अहिलेसम्मकै ठूलो भिजुअल परिवर्तन
एप्पलले लामो प्रतीक्षा गरिएको नयाँ सफ्टवेयर आईओएस २६ को बेटा भर्सन सार्वजनिक गरेको छ। यो संस्करण अहिलेबाटै उपयुक्त आईफोन प्रयोगक…
एनसेलद्वारा सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैती सम्बन्धी प्रहरीमा उजुरी
काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नामम…
यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि नागरिक एपमा देखिन छोड्यो लाइसेन्सको अप्सन
नागरिक एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हटेको छ । यातायात व्यवस्था विभागको सर्भरमा आगजनी भएपछि एपबाट ड्राइभिङ लाइसेन्सको अप्सन हट…
पेनस्के मिडियाले हाल्यो गुगलको एआई ओभरभ्यूजविरुद्ध मुद्दा, ट्राफिक र राजस्व घटेको आरोप
गुगलको एआई ओभरभ्यूज (AI Overviews) ले गम्भीर चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । रोलिङ स्टोन, भेराइटी, बिलबोर्ड लगायतका मिड…
एनसेलले भन्यो: हामी फेरि उठ्ने छौं
जेनजी प्रदर्शनका क्रममा काठमाडौंस्थित मुख्य कार्यालय एनसेल आइकमसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्…
वीरगञ्ज महानगरको भवन र सवारीसाधन जलेर नष्ट, कम्प्युटर, प्रिन्टर्स, हार्डड्राइभ चोर्ने र जलाउने दुवै कार्य
जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको भवन तथा सवारीसाधनमा ठूलो धनजनको क्षति भएको छ ।
…जेनजी प्रदर्शनमा यातायात विभागबाट ल्यापटपदेखि हार्डडिस्कसम्म चोरी, फिर्ता गर्न आग्रह
जेनजी प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागबाट सवारी साधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टिभि, छपाइ मेशिन, छपाइ भए…
ड्राइभिङ लाइसेन्स छपाइ र वितरण बन्द, लाखौं ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट जलेर खरानी
यातायात व्यवस्था विभागमा आगजनी, तोडफोड भएपछि ड्राइभिङ लाइसेन्स छपाइ, वितरण लगायतका काम बन्द भएका छन् ।
अल्बानियामा एआईबाट बनाइएकी ‘डिएला’ मन्त्री नियुक्त, भ्रष्टाचार रोक्ने उद्देश्य
अल्बानियाका प्रधानमन्त्री एडी रामाले आफ्नो नयाँ मन्त्रिपरिषद्मा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएको ‘मन्त्री’ नियु…
अर्थ मन्त्रालयका मुख्य तीनओटा सफ्टवेयरहरू र त्यसका तथ्याङ्क सुरक्षित
जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट अर्थ प्रशासनको काम कारबाही प्रभावित भएको छ। अर्थ मन्त्रालय, भन्सार तथा कर कार्याल…
चल्न थाले जेनजी प्रदर्शनका क्रममा बन्द भएका सरकारी वेबसाइटहरू
सरकारी वेबसाइटहरू चल्न थालेका छन् । जेनजी प्रदर्शनका क्रममा विभिन्न ठाउँमा तोडफोड र आगजनी भएपछि सरकारी वेबसाइटहरू बन्द भएका थि…
भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुरू, आइतबारदेखि पूर्ण क्षमतामा सञ्चालन हुने अपेक्षा
इन्टरनेट सेवा प्रदायकको भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुरू भएको भएको छ । जेनजी प्रदर्शनका क्रममा सेन्ट्रल बिजनेस प…
जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन प्रहरीको अनुरोध
नेपाल प्रहरीले जेनजी प्रदर्शनमा भएको आगजनी र लुटपाटका फोटो तथा भिडियो पठाउन अनुरोध गरेको छ ।
अहिलेको विषम परिस्थितिमा कताहो एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क
नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालको समूहले ‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क उपलब्ध गराउने घोषणा…
डिजिटल भुक्तानी सुचारू राख्न राष्ट्र बैंकको आग्रह, वेबसाइट र सामाजिक सञ्जालबाट सेवाको जानकारी दिनुपर्ने
नेपाल राष्ट्र बैंकले सम्पूर्ण इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थालाई अत्यावश्यक…