समाचार
टिकटकमा भाइरल भिडियोप्रति यस्तो छ इन्ड्राइभको स्पष्टिकरण
इन्ड्राइभका एक चालकले यात्रुलाई दुर्व्यवहार गरेको आरोपसहित टिकटकमा भाइरल भइरहेको सामग्रीप्रति कम्पनीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
इन्ड्राइभ नेपालकी प्रमुख रिता पोखरेलले सामाजिक सञ्जालमा फैलिएको सामग्रीलाई पूर्ण रूपमा सत्य नठान्न आग्रह गर्दै कम्पनीले प्रयोगकर्ताको सुरक्षालाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको बताएकी छन्।
‘इनड्राइभ प्रयोगकर्ता तथा चालक साझेदारहरूको सुरक्षा र समग्र अनुभवलाई सधैँ उच्च प्राथमिकतामा राख्ने जिम्मेवार कम्पनी हो,’ पोखरेलले भनिन्, ‘सामाजिक सञ्जालमा देखिने केही भिडियो वा पोस्टहरूले घटनालाई अपूर्ण वा भ्रामक रूपमा प्रस्तुत गर्न सक्छन्। त्यसैले आधिकारिक सूचना र कम्पनीको स्पष्टिकरणलाई महत्व दिनु आवश्यक छ।’
हाल टिकटकमा एक महिला यात्रुले चालकबाट दुर्व्यवहार भएको दाबी गर्दै भिडियो सार्वजनिक गरेकी छन्। ती यात्रुका अनुसार उचित कारणसहित ‘राइड क्यान्सिल’ गरेपछि चालकले ह्वाट्सएपमार्फत सन्देश पठाउँदै घर र अनुहार चिन्छु भन्दै डर–धम्की दिएको आरोप छ। साथै, यस विषयमा कम्पनीले पर्याप्त समन्वय नगरेको पनि यात्रुको गुनासो छ।
तर कम्पनीले ती आरोपलाई आधासत्य भएको दाबी गरेको छ। स्थापित प्रक्रिया अनुसार घटनाको अनुसन्धान गर्नुका साथै आवश्यक गाइडेन्स र सपोर्ट प्रदान गर्दै संलग्न पक्षहरूसँग सिधै सम्पर्कमा रहेको इन्ड्राइभको भनाइ छ।
यात्रुले भोग्नुपरेको असहज परिस्थितिप्रति क्षमा माग्दै पोखरेलले कानुनी र गोपनीयताका कारण सबै विवरण सार्वजनिक गर्न नसकिने स्पष्ट पारेकी छन्। आवश्यक परे कानुनी प्रक्रियाअनुसार सम्बन्धित कागजात उपलब्ध गराइने पनि उनले बताइन्।
‘इन्ड्राइभ सधैँ स्वतन्त्रता र निष्पक्षतामा विश्वास गर्छ,’ उनले भनिन्, ‘घटना सार्वजनिक भएपछि हामीले यसको पूर्ण अनुसन्धान गरिसकेका छौं। सामाजिक सञ्जालमा सेयर भएका सबै कुरा सत्य हुँदैनन्। प्रत्येक प्रयोगकर्तालाई आफ्नो सुरक्षा सम्बन्धी चिन्ता उठाउने अधिकारप्रति हामी सम्मान गर्छौं र सधैँ न्याय र सत्यका पक्षमा उभिन्छौं।’
समाचार
प्रिक्साले अधिग्रहण गर्यो एग्रीटेक प्लेटफर्म दैलोकृषि
प्रविधि कम्पनी प्रिक्साले एग्री–टेक प्लेटफर्म दैलोकृषिलाई अधिग्रहण गरेको छ। यो कदमलाई खाद्य मूल्य शृंखलामा दीर्घकालीन र विश्व…
३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता डिशहोम गोबाट हेर्न सकिने
लमजुङ जिल्लाको सदरमुकाम बेसीशहरमा आयोजना हुने ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता आगामी पौष १२ गतेदेखि सुरु हुन…
डिजिटल कारोबारमा गरिमा विकास बैंक सम्मानित
गरिमा विकास बैंक लिमिटेड डिजिटल बैंकिङ कारोबारमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मानित भएको छ ।
अपराध अनुसन्धानमा सहयोग गरेपछि नेपाल प्रहरीले ईसेवालाई गर्यो सम्मान
नेपाल प्रहरीले पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवालाई सम्मान गरेको छ । शान्त र सुरक्षित समाज निर्माणमा प्रहरी कार्य, अपराध अ…
हरेक समस्याको समाधानका लागि पठाओको २४/७ कल सेन्टर र वाक–इन सपोर्ट सेवा
डिजिटल राइड–सेयरिङ सेवा प्रदायक पठाओ नेपालले प्रयोगकर्ताको सुरक्षा र सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै २४ सै घण्टा, सात…
नेपाल टेलिकमले ल्यायो सिक्सजी सीपीई र एक्सेस पोइन्ट
नेपाल टेलिकमले हाल वितरण गरिरहेको फाइबर टु द होम (एफटीटीएच) प्रविधिको इन्टरनेटलाई अझै गुणस्तरीय बनाउन वाइफाई ६ राउटर (सीपी…
सागर ग्रुपद्वारा ‘सागर फेलोशिप डिनर’ काठमाडौँमा सम्पन्न
सागर ग्रुपको आयोजनामा ‘सागर फेलोशिप डिनर’ कार्यक्रम २०२५ डिसेम्बर २२ गते काठमाडौँको त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इ…
इनड्राइभको सेफ्टी अवेयरनेस अभियान सुरू
इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान “इनड्राइभसँग सुरक्षित यात्रा, तपाईकै रोजाइमा” सुरु गरेको छ । यस अभियानले …
साइबर सेक्युरिटी विभाग स्थापना र क्रिप्टो माइनिङको अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव
नेपाल राष्ट्र बैंकलाई साइबर सेक्युरिटी विभाग स्थापना सुझाव दिएको छ ।
राष्ट्र बैंकल…
अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने जनाएको छ । आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको हो …
बीमा योजना खरिदमा इसेवाको विशेष अफर, स्मार्टवाच र स्मार्ट टिभी जित्ने अवसर
डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिद प्रक्रियालाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ। अफ…
आईटी तथा स्टार्टअप व्यवसायमा युवालाई प्रोत्साहन गर्ने कर्जा नीति लिन राष्ट्र बैंकलाई सुझाव
आईटी तथा स्टार्टअप व्यवसायमा युवाहरूलाई प्रोत्साहन गर्ने कर्जा नीति लिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।
नेपालमा जन्मिएका अजर राजभण्डारी फोर्ब्सको ‘थर्टी अन्डर थर्टी’को सूचीमा
ललितपुरमा जन्मिएका अजर राजभण्डारी ‘फोर्ब्स ३० अन्डर ३० (रिटेल एण्ड ई–कमर्स) २०२६’ सूचीमा सूचीकृत भएका छन्। अम…
वायर vs वायरलेस: कुन ईयरफोन तपाइँका लागि उत्तम?
आजकाल ईयरफोनहरू केवल गीत सुन्ने साधनमा सीमित रहेनन्, बरु हाम्रो दैनिकीको अनिवार्य हिस्सा बनिसकेका छन्। अफिसका लामो मिटिङ तथा …
टिकटक शपले सुरू गर्यो डिजिटल गिफ्ट कार्ड सुविधा, अमेजन र इबेलाई चुनौती
टिकटक शपले प्रयोगकर्तालाई एपभित्र उपलब्ध लाखौँ उत्पादनहरू किन्न सहयोग पुग्ने उद्देश्यसहित डिजिटल गिफ्ट कार्ड खरिद गर्न मिल्ने नयाँ स…