कीवर्डहरू -

समाचार

च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने

च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले च्याटजीपीटीको मेमोरीलाई धेरै सुधारको र अब यसले विगतका कुरा सम्झन सक्ने बताएका छन् । 
‘हामीले च्याटजीपीटीमा मेमोरीलाई धेरै सुधार गरेका छौं ।  अब यसले तपाईंका सबै विगतका कुराकानीहरू रिफरेन्स लिन सक्छ,’ उनले एक्समा भनेका छन्, ‘मेरो विचारमा यो उपयोगी सुविधा हो । जसले तपाईंलाई जीवनभर चिन्ने र अत्यन्तै उपयोगी तथा व्यक्तिगत बन्ने क्षमता राख्छ ।’

ओपन एआईले सन् २०२३ देखि नै च्याटजीपीटीको मेमोरी सुधार गर्न काम गरिरहेको थियो । अब प्रयोगकर्ताले आफ्नो प्राथमिकताहरू सेट गर्न सक्ने र भविष्यको कुराकानीमा ध्यानमा राख्ने व्यवस्था मिलाउन सक्ने छन् । 

उदाहरणका लागि, तपाईंले बोटलाई भन्न सक्नुहुन्छ कि तपाईं चार जनाको परिवारमा हुनुहुन्छ, र जब तपाईं डिनरको रेसिपी सोध्नुहुन्छ, त्यसलाई त्यस जानकारी याद हुनेछ ।

गत वर्षको सुरुवातदेखि, ओपन एआईले प्रयोगकर्ताहरूलाई च्याटबाट प्राप्त जानकारी सम्झन निर्देशन दिने सुविधा उपलब्ध गराउन थालेको थियो । अहिलेको नयाँ अपडेटसंगै च्याटजीपीटीले तपाईंले सोझै दिएको जानकारी मात्र होइन, कुराकानीबाट बुझेका कुराहरू पनि याद गर्न सक्छ ।

‘जति धेरै च्याटजीपीटी प्रयोग गर्नुहुन्छ, उति नै उपयोगी हुन्छ । नयाँ कुराकानीहरू त्यसले पहिले नै थाहा पाएका कुराहरूमा आधारित हुन्छन् जसले अझ सहज र व्यक्तिगत अनुभव प्रदान गर्छ,’ ओपन एआईले भनेको छ । 

कम्पनीले यो अपडेट अहिले २०० अमेरेकी डलर प्रति महिना पर्ने प्रो योजना र २० अमेरिकी डलर प्रति महिना पर्ने प्लस योजना प्रयोगकर्ताहरूका लागि सार्वजनिक गर्दैछ । टिम, इन्टरप्राइज र एडु प्रयोगकर्ताहरूले केही हप्ताभित्र यो सुविधा पाउनेछन् । कम्पनीले निःशुल्क प्रयोगकर्ताहरूका लागि कहिले सुविधा आउँछ भन्ने खुलाएको छैन।

यदि तपाईं च्याटजीपीटीले तपाईंको कुराकानी सम्झियोस् भन्ने चाहनुहुन्न भने सेटिङ मेनुबाट बन्द गर्न सक्नुहुन्छ । ‘यदि तपाईंले पहिले नै मेमोरी प्रयोग नगर्ने विकल्प रोज्नु भएको छ भने, च्याटजीपीटीले डिफल्ट रूपमा विगतका कुराकानीहरू सन्दर्भ गर्ने छैन,’ ओपन एआईले भनेको छ । 

तपाईंले टेम्पोररी च्याटको प्रयोग पनि गर्न सक्नुहुन्छ, जुन सुविधा कुनै विशेष कुराकानीमा तपाईंले याद नगरियोस् भन्ने चाहनुहुन्छ भने प्रयोग गर्न सकिन्छ ।


 

समाचार

घोषणामै सिमित भयो निःशुल्क आईटी वर्कस्टेशन, ८ महिना बित्दा पनि काम अगाडि बढेन

चालु आर्थिक वर्ष २०८१/०८२ सुरू भएको ८ महिना हुँदा पनि आईटी वर्कस्टेशन सञ्चालनमा आउन सकेको छैन् । 

२०८१ मा आईटी: कानुनी सुधार गर्दै आशा जगाउने प्रयास

वर्ष २०८१ नेपालको आईटी क्षेत्रको लागि विशेष रह्यो । आईटी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले संशोधनमार्फत केही कानुनी जटि…

पठाओ एपमा थपियो रेन्टल सेवा: कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म बुक गर्न सकिने

पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरु गरेको छ । ‘मुभिङ नेपाल’को आफ्नो संकल्पलाई अघि बढाउँदै कम्पनीले…

एनभिडियालाई चुनौती दिन गुगलको आईरनवुड चिप सार्वजनिक

अल्फाबेट अन्तर्गतको कम्पनी गुगलले आफ्नो सातौँ पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप ‘आईरनवुड’ सार्वजनिक गरेको छ…

जेनरेटिभ एआईबाट डिजिटल ठगीमा तीव्र वृद्धि, सुरक्षा चुनौती गम्भीर

घिबली शैलीमा फोटो बनाउन मिल्ने सुविधा आएपछि हालका केही दिनयता च्याटजीपीटीको प्रयोग गरेर नक्कली आधार र प्यान कार्ड समेत बनाइएक…

म्याकडोडो ब्रान्डका पाँच नयाँ प्रडक्टहरु सार्वजनिक, नयाँ वर्षमा १० प्रतिशत छुट

विश्वव्यापी रूपमा प्रसिद्ध एक्सेसरिज ब्रान्ड म्याकडोडोले नेपाली बजारमा पाँचवटा नयाँ उत्कृष्ट प्रडक्टहरु सार्वजनिक गरेको छ । म्याकडोडो…

ब्रोडब्याण्ड इन्टरनेट सञ्चालन भए/नभएको जानकारी दिन स्थानीय तहलाई प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट सञ्चालन भएको/नभएको जानकारी दिन आग्रह गरेको छ । 

रिमोट वर्कका लागि नीतिगत प्रबन्ध गर्न उच्चस्तरीय आयोगको सुझाव, नेपाल बन्न सक्छ उपयुक्त ठाउँ

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाललाई रिमोट वर्क गन्तव्यको रूपमा विकास गर्न नीतिगत प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ ।&…

व्यवसाय दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै गराउन उच्चस्तरीय आयोगको सुझाव

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दर्ता सम्बन्धी सबै प्रक्रिया र आवश्यक कागजात बुझाउने काम अनलाइनबाटै गराउन सरकारलाई सुझाव दि…

आईटीको इकोसिस्टम विकास गर्न खनाल नेतृत्वको उच्चस्तरीय आयोगले दिएका सुझावहरू के के छन् ?

पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सूचना प्रविधि क्षेत्रको वृहत इकोसिस्टम विकास गर्न ट्रान्स…

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, अझ सहज र अझ व्यक्तिगत बनाउने

नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजा…

एलन मस्कको घोषणा: विद्यार्थीहरूका लागि सुपरग्रोक दुई महिनासम्म निःशुल्क

हालै एलन मस्क ले एक पोस्टमार्फत जानकारी दिएका छन् कि विद्यार्थीहरूका लागि सुपरग्रोक निःशुल्क रूपमा उपलब्ध गराइएको छ । तर यस अफरस…

सिक्रेट कोड इन्टर गरेपछि मात्र खुल्ने रील्स, इन्स्टाग्रामले ल्याउँदै नयाँ फिचर

अमेरिकामा टिकटकमा सम्भावित प्रतिबन्धको चर्चा तीव्र भइरहेका बेला, इन्स्टाग्राम लगातार नयाँ फिचरहरू सार्वजनिक गर्दै आफूलाई सशक्त बनाउने प्रयासमा जुटिरहेको छ । ह…

एआईमा आधारित ईआरपी सिस्टम समएक्स सार्वजनिक

एआईमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्लेटफर्म समएक्स सार्वजनिक भएको…

नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्…