कीवर्डहरू -

समाचार

थ्रेड्सका दैनिक प्रयोगकर्ता १५ करोड पुगे

मेटाको सामाजिक सञ्जाल थ्रेड्सले दैनिक रूपमा १५ करोड सक्रिय प्रयोगकर्ताको नयाँ कीर्तिमान बनाएको छ । यो तथ्यांक मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले कम्पनीको तेस्रो त्रैमासिक नाफा विवरण सार्वजनिक कार्यक्रममा बताएका हुन् ।

गत अगस्टमा मेटाले थ्रेड्सका मासिक प्रयोगकर्ता ४० करोड नाघेको जानकारी दिएको थियो । जुकरबर्गले थ्रेड्सलाई मेटाको अर्को ‘बिलियन–युजर एप’ बनाउन सकिने बताएका छन् । उनका अनुसार, थ्रेड्स हाल आफ्नो वर्गको अग्रणी एप बन्ने बाटोमा छ ।

जुकरबर्गले प्रयोगकर्ताले एपमा बिताउने समय पनि १० प्रतिशतले बढेको उल्लेख गरे । उनले यो वृद्धि मेटाको एआई सिफारिस प्रणालीमा भएका सुधारको परिणाम भएको बताए ।

यसैबीच, इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले पनि मेटा अहिले थ्रेड्सका लागि एल्गोरिदम निजीकरण (algorithm personalization) विकल्प परीक्षण गरिरहेको बताएका छन् । यसमार्फत प्रयोगकर्ताले आफ्ना सिफारिसहरू ‘ट्युन’ गर्न सक्ने सुविधा पाउनेछन् ।

थ्रेड्सको लोकप्रियता बढेसँगै, प्लेटफर्ममा विज्ञापन पनि तीव्र रूपमा विस्तार भइरहेको मेटाले जनाएको छ । मेटाकी मुख्य वित्त अधिकारी सुसान लीका अनुसार, अब थ्रेड्सको फिडमा विश्वभर विज्ञापन सञ्चालनमा आएको छ । 

यसअघि कम्पनीले ३० देशमा सानो परीक्षणपछि विज्ञापन सुरु गरेको थियो । अहिले मेटाले थ्रेड्समा भिडियो विज्ञापनलगायत नयाँ विज्ञापन ढाँचा थप्ने योजना सार्वजनिक गरेको छ ।
साथै मोनिटाइजेसन रणनीति अनुसार विज्ञापनको ढाँचा र प्रदर्शन दुवैलाई अझ प्रभावकारी बनाइने बताइएको छ । 
 

समाचार

ओपनएआईको गम्भीर खुलासा: हरेक हप्ता करिब १० लाखले च्याटजीपीटीमा गर्छन् आत्महत्या र मानसिक स्वास्थ्यका कुरा

ओपनएआईले आफ्नो नयाँ रिपोर्टमा एउटा गम्भीर र चकित पार्ने खुलासा गरेको छ। कम्पनीका अनुसार हरेक हप्ता करिब १० लाखभन्दा बढी मानिसह…

एचटीटीएस अनिवार्य गर्दै गूगल क्रोम, कहिलेदेखि हुन्छ लागु ?

गुगलले आफ्नो क्रोम ब्राउजरमा अझ सुरक्षित एचटीटीपीएस (HTTPS) प्रोटोकलको प्रयोगलाई अनिवार्य बनाउने तयारी गरेको छ। कम्पनीका अनुसार…

डल्लेका सम्पूर्ण आउटलेटमा डिशहोमका ग्राहकलाई छुट

डीटीएच सेवा प्रदायक तथा डिजिटल कम्पनी डिशहोमले नेपालको लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोष…

एलन मस्कले ल्याए एआईमा आधारित ‘ग्रोकीपिडिया’, विकिपिडियालाई टक्कर दिने

खर्बपति एलन मस्कले एआई (कृत्रिम बुद्धिमत्ता)द्वारा संचालित नयाँ अनलाइन इन्साइक्लोपिडिया

जूमका सिइओ एरिक युआन भन्छन्: एआईले घटाउनेछ हप्ताको कार्यदिन

जूमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एरिक युआनले कृत्रिम बुद्धिमत्ता (एआई) सहायकहरूका कारण भविष्यमा मानिसहरूले हप्तामा कम…

हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पुर्याउनका लागि पहल गरिदिन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष आग्रह…

अल्बानियाकी एआई मन्त्री ‘डिएला’ गर्भवती, जन्मिँदैछन् ८३ ‘सन्तान’

अल्बानियाका प्रधानमन्त्री एडी रामाले देशकी कृत्रिम बौद्धिकता (एआई) मन्त्री डिएला ‘गर्भवती’ भएको बताएका छन् । बर्लिनमा …

अमेरिका–चीनबीच टिकटक सम्झौतामा अन्तिम सहमति

संयुक्त राज्य अमेरिका र चीनले टिकटक सम्झौतामा अगाडि बढ्ने तयारी गरेका छन्। अमेरिकी राजस्व सचिव स्कट बिसेन्टका अनुसार दुई देशबीच…

एप्पल म्याप्समा पनि अब देखिनेछ विज्ञापन

एप्पलको म्याप्स एप अब केवल दिशानिर्देशका लागि मात्र सीमित नहुने भएको छ। ब्लूमबर्गका पत्रकार मार्क गुरमनका अनुसार, एप्पलले आगामी व…

शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत

सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ७’ सार्वजनिक गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उ…

‘ब्रेन रट’ अब एआईमा पनि: कर्नेल युनिभर्सिटीको अध्ययनले देखायो डिजिटल जंकको दीर्घकालीन असर

सोसल मिडियामा अहिले ‘ब्रेन रट’ शब्द छिटो ट्रेन्ड हुँदैछ। यो त्यो मानसिक अवस्था हो जहाँ व्यक्तिले निरन्तर  कम गु…

एक्सटेन्सन बोर्डमा यी उपकरणहरू नलगाउनुहोस्, हुन सक्छ ओभरलोड र आगलागीको जोखिम

एक्सटेन्सन बोर्ड सामान्यतया कम बिजुली खपत गर्ने उपकरणहरू (जस्तै मोबाइल चार्जर, ल्यापटप वा साना ल्याम्प) लाई पावर दिन डिजाइन गरिएक…

'आई’को रहस्य: आइम्याकदेखि आईफोनसम्म, एप्पलले किन आईको प्रयोग गर्छ?

आईफोन संसारका सबैभन्दा लोकप्रिय स्मार्टफोनहरूमध्ये एक हो र यसको नामअगाडि रहेको 'आई' अक्षर यसको पहिचान बनिसकेको छ। आइम्…

नयाँ जेनेरेटिभ म्युजिक टुल विकासमा काम गर्दै ओपनएआई

कृत्रिम बौद्धिकता (एआई) कम्पनी ओपनएआई हाल एउटा नयाँ जेनेरेटिभ म्युजिक टुल विकास गरिरहेको खबर सार्वजनिक भएको छ। द इन्फर्मेशनको रिपोर्टअनुसार, यो उपकरणले पा…

पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न, ६ टोली ग्लोबल च्याम्पियनशिपका लागि छनोट

संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न भएको छ। प्रतियोगिता…