कीवर्डहरू -

समाचार

नक्कली चुनावी घोषणापत्र आएपछि वर्षमानले दिए निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी

आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन (अनन्त) ले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्। 

आफ्नो नाममा नक्कली घोषणापत्र बनाउने काममा संलग्नमाथि कानूनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन्। 

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार बनेका छन्। 

निवेदनमा अत्यन्तै भ्रामक, झुठा र चरित्र हत्या गर्ने किसिमका सामग्रीहरु सम्प्रेषण भइरहेकाले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लंघन भएको उल्लेख छ।

‘मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने हनन् गरेको छ। यसले निर्वाचनको स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने कार्य गरेको हुनाले उक्त भ्रामक सामग्रीहरु तत्काल हटाउन लगाउनुका साथै यस्ता कार्यमा संलग्न व्यक्तिहरु तथा समूहको पहिचान गरी प्रचलित कानून बमोजिम कडा कारबाही गरिपाउन यो निवेदन पेश गर्दछु’, उजुरीमा भनिएको छ। 

प्रतिस्पर्धीमध्येका उम्मेदवारले आफ्नो विषयमा मतदातमा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्धेश्यले प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमा राखेको भेटिएकाले त्यसमा संलग्न व्यक्तिहरुमाथि कारबाहीका लागि निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी दिएको पुनले बताए। 

पार्टीका तर्फबाट मतदातामा लैजाने चुनावी घोषणापत्र लेखनको अन्तिम चरणमा रहेको र आफ्नातर्फबाट मौखिकबाहेक लिखित रुपमा छुट्टै घोषणा वा प्रतिबद्धतापत्र नबनाएको उनको भनाई छ। 

पुनको भन्दै सार्वजनिक गरिएको नक्कली प्रतिबद्धतपत्रमा रोल्पा सदरमुकाम र सुलिचौरमा रेड लाइट एरिया तोक्ने, बडाचौरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, जिल्लामा विश्वविद्यालय र प्रत्येक वडामा क्याम्पस निर्माण गर्ने तथा माडीचौर फुटबल मैदानमा वीर अस्पतालन्दा ठूलो अस्पताल बनाउने, मेट्रो रेल र  केबलकार जस्ता विषय उल्लेख गरिएका छन्। 

समाचार

एपस्टीन फाइल्स सार्वजनिक: लाखौं दस्तावेज खोज्न सहज बनाउँदै ‘जेमेल’ पोर्टल

एपस्टीन फाइल्सको खुलासापछि विश्वभरै हलचल मच्चिएको छ। अमेरिकी न्याय विभागले यी फाइलहरू सार्वजनिक गरिरहेको छ। यी फाइलहरू अमेरिक…

नेपाली स्टार्टअप 'टेक गुर्खा' लाई माइक्रोसफ्टको २ करोड बराबरको क्लाउड क्रेडिट सहयोग

चितवनका युवा उद्यमी दिक्षान्त पाण्डेको कम्पनी टेक गुर्खा (Tech Gurkha) ले अन्तर्राष्ट्रिय स्तरमा सफलता पाएको छ। उनको ए.आई. प्लेटफर्म…

टिकटक र निर्वाचन आयोगबीच सहकार्य, भ्रामक सूचना नियन्त्रण र निष्पक्षता प्रवर्द्धन गर्ने

नेपालमा निर्वाचनको स्वच्छता तथा निष्पक्षता प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ…

आइतबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह हुँदै

नेपालमा विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्ने उद्देश्यसहित विसं २०७९ मा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय …

नेपालको क्रिएटर इकोनोमी सशक्त बनाउन भीलको पाइलट परियोजना घोषणा

भिडियो मार्केटिङ तथा क्रिएटर सहकार्यमा केन्द्रित विश्वव्यापी प्लेटफर्म भील (Veel) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दि…

पेरिसमा सोशल मिडिया प्लेटफर्म एक्सको कार्यालयमा छापा, डीपफेक र अवैध सामग्री प्रसारको आरोपमा अनुसन्धान

फ्रान्सको राजधानी पेरिसमा सरकारी अभियोजकहरूले मंगलबार सोशल मिडिया प्लेटफर्म एक्समा छापा मारे। यो कारबाही एक प्रारम्भिक अनुसन्धा…

गुगलले आईपीआईडिया साइबर प्रोक्सी नेटवर्क ध्वस्त पार्दै एन्ड्रोइड र विन्डोज डिभाइसलाई ह्याकरबाट जोगायो

गुगल थ्रेट इंटेलिजेन्स ग्रुप र उनका सहयोगी संगठनहरूले भर्खरै एउटा ठूलो साइबर नेटवर्क समाप्त गरेको घोषणा गरेका छन्। कम्पनीका अनु…

पुल्चोक क्याम्पसमा तीनदिने एआई तथा मेसिन लर्निङ कार्यशाला आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यका साथ पुल्चोक क्याम्पसका विद्यार्थीहरूले नेतृत्व गरिरहेको संस्था पीडीएससी (Pl…

सामसङ नेपालको होली अफर घोषणा, वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट

सामसङ नेपालले होली पर्वको अवसरमा आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा विशेष छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनस योजना सार्वजनिक …

कसलाई मतदान गर्नुहुन्छ ? भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत ‘कुन पार्टी र कुन चुनाव चिह्नमा मतदान गर्नुहुन्…

स्पेसएक्सले खरिद गर्‍यो एक्सएआई, अन्तरिक्षमा एआई डाटा सेन्टर बनाउने योजना

अमेरिकी अर्बपति एलन मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले मस्ककै एआई कम्पनी एक्सएआईलाई अधिग्रहण गरेको छ। दुवै …

एलन मस्कको एक्सएआईले ‘ग्रोक’ सुधार्न पुरस्कार विजेता लेखकहरूलाई भर्ती गर्दै, प्रति घण्टा $४०–$१२५ तलब प्रस्ताव

मस्कको कम्पनी एक्सएआई मा काम गर्ने सुनौलो मौका छ। मस्क आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई ‘ग्रोक’ लाई अझ बुझदार…

एआईको सहायताले नासाको रोभरद्वारा मंगल ग्रहमा मानवीय निर्देशनबिनै आफैं यात्रा गर्दै नयाँ कीर्तिमान कायम

आजको आधुनिक युगमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई हाम्रो भविष्यको एक महत्वपूर्ण हिस्सा बनेको छ। त्यसै प्रविधि प्रयोग गरेर विश्वक…

एप्पलको पहिलो फोल्डेबल आइफोनपछि आइफोन फ्लिप पनि आउन सक्ने संकेत

एप्पलले यस वर्ष आफ्नो नयाँ आइफोन १८ सिरिज लन्च गर्न सक्ने सम्भावना छ। यस सिरिजसँगै एप्पलले आफ्नो पहिलो फोल्डेबल आइफोन पनि पे…

इसेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक

इसेवाको ब्रान्ड गीत ‘सबै, सधैं, सँगै’ सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्…