समाचार
एनभिडियालाई चुनौती दिन गुगलको आईरनवुड चिप सार्वजनिक
अल्फाबेट अन्तर्गतको कम्पनी गुगलले आफ्नो सातौँ पुस्ताको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप ‘आईरनवुड’ सार्वजनिक गरेको छ । यो नयाँ प्रोसेसरलाई विशेष रूपमा एआई एप्लिकेशनहरूको गति बढाउने उद्देश्यले तयार गरिएको हो ।
आयरनवुड चिपले त्यस्ता डाटा प्रोसेसिङ आवश्यकताहरू पूरा गर्छ, जुन प्रयोगकर्ताले च्याटजीपीटी जस्ता एआई टूलहरूमा प्रश्न सोध्दा उत्पन्न हुन्छन् । प्रविधि क्षेत्रमा यस प्रक्रियालाई ‘इन्फरेन्स कम्प्युटिङ’ भनिन्छ — अर्थात् यस्ता चिप्स जुन च्याटबोटमा सोधिएका प्रश्नहरूको जवाफ दिने वा अन्य प्रतिक्रिया जनरेट गर्नका लागि तीव्र गणना गर्छन् ।
गुगलको दशकौं पुरानो र अर्बौं डलरको लगानी रहेको यो प्रयास, एनभिडिया को वर्चस्वलाई चुनौती दिन ल्याइएको केही विकल्पहरूमध्ये एक हो, जसले एआई प्रोसेसर बजारमा नयाँ सम्भावनाहरू खोलिरहेको छ । गुगलका टेन्सर प्रोसेसिङ युनिट्स (टीपीयू) केवल कम्पनीका ईन्जिनियरहरू वा यसको क्लाउड प्लेटफर्ममार्फत मात्र प्रयोग गर्न सकिन्छ । यसले गुगललाई आन्तरिक एआई विकासमा केही प्रतिस्पर्धीहरूमा अग्रता दिलाएको छ ।
गुगलले अघिल्लो टीपीयू चिपहरूलाई दुई भागमा विभाजन गरेको थियो — एक, जुन ठूलो एआई मोडेल ट्रेन्ड गर्न सक्षम हो; अर्को, जुन इन्फरेन्स (एआईको रनटाइम प्रयोग) सस्तो र छिटो बनाओस् । अब नयाँ आईरनवुड चिपले यी दुई विशेषतालाई एउटै चिपमा समेटेको छ ।
आईरनवुड चिपलाई एकसाथ ९,२१६ चिपहरूको समूहमा काम गर्न मिल्ने गरी डिजाइन गरिएको छ । यस चिपमा अघिल्लो पुस्ताको तुलनामा बढी मेमोरी दिइएको छ, जसले गर्दा यो एआई एप्लिकेशन सर्भिङका लागि अझ प्रभावकारी बनेको छ ।
समाचार
रिमोट वर्कका लागि नीतिगत प्रबन्ध गर्न उच्चस्तरीय आयोगको सुझाव, नेपाल बन्न सक्छ उपयुक्त ठाउँ
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेपाललाई रिमोट वर्क गन्तव्यको रूपमा विकास गर्न नीतिगत प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ ।&…
व्यवसाय दर्ता सम्बन्धी सबै काम अनलाइनबाटै गराउन उच्चस्तरीय आयोगको सुझाव
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दर्ता सम्बन्धी सबै प्रक्रिया र आवश्यक कागजात बुझाउने काम अनलाइनबाटै गराउन सरकारलाई सुझाव दि…
आईटीको इकोसिस्टम विकास गर्न खनाल नेतृत्वको उच्चस्तरीय आयोगले दिएका सुझावहरू के के छन् ?
पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सूचना प्रविधि क्षेत्रको वृहत इकोसिस्टम विकास गर्न ट्रान्स…
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, अझ सहज र अझ व्यक्तिगत बनाउने
नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ। यो अपडेटले प्रयोगकर्तालाई अझ धेरै आकर्षक डिजा…
एलन मस्कको घोषणा: विद्यार्थीहरूका लागि सुपरग्रोक दुई महिनासम्म निःशुल्क
हालै एलन मस्क ले एक पोस्टमार्फत जानकारी दिएका छन् कि विद्यार्थीहरूका लागि सुपरग्रोक निःशुल्क रूपमा उपलब्ध गराइएको छ । तर यस अफरस…
सिक्रेट कोड इन्टर गरेपछि मात्र खुल्ने रील्स, इन्स्टाग्रामले ल्याउँदै नयाँ फिचर
अमेरिकामा टिकटकमा सम्भावित प्रतिबन्धको चर्चा तीव्र भइरहेका बेला, इन्स्टाग्राम लगातार नयाँ फिचरहरू सार्वजनिक गर्दै आफूलाई सशक्त बनाउने प्रयासमा जुटिरहेको छ । ह…
एआईमा आधारित ईआरपी सिस्टम समएक्स सार्वजनिक
एआईमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्लेटफर्म समएक्स सार्वजनिक भएको…
नागरिकलाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका
स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्…
विदेशमा भएका नेपालीलाई बैंकमा खाता खोल्न राष्ट्रिय परिचयपत्र आवश्यक नपर्ने
विदेशमा भएका नेपालीलाई बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र नचाहिने भएको छ। नेपाल राष्ट बैंकले एकिकृत निर्देशन जारी गर्दै विदे…
कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न, फाइनलिष्टहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने
कोडेभर ६.० राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । विश्वकै सबैभन्दा ठूलो विद्यालय तहको एआई र कोडिङ प्रतियोगिता कोडेभर नेपालमा निम…
मोटोरोलाको नयाँ ल्यापटप: मिड–रेन्ज सेग्मेन्टमा केन्द्रित, लेनोभोको रिब्रान्ड वा नयाँ प्रडक्ट ?
स्मार्टफोनका लागि परिचित कम्पनी मोटोरोला अब ल्यापटप सेग्मेन्टमा पनि प्रवेश गर्न गइरहेको छ । मोटोरोलाले हालै एक टिजर सार्वजनिक गर्…
सूर्यज्योति लाइफ बिमा पोलिसी भएका ग्राहकले अब खल्तीबाटै बिना धितो कर्जा पाउने
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहर…
१०० ग्लोबल वुमन इन एआईको सूचीमा नेपालकी नामी बराल पर्न सफल
‘१०० ग्लोबल वुमन इन एआई’ सूचीमा नेपालकी नामी बराल पर्न सफल भएकी छन् । १०० डाभोस वुमनले तयार पारेको विश्वभरका १०…
फुडमाण्डुुको नयाँ वर्ष फिस्ट क्याम्पेन सार्वजनिक, खाना मगाउँदा ८२ प्रतिशतसम्म छुट
नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुल…
टेलिग्रामलाई ७० लाख रूबल जरिवाना, चरमपन्थी सामग्री नहटाएको आरोप
मस्कोको एक अदालतले टेलिग्राम मेसेन्जरमाथि ७० लाख रूबल (लगभग ८०,००० अमेरिकी डलर) को जरिवाना लगाएको छ । यो कारबाही त्यस्तो रिप…