समाचार
पठाओ दशैं महोत्सव २०८२: तीन जनालाई मोटरसाइकल जित्ने अवसर, नयाँ राइडर दर्ता नि:शुल्क
पठाओ नेपालले विगत वर्षझैँ यस वर्ष पनि “पठाओ दशैं महोत्सव–२०८२” सुरु गरेको छ। कम्पनीका अनुसार महोत्सव भाद्र १७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ।
यस विशेष अभियानमार्फत पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोलाई बढी आम्दानी गर्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ। दशैं महोत्सव अहिलेका लागि काठमाडौँ उपत्यकामा मात्र सञ्चालन गरिएको भए पनि सहभागिताको स्तर हेरेर यसलाई भविष्यमा विस्तार गर्ने तयारी रहेको बताइएको छ।
महोत्सव अवधिभर चालकहरूलाई दैनिक १ प्रतिशतसम्म कमिसन छुट उपलब्ध हुनेछ। जसअनुसार अधिक राइड वा डेलिभरी गर्नेहरूले क्रमशः कमिसन दर घटाउँदै लैजाने र अन्ततः १ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
महोत्सवको अन्त्यमा आयोजना हुने लक्की ड्रमार्फत धेरै राइड वा डेलिभरी गर्ने सहभागीहरूमध्ये तीन जनाले टी भी एस रेडियन एफ आई मोटरसाइकल जित्ने अवसर पाउनेछन्। यसका लागि सहभागिहरूले २१ दिनभित्र कम्तीमा १७० राइड/डेलिभरी पूरा गर्नुपर्ने र कम्प्लिसन रेट वा सक्सेस रेट न्यूनतम ७० प्रतिशत कायम गर्नुपर्ने शर्त तोकिएको छ।
यस्तै, महोत्सव अवधिभर पठाओ राइडर बन्न इच्छुक नयाँ सहभागीहरूका लागि नि:शुल्क दर्ता सुविधा पनि उपलब्ध गराइएको छ।
पठाओ नेपालले दशैं महोत्सवलाई रोजगारीमा सशक्तीकरण, मेहनतको सम्मान र चालकहरूको आम्दानीमा नयाँ स्तर थप्ने उद्देश्यसहित अघि सारेको जनाएको छ।
समाचार
भैरव टेकले सार्वजनिक गर्यो ट्राइडेन्ट एसआईईएमको नयाँ संस्करण, यस्ता छन् सुविधा
नेपालको अग्रणी साइबर सेक्युरिटी कम्पनी भैरव टेकले ट्राइडेन्ट एसआईईएम (Trident SIEM) नयाँ संस्करण को सार्वजनिक गरेको छ । कम्पनील…
त्रिवि शिक्षण अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने, यस्तो छ तरिका
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अब अनलाइनबाटै अपोइन्टमेन्ट बुक गर्न सकिने भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अनलाइ…
ईयरबडले अब स्वास्थ्यको पनि ख्याल राख्ने, आवाजसँगै उन्नत प्रविधिका सुविधाहरू पनि उपलब्ध
प्रविधि जसरी तीव्र गतिमा बदलिँदैछ, त्यसैगरी जीवनशैली पनि छिट्टै परिवर्तन भइरहेको छ। पहिले जहाँ सङ्गीत सुन्न वा कल गर्न मानिसहरू…
एटीएमको सुरक्षाका लागि के के प्रविधि प्रयोग गरिएको हुन्छ ?
एटीएम मेसिनहरू बजारमा, सडकहरूमा र यहाँसम्म कि लगभग हरेक स्थानमा जडित हुन्छन्। एटीएमले मानिसहरूलाई जुनसुकै बेला पैसा निकाल्ने…
पहिलो चरणको एग्री डिजी टेक च्यालेन्ज सम्पन्न, दोस्रो चरणको तयारी सुरू
स्विस विकास तथा सहकार्य एजेन्सीको सहयोगमा बीड म्यानेजमेन्ट र ट्यान्जेन्ट वेभ्सको सहकार्यमा सुरू भएको एग्री डिजी टेक च्यालेन्ज परियोज…
शुक्रबार भृकुटीमण्डपमा ‘इलेक्ट्रिक एंड इलेक्ट्रोनिक्स’ अन्तर्राष्ट्रिय प्रदर्शनी, भोलिसम्म चल्ने
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शुक्रबार भृकुटीमण्डपमा नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर…
एन्थ्रोपिक र लेखकहरूबीच प्रतिलिपी विवादमा ऐतिहासिक सम्झौता, ठूलो आर्थिक जोखिम टरेको संकेत
एआई स्टार्टअप एन्थ्रोपिक र प्रसिद्ध लेखकहरूबीच लामो समयदेखि चलेको प्रतिलिपी विवादमा सम्झौता भएको छ। यो मुद्दा अहिलेसम्मका ठूला एआ…
प्रयोगकर्तालाई जीमेलको चेतावनी: एआई प्रयोग गरी ह्याकरहरूले चोर्दै छन् पासवर्ड र संवेदनशील डेटा
यदि तपाईं जीमेल प्रयोग गर्नुहुन्छ भने यो खबर तपाईंका लागि अत्यन्त महत्वपूर्ण छ । गुगलले आफ्ना अरबौं प्रयोगकर्तालाई ह्याकरहरू …
नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना हुने, कारियाली कम्पनीसँग सम्झौता
नेपालमा ग्रीन हाइड्रोजन तथा फ्यूल सेल प्लान्ट स्थापना गर्नका लागि लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि– फिलोस कम्पनी लि…
१३ वर्ष मुनिका बालबालिकालाई फोन नदिन विज्ञको सुझाव
१३ वर्ष मुनिका बालबालिकालाई फोन नदिन विज्ञहरूले सुझाव दिएका छन् । सेपियन ल्याब्सले १८ देखि २४ वर्ष उमेर समूहका…
सगरमाथाको फोहोर उठाउन ‘गेम चेञ्जर’ बन्दैछ ड्रोन, मनास्लुमा पनि लैजाने योजना
यस वर्षको आरोहण मौसममा सगरमाथा आधार शिविरमा ड्रोन अपरेटरहरूको एक टोली आरोही र गाइडहरूसँग सहभागी भयो । उनीहरू विश्वकै अग्लो …
अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम
नेपाल पत्रकार महासंघले अनलाइन संचारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।
<…डिशहोमका ग्राहकलाई चन्द्रागिरी केबलकारमा १० प्रतिशत छुट
डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड मार्फत नेपालकै प्रमुख पर्यटन गन्तव्य चन्द्रागिरी हिल्ससँग साझेदारी गरेको घोषणा गरेको छ। यस स…
सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन सरकारकाे सातदिने अल्टिमेटम
सरकारले सामाजिक सञ्जाललाई सूचीकरण हुन सातदिने अल्टिमेटम दिएकाे छ ।
सोमबार बसेकाे मन्त्…
पीसीआई एसएससीको क्षेत्रीय बोर्ड सदस्यमा नेपालको एससीटी चयन
नेपालको भुक्तानी प्रणाली सञ्चालक कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) पेमेन्ट कार्ड इन्डष्ट्री सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल (पीसी…