समाचार
भन्सार विवादबारे साइमेक्सको स्पष्टिकरण : ‘बीवाईडीका सबै सवारी कानुनअनुसार आयात भएका हुन्’
काठमाडौं । बीवाईडी सवारी साधनको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले बजेटअघि ठूलो संख्यामा विद्युतीय सवारी साधन आयात गरी करको लाभ लिएको भन्ने सार्वजनिक चर्चा प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत आफूले सम्पूर्ण आयात तथा भन्सार प्रक्रिया प्रचलित कानुनअनुसार नै सम्पन्न गरेको दाबी गरेको हो ।
कम्पनीका अनुसार विभिन्न सञ्चारमाध्यममा उल्लेख गरिएका सवारी साधनहरू नेपाल सरकारको भन्सारसम्बन्धी कानुन र प्रक्रियाअनुसार आयात तथा जाँचपास गरिएका हुन् । साइमेक्सले कुनै पनि चरणमा विशेष सुविधा, प्राथमिकता प्राप्त प्रक्रिया वा अनधिकृत माध्यमबाट लाभ नलिएको स्पष्ट पारेको छ ।
साइमेक्सले हाल चर्चामा रहेका २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा पुगे पनि ती सवारी साधनको भन्सार जाँचपास प्रक्रिया भने अझै सम्पन्न नभएको जनाएको छ । कम्पनीका अनुसार ग्राहकबाट प्राप्त पूर्व-बुकिङ पूरा गर्न तथा विद्युतीय सवारी साधनको बढ्दो माग सम्बोधन गर्न ती सवारी साधन आयात गरिएको हो ।
बीवाईडीको उत्पादन तालिका, ढुवानीको उपलब्धता तथा नियमित व्यवसायिक योजनाअनुसार आयात प्रक्रिया अघि बढाइएको कम्पनीको भनाइ छ । विज्ञप्तिमा सरकारी निकायसँगको मिलेमतोमा कर परिवर्तनबाट बच्न खोजेको वा अनुचित लाभ लिएको भन्ने आरोपलाई साइमेक्सले ‘निराधार, असत्य र प्रतिष्ठामाथिको आघात’ भनेको छ ।
कम्पनीले आफ्नो सम्पूर्ण आयात गतिविधि नियमित व्यावसायिक आवश्यकता, मौज्दात व्यवस्थापन, ढुवानी तालिका तथा कानुनी व्यवस्थाअनुसार सञ्चालन हुने जनाएको छ । साथै कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै आवश्यक सबै कागजात सम्बन्धित निकायलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
साइमेक्सले सञ्चारमाध्यम तथा सरोकारवाला पक्षलाई आधिकारिक तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न आग्रह गरेको छ । तथ्यहीन आरोप वा सामाग्रीले कानुनी रूपमा सञ्चालन भइरहेका व्यवसायहरूको प्रतिष्ठामा असर पर्न सक्ने कम्पनीको भनाइ छ ।
कम्पनीले विद्युतीय सवारीसाधन क्षेत्रले नेपालको वातावरणीय लक्ष्य प्राप्ति, इन्धन आयातमा कमी तथा दिगो यातायात प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गर्दै यस क्षेत्रमा तथ्यमा आधारित बहस र जिम्मेवार समाचार सम्प्रेषण आवश्यक रहेको जनाएको छ ।
साइमेक्सले आफू विगतदेखि नेपालको अटोमोटिभ तथा स्वच्छ ऊर्जा रूपान्तरण अभियानमा संलग्न रहेको उल्लेख गर्दै पारदर्शिता, कानुनको पालना र जवाफदेहिता प्रति प्रतिबद्ध रहेको जनाएको छ । साथै सम्बन्धित निकायबाट भइरहेको अध्ययन तथा समीक्षा प्रक्रियाले सार्वजनिक रूपमा फैलिएका भ्रम र आशंकाको अन्त्य गर्ने विश्वास पनि व्यक्त गरेको छ ।
समाचार
ई-गभर्नेन्स बोर्डको कार्यक्षेत्र विस्तार, नागरिक सेवा तथा सरकारी सफ्टवेयर विकास केन्द्रको बाटो खुला
काठमाडौं । सरकारले ई-गभर्नेन्स बोर्डको कार्यक्षेत्र विस्तार गर्दै नागरिकलाई सरकारी सेवा एकै स्थानबाट उपलब्ध गराउ…
नेपाललाई डिजिटल केन्द्र बनाउने लक्ष्यतर्फ बजेटका सकारात्मक कदम : नास-आईटी
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आर्थिक वर्ष २०८३/८४ को बजेटमा…
इनड्राइभको ‘रेट मिलाऔं, म:म खाऔं’ क्याम्पेन
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा ‘र…
डिजिटल सीप सिक्न युवाको आकर्षण, गुगल करियर सर्टिफिकेट्समा ३,५०० भन्दा बढीको आवेदन
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गरेको ‘गुगल करियर सर्टिफिकेट्स स्कलरसिप प्रोग्राम २०२६&rsqu…
डिजिटल नेपाल अभियानमा नयाँ फड्को, ८० विशेषज्ञको टोली परिचालन गरिने
काठमाडौं । सरकारले सार्वजनिक प्रशासनलाई डिजिटल प्रविधिमा आधारित बनाउने लक्ष्यसहित उच्चस्तरीय प्राविधिक टोली गठ…
कर सुधारदेखि स्टार्टअपसम्म बजेटको कदम प्रशंसनीय : चेम्बर अफ कमर्स
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटलाई निजी क्षेत्रमैत्री र अर्थतन्त्र पुन: चलायमान बनाउ…
मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
काठमाडौं । मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गर्दै सामाजिक सञ्जाल प्रयोगमा कडा प्रतिबन्ध ला…
बिजुलीमा कर लागू नै रहने, उपभोक्तालाई असर नपर्ने गरी विकल्प ल्याइने : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले उपभ…
मोबाइल उद्योग सुधार्न क्यान महासंघ र एनएमडिएबीच रणनीतिक सहकार्य
काठमाडौं । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रको विकास, नीतिगत सुधार र अवैध मोबाइल कारोबार नि…
पूर्व जाने बसमा अब सिसी क्यामेरा, अनलाइन टिकट र जीपीएस सुविधा
काठमाडौं । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न गन्तव्यमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा सिसी क्या…
सरकारको हरित कर विस्तार : पेट्रोलदेखि स्मार्टफोनसम्म, कुनमा कति ?
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३ को आर्थिक विधेयकमार्फत हरित करको दायरा विस्तार गर्दै कर प्रणालीमा व्…
सूचना-प्रविधिमा सरकारको ‘मेगा बजेट’ : एआई, टेलिकम र फिनटेक प्राथमिकतामा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई देशको नयाँ आर्थिक इन्जिनका…
राइड–सेयरिङ सेवामा १ प्रतिशत अग्रिम कर लाग्ने
काठमाडौं । सरकारले राइड–सेयरिङ सेवामार्फत आम्दानी गर्ने व्यक्तिबाट अग्रिम कर असुल गर्ने व्यवस्था लागू गरे…
सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्ने, घरजग्गा कारोबार स्थानीय तहबाटै हुने
काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकारी कार्यालयमा डिज…
प्रविधि क्षेत्रमा सरकारको प्रोत्साहन, आईटी सेवा निर्यातमा ५० प्रतिशत कर छुट
काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) उद्योगलाई मुलुकको आर्थिक वृद्धिको नयाँ आधारस्तम्भका रूपमा विकास गर्ने…