कीवर्डहरू -

समाचार

परप्लेक्सिटीको कोमेट एआई ब्राउजर अब विश्वभर निःशुल्क उपलब्ध

परप्लेक्सिटीले आफ्नो कोमेट एआई ब्राउजर सबैका लागि निःशुल्क उपलब्ध गराएको छ। यसअघि यो सेवा परप्लेक्सिटी म्याक्स प्रयोगकर्ताहरूलाई मात्र उपलब्ध थियो, जसको लागत प्रतिमहिना २०० डलर पर्थ्यो।

कम्पनीका अनुसार, कोमेट इन्टरनेटमा सबैभन्दा धेरै खोजिएको ब्राउजर बनेको छ, जसका लागि लाखौँ मानिसहरूले वेटलिस्टमा नाम लेखाएका थिए। अब वेटलिस्ट हटाइएको छ र सबैले सजिलै डाउनलोड गर्न सक्ने भएका छन्। साथै, यो कुनै सीमित अफर नभई कोमेट 'सधैं निःशुल्क' रहने कम्पनीले जनाएको छ।

कोमेट एउटा यस्तो वेब ब्राउजर हो जसमा परप्लेक्सिटी एआई नै डिफल्ट सर्च इञ्जिनको रूपमा प्रयोग हुन्छ। प्रत्येक खोजीमा साइडबारमा च्याटबोट देखिन्छ, जसले प्रश्नहरूको उत्तर दिन, पाठ संक्षेप गर्न, इमेल पठाउने वा दिशानिर्देश खोज्ने जस्ता काम गर्न मद्दत गर्छ। यसले इन्टरनेटबाट जानकारी सङ्कलन गरी एआई-आधारित जवाफ प्रस्तुत गर्ने भएकाले महत्वपूर्ण कुरामा प्रयोगकर्ताले दोहो¥याएर पुष्टि गर्नुपर्ने सुझाव दिइएको छ।

परप्लेक्सिटी हाल मोबाइल संस्करणको कोमेट ब्राउजर र एक समग्र एआई सहायक (integrative assistant) मा पनि काम गरिरहेको छ। एआई ब्राउजर क्षेत्रमा यसअघि नै गूगल क्रोम र द ब्राउजर कम्पनीको डिया सक्रिय छन्, र अब कोमेट पनि प्रतिस्पर्धामा प्रवेश गरेको छ।

समाचार

एलन मस्कले घोषणा गरे ‘ग्रोकीपेडिया’, विकिपेडियालाई चुनौती दिने तयारी

अमेरिकी अर्बपति एलन मस्कले आफ्नो एआई कम्पनी एक्सएआईमार्फत विकिपेडियालाई टक्कर दिने नयाँ परियोजना सुरु गर्ने घोषणा गरेका छन्।

च्याटजीपीटीमा नयाँ सुरक्षा र अभिभावक नियन्त्रण सुविधा

ओपनएआईले च्याटजीपीटीमा नयाँ सुरक्षित राउटिङ प्रणाली र अभिभावक नियन्त्रण (Parental Controls) सुविधा सुरु गरेको छ। 

एम फाइभ म्याकबुक उत्पादन गर्ने तयारीमा एप्पल

एप्पलको नयाँ सिलिकन चिप चाँडै उत्पादन लाइनमा प्रवेश गर्न लागेको छ भन्ने समाचार ब्लूमबर्गका मार्क गूर्मनले दिएका छन्। आफ्नो पछिल्लो …

एन्थ्रोपिकले नयाँ एआई मोडल सोनेट ४.५ सार्वजनिक, अहिलेसम्मकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी

एआई कम्पनी एन्थ्रोपिकले नयाँ मोडल सोनेट ४.५ (Sonnet 4.5) सार्वजनिक गरेको छ । कम्पनीले यसलाई विश्वकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी ग…

काठमाण्डौ महानगरपालिकाले सीपमूलक तथा व्यवसायिक तालिम दिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाण्डौ महानगरपालिकाले विभिन्न सीपमूलक तथा व्यवसायिक तालिममा सहभागी हुन चाहने महानगरवासीलाई आवेदन खुला गरेको छ।

<…

स्न्यापच्याटमा मेमोरिजका लागि अब ५ जीबी स्टोरेज मात्रै निःशुल्क पाइने, थप चाहिएमा पैसा तिर्नुपर्ने

सामाजिक सञ्जाल कम्पनी स्न्यापले आफ्नो स्न्यापच्याट मेमोरिज फिचरमा नयाँ भण्डारण सीमा तोकेको छ।

युट्युबले सुरु गर्‍यो ‘युट्युब ल्याब्स’, एआई होस्ट परीक्षणमा

युट्युबले आफ्ना प्रयोगात्मक एआई उपकरण परीक्षणका लागि नयाँ प्लेटफर्म ‘युट्युब ल्यास’ सुरु गरेको घोषणा गरेको छ। यसलाई …

टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता

बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई पानी प्युरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २…

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै नयाँ सफ्टवेयर ‘मबिल’ सार्वजनिक

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै रेष्टुरेन्ट बिलिङ म्यानेजमेन्ट सिस्टम ‘मबिल’ (maBill) सार्वजनिक भएको छ। नेपाल…

नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक, के के छन् सुविधा ?

नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले…

नागरिक एपको सहायता केन्द्र अस्थायी रूपमा बन्द, यस्तो छ ड्राइभिङ लाइसेन्स सम्बन्धि सेवा हट्नुको कारण

नागरिक एपको सहायता केन्द्र तत्काललाई स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरवारस्थित नागरिक एप सहायता केन्द्रमा…

अर्थ मन्त्रालयमा अब टिप्पणीहरू डिजिटल माध्यमबाट स्वीकृति हुने

अर्थ मन्त्रालयले शुक्रबारदेखि सबै टिप्पणी डिजिटल माध्यममार्फत स्वीकृति दिन सुरू गरेको छ । 

काठमाडौं महानगरले माग्यो डेभलपरदेखि सिस्टम एनालिष्ट सिस्टम, कसरी दिने आवेदन ?

काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन केन्द्र (SDOC) का लागि सेवा करारमार्फत प्राविधिक जनशक्ति भर्ना गर्ने भएको…

गुगलले घोषणा गर्‍यो 'एन्ड्रोइड पीसी': मोबाइलको अनुभव अब सिधै कम्प्युटरमा

 गुगलले एन्ड्रोइडमा चल्ने पीसी कम्प्युटर बनाउँदैछ। यसको अर्थ, अब तपाईंको मोबाइल अनुभव सिधै तपाईंको कम्प्युटर वा ल्यापटपमा प…