कीवर्डहरू -

समाचार

शिक्वल फाउन्डेसन र यूएन वुमनको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न

शिक्वल फाउन्डेसन र यूएन वुमन नेपालको सहकार्यमा आयोजित आइडियाथन २०२५ सम्पन्न भएको छ । यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो महिलामात्र सहभागी हुने ह्याकथनको प्रि-इभेन्ट हो । 

गर्ल्स इन आईसीटी दिवसको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा बेतलबी हेरचाह कार्य: पहिचान गर्नुहोस्, घटाउनुहोस्, पुनर्वितरण गर्नुहोस् भन्ने थीममा रहेर नेपालभरिका युवा महिलाहरू सहकार्य, नवप्रवर्तन र सह-सृजनामा जुटेका थिए । 

एकदिने यो कार्यक्रम सेक्युरिटीपाल नेपाल, बालवाटारमा सम्पन्न भएको थियो, जसमा विभिन्न शैक्षिक तथा पेशागत पृष्ठभूमिका करिब ६० जना सहभागी र १२ जना प्रशिक्षकहरू संलग्न थिए । 

आइडियाथनलाई गैर-प्रतिस्पर्धात्मक तर निर्देशित मिनी-ह्याकथनका रूपमा डिजाइन गरिएको थियो, जहाँ अन्वेषण, सिर्जनशीलता र समावेशीता प्राथमिकतामा राखिएको थियो । 

कार्यक्रमभरि सहभागीहरूले समूह बनाएर बेतलबी हेरचाह कार्यसँग सम्बन्धित वास्तविक चुनौतीहरू पहिचान गर्दै मानव-केन्द्रित डिजाइन सिद्धान्तहरू प्रयोग गरी नवीन समाधानहरू विकास गरेका थिए । 

कार्यक्रमबारे बोल्दै शिक्वल फाउन्डेसनकी सह-प्रबन्ध निर्देशक आस्था शर्माले आइडियाथन प्रि इभेन्ट मात्र नभएर युवा महिलाहरूलाई नवप्रवर्तन र समस्या समाधानको संसारमा प्रवेश गराउने एक सशक्त प्लेटफर्म भएको बताइन् । 

कार्यक्रममा इम्प्याथी म्यापिङ, समस्या परिभाषण, टिम सहकार्य र प्रशिक्षक सत्रहरू जस्ता गतिविधिहरू गरिएको थियो । 

शिक्वल फाउन्डेसनको मुख्य कार्यक्रम — नेपालको सबैभन्दा ठूलो महिलामात्र सहभागी हुने ह्याकथन असार १२ देखि १४ गतेसम्म यूएन वुमनको साझेदारीमा आयोजना हुँदैछ ।
 

समाचार

नेपाल मोबाइल वितरक संघका नवनिर्वाचित पदाधिकारीहरूलाई एमपिआइएद्वारा बधाई तथा स्वागत

मोबाइल फोन इम्पोर्टर्स एशोसिएशन (एमपिआइए) ले नेपाल मोबाइल वितरक संघ (एनएमडिए) का नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारीह…

एससीटी युपिआई कार्डमार्फत भुक्तानी गर्दा मक्र्योर काठमाडौँ होटलमा विशेष छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र यहि जनवरी देखि काठमाडौँको सुकेधारा हाइट्समा देश…

अमेरिकी ट्यारिफका बीच पनि चीनको रोबोटिक क्षेत्र विश्व बजारमा अगाडि

अमेरिकी ट्यारिफका कारण अहिले विश्वभर चिन्ता छ । धेरै देशहरू र त्यहाँ काम गर्ने कम्पनीहरूले अब आफ्नो नाफा–नोक्सानको मूल्यां…

युट्युबमा २० अर्ब भिडियो अपलोड! दुई दशकको यात्रामा विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म बन्न सफल

दुनियाँको सबैभन्दा ठूलो भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबका दीवाना तपाईंलाई हरेक ठाउँमा भेटिन्छन् । यो प्लेटफर्म मनोरञ्जनदेखि लिए…

च्वाइस सुविधा ल्याउँदै दराज, किनमेल प्रक्रियालाई अझ सहज बनाउने

नेपालकै अग्रणी अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ‘च्वाइस’ सार्वजनिक गर्ने…

डिजिटल कर्णाली कन्क्लेभ २०२५ सम्पन्न, प्रदेशको डिजिटल मार्गचित्र कोर्न सघाउने विश्वास

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार र आइस…

नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) दिग्दर्शन, २०८२ सार्वजनिक गरेको छ । 

सगरमाथा संवादका लागि सामाजिक सञ्जाल दूतको आह्वान, आवेदन दिने आज अन्तिम दिन

सरकारले सगरमाथा संवाद २०२५ का लागि सामाजिक सञ्जाल…

नेपालपे कार्डको लागि प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच सम्झौता

प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच एनपीएस – एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लाग…

टेलर स्विफ्टलाई पछि पार्दै स्केल एआईकी संस्थापक ३० वर्षीया लूसी गुओ बनिन डलर अर्बपति

लूसी गुओ नाम गरेकी अमेरिकाकी ३० वर्षीया युवती हालै सबैभन्दा कम उमेरमा सेल्फ–मेड महिला डलर अर्बपति बन्न सफल भएकी छन् । उ…

इन्स्टाग्रामको 'एडिट्स' एप एन्ड्रोइडमा उपलब्ध, मोबाइलमा सजिलै भिडियो एडिट गर्न सकिने

एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि इन्स्टाग्रामले आफ्नो नयाँ भिडियो एडिटिङ एप 'एडिट्स' सार्वजनिक गरेको छ । अब यसबाट तपा…

आईसीटीमा लैंगिक समानता प्रवर्द्धन गर्न ललितपुरमा डब्लुआईआईटीको प्रभातफेरी कार्यक्रम

सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) को आयोजनामा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस २०२५ को अवसरमा प्रभातफेरि कार्यक्रम सम्प…

क्रोम ब्राउजर किन्न ओपन एआई इच्छुक

अनलाइन सर्चको क्षेत्रमा गूगलको एकाधिकार रहेको भन्ने गत वर्षको अदालतको फैसलाबाट कम्पनी गम्भीर निगरानीमा परेको छ । यद्यपि यो अवस्थ…

कर्णाली प्रदेशमा टेलिकमको टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएका छौ: अधिकारी

नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकारी डिल्लीराम अधिकारी कर्णाली प्रदेशमा टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको बताएका छन् । 

पोखरा महानगरका नगरप्रहरीलाई वाकिटकी

पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई  जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी…