समाचार
नयाँ आईफोन बेच्न एप्पलले पुराना डिभाइस स्लो बनाएको दाबी
काठमाडौं । यदि तपाईं लामो समयदेखि आईफोन प्रयोग गर्दै आउनुभएको छ भने, सन् २०१७ को चर्चित ‘ब्याटरीगेट’ विवाद तपाईंलाई अवश्य याद होला । त्यतिबेला एप्पलमाथि पुराना आईफोन मोडेलहरूलाई जानाजानी स्लो बनाएको आरोप लागेको थियो, जसले विश्वभर ठूलो विवाद सिर्जना गरेको थियो । पछि एप्पलले केही पुराना आईफोनहरूको परफर्मेन्स सफ्टवेयर अपडेटमार्फत सीमित गरिएको स्वीकार पनि गरेको थियो ।
कम्पनीले त्यसबेला सफाइ दिँदै कमजोर भइसकेको ब्याट्री भएका फोनहरू अचानक बन्द हुन नदिन यस्तो कदम चालिएको बताएको थियो । तर अहिले फेरि त्यस्तै प्रकृतिको नयाँ विवाद सोशल मिडियामा तीव्र रूपमा चर्चामा आएको छ । यस पटक एप्पलकी पूर्व सफ्टवेयर इन्जिनियर बताइएकी एक महिलाले कम्पनीमाथि गम्भीर आरोप लगाएकी छन् ।
के एप्पलले फेरि पुराना आईफोन स्लो बनायो ?
हाल इन्टरनेटमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा आफूलाई एप्पलकी पूर्व सफ्टवेयर इन्जिनियर बताउने महिलाले कम्पनीविरुद्ध सनसनीपूर्ण दाबी गरेकी छन् । भिडियो सार्वजनिक भएपछि सोशल मिडियामा व्यापक बहस सुरु भएको छ । धेरै प्रयोगकर्ताहरूले प्रश्न उठाइरहेका छन्- के एप्पलले पुराना आईफोन प्रयोगकर्तालाई नयाँ मोडेल किन्न बाध्य पारिरहेको छ ?
भिडियोमा महिलाले दाबी गरेकी छन् कि एप्पलले हरेक नयाँ आईफोन सार्वजनिक गर्दा पुराना डिभाइसहरूका लागि विशेष सफ्टवेयर अपडेट पठाउने गर्थ्यो । उनका अनुसार ती अपडेटमा लुकेका कोडहरू समावेश हुन्थे, जसले पुराना आईफोनहरूको स्पीड घटाउने र विभिन्न समस्या उत्पन्न गराउने काम गर्थे। यसको उद्देश्य प्रयोगकर्तालाई नयाँ आईफोनतर्फ आकर्षित गर्नु रहेको उनको आरोप छ ।
यो भिडियो एक्समा ‘वाल स्ट्रिट एप्स’ नामको अकाउन्टबाट शेयर गरिएको हो । भिडियोमा महिलाले भनिन्:
“म एप्पलमा सफ्टवेयर इन्जिनियर थिए । हरेक नयाँ आईफोन लन्चसँगै पुराना फोनहरूमा यस्तो सिस्टम हालिन्थ्यो, जसले ती डिभाइसहरूलाई बिस्तारै स्लो बनाउँथ्यो । मानिसहरूलाई आफ्नो फोन बिग्रँदै गएको जस्तो लाग्थ्यो, तर यो सबै जानाजानी गरिएको थियो ।”
म्याकअब्जर्भरको रिपोर्टअनुसार महिलाले एप्पलले रोल आउट गर्ने अपडेटहरूमा ‘हिडन कोड’ प्रयोग हुने दाबी गरेकी छन् । ती कोडहरूले पुराना डिभाइसको परफर्मेन्समा असर पार्ने र प्रयोगकर्तालाई नयाँ फोन खरिद गर्न प्रेरित गर्ने उद्देश्य राखिएको उनको भनाइ छ ।
हालसम्म एप्पलले भाइरल भिडियोमा गरिएको दाबीबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । त्यसैले महिलाले लगाएका आरोप कति सत्य हुन् भन्ने कुरा पुष्टि भइसकेको छैन ।
यस्तै, जागरणले पनि भिडियोमा गरिएका दाबीहरूको स्वतन्त्र पुष्टि नगरेको जनाएको छ । त्यसैले अहिले सोशल मिडियामा भइरहेको चर्चा र आरोपहरूलाई सावधानीपूर्वक हेर्न आवश्यक छ ।
समाचार
एप्पल आफ्नै बाचामा फस्यो : अब आईफोन प्रयोगकर्तालाई करोडौँ रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, के थियो गल्ती ?
काठमाडौं । टेक दिग्गज एपल (एप्पल इन्क.) आफ्नो महत्वाकांक्षी एपल इन्टेलिजेन्स (एप्पल इन्टेलिजेन्स) का कारण ठू…
सरकारको निर्णय : ११ सहसचिव सरुवा, सूचना प्रविधि क्षेत्रमा ५ जनाको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल सरकारले मन्त्रिपरिषद्को २०८३ असोज २१ गतेको निर्णयअनुसार ११ जना सहसचिवहरूको सरुवा तथा जिम्म…
पठाओ नेपालबाट सह-संस्थापक बस्न्यात औपचारिक रूपमा अलग, कम्पनीद्वारा उच्च प्रशंसासहित बिदाइ
काठमाडौं । पठाओ नेपालका सह-संस्थापक तथा प्रबन्ध निर्देशक असीम मान सिंह बस्न्यात कम्पनीबाट औपचारिक रूपमा अलग भ…
नेपाली एआई कम्पनी ‘टिङटिङ’ अन्तर्राष्ट्रिय बजारमा : श्रीलंकामा सेवा विस्तार
काठमाडौं । नेपाली प्रविधि कम्पनी टिङटिङले आफ्नो एआई आधारित सञ्चार उपकरणलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्दै …
वर्ल्ड इकोनोमिक फोरमको ‘युनिकर्न कम्युनिटी’मा इनड्राइभ आवद्ध
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्ल्याटफर्म इनड्राइभ, वर्ल्ड इकोनोमिक फोरम (डब्लूईएफ)को ‘युनि…
इन्स्टाग्रामको रिच घट्दैछ ? यस्ता छन् बढाउने सजिला र प्रभावकारी उपायहरू
काठमाडौं । आजकल सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामको प्रयोग निकै बढेको छ । धेरैजसो मानिसहरू त दैनिक व…
विदेशी सवारीका लागि अनलाइन सेवा सुरु, घरैबाट इजाजत र राजस्व भुक्तानी गर्न सकिने
काठमाडौं । स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनका लागि सरकारले अनलाइन सेवा सुरु गरेको छ । …
गुगलको नयाँ सेवा : मोबाइल गेम ठूलो स्क्रिनमा खेल्न सकिने
काठमाडौं । मोबाइलमा खेल्दा रमाइलो लाग्ने धेरै गेमहरू लामो समयसम्म खेल्दा असहज महसुस हुन सक्छ । सानो स्क्रिनले…
स्मार्ट टेलिकमका पूर्व-प्रबन्ध निर्देशक जोशी पक्राउ
काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सि…
Foobar2000 किन फेरि लोकप्रिय बन्दैछ ?
काठमाडौं । पुरानो तर शक्तिशाली म्युजिक प्लेयर Foobar2000 अहिले फेरि “hidden gem” का रूपमा चर्च…
मन्त्रिपरिषद् बैठक : कृषि मलदेखि प्रविधि आधारित वातावरणीय परियोजनासम्म स्वीकृति
काठमाडौं । सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका प्रमुख चार निर्णयहरू सार्वजनिक गरेको छ । निर्णयहरू प्रधानमन्…
एयरोस्पेस तथा डिफेन्स सेमिनार सम्पन्न, रेसिक्योरिटीसहित ७ कम्पनीलाई सुविधा प्रदान
भारत । “आत्मनिर्भर भारत इन एयरोस्पेस एन्ड डिफेन्स: बिल्डिङ इन्डिजिनस क्यापाबिलिटी एन्ड ग्लोबल कम्पिटिटिभनेस…
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन
काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S शोरूम ‘व्हिलिश ग्यालोर प्रा.ल…
साउथ एसिया ट्रेड फेयर २०२६ : क्षेत्रीय व्यापार विस्तार र लगानीका नयाँ अवसर खोल्दै
काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसह…
आईएफएन इन्क्युबेसन कार्यक्रममार्फत काठमाडौंमा १५ स्टार्टअपलाई मेन्टरशिप र लगानी तयारीमा जोड
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले काठमाडौंस्थित टेकस्पायर कलेजमा “बागमती ओरिएन्टेसन सत्र&rdquo…