कीवर्डहरू -

समाचार

लुम्बिनीमा पहिलोपटक १ महिने आईटी वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी

बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको संघ सीएसआईटी एशोशिएसन अफ बुटवल मल्टिपल क्याम्पस (CSITABMC) ले लुम्बिनी प्रदेशमा पहिलोपटक एक महिना लामो आईटी वर्कशप ‘लुम्बिनी टेक मन्थ २०८२’ आयोजना गर्न लागेको छ। 

कार्यक्रम प्रविधि, युवा सीप विकास र व्यक्तित्व विकासमा केन्द्रित हुनेछ। कार्यक्रम तीन मुख्य साप्ताहिक खण्डमा सञ्चालन हुनेछ। 

कोड विकमा प्रोग्रामिङ र डिजिटल प्रविधिसम्बन्धी तालिमहरू प्रदान गरिनेछ भने नोकोड विकमा कोडिङ ज्ञान आवश्यक नपर्ने टुल्समार्फत डिजिटल समाधान खोज्ने र विकास गर्ने सेसनहरू आयोजना गरिनेछ।

व्यक्तित्व विकास हप्तामा क्यारियर गाइडिङ, नेतृत्व विकास, सार्वजनिक रूपमा बोल्ने कला र व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू हुने जनाइएको छ।

यसैक्रममा सहभागीहरूको लागि टेक ट्रेजर हन्ट पनि आयोजना गरिनेछ। साथै, यस महिना पश्चात डाटा फ्लोशिप प्रोग्राम सञ्चालन गरिनेछ। यस अन्तर्गत डाटा क्याम्प र डाटा क्याम्प डोनेटको सहकार्यमा उत्कृष्ट १०० सहभागी विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ।

आयोजकहरूका अनुसार कार्यक्रममा देशभरिका उत्कृष्ट विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ। उच्चस्तरीय तालिम र प्राविधिक सेसनको व्यवस्था गरेर विद्यार्थी र युवालाई प्रविधि तथा नवप्रवर्तनतर्फ आकर्षित गर्ने प्रयास गरिएको छ।

कार्यक्रमको शीर्ष प्रायोजक डियरहाइभ टेक्नोलोजिज रहेको छ भने सह-प्रायोजक आरएण्डी हाइभ रहेको छ। शिक्षा साझेदारको रूपमा गिटहब एजुकेसन र डाटाक्याम्प रहेका छन् भने कार्यक्रमको संरक्षक तिलोत्तमा नगरपालिका रहेको जनाइएको छ।

कार्यक्रमको प्रारम्भको तीन हप्ता अनलाइन माध्यमबाट वर्कशप सञ्चालन गरिनेछ भने अन्तिम एक हप्ता उमाई गार्डेन रिसोर्टमा भौतिक रूपमा सञ्चालन गरिनेछ।

कार्यक्रमको समापन समारोहमा विभिन्न आईटी कम्पनी तथा कार्यक्षेत्रका विज्ञहरूद्वारा स्पीकिङ सेसन सञ्चालन गरिनेछ। साथै, त्रिभुवन विश्वविद्यालयका डिन तथा प्राध्यापकहरू र उद्योग विशेषज्ञबीच पाठ्यक्रम र वास्तविक कार्यक्षेत्रबीचको अन्तरबारे प्यानल डिस्कसन पनि आयोजना गरिनेछ।

कार्यक्रमसम्बन्धी थप विवरण र दर्ता प्रक्रिया techmonth.csitabmc.com मार्फत उपलब्ध रहेको छ।
 

समाचार

सीईएस २०२६: लस भेगासमा एआई र स्मार्ट ग्याजेटहरूको धमाका

विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी शो कन्ज्युमर इलेक्ट्रोनिक्स शो (CES) 2026 अमेरिका, लस भेगासमा उद्घाटन भइसकेको छ। यो शो ९ जनवरीस…

नीलसागर सेवा आश्रममा सुबिसुको नि:शुल्क वाइफाई

 नेपाललाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत जोड्दै आएको सुविसु लिमिटेडले नीलसागर सेवा आश्रममा निशुल्क वाइफाई जडान गरिदिएको छ । २५ औ…

एनसेलद्वारा बार एशोसिएशनलाई आईसीटी उपकरण हस्तान्तरण

एनसेलले जेन जी आन्दोलकका क्रममा क्षति भोगेको नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोशिएसनलाई सूचना तथा सञ्चार प्रविधि (आईस…

ओपनएआईले स्क्रिनरहित एआई डिभाइस ल्याउने तयारी, आइफोनको विकल्प बन्ने दाबी

मोबाइल फोनको दुनियाँमा ठूलो परिवर्तन हुनसक्ने सम्भावना छ। एआईको दिग्गज कम्पनी ओपनएआई ओहिले सफ्टवेयरपछि हार्डवेयर दुनियाँमा पाइला चाल्ने तयारीमा छ।

ब्राउजर फिङ्गरप्रिन्टिङले अनलाइन गोपनीयता जोखिममा, यसरी जोगिनुहोस्

जब तपाईं इन्टरनेटमा केही हेर्नुहुन्छ, तब तपाईंको ब्राउजर केही जानकारी वेबसाइटको सर्भरमा पठाउँछ। यस जानकारीमा तपाईंको आईपी एड्रेस, ब्राउजरको नाम, यसको भर्ज…

प्लाउडको नयाँ एआई नोटटेकर ‘नोटपिन एस’ सार्वजनिक

हार्डवेयर निर्माता प्लाउडले उपभोक्ता इलेक्ट्रोनिक्स शो (CES) २०२६ अघि नयाँ एआई नोटटेकर प्लाउड नोटपीन एस र डिजिटल मिटिङका लागि ड…

आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चारमन्त्री जगदीश खरेलको अन्तर्क्रिया

इन्ड्राइभ आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अन्तर्क्रिया गरेका छन्। आइतबार सञ्चार तथ…

ईसेवा मनि ट्रान्सफरको ब्रान्ड प्रवर्द्धकमा दिपेन्द्र सिंह ऐरीको निरन्तरता

नेपालको अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ख…

खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटीएमबाट रकम निकाल्न पाउने

खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटीएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र ख…

भेनेजुएलाका नागरिकलाई स्टारलिंकको निःशुल्क इन्टरनेट सेवा

स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले भेनेजुएलाका नागरिकलाई फेब्रुअरी ३ सम्म निःशुल्क ब्रडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउन…

साइबर आक्रमणमार्फत विद्युत् आपूर्ति बन्द गराएर अमेरिकाले थालेको थियो भेनेजुएलामा सैन्य कारबाही

अमेरिकाले भेनेजुएलाको राजधानी काराकासमा सैन्य कारबाही गर्दै भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको छ।

स्टारलिंकले ४४ सय उपग्रहको कक्ष तल झार्दै, टक्करको जोखिम घटाउने

स्टारलिंकले यस वर्ष करिब ४ हजार ४०० उपग्रहको कक्ष तल झार्ने घोषणा गरेको छ । कम्पनीका इन्जिनियरिङ उपाध्यक्ष माइकल निकोल्सका अनुसार…

प्रतिबन्ध हुँदा समेत रोकिएन क्रिप्टो कारोबार, खरिदका लागि डलर कार्ड पनि प्रयोग

नेपालमा क्रिप्टोकरेन्सी तथा भर्चुअल एसेट प्रयोग कानुनी रूपमा प्रतिबन्धित रहे पनि यसको कारोबार रोकिएको छैन। नेपाल राष्ट्र बै…

चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान

‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विका…

विदेशी पर्यटकको डिजिटल ट्रयाकिङ सुरु

अध्यागमन विभागले नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको डिजिटल माध्यमबाट ट्रयाकिङ सुरु गरेको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालल…