समाचार
प्रतिबन्ध हुँदा समेत रोकिएन क्रिप्टो कारोबार, खरिदका लागि डलर कार्ड पनि प्रयोग
नेपालमा क्रिप्टोकरेन्सी तथा भर्चुअल एसेट प्रयोग कानुनी रूपमा प्रतिबन्धित रहे पनि यसको कारोबार रोकिएको छैन। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाई (FIU–Nepal) ले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदन २०२५ अनुसार क्रिप्टो खरिदमा सबैभन्दा बढी संलग्न २१ देखि ३५ वर्ष उमेर समूहका छन् ।
भर्चुअल एसेट सम्बन्धी गतिविधिमा संलग्न भएको आशंका गरिएका व्यक्तिमध्ये ७५ प्रतिशत २१ देखि ३५ वर्ष उमेर समूहका छन् । तीमध्ये विद्यार्थी २९ प्रतिशत र तलब लिने कर्मचारी २१ प्रतिशत छन् ।
डिजिटल प्रविधिमा दक्ष यो उमेर समूह अनलाइन लगानी ठगी र छिटो धनी बन्ने योजनाको सिकार बन्ने जोखिममा रहेको भन्दै लक्षित जनचेतना कार्यक्रम आवश्यक रहेको रिपोर्टमा जोड दिइएको छ ।
अवैध भर्चुअल एसेट खरिदमा डलर कार्डको समेत दुरूपयोग हुने गरेको पाइएको छ । ‘केही घटनामा मनी मुलका रूपमा प्रयोग भएका व्यक्तिहरू आफैं आफ्नो खाता भर्चुअल एसेट कारोबारमा प्रयोग भइरहेको र त्यसको कानुनी प्रतिबन्धबारे अनभिज्ञ रहेको पनि पाइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘डलर कार्ड दुरुपयोग गरी क्रिप्टो खरिद गर्ने तथा आकर्षक प्रतिफलको लोभ देखाएर बिटक्वाइन/क्रिप्टो लगानीका नाममा ठगी गर्ने घटनाहरू समेत देखिएका छन् ।’
भर्चुअल एसेट भनेको इन्टरनेटमा मात्र अस्तित्व हुने पैसा वा मूल्यवान डिजिटल सम्पत्ति हो, जसलाई न त नोटको रूपमा छाम्न सकिन्छ, न त सिक्काजस्तै देख्न।
बढ्दो शंकास्पद कारोबार
नेपालमा भर्चुअल एसेट तथा क्रिप्टो प्रतिबन्ध रहेपनि शंकास्पद कारोबार र गतिविधि भनेको बढेको पाइएको छ ।
सार्वजनिक भएको प्रतिवेदन अनुसार भर्चुअल एसेट सम्बन्धि शंकास्पद कारोबार तथा गतिविधि सन् २०२१ मा १३ वटा मात्र रहेकोमा सन् २०२२ मा एकाएक बढेर १७३ पुगेको थियो । त्यसपछि २०२३ मा घटेर १३८ मा झरेको यो संख्या सन् २०२४ मा फेरि बढ्दै २५२ पुगेको छ । सन् २०२५ को जुलाई १६ सम्म ८२ वटा रिपोर्ट भइसकेका छन् ।
भर्चुअल एसेट सम्बन्धि शंकास्पद कारोबार तथा गतिविधि ठूलो हिस्सा (९१.१९ प्रतिशत) वाणिज्य बैंकहरूले रिपोर्ट गरेका छन् । भर्चुअल एसेटसम्बन्धी गतिविधिमा बैंक खाताको प्रयोग, विशेषगरी लगानी प्रतिफल प्राप्त गर्ने माध्यमका रूपमा बैंकिङ प्रणाली प्रयोग हुनु, तथा सबै वाणिज्य बैंक गो एएमएल प्रणालीमा आबद्ध हुनु र शंकास्पद कारोबार रिपोर्टिङ प्रणाली मजबुत हुनु यसको प्रमुख कारण मानिएको छ ।
अधिकांश यस्ता रिपोर्ट नेपाल प्रहरीमा पठाउने गरिएको छ भने त्यसपछि राजस्व अनुसन्धान विभागमा पठाइएको छ । भर्चुअल एसेट र हुण्डी जस्ता आधारभूत अपराधको अनुसन्धान जिम्मेवारी नेपाल प्रहरीसँग रहेकाले अधिकांश केस त्यतै पठाइएको रिपोर्टमा उल्लेख छ ।
यद्यपि, थोरै मात्र केसमा भर्चुअल एसेट प्रयोगमार्फत प्रत्यक्ष रूपमा सम्पत्ति शुद्धीकरण भएको पुष्टि हुन सकेको छ । जम्मा ६ वटा केस मात्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको गरिएको छ ।
रिपोर्टले भर्चुअल एसेट सम्बन्धी गतिविधिमा अवैध विदेशी मुद्रा कारोबार, हुण्डी, अनलाइन ठगी, वास्तविक व्यवसाय लुकाएर क्रिप्टोकरेन्सी कारोबार गर्ने, तथा परिवार र आफन्तका बैंक खातालाई ‘मनी मुल’ का रूपमा प्रयोग गर्ने प्रवृत्ति प्रमुख रहेको तथ्य देखाएको छ ।
रिपोर्टले नेपालमा भर्चुअल एसेट प्रयोग कानुनी रूपमा प्रतिबन्धित रहे पनि शंकास्पद कारोबार तथा गतिविधि रिपोर्टिङ र मुद्दा दर्ता निरन्तर भइरहनुले नियन्त्रण उपाय छल्न सकिने अवस्था अझै कायम रहेको संकेत गरेको छ ।
डिजिटल रूपान्तरणको प्रारम्भिक चरणमा रहेको नेपालमा डिजिटल ठगी, लगानी घोटाला, अनलाइन जुवा र हुण्डी जस्ता अपराध भर्चुअल एसेटसँग गाँसिँदा सम्पत्ति शुद्धीकरण, आतंकवाद तथा प्रसार वित्तपोषण (ML/TF/PF) जोखिम झनै बढेको निष्कर्ष निकालिएको छ ।
भर्चुअल एसेटमाथि पूर्ण प्रतिबन्ध मात्र पर्याप्त नहुने संकेत गर्दै जोखिम व्यवस्थापनका लागि कडा पहिचान, अनुसन्धान क्षमता अभिवृद्धि र विशेषगरी युवालाई लक्षित व्यापक जनचेतना रणनीतिमा जानुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ ।
समाचार
कर्णालीका तीन जिल्लामा ८६ ओटा टेलिकमका टावर विस्तार
ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका…
टिकटकमा नेपालीहरूले सबैभन्दा बढी के खोज्छन् ?
टिकटकले सन् २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची आज सार्वजनिक गरेको छ। यसले नेपाली प्रयोगकर्ताह…
नास्टको सूचना पहुँच केन्द्र अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सञ्चालन गरिरहेको सूचना पहुँच केन्द्रले अन्तर्राष्ट्रिय भिडियो प्रतियोगितामा ते…
मेटाले २ अर्ब बढी डलरमा किन्यो चिनियाँ एआई स्टार्टअप ‘मानुस’
मेटाले कस्टम रिसर्च र वेबसाइट निर्माणका लागि परिचित एआई एजेन्ट विकास गर्ने स्टार्टअप मानुस (Manus) लाई २ अर्ब अमेरिकी डलरभन्दा ब…
शाओमी नेपालले सञ्चालनमा ल्यायो रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर
शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी…
स्मार्टफोनले तपाईंको हरेक गतिविधि कसरी थाहा पाउँछ ?
तपाईंको फोनले तपाईंको हरेक गतिविधि थाहा पाउँछ भन्ने सुन्दा अचम्म लाग्छ? यसको रहस्य लुकेका साना सेन्सरहरूमा छ।
गएको …
सामसङ इनोभेसन क्याम्पस नेपालको एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न, युवालाई भविष्यमुखी सीप सिकाउँदै
सामसङ इनोभेसन क्याम्पस (SIC) नेपालले डिसेम्बर २७ देखि ३१ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यसै क्रममा नया…
आईटी क्षेत्रलाई विश्व बजारतर्फ ‘पखेटा फैलाउन’ गभर्नर पौडेलको आग्रह, ‘नेपालबाटै संसार जित्न सकिन्छ’
नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले पछिल्ला वर्षहरूमा नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्द…
सन् २०२५ मा एआई: नानो बनानादेखि सोरासम्म, प्रविधिमा नयाँ छलाङ
सन् २०२५ मा भएका केही प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) घोषणा र लञ्चहरूले प्रविधिलाई अनुसन्धान प्रयोगशालाबाट बाहिर निकालेर द…
साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी
नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान…
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षम…
वैज्ञानिकहरूले पत्ता लगाए अनौठो क्रिस्टल, क्वान्टम कम्प्युटिङमा क्रान्ति ल्याउने सक्ने
वैज्ञानिकहरूले भर्खरै यस्तो अनौठो क्रिस्टल पत्ता लगाएका छन् जसले क्वान्टम कम्प्युटिङको दुनियाँमा क्रान्ति ल्याउन सक्छ। यो क्रिस्टलको नाम…
नयाँ शहर बनाउन बिटक्वाइन लगानी गर्दैछ भुटान, नयाँ आर्थिक केन्द्र बनाउने योजना
भूटानले राष्ट्रिय पूर्वाधार र आर्थिक विकासका लागि बिटक्वाइन प्रयोग गर्ने इतिहासमै सबैभन्दा महत्वाकांक्षी कदम चालेको छ। सरकारले आफ्…
चीनको गोप्य ईयूभी चिप मेसिन: पश्चिमी एकाधिकार तोड्ने दिशामा ठूलो कदम
चीनले गोप्य रूपमा आफ्नो पहिलो सेमीकन्डक्टर चिप निर्माण गर्ने ईयूभी (Extreme Ultraviolet) लिथोग्राफी मेसिन को प्रोटोटाइप तयार पा…
टिकटकमा भाइरल भिडियोप्रति यस्तो छ इन्ड्राइभको स्पष्टिकरण
इन्ड्राइभका एक चालकले यात्रुलाई दुर्व्यवहार गरेको आरोपसहित टिकटकमा भाइरल भइरहेको सामग्रीप्रति कम्पनीले आफ्नो आधिकारिक धारणा सार्व…