कीवर्डहरू -

समाचार

डिशहोमले ल्यायो भर्चुअल प्रिभिलेज कार्ड, २५ प्रतिशतसम्म छुटको सुविधा

देशकै अग्रणी डिजिटल सेवा प्रदायक कम्पनी डिशहोमले नेपालकै पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो कार्ड एक्टिभ डिशहोम ग्राहकहरूले “माइ डिशहोम एप” मार्फत पाउनेछन्, जसबाट उनीहरूले देशभरका विभिन्न प्रतिष्ठित ब्रान्ड र सेवाहरूमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

डिशहोमका सीईओ तारा मानन्धरले भर्चुअल प्रिभिलेज कार्डमार्फत डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको बताए ।

सुरुवाती चरणमा, १० प्रमुख ब्रान्डका ३५ वटा आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश गरिएका छन्। ग्राहकहरूले निम्न स्थानहरूमा छुट तथा विशेष सुविधा प्राप्त गर्न सक्नेछन्:

सुरुवाती साझेदार ब्रान्डहरू

१. बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन – निर्धारित आउटलेटहरू

२. सिद्धार्थ हस्पिटालिटी ग्रुप – महेन्द्रनगर, सुर्खेत, चिसापानी, भैरहवा, सौराहा, बौद्ध, नेपालगञ्ज, नारायणगढ, बुटवल, बिर्तामोड, टिकापुर, ललितपुर, धोम्बोजी, मनमोहन, महाराजगञ्ज लगायतका स्थानहरू

३. होटल ले हिमालय – काठमाडौं

४. लेक साइड रिट्रिट – पोखरा

५. इला कम्फर्ट होटल्स एण्ड रिसोर्ट्स – हरकपुर, मौलाकाली, बाग्लुङ

६. मेलुङ ठकाली – सबै आउटलेट

७. साकी एण्ड फेङ रेस्टुरेन्ट – काठमाडौं

८. लुम्बिनी केबलकार – बुटवल

९. मौलाकाली केबलकार – गैडाकोट, चितवन

१०. अचार घर – कमलपोखरी, कुपन्डोल

ग्राहकहरूले माइ डिशहोम एप (प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी) मा उपलब्ध प्रिभिलेज कार्ड देखाएर सहभागी आउटलेटहरूमा छुट प्राप्त गर्न सक्नेछन्।

डिशहोमले यो सेवाको दायरा आगामी महिनाहरूमा अझ विस्तार गर्दै १०० भन्दा बढी ब्रान्डहरू समावेश गर्ने योजना बनाएको छ। त्यस क्रममा नयाँ अफरहरू र विविध श्रेणीका ब्रान्डहरू थपिँदै जानेछन्।

समाचार

चीनको ‘मर्निन’ ह्यूमनोइड रोबोटले मानिसको सहयोगबिना खोल्यो गाडीको ढोका

चीनले रोबोटिक्स क्षेत्रमा विगत केही वर्षमा निकै प्रगति गरेको छ। त्यहाँका रोबोटहरू यस्ता काम गरिरहेका छन्, जसको कल्पना पनि गर्न गा…

इन्स्टाग्रामको नयाँ लाइभ-स्ट्रीमिङ नीति: पब्लिक अकाउन्ट र १ हजार फलोअर्स अनिवार्य

इन्स्टाग्रामले लाइभ-स्ट्रीमिङमा नयाँ नीति लागू गरेको छ । टेकक्रन्चलाई दिएको जानकारी अनुसार लाइभ-स्ट्रीमिङ फिचर प्रयोग गर्न कम्…

इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे: सुनुवारले जिते टाटा एक्सेप्रेस टी ईभी, थापालाई टिभीएस बाइक

इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो विश्वव्यापी मोबिलिटी एण्ड अर्वान स…

स्टारलिंक सिग्नलको इन्टरफेरेन्सले खगोलशास्त्रमा समस्या: ब्रह्माण्ड अवलोकनका ३० प्रतिशत इमेज प्रभावित

एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले एस्ट्रोनोमर्स (खगोलविद्हरू) को चिन्ता बढाएको छ। कर्टिन युनिभर्सिटीका रिसर्चर्स …

आइओएस १८.६ अपडेट तुरुन्त इन्स्टल गर्न एप्पलको आग्रह

एपलले यस हप्ताको सुरुमा आफ्ना डिभाइसहरूका लागि लेटेस्ट सफ्टवेयर अपडेट आइओएस १८.६, आइप्याडओएस १८.६, म्याकओएस सेक्वोइया १५.६, टी…

शेयर कारोबार खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

अब शेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ।

नेपाल स्टक एक्सचेन्…

ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्ष

सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्ष हुने भएको छ ।

सरकारले राजपत्रमा प्…

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड …

सामसङको नयाँ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक

सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्ट वाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज बनाउने, स्वास्थ्य निगर…

एनसेलका सीईओ जाब्बोर कायुमोभले दिए राजीनामा, निमित्त सीईओमा सैयद एमडी एनामुल कविर नियुक्त

जाब्बोर कायुमोभले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट र…

गूगलको एआई मोड इन सर्चमा पीडीएफ एनालिसिस, क्यानभास टूल र सर्च लाइभ भिडियो इनपुट सुविधा आउँदै

गूगलले आफ्नो एआई मोड इन सर्चमा धेरै नयाँ अपडेटहरू घोषणा गरेको छ । गूगलले प्रयोगकर्ताका लागि पीडीएफ डकुमेन्टहरू स्क्यान गरी प्रश्…

सन् २०२६ मा फोल्डेबल आइफोन लन्च हुने, आइफोन १७ एअरबाट प्रेरणा लिने

एप्पलले धेरै समयदेखि आफ्नो ४ – मोडल आइफोन श्रृंखला जारी राख्दै आएको छ, तर २०२५ देखि यसमा परिवर्तन देख्न सकिन्छ । रिपोर्टह…

३ महिनामा टिकटकले हटायो कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने १८ लाख बढी नेपाली भिडियो

टिकटकले ३ महिनामा १८ लाख बढी नेपाली भिडियोहरू हटाएको छ । २०२५ को पहिलो त्रैमासिकमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने नेपालक…

टेलिग्राममाथि प्रतिबन्ध: २८ संस्थाको विरोध, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको आरोप

नेपाल सरकारले टेलिग्राम एपमा लगाएको प्रतिबन्धप्रति विभिन्न क्षेत्रका २८ सरोकारवाला संस्थाहरूले संयुक्तरूपमा विरोध जनाएका छन् । बु…

लो–लाइटमा ह्वाट्सएपबाट सफा फोटो खिच्न सकिने, नाइट मोड फिचर आउँदै

ह्वाट्सएपले लो–लाइट फोटोग्राफीलाई अझ राम्रो बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा नयाँ नाइट मोड फिचर थप्न लागेको छ। फिचर…