समाचार
खुला भयो फ्युजमसिन्सको एआई फेलोशिपको आवेदन, यस्तो छ दिने तरिका
एआई कम्पनी फ्युजमसिन्स इंकले नेपालका लागि एआई फेलोशिप २०२६ को आवेदन खुला गरेको छ । ६ महिनासम्म सञ्चालन हुने यो व्यापक कार्यक्रमले सहभागीलाई रोजगारयोग्य (Job-Ready) एआई सीप विकास गर्ने लक्ष्य राखेको छ।
अमेरिकाका अग्रणी विश्वविद्यालयका प्राध्यापक र एआई उद्योगका विज्ञहरूद्वारा डिजाइन गरिएको कार्यक्रमअन्तर्गत फ्युजमसिन्सको स्वामित्वमा रहेको Microdegree™ पाठ्यक्रम पनि समावेश गरिएको छ।
नवौं संस्करण, पूर्ण छात्रवृत्ति अवसर
सन् २०१७ मा सुरु भएको यो फेलोशिप कार्यक्रम अहिले नवौं वर्षमा प्रवेश गरेको छ। हालसम्म १२ देशका १२०० भन्दा बढी सहभागी (फेलो) लाई तालिम प्रदान गरिसकेको कम्पनीले जनाएको छ।
कार्यक्रम आईटी विद्यार्थी, पेशाकर्मी तथा प्रोग्रामिङ, गणित, कम्प्युटर विज्ञान र सफ्टवेयर विकासमा पृष्ठभूमि भएका उत्साहीहरूका लागि लक्षित गरिएको छ। बहु–चरणीय छनोट प्रक्रियामार्फत योग्य ठहरिएका आवेदकलाई पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।
कम्पनीका संस्थापक तथा सीईओ समीर मास्केले भौगोलिक सीमाभन्दा पर गएर उत्कृष्ट एआई शिक्षा उपलब्ध गराउने प्रतिबद्धताको निरन्तरता नै यो नवौं संस्करण भएको बताए ।
नेपालबाट विश्वस्तरका एआई समस्या समाधानकर्ता र नेतृत्वकर्ता उत्पादन गर्ने फेलोशिपको लक्ष्य रहेको उनको भनाइ छ ।
त्यस्तै, दक्षिण एसिया प्रमुख तथा रणनीति विभागका प्रमुख पराग श्रेष्ठले मानव पुँजीमा लगानी नै दीर्घकालीन सफलताको आधार भएको उल्लेख गर्दै नेपालमा बलियो एआई इकोसिस्टम निर्माण गर्ने उद्देश्य बताए ।
हाइब्रिड सिकाइ र व्यावहारिक अभ्यास
एआई फेलोशिप २०२६ अन्तर्गत सहभागीहरूले अनलाइन तथा प्रत्यक्ष अभ्यास समेटिएको हाइब्रिड मोडेलमार्फत अध्ययन गर्नेछन्। फ्युजमसिन्स अनलाइन प्लेटफर्ममार्फत साप्ताहिक लाइभ लेक्चर र स्व–गति (self-paced) सिकाइ उपलब्ध हुनेछ।
कार्यक्रम पूरा गरेपछि सहभागीहरूले जेनेरेटिभ एआई, मसिन लर्निङ, डिप लर्निङ, न्याचुरल लर्निङ प्रोसेसिङ, कम्प्युटर भिजन, प्रम्प्ट इन्जिनियरिङ जस्ता विषयमा गहिरो ज्ञान हासिल गर्नेछन्। साथै, गणित र प्रोग्रामिङको बलियो आधारसमेत विकास गरिनेछ।
पाठ्यक्रम सिद्धान्तमा मात्र सीमित नरही जटिल समस्या समाधानका लागि उपयुक्त एल्गोरिदम, फ्रेमवर्क र प्रविधि छनोट तथा कार्यान्वयन गर्न सक्षम बनाउने किसिमले तयार गरिएको छ।
सहभागीहरूले मोडेलको कार्यसम्पादन मूल्यांकन, आर्किटेक्चर तुलना तथा end-to-end पाइपलाइन निर्माण जस्ता व्यावहारिक अभ्यास गर्नेछन्।
फ्युजमसिन्सका अनुसार, यस कार्यक्रमले नेपालका प्रतिभालाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्दै विश्व एआई परिदृश्यमा प्रभाव पार्ने दक्ष जनशक्ति तयार पार्ने लक्ष्य लिएको छ।
यदि तपाई पनि एआई फेलोशिपमा आवेदन दिन र थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । आवेदन आगामी मार्च ३० सम्म दिन सकिने छ ।
समाचार
सामसङले आगामी फ्ल्यागशिप स्मार्टफोनहरूमा परप्लेक्सिटी एआई समावेश हुने
सामसङले आफ्ना आगामी फ्ल्यागशिप स्मार्टफोनहरूमा परप्लेक्सिटी एआईलाई समावेश गर्ने घोषणा गरेको छ। ग्यालेक्सी एआई प्रणालीभित्र बहु&ndas…
हल्ट प्राइज पुलचोक क्याम्पसको फाइनल सम्पन्न, टिम सेकेण्डआई बन्यो विजेता
हल्ट प्राइज पुलचोक क्याम्पसको फाइनल सम्पन्न भएको छ। होटल ए वान पार्टी प्यालेसमा भएको कार्यक्रममा नौ उत्कृष्ट टोलीबीच कडा प्रतिस्पर्धा …
एआई हार्डवेयर बजारमा आउँदै ओपन एआई, स्मार्ट स्पिकरदेखि स्मार्ट चस्मासम्म विकास गर्दै
ओपन एआईले एआईमा आधारित स्मार्ट डिभाइसहरूको श्रृंखला विकास गरिरहेको विवरण सार्वजनिक भएको छ। द इन्फर्मेशनको रिपोर्टअनुसार कम्पनीले स्मार्ट चस्मा, स्मार्ट स्पिकर र…
ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर’ सार्वजनिक, मल्टी कन्ट्री र मल्टी करेन्सी सुविधा
एचआर टेक कम्पनी ट्यालेन्ट कनेक्ट्सले आफ्नो नयाँ ‘एचआर सफ्टवेयर’ सार्वजनिक गरेको छ। एप्लिकेन्ट ट्रयाकिङ सिस्टम (एटीएस) क…
चिनियाँ एआई एप सीडान्सले हलिउडमा हलचल, सिनेमास्तरको भिडियो जेनेरेट गर्दै
चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल ‘Seedance 2.0’ ले हलिउडमा हलचल मच्चाए…
फोर्थिङ फ्राइडे ईभीमा ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर, ७ लाखसम्म बचतको अवसर
लक्ष्मी ई-मोबिलिटी प्रालि ले प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडे का लागि ‘एक्सचेन्ज एण्ड अपग्रेड टु फ्राइडे’ अफर …
आज एनसेल एआईटीएम कार्निभल हुँदै
ललितपुर, सातदोबाटोस्थित एआईएटीएम कलेजमा शनिबार (फागुन ९ गते) एनसेल एआईटीएम कार्निभल आयोजना हुँदैछ । युवा लक्षित यो विशेष क…
आईओएस २६.३ अपडेटपछि आईफोनबाट एन्ड्रोइडमा डेटा ट्रान्सफर सजिलो, एप्पलले ल्यायो ‘ट्रान्सफर टु एन्ड्रोइड’ फीचर
एप्पल ले आफ्ना प्रयोगकर्ताहरूलाई अब आईफोन बाट एन्ड्रोइड फोनमा स्विच गर्न सजिलो बनाएको छ। आईओएस 26.3 को रिलिजसँगै, एप्पल अब प्रयोग…
आफ्नो स्ट्यान्डअलोन म्यासेन्जर वेबसाइट messenger.com बन्द गर्दै मेटा
मेटाले आफ्नो स्ट्यान्डअलोन म्यासेन्जर वेबसाइट messenger.com बन्द गर्ने निर्णय गरेको छ। कम्पनीको हेल्प पेजअनुसार आगामी अप्रिलदेखि यो…
गूगल पिक्सल १० ए सार्वजनिक, ७ वर्षको अपडेटसहित टेन्सर जी४ प्रोसेसर
टेक उद्योगमा आफ्नो क्यामरा र क्लिन सफ्टवेयर अनुभवका लागि परिचित गूगलले नयाँ स्मार्टफोन गूगल पिक्सेल १० ए सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार राति उक्त मोडेलल…
एमालेको घोषणापत्र: १८ देखि २८ वर्षका युवालाई मासिक १० जीबी निःशुल्क डाटा, नागरिक एपलाई सुपर एप बनाइने
नेकपा एमालेले १८–२८ वर्ष उमेर समूहका युवाहरूलाई एक वर्षसम्म प्रत्येक महिनामा १० जीबी निःशुल्क इन्टरनेट उपलब्ध गराउने घोषण…
जेमिनीद्वारा ३० सेकेन्डसम्मको गीत बनाउन सकिने, गुगलले ल्यायो ‘लिरिया ३’ मोडेल
गूगलले आफ्नो एआई प्लेटफर्म जेमिनाइमा नयाँ ‘लिरिया ३ (Lyria 3)’ मोडेल समावेश गरेको घोषणा गरेको छ। यस मोडेलमार्फत…
सामाजिक सञ्जालमा एआई सिर्जित सामग्री प्रसारण गरेर भ्रम नछर्न काठमाडौं प्रहरीको आग्रह
जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमा भ्रामक सूचना तथा एआई सिर्जित सामग्री प्रसारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।…
भ्याट फिर्ता रोकिएपछि आईटी सेवा निर्यात गर्ने कम्पनीहरू समस्यामा, जोखिममा विदेशी लगानी
नेपालबाट विदेशमा सूचना प्रविधि (आईटी) सेवा निर्यात गर्ने कम्पनीहरूले मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता नपाउँदा गम्भीर चुनौतीको स…
चीनको कमर्शियल भेहिकल बजारको शीर्ष स्थानमा फोटोन, नेपालमा पनि बलियो उपस्थिति
फोटोन मोटरले चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान पुनः प्रमाणित गरेको छ। “ड्राइभ टु ग्रेट” भन्ने ग्लोबल थिम…