समाचार
इजरायल सेनाले एन्ड्रोइडमा लगायो प्रतिबन्ध, वरिष्ठ अधिकारीले आइफोन मात्रै प्रयोग गर्नुपर्ने
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले साइबर सुरक्षा मजबुत बनाउनका लागि ठूलो र चकित पार्ने कदम उठाएको छ। अब लेफ्टिनेन्ट कर्नेल वा त्यसभन्दा माथि सबै वरिष्ठ अधिकारीले आधिकारिक सञ्चारका लागि आइफोन मात्र प्रयोग गर्ने निर्णय गरिएको छ।
सुरक्षा कारणले एन्ड्रोइड फोनलाई पूर्णतः प्रतिबन्ध गरिएको छ। यो निर्णय सेनाभित्र भएका थुप्रै डिजिटल इन्ट्रुजन प्रयास र बढ्दो साइबर जासूसी गतिविधि पछि लिइएको हो। इजरायलको आर्मी रेडियो र जेरुसलेम पोष्टका रिपोर्टहरु अनुसार एन्ड्रोइड डिभाइसमा साइबरइन्ट्रुजनको जोखिम बढी देखिएको थियो।
पछिल्ला वर्षहरुमा सैनिक र अधिकारीहरुलाई निशाना बनाउने धेरै हनीपट आक्रमणहरु सार्वजनिक भए, जहाँ नक्कली प्रोफाइल प्रयोग गरी फोनमा मालवेयर हालेर स्थान र संवेदनशील डाटा चोर्ने प्रयास गरिएको थियो।
नयाँ दिशानिर्देशन अनुसार सैन्य कामका लागि केवल आइफोन मात्र प्रयोग गरिने भनिएको छ। कुनै पनि एन्ड्रोइड फोनलाई अपरेशनल वा कमाण्डसँग सम्बन्धित गतिविधिमा प्रयोग गर्न अनुमति नहुनेछ। साथै, एन्ड्रोइड डिभाइसहरूलाई केवल व्यक्तिगत प्रयोगका लागि मात्र सीमित गरिनेछ।
गुगलले भर्खरै दाबी गरेको बेला यो निर्णय आयो कि तिनीहरूको पिक्सेल स्मार्टफोनलाई अमेरिकी रक्षा विभागको सुरक्षा सूची डोडिनमा समावेश गरिएको छ। गुगल को अनुसार पिक्सेलमा अत्याधुनिक सुरक्षा प्रणाली छ, तर इजरायल डिफेन्स फोर्स (आईडीएफ) को भनाइअनुसार आइफोन को नियन्त्रणयुक्त इकोसिस्टम बढी सुरक्षित सावित भएको छ।
रिपोर्टहरूलाई हेर्दा आईडीएफले विगत वर्षहरूमा थुप्रै आन्तरिक सुरक्षा अभ्यासहरू गरेको छ जस्तै हिज़बुल्लाहसँग सम्बन्धित नक्कली खाताहरू जस्ता साइबर जालहरु बनाइ सैनिकहरूको डिजिटल सतर्कता जाँच्नु। ती अभ्यासहरूमा पत्ता लागेको छ कि एन्ड्रोइड डिभाइसहरू बढी जोखिममा थिए।
समाचार
एलन मस्कको भविष्यवाणी: भविष्यमा काम अनिवार्य होइन, वैकल्पिक मात्र रहनेछ
विश्वप्रसिद्ध प्रविधि उद्यमी एलन मस्कले अबको २० वर्षभित्रमा मानिसहरूका लागि काम अनिवार्य नभइ वैकल्पिक हुने बताएका छन् ।
…अलिबाबाले ल्यायो आफ्नै एआई चश्मा, एसवान र जीवान मोडेल सार्वजनिक
अलिबाबाले आफ्नो प्रतिक्षित क्वार्क एआई चश्मा चीनमा औपचारिक रूपमा बिक्री सुरु गरेको छ। कम्पनीले फ्ल्यागसिप एसवान मोडेलका तीन …
कविता: बढाऔं डिजिटल सुरक्षा
अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवसको शुभकामना !!!
सबैको डिजिटल साधन सुरक्षित रहोस् भन्ने कामना !!!
असोसियसन अफ कम्प्युटर मेशिनरीको यस अभि…
स्मार्ट टेलिकम पीडितहरू कसैलाई पनि अन्याय हुन दिन्नौ - सञ्चारमन्त्री खरेल
स्मार्ट टेलिकम पीडितहरुले टावर व्यवस्थापन, घरभाडालगायत समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । उनीहरुले शुक्रबा…
च्याटजीपीटीको उदय: तीन वर्षमै ८० करोड प्रयोगकर्ता, गुगल सर्च र स्मार्ट स्पिकरको प्रभाव कमजोर
सूचना क्रान्ति युगमा जेनेरेटिभ एआई प्लेटफर्म 'च्याटजीपीटी' ले आफ्नो लन्चिंगका मात्र तीन वर्ष भित्र कुनै विषयको जानकारी प्र…
आईआईएमएस कलेजको आधुनिक नयाँ भवन उद्घाटन
आईआईएमएस कलेजले आधुनिक नयाँ भवन उद्घाटन गरिएको छ। टेलर्स युनिभर्सिटीबाट सम्बन्धन प्राप्त आईआईएमएस कलेजले नक्सालमा नयाँ आध…
रेडियन्ट कलेजमा बीटेक एजुकेशन आईटी २०२५ ब्याचका विद्यार्थीहरूको स्वागत
रेडियन्ट कलेज, बुटवलले काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन अन्तर्गतको बीटेक एजुकेशन (आईटी) २०२५ ब्याचका नयाँ विद्यार्थीहरूको…
१९ करोड ८१ लाखभन्दा बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
काठमाडौं महानगरपालिका–११, भद्रकाली क्षेत्रबाट अवैध क्रिप्टोकरन्सी कारोबारमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।&nbs…
नेपाल–भारत डिजिटल कोरिडोरको अवधारणागत ढाँचा सार्वजनिक
नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च छाता संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) ले ‘नेपाल–भारत डिजिटल क…
नानो बनाना प्रो मोडेलको निःशुल्क प्रयोगमा कडाइ, अब दिनमा २ वटा मात्रै जेनेरेट गर्न मिल्ने
गुगलले आफ्नो नयाँ नानो बनाना प्रो मोडेलको निःशुल्क प्रयोगमा कडाइ गरेको छ। नाइनटुफाइभद्वारा भेटिएको एक सपोर्ट डक्युमेन्ट अन…
एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत खेलहरू लाइभ हेर्न पाइने
एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्य…
नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआई पारदर्शिता थप विस्तार
टिकटकले प्लेटफर्ममा देखिने एआई निर्मित कन्टेन्टबारे मानिसहरूले अझ राम्रोसँग बुझ्न, चिन्न र नियन्त्रण गर्न मद्दत गर्ने उद्देश्यले नयाँ …
सधैंका लागि बन्द हुँदैछ सानिमा बैंकको इन्टरनेट बैंकिङ
सानिमा बैंकको इन्टरनेट बैंकिङ सेवा बन्द हुने भएको छ । सानिमा बैंकले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा यही २०८२ मंसिर १…
च्याटजीपीटीको भ्वाइस मोड अब च्याटमै प्रयोग गर्न मिल्ने
च्याटजीपीटीको भ्वाइस मोड अब झन् सहज र प्रयोगमैत्री बन्दै गएको छ। ओपनएआईले मंगलबार घोषणा गर्दै आफ्नो लोकप्रिय एआई च्याटबोटको प्रयोग…
एप्पलको स्थापनाको दुर्लभ दस्तावेज लिलामीमा, मूल्य ४ मिलियन डलरसम्म पुग्ने अनुमान
सन् १९७६ मा एप्पल कम्प्युटर कम्पनी स्थापना हुँदा तयार गरिएको आधिकारिक लिखित सम्झौता आगामी वर्ष लिलामी हुँदैछ । यो दस्तावेजले यसक…