समाचार
ओपनएआईको गम्भीर खुलासा: हरेक हप्ता करिब १० लाखले च्याटजीपीटीमा गर्छन् आत्महत्या र मानसिक स्वास्थ्यका कुरा
ओपनएआईले आफ्नो नयाँ रिपोर्टमा एउटा गम्भीर र चकित पार्ने खुलासा गरेको छ। कम्पनीका अनुसार हरेक हप्ता करिब १० लाखभन्दा बढी मानिसहरू च्याटजीपीटीलाई आत्महत्या र अन्य मानसिक स्वास्थ्य सम्बन्धी कुराहरू छलफल गर्न प्रयोग गरिरहेका छन्। यो आँकडाले देखाउँछ कि आर्टिफिसियल इन्टेलिजेन्स अब केवल जानकारी दिने माध्यम मात्र होइन, मानसिक समस्यामा परेका व्यक्तिहरूका लागि भावनात्मक सहारा बन्न थालेको छ।
ओपन एआईका अनुसार च्याटजीपीटीका करिब ८० करोड साप्ताहिक प्रयोगकर्तामध्ये ०.१५ प्रतिशत यस्ता छन् जसले संवादका क्रममा आत्महत्या गर्ने योजना वा इच्छा व्यक्त गर्छन्। त्यस्तै अनुपातका प्रयोगकर्ताहरूले च्याटबटप्रतिको भावनात्मक आसक्ति देखाएका छन् भने केहीमा साइकोसिस वा मेनिया जस्ता मानसिक लक्षणहरूको संकेत पनि देखिएको कम्पनीले जनाएको छ।
१७० भन्दा बढी मानसिक स्वास्थ्य विशेषज्ञहरूसँग मिलेर च्याटजीपीटीलाई संवेदनशील अवस्थाहरूका लागि सुधार गरिरहेको ओपनएआईको भनाइ छ। कम्पनीका अनुसार यसको नवीनतम मोडल जीपीटी-५ अब ९१ प्रतिशत मामिलाहरूमा सही र संवेदनशील प्रतिक्रिया दिन सक्षम छ, जबकि पहिले यो दर ७७ प्रतिशत थियो।
यो रिपोर्ट त्यतिबेला सार्वजनिक भएको हो, जब विश्वभरि एआई र मानसिक स्वास्थ्य सम्बन्धी छलफल तीव्र छन्। कहिलेकाहीँ च्याटबटहरूले प्रयोगकर्ताका अलमलिएका विचारहरूलाई अझ गहिरो बनाउन सक्छन् र यसले व्यक्तिको मानसिक स्थिति बिग्रिन सक्छ अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् ।
ओपनएआईमा यस विषयलाई लिएर एउटा मुद्दा पनि चलिरहेको छ। दाबी अनुसार एक १६ वर्षका प्रयोगकर्ताले आत्महत्या गर्नुअघि आफ्नो आत्मघाती विचार च्याटजीपीटीसँग साझा गरेका थिए। त्यसपछि क्यालिफोर्निया र डेलावेयरका अटर्नी जनरलहरूले कम्पनीलाई नाबालिग प्रयोगकर्ताहरूका लागि सुरक्षा उपायहरू कडा गर्न निर्देशन दिएका थिए।
हाल ओपनएआईले एक एज–डिटेक्शन सिस्टम विकास गरिरहेको छ, जसले प्रयोगकर्ताको उमेर नाबालिग हो कि होइन भनेर पहिचान गर्न सक्नेछ। साथै कम्पनीले भावनात्मक निर्भरता र गैर–आत्महत्यासम्बन्धी मामिलाहरूको निगरानीका लागि नयाँ बेंचमार्कहरू पनि समावेश गरेको बताएको छ।
समाचार
जूमका सिइओ एरिक युआन भन्छन्: एआईले घटाउनेछ हप्ताको कार्यदिन
जूमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एरिक युआनले कृत्रिम बुद्धिमत्ता (एआई) सहायकहरूका कारण भविष्यमा मानिसहरूले हप्तामा कम…
हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध
हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउनका लागि पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह…
अल्बानियाकी एआई मन्त्री ‘डिएला’ गर्भवती, जन्मिँदैछन् ८३ ‘सन्तान’
अल्बानियाका प्रधानमन्त्री एडी रामाले देशकी कृत्रिम बौद्धिकता (एआई) मन्त्री डिएला ‘गर्भवती’ भएको बताएका छन् । बर्लिनमा …
अमेरिका–चीनबीच टिकटक सम्झौतामा अन्तिम सहमति
संयुक्त राज्य अमेरिका र चीनले टिकटक सम्झौतामा अगाडि बढ्ने तयारी गरेका छन्। अमेरिकी राजस्व सचिव स्कट बिसेन्टका अनुसार दुई देशबीच…
एप्पल म्याप्समा पनि अब देखिनेछ विज्ञापन
एप्पलको म्याप्स एप अब केवल दिशानिर्देशका लागि मात्र सीमित नहुने भएको छ। ब्लूमबर्गका पत्रकार मार्क गुरमनका अनुसार, एप्पलले आगामी व…
शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत
सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ सार्वजनिक गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उ…
‘ब्रेन रट’ अब एआईमा पनि: कर्नेल युनिभर्सिटीको अध्ययनले देखायो डिजिटल जंकको दीर्घकालीन असर
सोसल मिडियामा अहिले ‘ब्रेन रट’ शब्द छिटो ट्रेन्ड हुँदैछ। यो त्यो मानसिक अवस्था हो जहाँ व्यक्तिले निरन्तर कम गु…
एक्सटेन्सन बोर्डमा यी उपकरणहरू नलगाउनुहोस्, हुन सक्छ ओभरलोड र आगलागीको जोखिम
एक्सटेन्सन बोर्ड सामान्यतया कम बिजुली खपत गर्ने उपकरणहरू (जस्तै मोबाइल चार्जर, ल्यापटप वा साना ल्याम्प) लाई पावर दिन डिजाइन गरिएक…
'आई’को रहस्य: आइम्याकदेखि आईफोनसम्म, एप्पलले किन आईको प्रयोग गर्छ?
आईफोन संसारका सबैभन्दा लोकप्रिय स्मार्टफोनहरूमध्ये एक हो र यसको नामअगाडि रहेको 'आई' अक्षर यसको पहिचान बनिसकेको छ। आइम्…
नयाँ जेनेरेटिभ म्युजिक टुल विकासमा काम गर्दै ओपनएआई
कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआई हाल एउटा नयाँ जेनेरेटिभ म्युजिक टुल विकास गरिरहेको खबर सार्वजनिक भएको छ। द इन्फर्मेशनको रिपोर्टअनुसार, यो उपकरणले पा…
पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली ग्लोबल च्याम्पियनशिपका लागि छनोट
संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न भएको छ। प्रतियोगिता…
ओएसआर डिजिटलले युट्युबमा पार गर्यो १ करोड सब्सक्राइबर
ओएसआर डिजिटलले युट्युबमा १० मिलियन अर्थात १ करोड सब्सक्राइबर पार गरेको छ । ९ वर्षको युट्युब यात्रापछि शुक्रबार ओएसआर डिजिटलले य…
टिकटकको कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने भिडियोहरू बढ्दै, नेपालबाट मात्रै हटे २४ लाख बढी भिडियो
सामाजिक सञ्जाल टिकटकले सन् २०५ को दोस्रो त्रैमासिकमा नेपालका २४ लाख बढी भिडियोहरू हटाएको छ । टिकटकले तीन महिनाको अवधिमा कम्य…
फ्युजमेसिन र सीएसएलएम एक्युजीसन कर्प बीचको व्यापारिक एकीकरण सम्पन्न, फ्युजमेसिन नेस्डाकमा सूचीकृत
फ्युजमेसिन इन्क, एक एआई समाधान र सेवा कम्पनीले सीएसएलएम एक्युजीसन कर्प (नेस्डाक) सँगको व्यापारिक एकीकरण आ…
सानिमा बैंकको तिहार–छठ विशेष अफर: १०प्रतिशत क्यासब्याक र थप १०प्रतिशत छुट
सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ ।
…