कीवर्डहरू -

समाचार

आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक, के के छन् फिचर ?

एप्पलले आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक गरेको छ । कम्पनीले एक हप्ता अगाडि मात्र यसको पहिलो बीटा संस्करण जारी गरेको थियो ।

आईओएसको नयाँ बेटा अपडेटबाट कम्पनीले एप्रिलमा सार्वजनिक गर्नु अघि नयाँ फिचरहरू परीक्षण गर्दैछ । आईओएस १८.४ बेटा २ हाल परीक्षणको लागि मात्र उपलब्ध छ । यो अपडेटसँगै आईफोन प्रयोगकर्ताहरूलाई धेरै नयाँ फिचरहरू प्राप्त हुनेछन् । हालसम्म, एप्पलले यसको सार्वजनिक बेटा संस्करण जारी गरेको छैन् ।

तर, यो अपडेट यही हप्ता रोल आउट हुन सक्ने अनुमान गरिएको छ । यस अपडेटको बिल्ड नम्बर २२ई५२१६एच हो । सबैभन्दा हाइलाइटेड फिचरको कुरा गर्ने हो भने, भिजुअल इन्टेलिजेन्स फिचर अब आईफोन १५ प्रो मोडलहरूमा पनि उपलब्ध हुनेछ ।

एप्पलले यो फिचर पहिले आईफोन १६ सिरिजका लागि मात्र उपलब्ध गराएको थियो, तर अब आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा पनि प्रयोग गर्न सकिनेछ । भिजुअल इन्टेलिजेन्स फिचरलाई क्यामेरा कन्ट्रोल बटनबाट एक्सेस गर्न सकिन्छ । कम्पनीका अनुसार, यस फिचरले क्यामेराको गुणस्तरलाई धेरै गुणा सुधार गर्नेछ । आईओएस १८.४ बेटा १ मा कम्पनीले प्रायोरिटी नोटिफिकेसन फिचर प्रस्तुत गरेको थियो ।

यो एआई (च्याटजीपीटी) को सहयोगमा महत्वपूर्ण नोटिफिकेशनहरूलाई प्राथमिकता दिई अनुकूलन गर्न मद्दत गर्छ । नयाँ बेटा अपडेटपछि, प्रयोगकर्ताहरूले कुन एपको नोटिफिकेशन प्राथमिकता दिने भन्ने आफैं चयन गर्न सक्नेछन् । यसका लागि सेटिङ एपमा नयाँ विकल्प थपिएको छ, जहाँबाट प्रयोगकर्ताहरूले चयन गरिएका एपका नोटिफिकेशनहरू व्यवस्थापन गर्न सक्नेछन् ।

कन्ट्रोल सेन्टर अपडेट एप्पलले कन्ट्रोल सेन्टर अपडेटका लागि नयाँ अपडेट ल्याएको छ, विशेष गरी सिरी र एप्पल इन्टेलिजेन्स फिचरहरूका लागि । अपडेटपछि आईफोन १५ प्रो र आईफोन १६ सिरिजका लागि टक टू सिरी र भिजुअल इन्टेलिजेन्सका लागि नयाँ टगल उपलब्ध हुनेछ । साथै, आईओएस १८.१ मा दिइएको टाईप टू सिरी टगललाई पनि कायम राखिएको छ ।

आईओएस १८.४ अपडेटपछि आईफोन प्रयोगकर्ताहरूलाई नयाँ एप्पल भिजन प्रा एप प्राप्त हुनेछ । यस एपको मद्दतले भिजन प्रो प्रयोगकर्ताहरूले पहिलेभन्दा अझ बढी सामग्री अन्वेषण गर्न सक्नेछन् र आफ्नो डिभाइसलाई अझ राम्रो तरिकाले प्रयोग गर्नका लागि सुझावहरू प्राप्त गर्नेछन् । आईओएस १८.४ को दोस्रो बीटा संस्करणमा एप्पलले केही नयाँ इमोजीहरू समावेश गरेको छ ।

यी इमोजीहरूमा रूट वेजिटेबल, फेस, शोभेल, हार्प, स्प्ल्याटर, पातविहीन रुख (Leafless Tree) र फिङ्गरप्रिन्ट सामेल छन् । साथै, शार्क फ्ल्याग र सिरियाको फ्ल्याग पनि अपडेट गरिएको छ ।

 

समाचार

च्याटजीपीटी जीपीटी–४० का नयाँ उन्नत विशेषताहरू: एआईलाई अझ प्रभावकारी रूपमा कसरी उपयोग गर्ने?

धेरै इन्टरनेट प्रयोगकर्ताहरू एआईलाई आफ्नो काममा उपयोग गरिरहेका छन्। तर प्रश्न उठ्छ, कति मानिसहरू एआईका उन्नत विशेषताहरूको सही तर…

ओपन एआईले ल्यायो जीपीटी ४.५ मोडेल, लेखन र प्रोग्रामिङका लागि उपयोगी हुने दावी

अमेरिकी कम्पनी ओपन एआईले जीपीटी ४.५ मोडेल सार्वजनिक गरेको छ । अहिलेसम्मकै शक्तिशाली मोडेलको रूपमा ओपन एआईले जीपीटी ४.५ सार्व…

विरोध भएपछि टपअपको न्युनतम सीमा ५० रूपैयाँ बनाउने निर्णयबाट पछाडि हट्यो नेपाल टेलिकम

चौतर्फी विरोध भएपछि टपअप गर्नुपर्ने न्युनतम सीमा ५० रूपैयाँ कायम गर्ने निर्णयबाट नेपाल टेलिकम पछाडि हटेको छ । 

सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने ओपन एआईको योजना

ओपन एआईले प्रम्प्ट दिएकै आधारमा भिडियो बनाइने टुल सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने भएको छ । अहिले छुट्टै वेबसाइटमार्फत सोरा…

डा. शालिग्राम पराजुलीको अध्यक्षतामा सीएसआरआई नेपालको नयाँ कार्यसमिति चयन

साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तनमा सक्रिय संस्था साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपालले नयाँ नेतृत्व पाएको छ …

टिकटकलाई टक्कर दिन स्ट्यान्डअलोन रिल्स एप लन्च गर्ने तयारीमा इन्स्टाग्राम

इन्स्टाग्रामले शर्ट भिडियो कन्टेन्टका लागि स्ट्यान्डअलोन एपको रूपमा रिल्सलाई लन्च गर्ने तयारी गरेको छ । योसँगै छुट्टै…

सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सरमा साओमी

साओमीले बहुप्रतीक्षित म्युजिकल इभेन्ट सुशान्त केसी लाइभ इन नेपाल कन्सर्टको टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ । यही चैत २५ गते शन…

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित

एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ । मंगलबार आयोजित चौथो एचआरएम …

युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो

युट्युबमा पोडकास्ट सुन्ने मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । जनवरी २०२५ सम्म प्लेटफर्ममा पोडकास्ट सुन्ने मासिक सक्रि…

न्याय सम्पादनमा सहज बन्दै डिजिटल प्रविधि

तुलसीपुर उपमहानगरपालिका–१८ का दुई दाजुभाइको बीचमा जग्गाको विषयमा विवाद भयो। दाजुले तुलसीपुरको न्यायिक समितिमा  …

डिजिटल वालेटबाट नेपाल टेलिकमका प्रयोगकर्ताले अब न्युनतम ५० रूपैयाँ टपअप गर्नुपर्ने

अब डिजिटल वालेटबाट नेपाल टेलिकमको नम्बरमा न्युनतम ५० रूपैयाँ टपअप गर्नुपर्ने भएको छ ।

अब राष्ट्रिय परिचयपत्रबाटै नागरिक एपमा अकाउन्ट भेरिफाइ गर्न सकिने

अब राष्ट्रिय परिचयपत्रबाटै नागरिक एपमा अकाउन्ट प्रमाणीकरण गर्न सकिने भएको छ । नयाँ अपडेटमार्फत नागरिक एपले नयाँ व्यवस्था गर…

नबिल बैंकबाट फोन लोन लिएर ७४ जनाले तिरेनन् कर्जा, ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह

नबिल बैंकले फोन लोन लिएर कर्जा नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले सूचना प्रकाशित गर्दै ३५ दिनभित्र कर्जा तिर्न सम्प…

टेक्नोका फोनमा अब डीपसीक एलएलएम प्रविधि, दैनिक काम छिटो र सरल गराउने

टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम प्रविधि प्रयोग गरेको छ । यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्र…

माइक्रोसफ्टको म्याजोराना १: टोपोलोजिकल सुपरकन्डक्टर प्रविधिमा आधारित अत्याधुनिक क्वान्टम प्रोसेसर

प्रतिष्ठित टेक कम्पनी माइक्रोसफ्टले आफ्नो नवीनतम क्वान्टम प्रोसेसर म्याजोराना १ को घोषणा गरेको छ । यस चिपसेटले प्रविधि क्षेत्रमा ठूल…