कीवर्डहरू -

समाचार

युट्युबमा २० अर्ब भिडियो अपलोड! दुई दशकको यात्रामा विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म बन्न सफल

दुनियाँको सबैभन्दा ठूलो भिडियो शेयरिङ्ग प्लेटफर्म युट्युबका दीवाना तपाईंलाई हरेक ठाउँमा भेटिन्छन् । यो प्लेटफर्म मनोरञ्जनदेखि लिएर नयाँ–नयाँ कुरा सिक्ने एक उत्कृष्ट माध्यम बनेको छ । यसैक्रममा, बुधबार कम्पनीले जानकारी दिएको छ कि यस प्लेटफर्ममा हालसम्म २० अर्बभन्दा धेरै भिडियो अपलोड भइसकेका छन् । यसको सुरुआत दुई दशकअघि केवल एक डिनर पार्टीमा भएको कुराकानीबाट भएको थियो र आज यस प्लेटफर्मले यति ठूलो उपलब्धि हासिल गरेको छ । 

बुझ्नुपर्ने कुरा के हो भने युट्युबको स्थापना सन् २००५ मा पेपालका पूर्व कर्मचारीहरू स्टीव चेन, चाड हर्ली र जावेद करीमले गरेका थिए । युट्युब डटकम वेबसाइटको सुरुआत भ्यालेन्टाइन्स डे अर्थात् फेब्रुअरी १४, २००५ मा भएको थियो र त्यसपछि अप्रिल २३ मा यस प्लेटफर्ममा पहिलो भिडियो ‘मी एट जू’ सेयर गरिएको थियो । यो १९ सेकेन्डको भिडियो जावेद करीमले अपलोड गरेका थिए जुन अहिलेसम्म ३५६ मिलियनभन्दा बढीपटक हेरिसकिएको छ ।

कम्पनीले यस विशेष अवसरमा जानकारी दिँदै बताएको छ कि युट्युबमा दैनिक औसतमा २ करोड भिडियोहरू अपलोड हुने गर्छन् । यो प्लेटफर्ममा अहिले संगीत भिडियोदेखि लिएर पोडकास्ट, ट्युटोरियल, राजनीतिक विज्ञापन, कन्सर्ट क्लिप्स र धेरै प्रकारका भिडियोहरू हेर्न सकिन्छ ।

त्यस्तै, मार्केट रिसर्च कम्पनी स्टाटिस्टाले जानकारी दिएको छ कि युट्युबले गएको वर्ष विश्वभर २.५ अर्ब दर्शकसम्म आफ्नो पहुँच बनाएको छ । साथै, म्युजिक र प्रिमियम टियरका १० करोडभन्दा बढी सब्सक्राइबर भइसकेका छन् ।

जानकारीअनुसार, युट्युबको सुरुआती यात्रा खासै सहज थिएन र कम्पनीलाई थुप्रै विवादको सामना गर्नुपरेको थियो । खासगरी, प्लेटफर्ममा भएको केही सामग्रीका कारण धेरै आलोचना पनि भएको थियो । तर समयसँगै कम्पनीले केही कडा नियमहरू बनायो र त्यसमा राम्रोसँग नियन्त्रण ल्यायो ।

आजको समयमा युट्युबले नेटफ्लिक्स, डिज्नी र अमेजन प्राइम जस्ता प्लेटफर्महरूलाई कडा टक्कर दिइरहेको देखिन्छ । साथै, यस प्लेटफर्मको शर्ट भिडियो फिचर पनि टिकटक र इन्स्टाग्राम रील्सलाई प्रतिस्पर्धा दिइरहेको छ ।

 

समाचार

सगरमाथा संवादका लागि सामाजिक सञ्जाल दूतको आह्वान, आवेदन दिने आज अन्तिम दिन

सरकारले सगरमाथा संवाद २०२५ का लागि सामाजिक सञ्जाल…

नेपालपे कार्डको लागि प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच सम्झौता

प्राइम कमर्सियल बैंक र एनसीएचएलबीच एनपीएस – एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लाग…

टेलर स्विफ्टलाई पछि पार्दै स्केल एआईकी संस्थापक ३० वर्षीया लूसी गुओ बनिन डलर अर्बपति

लूसी गुओ नाम गरेकी अमेरिकाकी ३० वर्षीया युवती हालै सबैभन्दा कम उमेरमा सेल्फ–मेड महिला डलर अर्बपति बन्न सफल भएकी छन् । उ…

इन्स्टाग्रामको 'एडिट्स' एप एन्ड्रोइडमा उपलब्ध, मोबाइलमा सजिलै भिडियो एडिट गर्न सकिने

एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि इन्स्टाग्रामले आफ्नो नयाँ भिडियो एडिटिङ एप 'एडिट्स' सार्वजनिक गरेको छ । अब यसबाट तपा…

आईसीटीमा लैंगिक समानता प्रवर्द्धन गर्न ललितपुरमा डब्लुआईआईटीको प्रभातफेरी कार्यक्रम

सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) को आयोजनामा अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवस २०२५ को अवसरमा प्रभातफेरि कार्यक्रम सम्प…

क्रोम ब्राउजर किन्न ओपन एआई इच्छुक

अनलाइन सर्चको क्षेत्रमा गूगलको एकाधिकार रहेको भन्ने गत वर्षको अदालतको फैसलाबाट कम्पनी गम्भीर निगरानीमा परेको छ । यद्यपि यो अवस्थ…

कर्णाली प्रदेशमा टेलिकमको टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएका छौ: अधिकारी

नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकारी डिल्लीराम अधिकारी कर्णाली प्रदेशमा टावर विस्तार गर्न स्थानीय जनप्रतिनिधिबाट राम्रो सहयोग पाएको बताएका छन् । 

पोखरा महानगरका नगरप्रहरीलाई वाकिटकी

पोखरा महानगरपालिकाले नगरप्रहरीलाई प्रभावकारी सञ्चारका लागि वाकिटकी उपलब्ध गराएको छ । महानगरका अनुसार हाललाई  जीएसएम बाट चल्ने १० वटा पिओसी वाकिटकी…

थाइल्याण्डको प्रहरी टिममा रोबोट प्रहरी पनि समावेश, खेलौना बन्दुक र वास्तविक बन्दुक छुट्याउन सक्ने

थाइल्याण्डको रोयल प्रहरीले आफ्नो टोलीमा एक रोबोट प्रहरीलाई समावेश गरेको छ । यस रोबोट प्रहरीको नाम एआई पुलिस साईबोर्ग १.० राखिए…

२०२५ देखि युरोपमा स्मार्टफोनमा अनिवार्य ‘ईपीआरईएल स्टिकर’

युरोपियन युनियन (ईयू) का उपभोक्ताहरूका लागि एउटा राम्रो खबर आएको छ । अबदेखि ईयूमा बिक्री हुने स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्…

डिजिटल कर्णाली कन्क्लेभ सुरू, डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सुरू भएको छ । २ दिनसम्म चल्ने डिजिटल कर्णाली कन्क्लेभ २०…

बच्चाहरूले अब इन्स्टाग्राममा उमेर लुकाउन नसक्ने, एआईले गर्नेछ निगरानी

किशोरकिशोरीहरूले अब इन्स्टाग्रामलाई झुक्काउन नकस्ने भएका छन् । कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा त्यस्ता प्रयोगकर्ताहरू…

डेटा संरक्षणका लागि डिपेक्स एशिया र वन कभरबीच सहकार्य

एशियामा साइबर सुरक्षा र डाटा गोपनीयता सुदृढ पार्न मलेसियामा आधारित प्रमुख डाटा संरक्षण परामर्शदाता संस्था डेटा प्रोटेक्सन एक्सपर्…

ओमोडा एन्ड जेइकोले ओ-युनिभर्सको अवधारणा सार्वजनिक गर्ने

ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्ने भएको छ ।

रियलमी सी ७५ स्मार्टफोन किन्दा एनसेलको अनलिमिटेड डेटा र ५० मिनेट टक टाइम निःशुल्क

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले एनसेलसँग मिलेर 'न्यु यियर, न्यु मी विद एनसेल एण्ड रियलमी' नामक विशेष…