कीवर्डहरू -

समाचार

चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन अर्थ र सहरी विकास मन्त्रीको अनुगमन

 चाँगुनारायणमा स्मार्ट सिटी कार्यान्वयन गराउन उप प्रधान तथा अर्थ मन्त्री विष्णु पौडेल र उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले चाँगुनारायण क्षेत्रको अवलोकन गरेका छन् । 

चाँगुनारायण नगरपालिका वडा नम्बर १ देखि ४ सम्म उहाँहरूका साथमा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, पूर्व सचिव मनि राम गेलाल, काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकाल, नायव आयुक्त नवराज प्याकुरेल लगायत वडा अध्यक्षहरू तथा सरोकारवालाहरूले चाँगुनारायण क्षेत्रको अवलोकन गरेका हुन् । 

चाँगुनारायण नगरपालिकालाई एक उच्च स्तरीय नगर बनाउनको लागि अवलोकन गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए । 

चाँगुनारायण नगरपालिकाका विभिन्न क्षेत्र स्मार्ट सिटीका नाममा लामो समयदेखि जग्गा रोक्का भएर पनि काम थालनी नभएको भन्दै गुनासो आउन थालेपछि अर्थ तथा सहरी विकास मन्त्री स्वयम चाँगुनारायणको अवलोकनमा निस्किएका हुन् । 

उनीहरूले चाँगुनारायण नगरपालिकाका वडा नम्बर १ दुवाकोटबाट वडा नम्बर २ अनि वडा नम्बर ३ झौखेल र चार नम्बर वडाका चाँगु क्षेत्रको अवलोकन गर्दै चाँगुनारायण मन्दिरको दर्शन गरेका थिए ।

चाँगुनारायण नगरपालिका अन्तर्गत ३५ हजार रोपनी जग्गामा स्मार्ट सिटी निर्माणका लागि कार्य अगाडी बढाइने अर्थ तथा सहरी विकास मन्त्रीले बताउनुभएको नगर प्रमुख जीवन खत्रीले बताए ।

उनका अनुसार लामो समय देखि जग्गा रोक्का हुँदा समस्या आएको र यसको निराकरण भनेको केवल स्मार्ट सिटीलाई कार्यान्वयनको बाटो मात्र भएका कारण मन्त्रीहरूको टोलीसहित नगरपालिका क्षेत्रको अवलोकन भएको उनले जानकारी दिए ।

चाँगुनारायण नगरपालिका क्षेत्रमा स्मार्ट सिटी कार्यान्वयन नहुँदा यहाँका जनताले विभिन्न समस्या झेल्नुपरेको तथा यसको कार्यान्वयन छिटो भन्दा छिटो गराउनु आवश्यक भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले बताए । 

अर्थ तथा सहरी विकास मन्त्रीका साथमा उपत्यका विकास प्राधिकरणका पदाधिकारी तथा नगरका सरोकारवालाहरू बिचमा भएको उक्त अवलोकनबाट छिटो भन्दा छिटो स्मार्ट सिटी कार्यान्वयनको अवस्थामा आउनेमा आफू विस्वत भएको उनको भनाइ छ । 

स्मार्ट सिटी अन्तर्गत कहाँ अस्पताल बन्ने कहाँ खेल मैदान बन्ने तथा यहाँको विकासमा के कति लागत लाग्छ साथै स्मार्ट सिटी कार्यान्वयन गर्दा यहाँ भएका बस्ती तथा विकासका मोडललाई कसरी आत्मसाथ गर्दै लैजाने भन्ने विषयमा छलफल तथा अवलोकन भएको उनले बताए । 

मन्त्रीहरूका साथमा भएको उक्त अवलोकनबाट चाँगुनारायण बासीमा स्मार्ट सिटीको परिकल्पना पुरा हुने आशा जागेको छ । 

समाचार

ओपन एआईमा २५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न छलफल गर्दै सफ्ट बैंक

सफ्ट बैंकले ओपन एआईमा २५ अर्ब अमेरिकी डलरसम्म लगानी गर्न छलफल अगाडि बढाएको छ । फाइनान्सियल टाइम्सको रिपोर्ट अनुसार ओपन एआईले १…

चिनियाँ एआई प्लेटफर्म किमी के १.५ को धमाकेदार प्रवेश, अमेरिकी टेक दिग्गजहरूलाई चुनौती

अमेरिकी टेक कम्पनीहरूलाई चिनियाँ टेक कम्पनीहरूले एआईको मामिलामा जबरजस्त चुनौती दिइरहेका छन् । डिपसिक एआई पछि अब अर्को चिनिया…

नेपालगञ्जमा जारी क्यान इन्फोटेकमा अवलोकनकर्ताको आकर्षण, विशेष छुटको अवसर

नेपालगञ्जमा जारी प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी 'आईएनजीस्क्रीन क्य…

इसेवाका एजेन्टहरूले  २ लाख रुपैयाँसम्म इजी लोन पाउने

इसेवाले २ लाख रुपैयाँसम्म इजी लोन प्रदान गर्ने भएको छ ।  इसेवा र गुडविल फाईनान्स बिचको सहकार्यमा यो सेवा थप गरिएको हो ।

इसेवाले गुडविल फ…

अलिबाबाले ल्यायो नयाँ एआई मोडल, डिपसिक, च्याटजीपीटी भन्दा पनि उत्कृष्ट रहेको दावी

डिपसिकले विश्व हलचल ल्याइरहेको बेला अर्को चिनियाँ कम्पनी अलिबाबाले पनि नयाँ एआई मोडल सार्वजनिक गरेको छ । चिनियाँ नयाँ वर्षको …

सामाजिक सञ्जाल विधेयकप्रति पत्रकार महासंघको आपत्ति, सच्याएरमात्र अगाडि बढाउन आग्रह

सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महा…

नक्कलबाट नवीनतासम्म: चीनको द्रुत प्राविधिक उन्नति, पश्चिमा मूलुकहरूमा बढ्दो चिन्ता

गत महिना चीनले फलाम उत्पादनको गतिलाई ३६०० गुणा वा त्योभन्दा बढी वृद्धि गर्न नयाँ प्रविधि प्रस्तुत गरेको थियो । यसले चीनको स्टिल …

ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न एक्समा च्याट सुविधा ल्याउँदै एलन मस्क

ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न एलन मस्कले एक्समा च्याट सुविधा ल्याउने भएका छन् । एक एक्स प्रयोगकर्ता @P4mui ले एक्स च्या…

नेपालमा आयन भी ईभी सार्वजनिक

सीजी मोटर्सले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात आयन भीको नेपालमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रमकाबीच आयन सार्वजन…

बाढी पहिरो प्रभावितहरुको लागि इनड्राइभद्वारा घर निर्माण

इनड्राइभले नेपालका बाढी र पहिरोबाट पीडितहरूलाई अति आवश्यक राहत उपलब्ध गराउन राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँग सहकार्य गरेको छ …

डिपसिक: चीनको नयाँ एआई च्याटबट, विश्वलाई चकित पार्दै अमेरिकी टेक जायन्टहरूलाई दिदैछ चुनौती

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निरन्तर विकास गरिरहेको छ र यसैबीच बजारमा एक नयाँ गेम चेन्जर एआईले प्रवेश गरेको छ । डिप सिक …

भ्यालेन्टाइन लक्षित गर्दै सामसङले घटायो फोल्डेबल र ग्यालेक्सी एस २४ अल्ट्रा फोनको मूल्य

आउँदै गरेको भ्यालेन्टाइन सिजनको अवसरमा सामसङ नेपालले ग्यालेक्सी जेड सिरिजका फोल्डेबल र ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफ…

आईफोन प्रयोगकर्ताहरूलाई फेरि अलार्म समस्या, समयमै उठ्न नसक्दा जागिर र परीक्षा गुमेको गुनासो

यदि तपाईं आईफोन प्रयोग गर्दै हुनुहुन्छ र अलार्म सेट गरेर ढुक्कसँग सुतेका हुनुहुन्छ भने, तपाईंलाई धोका हुन सक्छ ।

ह्वाट्सएपको नयाँ फिचर 'मेटा एआई': अब च्याटिङ अझ स्मार्ट र सजिलो

ह्वाट्सएप आफ्ना प्रयोगकर्ताहरूलाई अझ राम्रो अनुभव दिनका लागि निरन्तर नयाँ–नयाँ फिचरहरू प्रस्तुत गर्दै आइरहेको छ । हालै, कम्प…

सेतोपाटीको युट्युब च्यानल ह्याक

नेपालको लोकप्रिय अनलाइन मिडिया सेतोपाटीको युट्युब च्यानल ह्याक भएको छ । सेतोपाटीले च्यानल ह्याक भएको जानकारी दिएको छ । <…