समाचार
गुगलले हामीले सर्च गरेका हरेक कुरा कसरि पत्ता लगाउँछ ?
जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ । प्राय: हामीले देख्छौँ कि जब हामि केहि कुराहरु सर्च गर्नको लागि टाइप गर्छौ, गूगलले ती कुराहरुको बारेमा सुझाब देखाउँछ ।जसले गर्दा हाम्रो समय बचत हुन्छ र हामीलाई सर्च गर्न पनि सहज हुन्छ ।
तर यो पुरै प्रक्रियामा गुगलले कसरि काम गर्छ,तपाइलाई शायदै थाह होला । यदि थाह छैन भने हामि तपाईलाई बताउन गइरहेका छौं । ताकि यसपछि तपाइले गूगलमा केहि टाइप गर्नु भयो र त्यसले सर्चको विकल्प दियो भने तपाइलाई यसको कारण थाह होस् ।
गूगल कुनै पनि सर्च रिजल्टलाई मात्रै ०.०३ सेकेन्डमा पुरा गर्छ । गूगलले गलत र तपाइको काम नआउने शब्दहरुलाई हटाउँछ ।
भर्खरै अनुभवी सर्च कम्पनि गूगलले एउटा ब्लग पोस्टमा बताएको छ कि 'अटो कम्प्लिट प्रेडिक्सन'ले कसरि काम गर्छ ।उक्त पोस्टमा यो पनि बताइएको छ,कि कुन मापदण्डको आधारमा गूगल ती शब्दहरुलाई हटाउँछ,जुन शब्दहरु तपाइको काम आउँदैनन् ।
'अटो कम्प्लिट प्रेडिक्सन'को बारेमा बताउनु भन्दा अघि ‘ गूगल सर्च ’ को सल्लाहकार डेनी सुल्लीभनले बताए कि यो बुझन जरुरि छ कि जब तपाइ सर्च गर्नुहुन्छ तब युजरले के सर्च गर्न गर्न चाहन्छ भन्ने कुराको गूगलले अनुमान लगाउँछ । तर गूगलले तपाइले खोज्न चाहानु भएको शब्दहरु आँँफै सर्च गरेर निकाल्छ भन्ने होइन,किनकि
गूगल सर्चका सल्लाहकारका अनुसार गूगलले प्लाटफर्ममा सम्बन्धित शब्दसँग जोडिएका रियल सर्च तथा ट्रेण्डमा रहेका शब्दहरुलाई सुझाबको रुपमा देखाउँछ । यसमा गुगलमा गरिएको सर्चको स्थान,यसअघि गरिएको सर्चमा पनि निर्भर रहन्छ ।
उदाहरणको लागि यदि तपाइले 'Penns' टाइप गर्नुभयो भने,गूगलको एल्गोरिद्म तपाईको सम्बन्धित सर्चमा 'P ennsylvania' देखाउँछ । यसका साथै अन्य शब्दहरु टाइप गर्नुभयो भने गूगलको एल्गोरिद्मले अरुनै शब्दहरु प्रेडिक्सन गरेर देखाउँछ ।
गूगल ती शब्दहरुलाई प्रेडिक्सन गर्दैन्,जुन शब्दहरुमा हिंसा,घृणा तथा कामुक शब्दहरुको प्रयोग हुन्छ । पिसीमा तपाइले सर्च बारमा १० प्रेडिक्सन र मोबाइलमा ५ प्रेडिक्सन देख्न सक्नु हुन्छ
समाचार
आइसिटीमा महिलाको सशक्तिकरण गर्न आवश्यक : विज्ञहरु
काठमाडौं । हरेक वर्षको अप्रिल २६ मा मनाइने ‘इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ नेपालमा पनि मनाइएको छ । आज काठमाडौंस्थित प्रज्ञाभवनमा नेपाल दूरसञ्च…
ट्याक्सीलार्इ ‘अनलाइन बुकिङ’र ‘मिटर बिलिङ’अनिवार्य गर्ने यातायात व्यवस्था विभागको तयारी
सरकारले ट्याक्सीहरुलाई पनि अनिवा…
नेपाली बजारमा ओपो एफ सेभेन, २५ मेगा पिक्सलको क्यामेरा
आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) सुविधा सहितको नयाँ ओपो एफसेवेन सेल्फी एक्स्पर्ट सिरिजमा नयाँ उत्पादनका रुपमा रहेको छ । सेल्फीलाई थप वास्तविक, प्राकृ…
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा, ग्रुप अन्तर्गत दर्जन बढी कम्पनि संचालनमा
आईएमएस् ग्रुप स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ । ग्रुपले २६ वर्ष पुगेको अवसरमा राष्ट्रिय सभागृह २६ औं वार्षिकोत्सव विशेष समारोहको आयोजना गरेको थियो ।
ब्रिटिस अल्फा बेटा कप २०१८ः इन्टर कलेज फुटसल टोर्नामेन्ट
‘द ब्रिटिस कलेज’ र ‘अल्फा बेटा इन्सिट्युट प्राइभेट लिमिटेड’ को संयुक्त आयोजनामा ‘ब्रिटिस अल्फा बेटा कप २०१८ः अन्तर कल…
सामसुङ एस ९ प्लस अब १२८ जिबी स्टोरेजमा
नेपालको सबैभन्दा विश्वसनीय तथा सर्वाधिक विक्री हुने ब्राण्ड सामसङ इलेक्ट्रोनिक्स्ले नेपाली बजारमा Samsung Galaxy S9…