कीवर्डहरू -

समाचार

कास्परस्की ल्याब : २० वर्षदेखि विश्वलाई सुरक्षित बनाउँदै 

रसियाका नागरिक युजेन कास्परस्कीले तीन सहसंस्थापक र १९ जना कर्मचारीसहित सन् १९९७ मा कास्परस्की ल्याब सुरु गरेका थिए । आज कास्परस्की ल्याब २ सय देशमा विस्तार भएको छ भने विश्वभर ३ हजार ७ सय कर्मचारी छन् । विश्वको साइबर सुरक्षाका क्षेत्रमा धेरै चुनौतीका बाबजुद कास्परस्की ल्याबले २० वर्ष थुप्रै अत्याधुनिक सुरक्षा विशेषतासहितका प्रडक्टको विकास गर्दै साबइर स्पेसलाई सुरक्षित बनाउन योगदान दिइरहेको छ । 

‘हामीले सन् १९९७ मा कास्कपरस्की सुरु गर्दा सन् २०५० सम्मको विश्वको साइबर सुरक्षा विश्लेषण गरेका थियौं । यो २० वर्षमा साइबर सेक्युरिटीको क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ,’ दक्षीण एसियाका लागि कास्परस्कीको ट्यान्जिबल सेल्स म्यानेजर शिव शंकरले भने । 

उनका अनुसार साइबर  यो क्षेत्रमा आएका साइबर आक्रमण र थ्रेट निकै जटिल रहेका छन् । ‘व्यक्तिगत होइन अहिले संस्थागत आक्रमण भइरहेको छ । व्यक्तिगत रुपले हेर्ने हो भने अब व्यक्तिका आर्थिक कारोबारसँग जोडिएका डाटाको सुरक्षा दिनु चुनौतीको विषय बनिरहेको छ । पिसीलाई क्र्यास गरी डाटा चोर्ने र पसर्नल आइडेन्टिटीमा एट्याक गर्ने क्रम बढिरहेको छ । हामी यस्ता समस्या र चुनौतीलाई समाधान गर्न निरन्तर अनुसन्धान तथा प्रडक्ट विकासमा लागिरहेका छौं ।’

कास्परस्कीले हाल विश्वभर आफ्ना ४० मिलियन प्रयोगकर्ता रहेको जानकारी दिएको छ भने २ लाख ७० हजार क्लाइन्टरहरु रहेको जानकारी दिएको छ । नेपालमा भने कास्परस्की ल्याब सन् २००८ मा भित्रिएको हो । १० वर्षदेखि सागर टेक्नोलिकंले नेपालको वितरकको रुपमा काम गरिरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा २० वर्ष र नेपालमा १० वर्ष एन्टिभाइरस र अन्य सुरक्षा उपकरणमा काम गरिरहेको कास्परस्की ल्याबले नेपाली प्रयोगकर्तालाई पछिल्लो समयमा मोबाइल प्रयोगकर्ता, टेलिकम, स्कुल, बैंकिङ क्षेत्र, परिवार सुरक्षा आदिका सेगमेन्टमा नयाँ प्रोटेक्सन टेक्नोलोजीहरु विस्तार गर्ने उनले बताए । 

कास्परस्की साइबर सेक्युरिटी कम्पनीको रुपमा विश्वप्रसिद्ध छ । हामी रिसर्च एन्ड डेभलपमेन्ट कम्पनीको रुपमा पनि उत्तिकै चिनिन्छौं । कास्परस्कीले दैनिक २५ हजार नयाँ मालिसियस मालवेयरहरु डिटेक्ट गर्दछ । ‘यो तथ्यले पनि स्पस्ट गर्छ कि हामी प्रडक्टमा बढी आर एन डी गर्छौ । हामीसँग साइबर सेक्युरिटी स्पेसमा ५० आफ्नै पेटेन्ट रहेका छन् । र महत्वपुर्ण कुरा हामीसँग सधैं लेटेस्ट टेक्नोलोजीमा काम गर्छौं,’ उनले भने ।  

समाचार

आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आइसिटिई क्लब सुर्खेतले घोषणा गर्यो आन्दोलनका कार्यक्रम

सुर्खेतको आइसिटिई क्लबले आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । आजको २१ औ शताब्दिमा आइपुग्दा र अन्र्तराष्ट्रिय जगत प्रविधि…

राजधानीमा २ दिने क्यान आइसिटी कन्फ्रेन्स सुरु

काठमाडौं । क्यान महासंघको आयोजनामा राजधानीमा 'सुबिसु क्यान आइसिटी सम्मेलन २०१८' सुरु भएको छ ।स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नाम दि…

एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) क…

टेलिकमको पोष्टपेड मोबाइलमा आईएसडी सुविधा आफैले लिन सकिने

नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी ९क्ष्क्म्० सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (…

पहिलो वर्डक्याम्प पोखरा २०१८ आगामी मंसिरमा हुने

वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा’ पहिलोपटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)म…

आइपिभी ६ सुरुवातको छैटौं वर्ष : नेपालका लागि अवसर

५/६ वर्षअघिसम्म घरमा एउटा मात्रै डिभाइस हुन्थ्यो । अहिले एक व्यक्तिले नै मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर चलाउन थालेका छ…

फोब्र्सको मूल्यवान ब्रान्डहरूको सूचिमा उक्लियो हुवावे

ख्यातिप्राप्त अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले हरेक बर्ष प्रकाशित गर्ने ‘विश्वका सबैभन्दा मूल्यवान ब्रान्डहरूको सूचि’मा यसपटक पनि हुवावे परेको छ ।