कीवर्डहरू -

समाचार

‘आईसिटी ज्ञान’ कार्यक्रमअन्तर्गत मोरङमा डिजिटल साक्षरतामूलक तालिम सम्पन्न, २०० बढी विद्यार्थी र शिक्षक सहभागी

आईसिटी फाउण्डेशन नेपाल र एनसेल फाउण्डेशनको संयुक्त पहलमा सञ्चालन भएको ‘आईसिटी ज्ञान’ कार्यक्रम अन्तर्गत मोरङ, ऊरलाबारी–६ स्थित श्री राधिका माध्यमिक विद्यालयमा बिहीबार एक सफल व्यावहारिक तालिम सम्पन्न भएको छ।

यस तालिममा करिब २०० जना विद्यार्थी तथा शिक्षकले सहभागिता जनाएका थिए । सहभागीहरूको उमेर समूह प्रायः १४–२२ वर्ष पर्ने भएकाले उनीहरूलाई लक्षित गरी साइबर सुरक्षा, सुरक्षित इन्टरनेट प्रयोग, डिजिटल सेवा, ई–गभर्नेन्स, क्यारियर मार्गदर्शन, सीप विकास, कृत्रिम बौद्धिकता (एआई) र अन्य उदीयमान प्रविधिहरूसम्बन्धी विविध सत्रहरू सञ्चालन गरिएको थियो ।

तालिममा सहभागीहरूले अनलाइन व्यवहारका जोखिम र साइबर अपराधबाट जोगिने उपाय सिकेका थिए भने, सरकारी तथा निजी अनलाइन सेवाहरू कसरी प्रयोग गर्ने र इ–गभर्नेन्स पोर्टलमार्फत आवश्यक सेवा प्राप्त गर्ने बारे पनि जानकारी प्रदान गरिएको थियो । त्यस्तै, सूचना–प्रविधि क्षेत्रमा सम्भावित करियर अवसरहरू, आवश्यक दक्षता र व्यावसायिक सीप विकास सम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गरिएको थियो । कार्यक्रममा आधुनिक युगका नयाँ प्रविधि, विशेषगरी एआईका आधारभूत अवधारणाहरू र त्यसका प्रयोगका सम्भावनाहरूबारे जानकारीमूलक सत्रहरू पनि समावेश गरिएका थिए ।

null

कार्यक्रमको उद्घाटन समारोहमा आईसिटी फाउण्डेशन नेपालको अध्यक्ष राजन लम्सालले सम्बोधन गर्दै भने,

“डिजिटल विभेद अन्त्य गरी सूचना तथा सञ्चार प्रविधिमा सर्वसुलभ पहुँच सुनिश्चित गर्न समुदाय स्तरमा सञ्चालन गरिएका यी तालिमहरू महत्त्वपूर्ण साबित हुनेछन् । युवापुस्तालाई प्रविधिमा सशक्त बनाउँदा आगामी दिनमा दीगो सामाजिक–आर्थिक परिवर्तन सम्भव हुनेछ ।”

एनसेल फाउण्डेशनका परियोजना संयोजकले पनि कार्यक्रम सफल बनाउन गरेको सहयोगबारे धन्यवाद व्यक्त गर्दै भने,

“हाम्रो सामाजिक पहल अन्तर्गत डिजिटल पहुँचको दायरा फराकिलो बनाउन र सबै तहका नागरिकलाई अनलाइन प्लेटफर्ममार्फत सेवा लिन सहज बनाउन यो अभियान महत्वपूर्ण छ ।”

तालिम अवधिमा सहभागीहरूले अन्तरक्रिया सत्रमार्फत प्रश्न–उत्तर गरे, जहाँ विद्यार्र्थीहरुले मोबाइल बैंकिङ, अनलाइन भुक्तानी प्रणाली र सामाजिक सञ्जाल प्रयोगबारे चासो देखाएका थिए । शिक्षकहरूले पनि आफ्ना कक्षामा नयाँ प्रविधि समावेश गर्ने तरिका र डिजिटल शिक्षण–अध्यापनमा ध्यान दिनुपर्ने विषयमा सुझावहरू साझा गरेका थिए ।

null

उक्त कार्यक्रमले स्थानीय समुदायमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने तथा भविष्यमा प्रत्येक नागरिकलाई प्रविधिमा पहुँचयोग्य बनाउने लक्ष्यमा ठोस योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ । आगामी दिनमा कोशी प्रदेशभित्र अन्य जिल्लाहरूमा पनि यस्तै किसिमका तालिमहरू निरन्तर सञ्चालन गरिने जनाइएको छ ।

 

समाचार

विदेशमा आईटी सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्रै आयकर

नेपालमा बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा पाँच प्रतिशतमात्रै आयकर लाग्ने भएको छ । 

<…

सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने

सरकारले स्वास्थ्य सेवामा रोबटिक प्रविधि र एआई प्रयोग गर्ने भएको छ ।
 
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष…

अब एकपटक मात्रै केवाईसी विवरण भरे पुग्ने

अब एकपटक मात्रै केवाईसी विवरण भरे पुग्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आ…

सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने

सरकारले क्रिप्टो जस्ता अभौतिक मुद्रा जफत गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थि…

आगामी वर्ष नियो बैंक स्थापना गर्ने सरकारको घोषणा

सरकारले आगामी वर्ष नियो बैंक स्थापना गर्ने घोषणा गरेको छ । 

संघीय संसदको संयुक्त …

विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले स्वेट शेयर लिन पाउने

विदेशी कम्पनीलाई प्रविधि वा विशिष्ट प्रकृतिको ज्ञान वा सेवा उपलब्ध गराएबापत नेपालीले अब स्वेट शेयर लिन पाउने भएका छन् । 

सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने

सरकारले अब त्रैमासिक रूपमा सुरक्षा एडभाइजरी जारी गर्ने भएको छ ।

संघीय संसदको संयुक्त ब…

सरकारले ओटीटी सेवाको नियमन गर्ने

सरकारले ओटीटी सेवाको नियमन गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्…

मोबाइलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने, अवैध आयात र प्रयोगमा रोक

सरकारले मोबाइलहरूको आईएमईआई नम्बर दर्ता गर्ने व्यवस्था गर्ने भएको छ।

संघीय संसदको संयुक्त…

आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू हुने

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा सुरू गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष …

सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने

एआईको अनुसन्धान र विस्तारका लागि सरकारले निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने भएको छ । 

डाटा सेन्टर स्थापना गर्न विदेशी लगानी आकर्षित गरिने, जग्गा, विद्युत र सुरक्षा सरकारले दिने

सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न मध्यपहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । <…

डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माण गर्न ७४ करोड बजेट

सरकारले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माण गर्न ७४ करोड बजेट विनियोजन गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट

सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने सरकारको घोषणा

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको पुनर्संरचना गर्ने भएको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्…