कीवर्डहरू -

समाचार

इन्डोनेसियमा टिकटकको लाइसेन्स निलम्बन, आवश्यक डेटा उपलब्ध नगराएको आरोप

इन्डोनेसियाले लोकप्रिय सामाजिक सञ्जाल टिकटकको सञ्चालन लाइसेन्स निलम्बन गरेको छ। टिकटकले अगस्ट महिनामा भएको देशव्यापी प्रदर्शनको समयमा आवश्यक डेटा उपलब्ध गराउन असहयोग गरेको आरोप सरकारी अधिकारीहरुको छ । 

इन्डोनेसियाको डिजिटल तथा सञ्चार मन्त्रालयका अधिकारी एलेक्जान्डर साबारले दिएको जानकारीअनुसार अगस्ट २३ देखि ३० तारिखसम्म भएका प्रदर्शनका क्रममा टिकटकले केवल आंशिक डेटा मात्र उपलब्ध गराएको र यसले राष्ट्रिय कानुन उल्लङ्घन गरेको बताइएको छ। 

मन्त्रालयले टिकटकलाई सेप्टेम्बर २३ सम्म ट्राफिक, स्ट्रिमिङ र मोनेटाइजेशनसम्बन्धी सम्पूर्ण डेटा उपलब्ध गराउन निर्देशन दिएको थियो। अनुसन्धानमा केही खाता अनलाइन जुवासँग जोडिएको र प्रदर्शनका दिन टिकटक लाइभमार्फत नाफा कमाएको तथ्य बाहिर आएको थियो। इन्डोनेसियाली कानुनअनुसार जुवा पूर्णतया गैरकानुनी छ।

टिकटकले भने आन्तरिक नीतिका कारण सम्पूर्ण डेटा उपलब्ध गराउन नसकिएको जनाएको छ। यद्यपि ब्लूमबर्गको रिपोर्टअनुसार टिकटक हालसम्म पनि देशभित्र पहुँचयोग्य नै रहेको बताइएको छ।

अगस्टमा भएको हिंसात्मक प्रदर्शन इन्डोनेसियाको कमजोर अर्थतन्त्र, व्यापक प्रहरी क्रुरता र विभिन्न सरकारी नीतिहरूविरुद्ध भएको हो। सो समयमा टिकटकले आफ्ना प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै लाइभ फिचर केही दिनका लागि स्वयं निलम्बन गरेको थियो। इन्डोनेसियामा टिकटकका प्रयोगकर्ताको संख्या १० करोडभन्दा बढी छन्।

हालै दिएको अभिव्यक्तिमा साबरले प्रतिबन्ध कति समयसम्म रहने भन्नेबारे कुनै स्पष्ट संकेत गरेका छैनन्। उता, टिकटक प्रवक्ताले भने कम्पनीले सञ्चालन हुने देशका कानुनको सम्मान गर्ने बताउँदै, मन्त्रालयसँग सहकार्य गरेर समस्या समाधान गर्न लागेको बताएका छन्।

समाचार

एरिजोनामा अमेजनका दुई डेलिभरी ड्रोन क्रेनसँग ठोक्किँदा दुर्घटना

एरिजोनाको टोल्सनमा अमेजनका दुई डेलिभरी ड्रोनहरू क्रेनसँग ठोक्किँदा दुर्घटना भएको छ। यो घटना अमेजनको फुलफिलमेन्ट सेन्टरबाट करिब…

एडोबीले आईफोनमा ल्यायो प्रिमियर एप, क्यापकट र एडिट्ससँग प्रतिस्पर्धा

डेस्कटपमा सबैभन्दा धेरै प्रयोग हुने भिडियो सम्पादन सफ्टवेयरमध्ये एक एडोबी प्रिमियर अब आईफोनमा पनि उपलब्ध भएको छ।

टिकटक, रिल्स र शर्ट्ससँग प्रतिस्पर्धा गर्न ओपनएआईले ल्यायो सोरा एप, एआई जेनेरेटेड भिडियो शेयर गर्न सकिने

एआई कम्पनी ओपनएआईले मंगलबार आफ्नो नयाँ भिडियो र अडियो जेनेरेटर ‘सोरा २’ सार्वजनिक गरेको छ । यसअघि आएको सोरा मो…

एलन मस्कले घोषणा गरे ‘ग्रोकीपेडिया’, विकिपेडियालाई चुनौती दिने तयारी

अमेरिकी अर्बपति एलन मस्कले आफ्नो एआई कम्पनी एक्सएआईमार्फत विकिपेडियालाई टक्कर दिने नयाँ परियोजना सुरु गर्ने घोषणा गरेका छन्।

च्याटजीपीटीमा नयाँ सुरक्षा र अभिभावक नियन्त्रण सुविधा

ओपनएआईले च्याटजीपीटीमा नयाँ सुरक्षित राउटिङ प्रणाली र अभिभावक नियन्त्रण (Parental Controls) सुविधा सुरु गरेको छ। 

एम फाइभ म्याकबुक उत्पादन गर्ने तयारीमा एप्पल

एप्पलको नयाँ सिलिकन चिप चाँडै उत्पादन लाइनमा प्रवेश गर्न लागेको छ भन्ने समाचार ब्लूमबर्गका मार्क गूर्मनले दिएका छन्। आफ्नो पछिल्लो …

एन्थ्रोपिकले नयाँ एआई मोडल सोनेट ४.५ सार्वजनिक, अहिलेसम्मकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी

एआई कम्पनी एन्थ्रोपिकले नयाँ मोडल सोनेट ४.५ (Sonnet 4.5) सार्वजनिक गरेको छ । कम्पनीले यसलाई विश्वकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी ग…

काठमाण्डौ महानगरपालिकाले सीपमूलक तथा व्यवसायिक तालिम दिदै, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाण्डौ महानगरपालिकाले विभिन्न सीपमूलक तथा व्यवसायिक तालिममा सहभागी हुन चाहने महानगरवासीलाई आवेदन खुला गरेको छ।

<…

स्न्यापच्याटमा मेमोरिजका लागि अब ५ जीबी स्टोरेज मात्रै निःशुल्क पाइने, थप चाहिएमा पैसा तिर्नुपर्ने

सामाजिक सञ्जाल कम्पनी स्न्यापले आफ्नो स्न्यापच्याट मेमोरिज फिचरमा नयाँ भण्डारण सीमा तोकेको छ।

युट्युबले सुरु गर्‍यो ‘युट्युब ल्याब्स’, एआई होस्ट परीक्षणमा

युट्युबले आफ्ना प्रयोगात्मक एआई उपकरण परीक्षणका लागि नयाँ प्लेटफर्म ‘युट्युब ल्यास’ सुरु गरेको घोषणा गरेको छ। यसलाई …

टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता

बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई पानी प्युरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २…

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै नयाँ सफ्टवेयर ‘मबिल’ सार्वजनिक

नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै रेष्टुरेन्ट बिलिङ म्यानेजमेन्ट सिस्टम ‘मबिल’ (maBill) सार्वजनिक भएको छ। नेपाल…

नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक, के के छन् सुविधा ?

नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले…

नागरिक एपको सहायता केन्द्र अस्थायी रूपमा बन्द, यस्तो छ ड्राइभिङ लाइसेन्स सम्बन्धि सेवा हट्नुको कारण

नागरिक एपको सहायता केन्द्र तत्काललाई स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरवारस्थित नागरिक एप सहायता केन्द्रमा…