कीवर्डहरू -

समाचार

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा पुन: अनुबन्ध गरेको छ।

विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार ललितपुरको पुल्चोकस्थित  ईसेवा मनि ट्रान्सफरको प्रधान कार्यालय पुलचोक, ललितपुरमा एक विशेष कार्यक्रमबीच कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीबीच पुन  ब्रान्ड प्रवर्द्धक  सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

कार्यक्रममा ब्रान्ड प्रवर्द्धक दिपेन्द्र सिंह ऐरीले ईसेवा मनि ट्रान्सफर जस्तो डिजिटल प्रविधिलाई आत्मसात गर्ने संस्थासँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। सम्झौता अनुसार ऐरीले ईसेवा मनि ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिट्यान्स सेवाको प्रचार गर्दै ‘ब्राण्ड प्रवर्द्धक’ को रुपमा कार्य गर्नुका साथै सुरक्षित र भरपर्दो माध्यमबाट रेमिट्यान्स पठाउनका लागि सचेतना फैलाउन  सक्रिय भुमिका  खेल्नेछन् ।

कार्यक्रममा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका एक प्रमुख खेलाडी दिपेन्द्र सिंह ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताउँदै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका दिपेन्द्र जस्तो प्रतिभाशाली र अनुशासित व्यक्तित्वलाई हाम्रो ब्रान्डसँग पुनः जोड्न पाउँदा कम्पनि गौरवान्वित भएको र  उनको संलग्नताले डिजिटल रेमिट्यान्सको प्रवर्द्धनमा थप ऊर्जा थप्ने  कम्पनि विश्वास गरेको कुरा समेत बताए । 

ईसेवा मनि ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र देशभर रहेका आफ्ना भुक्तानी केन्द्रमार्फत उत्कृष्ट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यो संस्था नेपालको अग्रणी फिनटेक ग्रुप एफवान सफ्ट ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो। एफवान सफ्टले २ करोडभन्दा बढी व्यक्तिहरू र १ लाख ३० हजारभन्दा बढी संस्थाहरूलाई फिनटेक समाधानमार्फत सशक्त बनाउँदै आएको छ।

समाचार

स्टारलिंकले ४४ सय उपग्रहको कक्ष तल झार्दै, टक्करको जोखिम घटाउने

स्टारलिंकले यस वर्ष करिब ४ हजार ४०० उपग्रहको कक्ष तल झार्ने घोषणा गरेको छ । कम्पनीका इन्जिनियरिङ उपाध्यक्ष माइकल निकोल्सका अनुसार…

प्रतिबन्ध हुँदा समेत रोकिएन क्रिप्टो कारोबार, खरिदका लागि डलर कार्ड पनि प्रयोग

नेपालमा क्रिप्टोकरेन्सी तथा भर्चुअल एसेट प्रयोग कानुनी रूपमा प्रतिबन्धित रहे पनि यसको कारोबार रोकिएको छैन। नेपाल राष्ट्र बै…

चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान

‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विका…

विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु

अध्यागमन विभागले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको डिजिटल माध्यमबाट ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालल…

टिङटिङले सार्वजनिक गर्‍यो चार एआई प्रडक्ट, बदल्दैछ सञ्चारको परिभाषा

एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङ चारवटा नयाँ प्रडक्ट…

कर्णालीका तीन जिल्लामा ८६ ओटा टेलिकमका टावर विस्तार

ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका…

टिकटकमा नेपालीहरूले सबैभन्दा बढी के खोज्छन् ?

टिकटकले सन् २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची आज सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताह…

नास्टको सूचना पहुँच केन्द्र अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सञ्चालन गरिरहेको सूचना पहुँच केन्द्रले अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा ते…

मेटाले २ अर्ब बढी डलरमा किन्यो चिनियाँ एआई स्टार्टअप ‘मानुस’

मेटाले कस्टम रिसर्च र वेबसाइट निर्माणका लागि परिचित एआई एजेन्ट विकास गर्ने स्टार्टअप मानुस (Manus) लाई २ अर्ब अमेरिकी डलरभन्दा ब…

शाओमी नेपालले सञ्चालनमा ल्यायो रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर

शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी…

स्मार्टफोनले तपाईंको हरेक गतिविधि कसरी थाहा पाउँछ ?

तपाईंको फोनले तपाईंको हरेक गतिविधि थाहा पाउँछ भन्ने सुन्दा अचम्म लाग्छ? यसको रहस्य लुकेका साना सेन्सरहरूमा छ।

गएको …

सामसङ इनोभेसन क्याम्पस नेपालको एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न, युवालाई भविष्यमुखी सीप सिकाउँदै

सामसङ इनोभेसन क्याम्पस (SIC) नेपालले डिसेम्बर २७ देखि ३१ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यसै क्रममा नया…

आईटी क्षेत्रलाई विश्व बजारतर्फ ‘पखेटा फैलाउन’ गभर्नर पौडेलको आग्रह, ‘नेपालबाटै संसार जित्न सकिन्छ’

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले पछिल्ला वर्षहरूमा नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्द…

सन् २०२५ मा एआई: नानो बनानादेखि सोरासम्म, प्रविधिमा नयाँ छलाङ

सन् २०२५ मा भएका केही प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) घोषणा र लञ्चहरूले प्रविधिलाई अनुसन्धान प्रयोगशालाबाट बाहिर निकालेर द…

साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी

नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान…