कीवर्डहरू -

समाचार

अहिलेको विषम परिस्थितिमा कताहो एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क

नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालको समूहले ‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यो प्रणालीले विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रेस विज्ञप्तिअनुसार, यो प्रणाली एक मोबाइल एपमा आधारित सामुदायिक साइरन सेवा हो। यसले एन्ड्रोइड र आइफोन दुवैमा काम गर्छ र कुनै सदस्यलाई समस्या परेको अवस्थामा सुरक्षा कोड थिच्दा समूहका सबै सदस्यको मोबाइलमा साइरन बज्ने र आकस्मिक सूचना पुग्ने सुविधा छ। यसमा एपमार्फत ठेगानासहितको जानकारी पठाउन सकिने सुविधा पनि छ।

यो प्रणाली सन् २०८२ साल असोज मसान्तसम्म अधिकतम ३० सदस्यसम्मको सामुदायिक समूहका लागि निःशुल्क उपलब्ध गराइनेछ। यसको उद्देश्य असुरक्षाको वातावरणमा समाजलाई सुरक्षित राख्नु भएको बताइएको छ । 

यस्तै कताहोको परिवार सुरक्षा सेवाले कुनै व्यक्तिलाई समस्या परेमा परिवारभित्रका दुई सदस्यलाई तुरुन्तै सूचना पठाई जानकारी गराउँछ । यो सेवा लिनका लागि 'कताहो' प्रयोगकर्ताले नक्साको दायाँतर्फको माथिल्लो भागमा रहेको रातो इमर्जेन्सी बटन थिची परिवारका २ जनाको नम्बर राख्न सक्नेछन् । यो सेवामार्फत जानकारी प्राप्त गर्नका लागि उक्त २ वटा नम्बर रहेका मोबाइलमा 'कताहो' एप रजिष्टर भएको हुनुपर्नेछ ।

कताहो एपले नेपालको ठेगाना व्यवस्थापनलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ । एपले प्रयोगकर्तालाई आफ्नो घरको ठेगाना प्लेट बनाउन र सजिलै स्थान साझेदारी गर्न पनि मद्दत गर्छ। यसलाई तारकेश्वर र विदुर जस्ता नगरपालिकामा विपद् व्यवस्थापन र आपत्कालीन उद्धारका लागि पनि प्रयोग गरिएको
 

समाचार

एनसेलले निःशुल्क दिइरहेको छ कल, एसएमएस र इन्टरनेट

टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारदेखि दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।

सरकारविरूद्ध चर्कियो जेनजीको देशव्यापी आन्दोलन

सरकारको दमनमा १९ जनाको ज्यान जाने गरी घटना भएपछि जेनजीको आन्दोलन झनै चर्किएको छ । ठाउँ ठाउँमा सरकारविरूद्ध प्रदर्शन भइरहेको छ…

सरकारलाई एक्सको जवाफ: नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता हुन सक्दैनौं

सामाजिक सञ्चाल एक्स (ट्विटर)ले नेपाल जस्तो भ्रष्टाचार धेरै हुने मुलुकमा दर्ता नहुने आफ्नो नीति रहेको बताएको छ । 

रुसको दाबी: ‘एंटेरोमिक्स’ एमआरएनए भ्याक्सिनको क्यान्सरमा क्लिनिकल परीक्षणमा आशाजनक सफलता

क्यान्सर हालको समयको सबैभन्दा छिटो बढ्ने गम्भीर स्वास्थ्य समस्याहरू मध्ये एक हो। यो विश्वव्यापी रूपमा मृत्युको प्रमुख कारण बन्न पुगेको…

युरोपको पहिलो एक्सास्केल सुपरकम्प्युटर ‘जुपिटर’ जर्मनीमा सुरू, एआई प्रतिस्पर्धामा ऐतिहासिक छलाङ

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को वैश्विक प्रतिस्पर्धामा अब युरोप पनि ठूलो कदम चाल्न तयार भएको छ। जर्मनीको जूलिश सुपरकम्प्युटिङ से…

केही सेवा प्रदायकको नेटवर्कमा चल्न थाल्यो फेसबुक

केही सेवा प्रदायकको नेटवर्कमा बन्द भएका सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर चल्न थालेका छन् । 

इनड्राइभको 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न, १०० भन्दा बढी चालक सहभागी

ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले 'सेफ्टी फर्स्ट' तालिम सम्पन्न गरेको छ । यात्रु सुरक्षाप्रति…

हाम्रो पात्रोले भन्यो: दर्ता २०७३ सालमै भएका हौं, अहिले सञ्चार मन्त्रालयमा सूचीकरण मात्रै हो

सूचीकरण नभएको भन्दै सामाजिक सञ्जाल प्रतिबन्धको सूचीमा हाम्रो पात्रो पर्दा धेरैलाई आश्चर्य लागेको थियो । हाम्रो पात्रोलाई उक्त …

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सडकमा उत्रियो जेनजी पुस्ता

सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिएको छ । सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्ट नेता तथा उच्च पदस्थ सरका…

भीपीएन प्रयोग गरेर प्रतिबन्धित सामाजिक सञ्जाल चलाउन थालेपछि सरकारले भन्यो: असुरक्षित छ, प्रयोग नगर्नुस्

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) प्रयोग नगर्न आग्रह गरेको छ । सूचीक…

सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा असर परेको छ: नास आईटी

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नासआईटी) ले सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कदमले सिंगो आईटी क्षेत्रमा अ…

जीबोर्डमा एआई: एन्ड्रोइडमा सन्देश लेख्न, प्रूफरिड र इमोजी रिमिक्सलाई सजिलो हुने

गुगलले एन्ड्रोइडको बिल्ट-इन किबोर्ड जीबोर्ड लाई एआई-सञ्चालित टुलहरूसँग सुसज्जित गरिएको छ। अब प्रयोगकर्ताहरूले आफ्ना सन्देशहरू केही…

एआईले पाँच वर्षमै विश्व रोजगारी तहसनहस बनाउन सक्ने चेतावनी

लुइसविल विश्वविद्यालयका कम्प्युटर विज्ञान प्राध्यापक रोमन याम्पोल्स्कीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र आर्टिफिसियल जनरल इंटेलिजेन्स…

क्यान महासंघले भन्यो – सामाजिक सञ्जाल बन्द समाधान होइन, डिजिटल रूपमा नेपाल पछि पर्न सक्छ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणमा नआएका सबै सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णयप्रति कम्प्युटर एसोसिएसन नेपाल महा…

टिकटकमा चल्यो भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने ‘नेपो बेबी’ अभियान

सामाजिक सञ्जाल टिकटकमा भ्रष्ट नेताका छोराछोरीहरूको विलासी जीवनशैली खुलासा गर्ने नयाँ अभियान सुरू भएको छ ।