कीवर्डहरू -

समाचार

टिङटिङले सार्वजनिक गर्‍यो चार एआई प्रडक्ट, बदल्दैछ सञ्चारको परिभाषा

एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङ चारवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल कार्यक्रममार्फत टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट सार्वजनिक गरेको हो ।

‘टिङटिङ नेक्स्ट’ नाम दिइएको उक्त इभेन्टबाट नेपालमै पहिलो पटक प्रडक्ट लञ्च गरेको कम्पनीको दावी छ । यसलाई टिङटिङले नेपाली प्रविधि उद्योगका लागि नयाँ युगको सुरूवात भएको संज्ञा दिएको छ ।

टिङटिङले केवल नयाँ सञ्चार उपकरणहरू सार्वजनिक गरेको मात्र नगरेर समग्र नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानक समेत स्थापित गरेको कम्पनीको भनाइ छ ।

व्यवसाय विस्तार हुँदै जाँदा ग्राहक र कम्पनीबीचको आत्मीय सम्बन्ध कमजोर हुँदै जाने र संवाद केवल डाटामा सीमित हुने समस्यालाई सम्बोधन गर्न टिङ टिङको अवधारणा आएको हो ।

‘आधुनिक व्यवसायको सबैभन्दा ठूलो चुनौती सञ्चार होइन, ग्राहकको कुरा बुझ्नु हो,’ कम्पनीले भनेको छ । 

अधिकांश प्रविधिहरूले कम्पनीले कसरी बोल्छ भन्नेमा ध्यान केन्द्रित गर्दा टिङ टङले भने कम्पनीले ग्राहकलाई कसरी बुझ्छ भन्ने कुरालाई केन्द्रमा राखेर आफ्ना प्रणालीहरू विकास गरेको जनाएको छ। 

यो लन्चले साधारण स्वचालित प्रणालीबाट ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्रालाई संकेत गर्छ, जहाँ कुनै पनि ग्राहकको आवाज डाटाको भीडमा हराउने छैन।

प्रविधिमा नयाँ फड्को

टिङटिङले एआई प्रविधिको प्रयोग गरेर नेपालमै विश्स्तरीय प्रडक्ट बनाउनु प्रविधि क्षेत्रमा एउटा ठूलो फड्को मानिएको छ । अर्बौँको स्केलमा चल्न सक्ने डिस्ट्रिब्युटेड आर्किटेक्चर, उच्च सुरक्षा मापदण्ड र सेल्फ–हिलिङ क्षमतासहितको प्लेटफर्ममार्फत टिङटिङले नेपालमै विश्वस्तरीय र भरपर्दो एआई प्रविधि निर्माण सम्भव छ भन्ने प्रमाणित गरेको कम्पनीको बुझाइ छ ।

यसले स्थानीय एआई फस्टाउनका लागि बलियो आधार तयार गरेको कम्पनीको भनाइ छ।

यस ऐतिहासिक लन्चसँगै कम्पनीले नेपालका व्यवसायहरूलाई साधारण लेनदेनभन्दा माथि उठेर दक्षता र समानुभूतिसँगै अघि बढ्ने भविष्य अँगाल्न आह्वान गरेको समेत छ।

चार प्रडक्ट र विशेषता

नेपाली बजारका विशिष्ट आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यसहित टिङ टिङले चारवटा मुख्य प्रडक्ट लाइन सार्वजनिक गरेको छ ।

टिङटिङ भ्वाइस 

यस इकोसिस्टमको केन्द्रमा रहेको ‘रिरी’ नेपालमै शून्यबाट निर्माण गरिएको टेक्स्ट-टु-स्पीच इन्जिन हो। टिङटिङको आफ्नै डाटा फाउन्ड्री प्रयोग गरेर स्थानीय लवज, भाव र भाषिक विशेषतालाई ध्यानमा राखी तयार गरिएको ‘रिरी’ले रोबोटिक वा विदेशी उच्चारण होइन, मौलिक नेपाली आवाजमा संवाद गर्छ।

टिङटिङ टेक्स्ट 

नेपालको सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत यो प्रणालीले सार्वजनिक सूचना, सेवा अपडेट तथा सूचनाहरू छिटो र भरपर्दो रूपमा लाखौँ प्रयोगकर्तासम्म पुर्‍याउने सुनिश्चित गर्छ।

टिङटिङ फर्म्स 

ग्राहक प्रतिक्रिया संकलन गर्ने परम्परागत तरिकालाई परिवर्तन गर्दै यसले प्रयोगकर्तालाई आवाजमार्फत आफ्ना विचार व्यक्त गर्ने सुविधा दिन्छ। एआईले बोलेको नेपाली भाषालाई तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्ने भएकाले झन्झटिला डिजिटल फर्महरूको आवश्यकता पर्दैन।

टिङटिङ एजेन्ट्स 

लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको यो प्रणालीले पुरानो शैलीको ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता मेनुहरूलाई विस्थापित गर्दै प्राकृतिक दुईतर्फी संवाद सम्भव बनाउँछ। 
२०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज, आशय र भावना बुझेर प्रतिक्रिया दिन सक्ने क्षमताले ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने कम्पनीको दाबी छ।

समाचार

मेटाले २ अर्ब बढी डलरमा किन्यो चिनियाँ एआई स्टार्टअप ‘मानुस’

मेटाले कस्टम रिसर्च र वेबसाइट निर्माणका लागि परिचित एआई एजेन्ट विकास गर्ने स्टार्टअप मानुस (Manus) लाई २ अर्ब अमेरिकी डलरभन्दा ब…

शाओमी नेपालले सञ्चालनमा ल्यायो रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर

शाओमीले सिराहास्थित लाहानचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो सुविधा केन्द्र शाओमी…

स्मार्टफोनले तपाईंको हरेक गतिविधि कसरी थाहा पाउँछ ?

तपाईंको फोनले तपाईंको हरेक गतिविधि थाहा पाउँछ भन्ने सुन्दा अचम्म लाग्छ? यसको रहस्य लुकेका साना सेन्सरहरूमा छ।

गएको …

सामसङ इनोभेसन क्याम्पस नेपालको एआई तथा बिग डेटा कार्यक्रम सम्पन्न, युवालाई भविष्यमुखी सीप सिकाउँदै

सामसङ इनोभेसन क्याम्पस (SIC) नेपालले डिसेम्बर २७ देखि ३१ सम्म सञ्चालन गरेको एआई तथा बिग डेटा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यसै क्रममा नया…

आईटी क्षेत्रलाई विश्व बजारतर्फ ‘पखेटा फैलाउन’ गभर्नर पौडेलको आग्रह, ‘नेपालबाटै संसार जित्न सकिन्छ’

नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले पछिल्ला वर्षहरूमा नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रले उल्लेखनीय प्रगति गरेको उल्लेख गर्द…

सन् २०२५ मा एआई: नानो बनानादेखि सोरासम्म, प्रविधिमा नयाँ छलाङ

सन् २०२५ मा भएका केही प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) घोषणा र लञ्चहरूले प्रविधिलाई अनुसन्धान प्रयोगशालाबाट बाहिर निकालेर द…

साइबर सुरक्षा शिक्षा प्रदान गर्न टाइम्स कलेज र वान कभरबीच समझदारी

नेपालमा साइबर सुरक्षा शिक्षालाई प्राथमिकता दिंदै दक्ष साइबर सुरक्षा जनशक्ति उत्पादन गर्ने उद्देश्यले द टाइम्स इन्टरनेशनल कलेज र वान…

मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षम…

वैज्ञानिकहरूले पत्ता लगाए अनौठो क्रिस्टल, क्वान्टम कम्प्युटिङमा क्रान्ति ल्याउने सक्ने

वैज्ञानिकहरूले भर्खरै यस्तो अनौठो क्रिस्टल पत्ता लगाएका छन् जसले क्वान्टम कम्प्युटिङको दुनियाँमा क्रान्ति ल्याउन सक्छ। यो क्रिस्टलको नाम…

नयाँ शहर बनाउन बिटक्वाइन लगानी गर्दैछ भुटान, नयाँ आर्थिक केन्द्र बनाउने योजना

भूटानले राष्ट्रिय पूर्वाधार र आर्थिक विकासका लागि बिटक्वाइन प्रयोग गर्ने इतिहासमै सबैभन्दा महत्वाकांक्षी कदम चालेको छ। सरकारले आफ्…

चीनको गोप्य ईयूभी चिप मेसिन: पश्चिमी एकाधिकार तोड्ने दिशामा ठूलो कदम

चीनले गोप्य रूपमा आफ्नो पहिलो सेमीकन्डक्टर चिप निर्माण गर्ने ईयूभी (Extreme Ultraviolet) लिथोग्राफी मेसिन को प्रोटोटाइप तयार पा…

टिकटकमा भाइरल भिडियोप्रति यस्तो छ इन्ड्राइभको स्पष्टिकरण

इन्ड्राइभका एक चालकले यात्रुलाई दुर्व्यवहार गरेको आरोपसहित टिकटकमा भाइरल भइरहेको सामग्रीप्रति कम्पनीले आफ्नो आधिकारिक धारणा सार्व…

अब विदेशमा समेत नेपालपे कार्ड चल्ने, डिस्कभरी नेटवर्कसँग सहकार्य

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले डिस्कभरी नेटवर्क सँगको सहकार्यमा नेपालको नेशनल कार्ड स्किम, नेपालपे कार्ड, को कमर्शियल रोलआउट शु…

भावनात्मक एआईमाथि चीनको कडाइ: नयाँ नियमको मस्यौदा सार्वजनिक

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीव्र परिवर्तन भइरहेका बेला चीनले उपभोक्ता एआई बजारलाई नियमन गर्ने दिशामा महत्वपूर्ण कदम …

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट चलाउन नपाइने, शेयर र मेन्सनमा पनि रोक

निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने गरी सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न नपाइने भएको छ ।