कीवर्डहरू -

समाचार

वालमार्टले १६ अर्ब डलरमा किन्यो फ्लिपकार्ट

अमेरिकी कम्पनी वालमार्टले भारतको सबैभन्दा ठुलो अनलाइन रिटेलर फ्लिपकार्टको ७७ प्रतिशत सेयर कीनेको छ । कम्पनीको मुल्यांकन जम्मा २० दशमलब ८ अर्ब डलरको मुल्यांकन गर्दै वालमार्टले १६ अर्ब डलरमा उक्त कम्पनीको सेयर खरिद गरेको हो ।

फ्लिपकार्टको भारतभरमा १० करोड ग्राहक छन् । अमेजनका पुर्वकर्मचारी सचिव वन्सल र बिन्नी बन्सलले सन् २००७ मा फ्लिपकार्ट सुरु गरेका थिए । भारत संसारकै आकर्षक र ठुलो बजार भएका कारण भारतको फेसन,इलेक्ट्रोनिक्स र डिजिटल पेमेन्ट क्षेत्रमा फ्लिपकार्टको राम्रो उपस्थिति छ ।

यसकारण पनि वालमार्टले फ्लिपकार्ट खरिद गरेको हो ।

फ्लिपकार्टमा जापानी कम्पनी सफ्टब्यांकको पनि लगानी रहेको छ । भारतको बैंगलोरमा अवस्थित कम्पनीमा उक्त जापानी कम्पनीले साढे दुई अर्ब डलर लगानी गरेको छ । गत बर्ष साढे दुई अर्ब डलर लगानी गरेको सफ्टबैंकलाई फ्लिपकार्टको बिक्रिपछि ४ अर्ब डलर प्राप्त हुनेछ ।

\"\"

यो खरिद पछि फ्लिप्कार्टका अधिकांश लगानीकर्ता बाहिरिने छन् । यसमा संस्थापकद्वय वन्सल,चिनियाँ प्रबिधि कम्पनी टेनसेन्ट र माइक्रोसफ्ट पनि छन् ।

फ्लिपकार्ट भारतको अमेजनको रुपमा परिचित छ । यसका संस्थापकद्वयलाई भारतमा प्रेरणादायी  व्यक्तिको रुपमा चिनिन्छ । वालमार्टले फ्लिपकार्टको अधिकांश सेयर किन्ने निर्णय गरेको भएता पनि भारतीय आधिकारिक निकायबाट स्वीकृत हुन बाँकी छ ।

कतिपय भारतीयहरुले यो किनबेचको बिरोध पनि गरिरहेका छन्। बिदेशी कम्पनीलाई यसको बिक्रिले अनलाइन बजारमा भारतीय कम्पनीको पहुँच गुम्ने बिरोधिहरुको दाबी छ ।

सवा अर्ब जनसंख्या भएको भारत यस्ता अनलाइन किनबेच गर्ने प्लेटफर्मको लागि ठुलो सम्भावना भएको बजार हो ।जहाँ इन्टरनेट प्रयोगकर्ताहरुको संख्यामा पनि उल्लेख्य मात्रामा बृद्धि भइरहेको छ । भारत सरकारले पनि डिजिटल इन्डियाको नारा दिएर आफ्ना जनतालाई प्रविधिसँग अभ्यस्त गराउने प्रयाश गरिरहेको छ ।

गत बर्ष भारतभर अनलाईनको माध्यमबाट २१ अर्ब डलर बराबरको किनबेच भएको थियो ।यसमा फ्लिपकार्टको हिस्सा ३ अर्ब डलर थियो । भारतमा ठुलो जनसंख्या भएका कारण आगामी बर्षहरुमा अनलाईन किनबेच अझ बढ्न सक्ने अनुमान गरिएको छ ।(कान्तिपुर)

समाचार

रेनो क्याप्चर नेपाली बजारमा आउँदै , प्रि बुकिङ्ग खुल्ला

एड्भान्स अटोमोवाइल प्रालि –बिशाल ग्रुप अन्र्तगतको कम्पनी)ले रेनोको बहुप्रतिक्षित एसयुभी क्याप्चरको नेपाल अधिराज्य भरि प्रि बुकिङ्ग खुल्ला गरेको छ । नेपाली …

दराजलाई अलिबाबाले गर्यो खरिद, इकमर्शको बजार विस्तार हुने अपेक्षा

विश्वमै ठुलो इ कमर्श कम्पनीको रुपमा विस्तारित भइरहेको अलिबाबाले नेपालमा दराज डटकम डटएनपी मार्फत बजारमा प्रवेश गर्ने भएको छ । पाकिस्तान, बङ्लादेश, श्रीलङ्का…

बुढानिकलकण्ठमा विद्युतिय शुसासन सम्वन्धी कार्यक्रम सम्पन्न, २ बर्षमा उल्लेख्य प्रगति हुने मेयरको दाबि

भर्याङ नेपाल र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा पहुचयुक्त विद्युतिय शुसासन सम्वन्धी वर्कशप सम्पन्न भएको छ । शुक्रवार पार्क भिलेज रिसोर्टमा आयोजना भएको कार्यक्…

सरकारको तर्फबाट मनाइयो आइसिटी दिवस, सूचना प्रबिधिले देशको सम्रिद्दीमा सहयोग गर्ने  

नेपाल सरकारको तर्फबाट पहिलो पटक आइसिटी दिवस मनाइएको छ । मे २ मा विगत ८ वर्षदेखि क्यान महासंघले मनाइरहेको आइसिटी दिवसलाइ सरकारले गत वर्ष राष्ट्रिय आइसि…

बुढानिकलकण्ठमा पहुचयुक्त शुसासन कार्यक्रम आयोजना हुदै

भर्याङ नेपाल नामक संस्थाले देशभर सरकारी कामकाज प्रविधिमैत्री बनाउनको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको जनाएको छ । पहिलो कार्यक्रमको रुपमा बैशाख २१ …