कीवर्डहरू -

समाचार

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार गरिएको साइबर सुरक्षा रोडम्याप हस्तान्तरण

कम्प्युटर एशोशिएसन नेपाल (क्यान) महासंघ, सेन्टर फर साइबर सेक्युरिटी एण्ड रिसर्च (सीएसआरआई) र इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) ले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई साइबर सुरक्षा मजबुत पार्ने सम्बन्धित रोडम्याप हस्तान्तरण गरेका छन् । 

बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी तयार गरिएको रणनीतिक दस्तावेज वरिष्ठ उपाध्यक्ष तथा वन कभर प्रालिका सीईओ चिरञ्जीबी अधिकारीद्वारा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा सूचना प्रविधि मन्त्रालयका विज्ञ डा. शालिग्राम पराजुली, सीएसआरआई नेपालका पदाधिकारीहरू, एनपी सर्ट र क्यान महासंघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । यस रोडम्यापले नेपालको डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित, लचिलो र विश्वासिलो बनाउने आधार तयार पार्ने बताइएको छ ।

रोडम्यापका मुख्य बुँदाहरूमा प्रमुख सूचना सुरक्षा अधिकारी (सीआईएसओ) अनिवार्य नियुक्ति, फिनसर्ट नेपालको स्थापना, एनपीसर्टसँग एकीकरण र साइबर शिक्षा तथा सचेतना अभियानहरू समावेश छन् । 

रोडम्यापमा कोर बैंकिङ प्रणालीदेखि डिजिटल भुक्तानी सुरक्षासम्मका विषयलाई समेट्दै, रणनीतिले त्रैमासिक साइबर जोखिम मूल्यांकन, सेक्युरिटी अपरेसन सेन्टर स्थापना, मल्टी फ्याक्टर अथेन्टिकेसन, इन्क्रिप्शन, डेटा हानी रोकथाम र आपतकालीन प्रतिक्रिया योजना अनिवार्य गरिनुपर्ने उल्लेख गरिएको छ । 

साथै सीएसआरआई र विश्वविद्यालयहरूसँगको सहकार्यमा साइबर सुरक्षामा नवप्रवर्तन प्रवर्द्धन, छात्रवृत्ति कोष स्थापनालगायतका दीर्घकालीन योजनाहरू सञ्चालन गर्न सकिने सुझाव दिइएको छ ।
 

समाचार

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई  सुनौलो अवसर

विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरूवात गरेको…

नेदरल्यान्डको चेतावनी: १५ वर्षमुनिका बालबालिकामा मानसिक असर बढ्दै, टिकटक र इन्स्टाग्राम प्रयोग नगर्न आग्रह

नेदरल्यान्ड सरकारले मंगलबार अभिभावकहरूलाई १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई टिकटक र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्मको …

साम अल्टम्यानको भविष्यवाणी: एआई अहिले इन्टर्न, चाँडै अनुभवी सफ्टवेयर इन्जिनियर बन्छ

अहिलेको समयमा धेरै ठूला टेक दिग्गज कम्पनीहरू एआईलाई अझ उन्नत बनाउन जुटिरहेका छन् । यसैबीच ओपनएआईका सीईओ स्याम अल्टम्यानले…

विदेशमा आईटी कम्पनीले १० लाख डलरसम्म लगानी गर्न पाउने

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि (आईटी) उद्योगले १० लाख अमेरिकी डलरसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरेको छ ।  नेप…

ह्वाट्सएपमा च्याटजीपीटी अपडेट: इमेज जेनरेशन र भ्वाइस इनपुट सुविधा थपियो

ह्वाट्सएपमा उपलब्ध च्याटजीपीटीलाई ठूलो अपडेट प्राप्त भएको छ। अब प्रयोगकर्ताहरू यस प्लेटफर्ममा केवल टेक्स्ट च्याट मात्रै होइन, इमेज जे…

एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरू

एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरू गरेको ‘लीग अफ क्रिएटर्स’ अभियान अन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप आय…

अब पठाओ झन् सस्तो: सेभर प्याक बिटा भर्सन सार्वजनिक, अफिस र क्याम्पस जानेलाई विशेष छुट

राइड सेयरिङ र फूड डेलिभरी सेवाप्रदायक पठाओ नेपालले नियमित राइड र फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गरी ‘पठाओ सेभर प्याक&…

फोनलोन नतिर्ने ५० जना ग्राहकको विवरण सार्वजनिक

लक्ष्मी सनराइज बैंकले फोनलोन लिने र समयमा नतिर्ने ५० जना ग्राहकको विवरण मंगलबार सार्वजनिक गरेको छ ।

फेसबुकको भिडियो सेक्सन रिब्रान्ड हुँदै, अब सबै भिडियो ‘रिल्स’ अन्तर्गत देखिने

फेसबुकले पुनः एकपटक आफ्नो एपको भिडियो सेक्सनलाई नयाँ नाम दिँदैछ । पहिले ‘भिडियो’ र त्यसअघि ‘वाच’ भ…

डेटा गोपनीयता: तपाईंको फोनमा रहेका एआई टूलहरूले कुन–कुन डेटा सङ्कलन गर्दैछन् ?

आजकाल मानिसहरू दैनिक जीवनमा धेरै प्रकारका एआई टूल्स प्रयोग गर्छन्, जस्तै च्याटजीपीटी, माइक्रोसफ्ट कोपाइलट वा स्मार्टवाचबाट आफ्नो फि…

ह्वावे र एसएमआईसीलाई उत्पादन पठाउनु अघि ताइवानका कम्पनीले अब सरकारी अनुमति लिनुपर्ने

ताइवानको वाणिज्य मन्त्रालयले चीनका दुई दिग्गज टेक कम्पनीहरू ह्वावे टेक्नोलोजीज् र सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प (एसएमआ…

बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने

बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योज…

दुई चर्चित गेमिङ टिमसँग इनफिनिक्स नेपालको सहकार्य

इनफिनिक्स नेपालले दुई चर्चित गेमिङटिम ‘डिआरएस गेमिङ’ र ‘होर इस्पोर्टस’ सँग सहकार्य गरेको छ। प्रविधि र…

लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्ने, जेनजी केन्द्रित उद्यमशीलता प्रवर्धन गर्ने

लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्दै नवप्रवर्तन सहितको पुँजीमा पहुँच र उद्यमशीलता प्रवर्धनमा जोड दिने भएको छ ।&n…

यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न कोशीले छुट्यायो ४ करोड बजेट

कोशी प्रदेशले यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न ४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै …