समाचार
‘कृत्रिम बौद्धिकता प्रयोगका लागि स्पष्ट नीति र कार्ययोजना आवश्यक’
सूचना प्रविधि क्षेत्रमा भइरहेका नवीनतम आविष्कार र मुख्यगरी कृत्रिम बौद्धिकता (एआई)को विकास एवम् प्रयोगका लागि नेपालले स्पष्ट नीति, संरचना र कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन्।
सूचना प्रविधिका क्षेत्रमा तुलनात्मक रूपमा कमजोर रहेको नेपालले अरु देश तथा त्यहाँका कम्पनीसँग समन्वय र सहकार्य गरेर जानुपर्ने आवश्यकतासमेत औंल्याइएको छ।
‘फ्रेन्ड्स अफ सिल्क रोड क्लब–नेपाल’ले सोमबार आयोजना गरेको ‘चीनको प्रविधि नवप्रवर्तन र विकास: नेपालका लागि अवसरको खोजी’ विषयक अन्तरक्रियाका वक्ताहरूले नेपालले आफ्नो प्राथमिकता पहिचान गरी स्पष्ट कानुन, पूर्वाधार, जनशक्ति र बजार तयार पार्नुपर्ने धारणा राखेका हुन्।
कार्यक्रममा सांसद रामहरी खतिवडाले प्रविधिको विकासमा अरु देश निकैअघि बढिसकेको उल्लेख गर्दै नेपालले पनि यसको विकास र प्रयोगलाई आत्मसात् गर्नुपर्ने बताए। “संसार प्रविधिको बाटोमा निकै अघि बढिसक्यो । हामी पनि परिवर्तन हुन जरुरी छ। हाम्रा दुई ठूला छिमेकी देश चीन र भारतले गरेको प्रविधिको विकास र त्यसको प्रयोगबाट लाभ लिन सक्छौँ”, उनले भने।
सूचना प्रविधि तथा कृतिम बौद्धिकताको प्रयोगसम्बन्धी कानुन निर्माणमा ढिलाइ गर्न नहुने पनि खतिवडाको भनाई थियो।
नेपाल चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष कल्याणराज शर्माले नेपालमा कृत्रिम बौद्धिकताको विषयलाई सैद्धान्तिक र व्यवहारिक रूपमा बुझ्न जरूरी रहेको बताए। “सरकारले सूचना प्रविधिको विकास र कृत्रिम बौद्धिकताको प्रयोगलाई नीतिमा कसरी हेरिरहेको छ भन्ने महत्वपूर्ण विषय हो। कृतिम बौद्धिकताका क्षेत्रमा चीनले ह्वावे र डीपसीकजस्ता नेतृत्वदायी कम्पनी ल्याइरहँदा नेपालले के लाभ लिनसक्छ भनेर खोज्न आवश्यक छ”, उनले भने।
शर्माले नेपालमा सूचना प्रविधिका क्षेत्रमा अनेक खालका चुनौती रहेको पनि औँल्याए। “यहाँ सूचना प्रविधिको विकासलाई सरकारी क्षेत्र वा निजी क्षेत्र कसले डोर्याउने भनेर स्पष्ट छैन । सबै नीजि क्षेत्रले गर्ने भए सुरक्षा चुनौती हुनसक्छ। डाटा सुरक्षाको विषय चुनौतीपूर्ण छ”, उहाँले भन्नुभयो, “हामीले बजार सिर्जना गर्न सकेका छैनौँ। प्रविधि निर्यात कसरी गर्ने भनेर सोच्नुपर्ने बेला आएको छ । हाम्रो उत्पादनको बजार कहाँ हो भनेर खोजी गरिनुपर्छ।”
सूचना प्रविधिका क्षेत्रमा पर्याप्त प्रत्यक्ष वैदेशिक लगानी भित्रिन नसकेको, अन्तरदेशीय संयन्त्र निर्माण हुन नसकेको, प्रविधि हस्तान्तरणमा समस्या रहेको, साइबर सेक्युरिटीको चुनौती रहेकोलगायत विषयबारे अध्यक्ष शर्माले ध्यानाकर्षण गराएको थिए।
कार्यक्रममा विभिन्न शैक्षिक संस्थामा सूचना प्रविधि अध्ययनरत विद्यार्थी र सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका व्यक्तिको सहभागिता थियो। रासस
समाचार
एन्ड्रोइड १६: मे २०२५ पछि सार्वजनिक हुने, यी स्मार्टफोनहरूले पहिलो अपडेट पाउनेछन्
गूगलले आफ्नो वार्षिक डेभलपर कार्यक्रम गूगल आई/ओ २०२५ को घोषणा गरिसकेको छ । यस अन्तरालमा कम्पनीले आफ्नो मोबाइल सञ्चालन प्रणाली (अ…
एप्पलले चाँडै नै ल्याउँदै छ आफ्नो पहिलो फोल्डेबल आईफोन, के के हुन सक्छन् फिचर ?
एप्पलले चाँडै नै आफ्नो पहिलो फोल्डेबल आईफोन सार्वजनिक गर्न सक्ने भएको छ । कम्पनीले यसका लागि आफ्नो तयारी पूरा गरिसकेको छ ।…
साप्ताहिक रूपमा ४० करोड बढीले प्रयोग गर्छन् च्याटजीपीटी
च्याटजीपीटीका सक्रिय साप्ताहिक प्रयोगकर्ताहरूको संख्या ४० करोड नाघेको छ । ओपन एआईका सीओओ ब्राड लाइटक्यापले एक्समा यो नयाँ तथ्याङ्क…
‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, नीति निर्माणदेखि बजेट विनियोजनसम्म प्रतिबद्धता चाहिन्छ’
सरोकारवालाहरुले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । आ…
सर्वोच्चले भन्यो: प्रधानन्यायाधीशको एक्समा अकाउन्ट छैन्, फेक अकाउन्टबाट भ्रम सिर्जना गरियो
सर्वोच्च अदालतले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको एक्स अकाउन्ट नभएको स्पष्ट पारेको छ । एक्समा प्रधानन्यायाधीशको नाम प्रयोग गरी …
क्रिप्टो एक्सचेञ्ज प्लेटफर्म बाईबिट ह्याक, अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी
क्रिप्टो एक्सचेञ्ज प्लेटफर्म बाईबिट ह्याक भएको छ । बाईबिट ह्याक गरेर ह्याकरले प्लेटफर्मबाट करिब १.५ अर्ब डलर बराबरको इथेरियम (ईटीएच…
कोशी प्रदेशमा नबिल बैंकको उद्यमशीलताको प्रवर्द्धन कार्यशाला सम्पन्न
नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत यही फागुन ७ गते विराटनगरमा ‘नबिल एसएसई कनेक्…
एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि १८ सम्म
एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ यस वर्ष फागुन १५ देखि १८ सम्म पोखरामा आयोजना हुने भएको छ । <…
नेपाली रेडियोका कार्यक्रमहरू अब आफ्नो समय अनुसार सुन्न सकिने
नेपाली रेडियोका कार्यक्रमहरू अब आफ्नो समय अनुसार सुन्न सकिने भएको छ । देश-विदेशमा रहेका नेपालीहरूका लागि लोकप्रिय नेपाली रेड…
दशरथ रंगशालामा भइरहेको छ नेपालकै पहिलो ईस्पोर्ट्स च्याम्पियनसीप
दशरथ रंगशाला काठमाडौंमा नेपालकै पहिलो राष्ट्रिय ईस्पोर्ट्स च्याम्पियनसीप सुरू भएको छ । फागुन ८ गते बिहीबारदेखि सुरू भएको प्रतिय…
हाम्रो पात्रोको मेगा रिलिज: अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक
नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ युआई र सुविधाहरूसहितको मेगा रिलिज लिएर आएको छ। &…
नेपालकै पहिलो राष्ट्रिय ईस्पोर्ट्स लिगलाई उत्कृष्ट बनाउँदै सामसङ
नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप फागुन ८ देखि १० गतेसम्म दशरथ रङ्गशाला, काठमाडौँमा भइरहेको छ । यो प्रतियोगि…
पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले पोखराको टेलनेट इन्टरनेटको लाइसेन्स खारेज गरेको छ । नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसा…
ताम्राकार कम्प्लेक्समा इजी मोबाइल केयरको एप्पल सर्भिस सेन्टर
इजी मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएको छ । काठमाडौंको पाको, न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लाको ५५ न…
अब हाम्रो पात्रोबाटै इभेन्टहरूको टिकट खरिद गर्न मिल्ने
हाम्रो पात्रो एपबाट सिधैँ टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ। यो डिजिटल युगमा प्रयोगकर्ताहरूलाई थप सजिलो बनाउन, ह…