समाचार
नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा बोल्दै ओलीले नेपालको लोकेसन र वातावरण अनुकुलका कारण डिजिटल वर्क सेन्टर बन्न सक्ने बताएका हुन् ।
‘नेपाल कुलिङ सेन्टर नै हो । हामीसँग चिसो र प्रविधि अनुकुल वातावरण छ । ग्रीन उर्जा पनि पर्याप्त छ,’ ओलीले भने, ‘नेपाल ‘डिजिटल सेन्टर’ हुन सक्छ । डिजिटल वर्क यहाँबाट गर्न सकिन्छ ।’
डिजिटल पूर्वाधारका लागि उर्जा र कुलिङ एकदमै महत्त्वपूर्ण भएको अवस्थामा नेपाल त्यसका लागि उपयुक्त गन्तव्य बन्न सक्ने ओलीको भनाइ थियो ।
देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा आइसिटीको योगदानलाई २ प्रतिशत पुर्याउने समेत उनले बताए । नयाँ पुस्ता सूचना प्रविधिमा अब्बल रहेको बताउँदै उनले आवश्यक सहयोग र सहजीकरण गर्नका लागि सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिए ।

सुशासन र विकासमा आइसिटीको आवश्यकता औल्याउँदै ओलीले प्रविधिको विश्व विकासमा नेपाल सँगसँगै रहेको बताए । ‘नेपाल विश्वभन्दा पछाडि छैन् । हामी सँगसँगै हिडिरहेका छौं । जुन बेला कम्प्युटर सुरू भयो त्यसबेला पछाडि थियौं । अब अहिले दुनियाँ सँगैसँगै छौं । हामीले अरूले बनाएका प्रडक्ट प्रयोग गर्ने मात्र होइन, बनाएका छौं र अझै त्यसमा जोड दिनुपर्छ,’ उनले थपे ।
कार्यक्रममा बोल्दै उनले आफुले समेत एआईको प्रयोग गर्दै आइरहेको जानकारी दिएका थिए । विभिन्न जानकारी लिन मैले पनि एआईको मद्दत लिन्छु । च्याटजीपीटीलाई सोध्यो भने सबै भन्छ । नेपालले पनि एआई नीति ल्याइसकेको छ ।’
डिजिटल नेपाल फ्रेमवर्क २.० मार्फत नेपाल डिजिटल युगको नयाँ चरणमा प्रवेश गर्ने उनको भनाइ छ ।
समाचार
एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल सङ्ग्रहालय विमोचन
एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार सङ्ग्रहालयको साझेदारीमा सङ्ग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय …
चीनलाई ब्ल्याकवेल चिप बेच्न दिने ट्रम्पको संकेत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आफ्नो अर्को पुस्ताको एडभान्स्ड जीपीयू चिपको स्केल-डाउन भर्जन बेच्न अनुमति दिन सक्ने बताएका…
अब किसान साकोसको एपबाटै स्थानीय उत्पादन किन्न र बेच्न पाइने
किसान बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई मोबाइलको एपबाट व्यवसाय प्रवर्द्धन सेवा (Business Development Service -…
सामसुङ नेपालले स्मार्टफोन मर्मतका लागि सुरू गर्यो मनसुन क्याम्प
मनसुनको मौसमसँगै बढ्ने चिस्यान र पानीका कारण मोबाइलको चार्जिङ पोर्टमा हुने क्षतिलाई ध्यानमा राख्दै सामसङ नेपालले मनसुन क्याम्प सञ्चालनमा ल्याएको छ । यो ग्राहक…
प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ सम्पन्न
काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजित ‘प्रेसिडेन्सियल इन्नोभिस्टा-२०२५’ टेक तथा बिजनेस कार्…
गलत उमेर लेख्ने खाताहरूमा कडाइ: युट्युबले एआईदूारा ‘अन्डर–१८’ प्रयोगकर्ता पत्ता लगाउने
युट्युब अब ती बालबालिका र किशोरहरूमा नियन्त्रण कडा गर्न जाने क्रममा छ जो साइन-अप गर्दा आफ्नो उमेर गलत भरेका हुन्छन्। कम्पनीले १३ …
डिशहोम र लेक साइड रिट्रिटबीच विशेष छुटका लागि साझेदारी
डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग नयाँ सा…
डिजिटल नेपाल कन्क्लेभ २०२५ को डिजिटल एजुकेसन पार्टनरमा निमा एजुकेसन फाउन्डेसन
डिजिटल शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था निमा एजुकेसन फाउन्डेसनले डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्य गरेको छ । यससँगै डिजिटल नेपाल कन्क्लेभ २०२५ म…
च्याटजीपीटी ५ : कोडिङ, लेखन र तथ्य-जाँच क्षमतामा सुधार
ओपनएआईले आफ्नो अत्याधुनिक कृत्रिम बुद्धिमत्ता मोडेल च्याटजीपीटी-५ को सार्वजनिक गरेको छ । ओपनएआईका अनुसार, यो मोडेल अघिल्ला संस्क…
द सोल्टी होटल्स एण्ड रिसोर्टमा एससीटी युनियन पे कार्डका ग्राहकहरूलाई छुट
नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै प्रथम ५ ता…
टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’
टिकटकले आज नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्र…
मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक
मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको छ। …
विन्डोज १० प्रयोगकर्ताका लागि माइक्रोसफ्टको एक्स्टेन्डेड सिक्योरिटी अपडेट सुरक्षा प्याच एक वर्ष थप
यदि तपाईं विन्डोज १० प्रयोगकर्ता हुनुहुन्छ भने यो खबर तपाईंका लागि अत्यन्त आवश्यक छ। माइक्रोसफ्टले १४ अक्टोबर २०२५ पछि विन्डोज १० …
भिसाले नेपालमा खोल्यो कार्यालय, थापा नेपाल प्रमुखमा नियुक्त
विश्वकै अग्रणी डिजिटल पेमेन्ट कम्पनी भिसा इंकले नेपालमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। काठमाडौंमा स्थापित उक्त कार्यालयमार्फत …
मानसिक स्वास्थ्य र प्रयोगकर्ता सन्तुलनका लागि ओपनएआईले च्याटजीपीटीमा थप्यो ब्रेक रिमाइन्डर फिचर
गेमिङ वा सोसल मिडिया एप जस्तै अब मानिसहरूलाई च्याटजीपीटीको लत लाग्न थालेको छ। ओपनएआईका अनुसार, मानिसहरू च्याटजीपीटीमा घण्टौं…