कीवर्डहरू -

समाचार

न्यु समिट कलेजले ‘टेक ट्रीक्स २०१८\'आयोजना गर्दै

एसआईटीएस ( Society of Information technology students ) को सहयोगमा न्यु समिट कलेजले टेक ट्रिक्स २०१८ आयोजना गर्ने भएको छ। यो एउटा टेक एक्स्पो हो । यहाँ टेक्नोलोजीको क्षेत्रमा संलग्न भएका विभिन्न ब्यक्तीहरुलाई अभीप्रेरित गर्ने उद्देश्यले धेरै सेसन तथा प्रोग्रामहरु सन्चालन गरिन्छ । र साथमा अन्तकृया समेत गरिन्छ ।

उक्त एक्स्पो जेठको १५ र १६ गते संचालन हुनेछ यसका साथै समय १२ बजे  देखि ३ बजे  सम्म रहनेछ । ह्याकथन,प्रोजेक्ट डेमोन्स्ट्रेसन,जब प्लेसमेन्ट,गेमिंग सेसन,नेटवर्किंग तथा करियर काउन्सीलिंग गरि यो मेन इभेन्टलाई जम्मा ६ वटा सेसनहरुमा बिभाजन गरिएको छ । यसरि मेन इभेन्टमा जम्मा तीन हजार भिजिटरहरुको सहभागिता रहने अनुमान गरिएको छ ।

हरेक मुख्य कार्यक्रम गरिनुभन्दा अघि जहिले पनि प्रि-इभेन्टहरु संचालन गरिन्छ । यसले गर्दा सहभागी तथा आयोजकहरु बिचमा अन्तरक्रिया गर्न सहज हुन्छ । यसैलाई मध्यनजर गरेर टेकट्रिक्स २०१८ संचालन गरिनुभन्दा अघि हफ्ताको फरकमा सात वटा प्रि-इभेन्टहरु संचालन गरिने छ । कलेजले SEO,Data Service,Ui/UX, Wordpress  Theme Development,Android App Development,Soft Skill and Business Development,Game Development लगायतका ७ वटा प्रि-इभेन्टहरु राखेको छ । यी प्रि-इभेन्टहरु मध्येमा तीनवटा प्रि-इभेन्टहरु संचालन भैसकेका छन ।

\"\"

इभेन्टको मुख्य  हाइलाइट भनेको टेक ट्रिक्स हो । उक्त इभेन्टमा संचालन हुने ६ वटा सेसनको बारेमा तल चर्चा गरिएको छ ।

ह्याकथन :

नेपालमा ह्याकथन इभेन्ट बिगत एक दशकबाट संचालन भइ आएको मानिन्छ । सयौको संख्यामा प्रोग्रमर्स,सफ्टवेयर तथा इन्टरफेस डिजाइनर,सिस्टम तथा वेभ डेभलपर्स एकै मंचमा आफ्नो सिप देखाउनको लागि उपस्थित हुन्छन । यसमा काठमाण्डौ भरका आइटी कलेजहरुको सक्रिय सहभागिता रहनेछ ।

प्रोजेक्ट डेमोन्स्ट्रेसन:

यो सेसनलाई प्रोजेक्ट डेमोन्स्ट्रेसन र प्रोडक्ट डेमोन्स्ट्रेसन गरि दुइ भागमा विभाजन गरिएको छ ।विभिन्न कलेजका बिद्यार्थीहरुले सहभागिता जनाउने छन् । पिपिटि द्वारा प्रोजेक्टहरु प्रस्तुत गर्नेछन् ।यसका साथै स्टार्टअपहरुले पनि आफ्नो स्टार्टअप प्रडक्ट मासको अगाडी प्रदर्शन गर्न सक्छन ।

जब प्लेसमेन्ट :

इभेन्टमा इम्प्लोयरहरुले पनि कम्पनिको लागि कर्मचारीको आवश्यकता सम्भवत : पुरा गर्न सक्छन् । अर्थात् यो इभेन्टको एउटा मुख्य उद्देश्य पनि जब सीकर्सलाइ जब अफरिंग इन्टर प्राइज सँग कन्ट्याक्ट गराउनु पनि हो ।

गेमिंग सेसन :

गेम मन पराउनेहरुका लागि यो इभेन्टमा फिफा तथा डोटा जस्ता पपुलर गेमको कम्पिटिसन छ । यो सेसनले सहभागीहरुलाइ मनोरन्जन प्रदान गर्दछ , यसकारण इभेन्टप्रति धेरै भन्दा धेरै सहभागीहरु आकर्षित हुन्छन् ।

नेटवर्किंग सेसन :

नेटवर्किंगको लागि टेकट्रिक्स एउटा सक्रिय क्षेत्र हो । यो कार्यक्रममा धेरै भन्दा धेरै सहभागीहरुले एक आपसमा अन्तरक्रिया गर्ने भएका कारण भबिस्यमा पनि कनेक्ट भइरहन्छन् । यसप्रकार यो इभेन्टले सहभागीहरु बीचमा नेटवर्किंगको काम गर्छ ।

करियर काउनसीलिंग :

यो सेसनमा विद्यार्थीहरुलाइ करियर काउन्सेलरले सल्लाह तथा सुझाव दिने गर्द्छन् । प्रोफेसनल लाइफमा कसरि अगाडी बढ्ने आदिका बारेमा सुझाब समेत दिइन्छ ।

समाचार

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।

उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु …

के के छन परिस्कृत नयाँ स्मार्टफोनका फिचरहरु ?


एनएफसी
एनएफस…

मोरङमा विद्यालयको कम्प्युटर चोरी गर्ने ३ जना पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका ५ स्थित श्री मावि भौसाबारी स्कुलको कम्प्युटर चोरी गरेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कान…

कर्णाली प्रदेशका ८ जेहेन्दार विद्यार्थीलाई एनआइसी एसिया बैंकको छात्रवृत्ति

एनआइसी एशिया बैंकले ६ प्रदेश कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम  छात्रवृत्ति वितरण गरेको छ ।

उक्त छात्रवृत्ति विद्य…

दर्जनौ कम्पनीको डाटा चोरेको अभियोगमा इजोनले दायर गर्यो मुद्दा, पुर्व कर्मचारी कमल पाठक पक्राउ

८५ कम्पनीको डाटा चोरी गरी क्षति पुर्याएको आरोपमा क्लाउड नेपाल आइटी नामक कम्पनीका सञ्चालक कमल पाठकलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ…

वैशाखदेखि रारामा फ्रि वाइफाइ

२५ मेगापिक्सेल फ्रण्ट क्यामेरा सहितको एफसेवेन सार्वजनिक गर्ने ओपोको तयारी

सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो सेल्फी एक्स्पर्ट सिरिजमा आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको  नयाँ स्मार्टफोन एफसेवेन सार्वजनिक गर्ने तयारी गरे…