कीवर्डहरू -

समाचार

एनपीएल सिजन २ मा रोबोट डग देख्न पाइने

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा रोबोट डग देख्न पाइने भएको छ । एनपीएल खेल मैदानमा ओमोडा जेइकोको रोबोट डग देख्न पाइने भएको हो।

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा ओमोडा जेइकोले सहकार्य गर्ने सम्झौता केही दिनअघि गरेको थियो। अघिल्लो सिजनमा पनि ओमोडा जेइकोले एनपीएलसँग सहकार्य गरेको थियो। यो वर्ष ओमोडा जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले रोबोट डग राख्ने भएको हो।

एनपीएल मैदानमा खेलाडी तथा खेल हेर्न पुग्ने दर्शकले समेत ओमोडा जेइको रोबोट डगसँग इन्टर्‍याक्सन गर्न पाउने छन्। मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा एनपीएल सिजन २ को खेल सुरु हुँदैछ।

कटिङ एज टेक्नोलोजीमा आधारित इन्टेलिजेन्ट मेकानिकल रोबोट चीनको चर्चित अटोमोबाइल कम्पनी चेरी अटोमोबाइल अन्तर्गतको ओमोडा जेइको सबब्रान्डमा उत्पादन भएको हो। उक्त रोबोट डगले कुद्न, उफ्रन तथा भोइस कमान्डमा चल्न सक्छ।

डाइनामिक डिजाइनमा तयार पारिएको रोबोट डगमा क्यामेरा जडान गरिएको छ। ओमोडा जेइको ग्लोबलको एइमोगा टेक्नोलोजी प्रालिको अत्याधुनिक प्रविधिमा आधारित रहेर यो रोबोट डग डिजाइन गरेको हो। ओमोडा जेइको नेपालले उक्त रोबोट डगको उपयुक्त नाम सिफारिस गर्न समेत भनेको छ। 

नेपाली खेल समुदायसँग आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउँदै ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को म्यान अफ द टुर्नामेन्टलाई ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणासहित एनपीएलसँग जोडिएको हो। 

समाचार

एआईले बढायो भ्वाइस फ्रडको जोखिम: सीईओको नक्कली आवाजमा पैसा उठाउने नयाँ साइबर खतरा

सोच्नुहोस् तपाईंलाई एक कल आउँछ। आवाज तपाईंको सीईओको जस्तो छ:  उही टोन, उही स्टाइल। सीईओ भन्छन् कि एउटा गोप्य डील बन्द गर्न …

सञ्चारमन्त्रीद्धारा राष्ट्रिय एआइ केन्द्रको उद्घाटन

डिजिटल माध्यमद्धारा सार्वजनिक तथा निजी क्षेत्रको कामलाई सहज बनाउने उदेश्यले सरकारले राष्ट्रिय एआई केन्द्र स्थापना गरेको छ । सञ्चार …

‘इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा’ अभियान सुरू

ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले नेपालमा नयाँ क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” सु…

एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

नेपालकै विश्वसनीय अटोमोबाइल ब्रान्ड फोटोनले सुर्खेतमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ।  शोरुमको औपचारिक उद्घाटन क…

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

एनसेलले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ संचालनमा ल्याएको जनाएको छ, जसअन्तर्गत भोलि नोभेम्बर ११, मंगलबारको दिन एन…

‘निजी क्षेत्रलाई रूपान्तरण गर्न डिजिटल आधुनिकीकरण आवश्यक’

बेलायतमा मुख्यालय रहेको आईटी कन्सल्टिङ र साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी &n…

ग्यालेक्सी बड्सथ्री एफई नेपालमा, यस्ता छन् सुविधा

सामसङ नेपालले ग्यालेक्सी बड्सथ्री एफई सार्वजनिक गरेको छ । यसमा फ्ल्यागशिपस्तरका सुविधाहरू रहेको कम्पनीको भनाइ छ । 

अन्तरिक्षमै एआई डेटा सेन्टर: गूगलको ‘सनक्याचर’ प्रोजेक्टले प्रविधिमा दिएको नयाँ युगको संकेत

टेक दिग्गज गूगल अब पृथ्बीभन्दा पर गई अन्तरिक्षमा डेटा सेन्टर बनाउन लागिरहेको छ । अन्तरिक्षमा आफ्नो पहिलो एआई डेटा सेन्टर बनाउने ग…

एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो सार्वजनिक

डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले इटहरीमा भव्य समारोहका बीच नेपालको सबै…

एआईबाट ‘डिजिटल आफ्टरलाइफ’: मृत व्यक्तिको आवाज र सम्झना पुनर्जीवित गर्ने प्रविधि तीव्र रूपमा बढ्दै

आर्टिफिशियल इन्टेलिजेन्स अब यति अगाडि बढिसकेको छ कि यसले मरेका मानिसहरूको आवाज, कुरा र सम्झनाहरू पनि फेरि जीवित बनाइदिन सक्छ…

पीएसबी नेपालको अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरू, नेपालको आवाज विश्वमा प्रवर्द्धन गर्ने उद्देश्य

सार्वजनिक सेवा प्रसारण (PSB) नेपालले अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरू गरेको छ । पीएसबी नेपालको पहिलो…

‘एमओटीई’ ब्रेन चिप: वायरलेस रूपमा मस्तिष्कका संकेत पढ्ने विश्वकै सबभन्दा सानो इम्प्लान्ट

वैज्ञानिकहरूले चामलको दानाजति सानो एक ब्रेन इम्प्लान्ट चिप बनाएका छन्। यो मस्तिष्कभित्र राखिने सानो चिपले मस्तिष्कबाट निस्कने बिजुल…

काठमाडौँ महानगरपालिकाका सीसीटिभी क्यामरा नेटवर्कका लागि नेपाल टेलिकमले इन्ट्रानेट उपलब्ध गराउने

काठमाडौँ महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटिभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमस…

ग्यालेक्सी ट्याब एस११ नेपालमा, क्रिएटिभिटी र प्रोडकटिभिटीको लागि प्रिमियम सुविधा

सामसङ नेपालले ग्यालेक्सी ट्याब एस११ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई र वान युआई ८ द्वारा संचालित, ट्याब एस ११ ल…

हाम्रो पात्रोले सुरू गर्‍यो ‘घरमै फ्लु खोप’ सेवा

नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले आजदेखि घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ। यस सेवा…