कीवर्डहरू -

समाचार

ब्राण्ड पहिचान अद्यावधिक गर्दै ओपो

काठमाडौं । उपभोक्ता केन्द्रित आफ्ना सिद्धान्तलाई थप सुदृढ गर्दै वैश्विकरुपमै अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ ।

\"\"

नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधित पहिचान प्रस्तुत गरेको छ।
स्मार्टफोनमा नवप्रबर्तनका लागि अग्रणीका रुपमा परिचत ओपोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यू योर्कको पेन्टाग्रामका ख्याती प्राप्त डिजाइनर, एडी ओपारासंग सहकार्य गरेको छ ।

\"\"

ओपोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको छ ।

नयाँ ब्राण्ड ईमेजरीले थप सरल र सममित लोगो अनावरण गरेको छ । ओपोको विशेष कर्भ (बक्र)का साथ चरितार्थ गरिएको नयाँ लोगो पृथक तर निकै आकर्षक देखिन्छ । साथै, यसको डिजाइनमा श्रृजनशिलताका लागि पर्याप्त स्थान दिइएको छ ।

\"\"

ईमेजरीमा नयाँ रंग प्रणाली (कलर सिष्टम) र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ । नयाँ ब्राण्ड ईमेजले ओपोको वैश्विकस्तरमा बृद्धि र बढ्दो पहुँचको प्रतिनिधित्व गर्दछ ।

\"\"

नवप्रबर्तन तथा श्रजनशीलताका लागि निरन्तर्ताका साथै ओपोले आफ्नो उत्पादन पोर्टफोलियोमा नयाँ सिरिजका रुपमा रेनो सिरिजपनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

श्रृजनशिलतालाई विशेष ध्यानमा राखि विकासित रेनो सिरिज पृथक सोच राख्ने श्रृजनशिल यूवा ट्रण्डसेटर्स लक्षित फोन हो ।
ओपोको रचनात्मक भिजनको प्रतीक रेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागि आउँदो १० बर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको अनुमान छ ।

\"\"

यही भिजनका साथ ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र संचार मोडलका साथमा ‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ ।

‘आई’म रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकारसंग सहकार्य गरी श्रृजनशिलताको शक्ति दर्शाउने प्रयास गरेको छ ।

ओपोद्वारा वैश्विक समुदायका लागि विकसित उत्पादन सिरिजका रुपमा रेनो, ओपो सञ्चालनमा रहेका सबै बजारमा उपलब्ध गरिनेछ ।

चीन र यूरोपमा सार्वजनिक पश्चात प्राप्त अतुलनिय मायाँ र सराहना पश्चात नेपाली बजारमापनि ओपो रेनो सार्वजनिकका लागि तयार छ ।


समाचार

नारायणगढमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला तथा कन्फ्रेन्स सम्पन्न

चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा आज नारायणगढमा आयोजित ‘फ्युज मेशिन्स आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला २०१९ इन एसोसिएसन के सेभेन सेक्युरिटी’ सम्पन्न…

सुबिसुको टिभि र इन्टरनेटमा नयाँ मुल्य

काठमाडौं। क्रिकेटको महाकुम्भ क्रिकेट वर्ल्ड कप २०१९ लाई लक्षित गरेर सुबिसु ले क्लियर टिभि…

शनिबार नारायणगढमा आइसिटी स्टार्टअप मेला तथा कन्फ्रेन्स आयोजना हुँदै 

चितवन । लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार नारायाणगढ चितवनमा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला २०१९ इन …

क्रिकेटको महाकुम्भको पलपलको अपडेट अब हाम्रो पात्रोमा

काठमाडौं। नयाँ नयाँ सुविधा तथा युवा देखि हजुरबुवा, हजुरआमाहरुका लागि दैनिक जीवनमा …

नेपाल टेलिकमले २०७४ असार मसान्तसम्मको बक्यौतामा लाग्ने जरिवाना छुट गर्ने


काठमाडौं। नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्र…

प्रभु बैंकको नयाँ शाखा पुनर्वासमा

काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज…

एउटै परिचयपत्र भित्र सम्पूर्ण सूचना र जानकारी

नेपालीले एक भन्दा बढि परिचयपत्र बोक्‍न नपर्ने भएको छ।

अर्थ…

खानेपानी तथा विद्युतको शुल्क भुक्तानी विद्युतीय माध्यमबाट

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६/७७ को बजेट वक्तव्य प्रस्तुत गर्दै सरकारले नेश्नल पेमेन्ट गेटवेको स्थापनालाई अगाडि बढाउने, नगद कारोबारलाई क्र…

५ वर्षभित्र सबै नागरिक सेवा अनलाइन प्रणाली मातहत, ललितपुरमा ज्ञान पार्क स्थापना गरिने 

अर्थमन्त्री युवराज खतिवडाले दूरसञ्चार र प्रविधि क्षेत्रका लागि केही कार्यक्रमसहितको बजेट विनियोजन गरेका छन् ।

सार्वजनिक यातायातमा जिपिएस प्रविधि, विद्युतीय कार्डबाटै भाडा तिर्ने व्यवस्था मिलाइने

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६/७७ को बजेटमा यातायात व्यवस्थापन शीर्षकमा एक अर्ब ५३ करोड रुपियाँ विनियो…

कृषि जमिनको अभिलेख र जग्गा धनी पुर्जा विद्युतीय बनाइने

सम्पूर्ण कृषि जमिनको अभिलेख र जग्गा धनी पुर्जा विद्युतीय बनाइने छ ।

अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणकाे क्रममा आगामी २ वर्षभित्र याे कार्य…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरिने 

काठमाडौं । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७६\\७७ को बजेट भाषणका क्…

वीरेन्द्रनगरमा टेलिकमको फाइबर टू होम सेवा शुरू

काठमाडाैं । नेपाल टेलिकमले वीरेन्द्रनगरमा उच्च गतिको फाइबर टू होम सेवा शुरू गरेको छ । यसअघि एडीएसल सेवामार्फत इन्टरनेट…

आइसिटी अवार्डमा यस्ता छन् ९ विधा : जेठ २५ सम्म अनलाइन आवेदन दिन सकिने

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित र ठूलो अवार्ड ‘

फेसबुक पेज खोलेर ठगी गर्ने पक्राउ

काठमाडौं। सामाजिक संजाल फेसबुकमा “रुम एण्ड फल्याट अन रेन्ट इन काठमाडौं ” पेज बनाएर बि…