कीवर्डहरू -

समाचार

गुगलको नयाँ सुरक्षा फिचर: तीन दिनसम्म प्रयोग नभएमा एन्ड्रोइड फोन आफैं रिस्टार्ट हुने

यदि तपाईंको फोन कुनै दिन अचानक आफैं रिस्टार्ट हुन्छ भने नआत्तिनुहोस् । हामी यस्तो किन भन्दैछौं भने, गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरूको सुरक्षा अझ मजबुत बनाउनका लागि नयाँ सेक्योरिटी फिचर ल्याएको छ ।

यो नयाँ फिचर अनुसार यदि तपाईंको एन्ड्रोइड फोन लगातार तीन दिनसम्म लक भएर प्रयोग नगरिएको अवस्थामा रहन्छ भने, फोन आफैं रिस्टार्ट हुनेछ । यो परिवर्तन गुगल प्ले सर्भिसेसको नयाँ संस्करण पच्चीस दशमलव चौध (२५.१४) मार्फत लागू हुँदैछ ।

यो सुविधाको मुख्य उद्देश्य फोन हराएको वा चोरी भएको अवस्थामा डाटा सुरक्षा बढाउनु हो । फोन स्वतः रिस्टार्ट भएलगत्तै यो 'बिफोर फस्र्ट अनलक' (बीएफयू) अवस्थामा जान्छ । यो अवस्थामा फोनको सबै डाटा इन्क्रिप्टेड रहन्छ र जबसम्म प्रयोगकर्ताले पासकोड, पाटर्न वा पासवर्ड हालेर फोन अनलक गर्दैन, तबसम्म फिङ्गरप्रिन्ट वा फेस अनलक जस्ता बायोमेट्रिक फिचरहरू पनि काम गर्दैनन् ।

गुगलको भनाइ अनुसार यदि कुनै डिभाइस धेरै दिनसम्म लक र प्रयोग नगरिएको अवस्थामा हुन्छ भने सम्भवतः त्यो हराएको वा चोरी भएको हुनसक्छ । यस्तो अवस्थामा फोनलाई अटोमेटिक रूपमा रिस्टार्ट गरी बलियो लक अवस्थामा पठाउनु, डाटालाई अनावश्यक पहुँचबाट जोगाउने उपाय हो ।

यो सुविधा एप्पलको आईओएस अठार दशमलव एक (१८.१) मा आएको 'इनएक्टिभिटी रिबुट' सुविधासँग मिल्दोजुल्दो छ । यस्तै ग्राफिन ओएस जस्ता प्राइभेसी केन्द्रित प्लेटफर्महरूमा पनि पहिले देखि यस्ता प्रविधि उपलब्ध छन् ।

ध्यान दिनु पर्ने कुरा के हो भने, यो सुविधा गुगल प्ले सर्भिसेसमार्फत सार्वजनिक गरिएको छ । यसले गर्दा एन्ड्रोइड अपरेटिङ सिस्टम को ठूला अपडेट कुर्नु नपरेर धेरै प्रयोगकर्तासम्म छिटै पुग्न सक्नेछ । यो सुविधा एन्ड्रोइड फोन र ट्याब्लेटहरूमा लागू हुनेछ, तर वेयर ओएस (एन्ड्रोइड स्मार्टवाच) मा भने यो लागू हुने छैन् ।


 

समाचार

एआईले लियो स्टेयरिङ: ड्राइभरबिनाको कारले पार गर्‍यो सहरको ट्राफिक

भविष्यमा एआई हाम्रो जीवन र दैनिक कामको अभिन्न हिस्सा बन्नेछ । यसको सुरुवात भइसकेको छ । तपाईंको स्मार्टफोनले एआईलाई अँगाल्दैछ । …

इलेक्ट्रिक टूथब्रश: आधुनिक सुविधा वा अनावश्यक खर्च? जान्नुहोस् फाइदा र बेफाइदा

आजको समयमा दाँत सफा गर्नका लागि बजारमा म्यानुअल ब्रशसँगै इलेक्ट्रिक टूथब्रश पनि निकै लोकप्रिय बन्दै गएका छन् । धेरै ठूला ब्रान्डका इलेक्ट्रिक टूथब्रश बजारमा उपल…

ओपनएआईले ल्याउँदै एक्स-जस्तै एप, एआई र सोशल मिडिया भिडन्तको संकेत

ओपनएआई, जसले च्याटजीपीटी बनाएको हो, अब एउटा नयाँ र ठूलो कदम चाल्न तयारीमा रहेको छ । द भर्जको रिपोर्टअनुसार, ओपनएआईले आफैंले…

अमेरिकामै एआई चीप र सुपरकम्प्युटर बनाउने एनभिडियाको घोषणा

एनभिडियाले हालैको ट्यारिफको झमेलाबाट सिक्दै, अब आफ्ना एआई चिपहरू र सुपरकम्प्युटरहरू अमेरिका मै उत्पादन गर्ने घोषणा गरेको छ । क…

ह्वाट्सएपमा नयाँ 'ब्लर इमेज स्क्याम': एक क्लिकमा डाटा चोरीको खतरा

साइबर ठगीका नयाँ–नयाँ तरिका हरेक दिन बाहिर आइरहेका छन् । अहिले ह्वाट्सएपमा एउटा नयाँ स्क्याम देखिएको छ, जसलाई ’ब्…

दराज फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुला

दराजले दराज फ्युचर लिडर्स प्रोग्राम (डीएफएलपी) २०२५ को औपचारिक सुरुवातको घोषणा गरेको छ । नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंक…

के मार्क जुकरबर्गले ह्वाट्सएप र इन्स्टाग्राम बेच्नुपर्ने हुन सक्छ ?

दुनियाँको सबैभन्दा ठूलो सोशल मिडिया कम्पनी मेटालाई लिएर ठूलो खबर बाहिर आएको छ । अमेरिकामा चलिरहेको एन्टिट्रस्ट मुद्दाको सुनुव…

त्रिविका विद्यार्थीले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सक्ने

त्रिभुवन विश्वविद्यालयले अब अनलाइनबाटै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदन दिन सकिने व्यवस्था पुनः सुरू गरेको छ ।  …

च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने

च्याटजीपीटीले अब विगतमा गरेका सबै कुराकानी याद गर्न सक्ने भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले च्याटजीपीटीको मेमोरीलाई धे…

दुईवटा नयाँ भिजन प्रो मोडलमा काम गर्दै एप्पल

एप्पलले भिजन प्रोका दुईवटा नयाँ मोडलमा काम गरिरहेको जानकारी बाहिरिएको छ । ब्लूमबर्गका अनुसार, एप्पलले सस्तो मूल्यमा भिजन …

ट्रेड वारमा ब्रेक, ट्रम्पले हटाए स्मार्ट डिभाइस ट्यारिफ

ट्रम्प सरकारले आफ्नो ट्यारिफ नीतिमा ठूलो यु–टर्न लिँदै स्मार्टफोन र ल्यापटपजस्ता इलेक्ट्रोनिक्स सामानहरूलाई ट्यारिफको दायराबाट…

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स कसरी बन्यो एआई पावरहाउस ?

टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले सामाजिक सञ्जालभन्दा निकै पर पुगेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आफ्नो बलियो पकड बना…

घोषणामै सिमित भयो निःशुल्क आईटी वर्कस्टेशन, ८ महिना बित्दा पनि काम अगाडि बढेन

चालु आर्थिक वर्ष २०८१/०८२ सुरू भएको ८ महिना हुँदा पनि आईटी वर्कस्टेशन सञ्चालनमा आउन सकेको छैन् । 

२०८१ मा आईटी: कानुनी सुधार गर्दै आशा जगाउने प्रयास

वर्ष २०८१ नेपालको आईटी क्षेत्रको लागि विशेष रह्यो । आईटी क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले संशोधनमार्फत केही कानुनी जटि…

पठाओ एपमा थपियो रेन्टल सेवा: कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म बुक गर्न सकिने

पठाओ नेपालले ‘पठाओ रेन्टल’ सेवा सुरु गरेको छ । ‘मुभिङ नेपाल’को आफ्नो संकल्पलाई अघि बढाउँदै कम्पनीले…