समाचार
लुम्बिनी लायन्सको मुख्य प्रायोजकमा एनसेल
नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । हिल्टन काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो ।
उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए ।
यो साझेदारीले लुम्बिनी लायन्स क्लबको आगामी सिजनमा थप ऊर्जा र उत्साह भर्ने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन् ।
साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो । यस सहकार्यबारे बोल्दै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले एनसेलजस्तो अन्तर्राष्ट्रिय स्तरको एवम् नेपालकै अग्रणी निजी दूरसञ्चार सेवा प्रदायकसँग मुख्य प्रायोजकको रूपमा जोडिन पाउँदा खुसी भएको बताए ।
उनले अगाडि भने, ‘यो सहकार्यले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ । एनसेल जस्तो प्रतिष्ठित ब्रान्डको समर्थनले हाम्रो टोलीलाई अझ सशक्त बनाउनेछ र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउनेछ ।’
लुम्बिनी लायन्ससँगको सहकार्यका बारेमा उत्साह प्रकट गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नेपाली क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ लुम्बिनी लायन्ससँग सहकार्य गरेको जानकारी उए ।
यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालै मात्र एनपीएल हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो । एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पु¥याउने विश्वास लिइएको छ ।
यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ । हिजोदेखि शुरु भएको यस एनपिएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टी.यू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । यो प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो भएकोलेयो एनपीएलले अत्यधिक लोकप्रियता प्राप्त गरेको छ ।
समाचार
एनपीएलमा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर टेलिकमद्वारा निःशुल्क जडान
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिको फाइबर जडान गरेको छ ।
एक्स प्रयोगकर्ताहरू किन ब्लुस्काईमा सिफ्ट भइरहेका छन् ?
एलन मस्कले ट्विटर खरिद गरेपछि अहिले यो 'एक्स' भइसकेको छ । पछिल्लो समय एक्स प्रयोगकर्ताहरूलाई ब्लुस्काईमा सिफ्ट भइरहे…
रोमानियाबाट ईसेवामा रेमिट्यान्स पठाउने अन्जुलाले जितिन् दुईतले घर
डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत अन्जुला घिमिरेले २ त…
वर्ल्डलिंकका अध्यक्ष भन्छन्: नेपालमा स्टारलिंकको इन्टरनेट आवश्यक छ, आफै लबिङ गरिरहेको छु
वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले नेपालमा स्टारलिंकको इन्टरनेट भित्र्याउन २ वर्षदेखि लबिङ गरिरहेको बताएका छन् । बिहीबार का…
एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने एनसेलको घोषणा
एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिम…
टेलिकमको क्रिकेट धमाका प्याक: ४९९ रूपैयाँमा १५० जीबी र ६९९ रूपैयाँमा ३०० जीबी डेटा
नेपाल प्रिमियर लिगलाई लक्षित गर्दै क्रिकेट प्रेमीहरूका लागि नेपाल टेलिकमले एनटी क्रिकेट धमाका प्याक ल्याएको छ ।
डिजिटल माध्यमबाट सम्पदा संरक्षण र प्रवर्द्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाटन दरबार क्षेत्रमा डिजिटल माध्यामबाट सम्पदा संरक्षण र प्रवद्र्धनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुर महानगरपालिक…
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको १ अर्ब ४२ कराेड लगानी
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र देशकै अग्रणी आईसीटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनिश सरकारी कम्पनी फ…
सीजीले सार्वजनिक गर्यो हिटर, वासिङ मेसिन, एसी, थर्मस लगायतका विन्टर प्रडक्ट
सीजीले जाडो मौसमलाई लक्षित गर्दै आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । सीजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वा…
सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको छः सञ्चारमन्त्री गुरूङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
…सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसई चौथो वर्षमा, ११७ नयाँ उद्यम स्थापना
नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल…
इतिहासकै सबैभन्दा ठूलो पासवर्ड लीक, करोडौं मानिसहरूको सुरक्षा जोखिममा
यस डिजिटल युगमा आफ्नै सुरक्षा र गोपनीयतालाई सुरक्षित राख्न ठूलो चुनौती बनेको छ । एउटा सानो गल्तीले पनि ह्याकरहरूलाई ठगी गर्न प…
सामाजिक सञ्जालमा आउने अराजक र आधारहीन समाचारको पछि नलाग्न सञ्चारमन्त्री गुरुङको आग्रह
सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएकामा चिन्ता व्यक्त गर्दै…
एनपीएलका खेलहरू डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट लाइभ हेर्न सकिने
नेपाल प्रिमिर लिग (एनपीएल) का खेलहरू डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट लाइभ हेर्न सकिने भएको छ ।
आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक
आइसिटी क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवा…