कीवर्डहरू -

समाचार

आइसिटी अवार्डमा ७ विधा, यसरी गर्नुहोस् अनलाइन रजिस्ट्रेशन

आगामी भदौ १ गते काठमाडौंमा आइसिटी अवार्ड २०१८ आयोजना हुँदैछ । विभिन्न ७ विधाका लागि हुने यो अवार्ड कार्यक्रममा आफूलाई मनपर्ने विधामा सहभागी हुन वा प्रतिस्पर्धा गर्न गत असार १ देखि १६ गतेसम्म अनलाइनरजिस्ट्रेशन गर्न सकिने व्यवस्था ल्याइएको छ ।

नेपालको आइसिटी क्षेत्रमा सम्भावना खोजी गर्ने मुख्य उद्धेश्यका साथ अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्न लिभिङ विथ आइसिटी म्यागेजिनले तीन वर्षदेखि नेपालमा राष्ट्रियस्तरको आइसिटी अवार्ड गर्दै आइरहेको छ ।

तेस्रो संस्करणसम्म आइपुग्दा विभिन्न ७ विधामा अवार्ड घोषणा हुने बताइएको छ । यसअघि दोस्रो संस्करणको आइसिटी अवार्डमा ४ विधामा आइसिटी अवार्ड गरिएको थियो भने पहिलो आइसिटी अवार्डमा स्टार्टअप कम्पनीहरुलाई अवार्ड वितरण गरिएको थियो ।

अवार्डमा के के छन् विधा ?
आइसिटी अवार्ड २०१८ मा ७ विधा समावेश गरिएको छ । यसअन्तर्गत बेष्ट स्टार्टअप आइसिटी अवार्ड, बेस्ट प्रडक्ट आइसिटी अवार्ड, आइसिटी पायोनियर अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, बेस्ट आइसिटी आन्ट्रप्रेनर अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड र आइसिटी जर्नालिस्ट अवार्ड रहेका छन् ।

बेस्ट आइसिटी स्टार्टअप अवार्ड २०१८
यो नेपालमा आइसिटीमा आधारित रही सुरु भएको व्यवसाय वा स्टार्टअपलाई दिइने अवार्ड हो । यसअन्तर्गत ३ वर्षभित्रका आइटी कम्पनीले प्रतिस्पर्धा गर्न सक्छन् ।
APPLY NOW

बेस्ट प्रडक्ट आइसिटी अवार्ड २०१८
यो नेपालमा हार्डवेयर वा सफ्टवेयरको क्षेत्रमा विकास भएको उत्कृष्ट वस्तु वा सेवालाई प्रदान गरिने अवार्ड हो । यसअन्तर्गत एक वर्षभित्रका आइटी प्रडक्टहरुको प्रतिस्पर्धा गराइनेछ ।
APPLY NOW

आइसिटी पायोनियर अवार्ड २०१८
यो नेपालको आइसिटी क्षेत्रको विकास र प्रवद्र्धनमा लामो समयदेखि योगदान दिइरहेका प्रतिष्ठित व्यक्तिलाई दिइने अवार्ड हो । यसअन्तर्गत १५ वर्षभन्दा बढी समय नेपालको आइटी क्षेत्रमा क्रियाशील व्यक्तिको नाम तपाई हामीले पनि अनलाइन फर्ममा सिफारिस गर्न सकिने छ ।
APPLY NOW

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१८
त्यस्तै नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१८ विदेशमा रही उत्कृष्ट काम गरिरहेका र अन्तराष्ट्रिय क्षेत्रमा नेपालको छवि कायम राख्न सफल एक व्यक्तिलाई दिइने छ । यसअन्तर्गत विदेशमा रहेर पनि नेपालको प्रविधि क्षेत्रमा योगदान दिने व्यक्तिलाई यस विधाका लागि सिफारिस गर्न सकिन्छ ।
APPLY NOW

बेस्ट आइसिटी आन्ट्रप्रेनर अवार्ड २०१८
त्यस्तै आइसिटी क्षेत्रमा उद्यमशीलता अपनाएर उदाहरणीय कार्य गर्न सफल एक जनालाई बेस्ट आइसिटी आन्ट्रप्रेनर अवार्ड प्रदान गरिनेछ । यस वर्ष थपिएको आइसिटी आन्टरप्रेनियर अवार्डमा कम्तीमा ५ वर्षदेखि कम्पनीको संस्थापक भएर काम गरिरहेका व्यक्तिहरु यो अवार्डका लागि प्रतिष्पर्धा गर्न सक्छन् ।
APPLY NOW

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८
सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको उच्च प्रयोग गरी डिजिटल गभर्नेन्समा उदाहरणीय काम गरिरहेको एक सरकारी संस्थालाई दिइयो अवार्ड हो । यसअन्तर्गत सूचना प्रविधिको सदुपयोग र व्यवस्थापन गर्दै सर्वसाधारणलाई छिटोछरितो सेवा दिने सरकारी निकाय वा संस्थाको नाम सिफारिस गर्न सकिन्छ ।
APPLY NOW

आइसिटी जर्नालिस्ट अवार्ड २०१८
अर्कोतर्फ पत्रकारितामार्फत् आइसिटी क्षेत्रको प्रवद्र्धन गरिरहेका पत्रकारहरुलाई आइसिटी पत्रकार अवार्ड वितरण गरिने छ । यसअन्र्तगत कम्तीमा ३ वर्षदेखि आइसिटी विधामा पत्रकारिता गरिरहेका पत्रकारहरु आफै सहभागी हुन वा अन्यले सिफारिस गर्न सक्ने छन् ।
APPLY NOW

कसरी गर्ने अनलाइन आवेदन ?
अनलाइन आवेदनका लागि वेबसाइट www.ictaward.org लगइन गरी त्यहाँ प्रस्तुत गरिएका क्याटेगोरिजबारे अध्ययन गर्दै नोमिनेसन वा आवेदन दिने क्याटेगोरिजको APPLY NOW मेनुमा क्लिक गरेपश्चात् आवेदन फर्म आउनेछ । उक्त फर्ममा उल्लिखित मापदण्ड तथा क्राइटएरियाअनुसार विस्तृत विवरण अनलाइनमार्फत बुझाउनुपर्नेछ ।

पहिलो पटक मोबाइल एप्लिकेसनबाटै अनलाइन आवेदन पनि बुझाउन सकिनेछ । यसका लागि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ICT Award सर्च गरी एप्लिकेसन डाउनलोड गरी आवेदन दिने विधामा क्लिक गरी अनलाइन फर्म बुझाउन सकिनेछ । असार १ देखि १६ गतेसम्म अनलाइन आवेदन खुला हुनेछ । अवार्डबारे सेलेक्सन प्रसेस तथा क्यालेन्डरसँगै सम्पुर्ण जानकारीहरु वेबसाइटमा उपलब्ध छ ।

कस्तो रहयो गतवर्षको अवार्ड ?
गतवर्ष पनि भदौ १ गते नै आइसिटी अवार्डको आयोजना भएको थियो । होटल याक एण्ड यतीमा भएको अवार्ड समारोहमा ४ सय बढी आइटी क्षेत्रका महत्वपूर्ण व्यत्तिहरुको उपस्थिति रहेको थियो । १३ दिन खुल्ला गरिएको रजिस्ट्रेसनमा स्टार्टअप कम्पनी अवार्ड र बेस्ट प्रडक्ट अवार्ड क्याटेगोरिजमा ५० भन्दा बढि कम्पनीहरुको नोमिनेशन दर्ता भएको थियो ।

सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि काम गरिरहेका जुरी सदस्यहरुले गरेको विभिन्न चरणको अन्तर्वार्ता, प्रिजेन्टेसनका साथमा अनलाइन भोटिङमार्फत ३र३ कम्पनी तथा प्रडक्टलाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्नेहरुमा कम्पनीका तर्फबाट पाइला टेक्नोलोजी, बसोबास प्राली, जेफ्टवेयर सोलुसन थिए भने प्रडक्टमा परी, एभरेष्टकास्ट र नेपाल भिआर रहेका थिए ।

यसैगरी १५ जनाभन्दा बढिको नोमिनेशनबाट प्रोफेसनल कम्प्युटर सिस्टमका संस्थापक सुरेशकुमार रेग्मीलाई आइसिटी पायोनियर अवार्ड २०१७ प्रदान गरिएको थियो । नेपाली डायस्पोरा अवार्डबाट गत वर्ष रेन इन्सेन्सन एनिमेशनका संस्थापक किरणभक्त जोशी सम्मानित भएका थिए । यसैगरी मिडिया तर्फबाट विश्वास रेग्मी, सरस्वती ढकाल, कृष्ण रिजाल र शिब बस्नेत सम्मानित भएका थिए ।

तत्कालिन सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेत, उद्योग सचिव शंकर कोइरालाको उपस्थिती रहको कार्यक्रमको मुख्य प्रायोजन नेटिस तथा फाल्कन इन्टरनेशनलले गरेको थियो । उक्त अवार्ड कार्यक्रममा रवि फुयाल, सुवास ढकाल, अश्गर अली, किशोर पन्त, हेमपाल श्रेष्ठ, मनोज शाक्य, नरोत्तम अर्याल जुरी समुहमा रहेका थिए । फाइनल कार्यक्रमको प्रत्यक्ष प्रशारण न्युज २४, विभिन्न अनलाइन, युट्युव र फेसबुकबाट समेत भएको थियो ।

समाचार

हिमालय कलेज अफ इन्जिनियरिङद्वारा सूचना सञ्चार प्रविधिमा रोजगारी, अवसर र चुनौति विषयक कार्यशाला सम्पन्न

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको आयोजनामा काठमाडौको याक एन्ड यति होटलमा सूचना सञ्चा…

ट्रिपल क्यामेरायुक्त बहुप्रतीक्षित हुवावे पि २० प्रो नेपाली बजारमा

हुवावेको सबैभन्दा नयाँ स्मार्टफोन हुवावे पि २० प्रो अब नेपालमा पनि उपलब्ध भएको छ । सबैभन्दा सुरुमा पेरिसको बजारमा भित्र्याइएको हुवावे पि २० प्रो ले स्मार्ट…

एभरेष्ट बैंक द्वारा विद्यालयलाई शैक्षिक साम्रगी बितरण

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ । यसै सिलसिलामा बैंकले सतुंगलमा अवस्थित सामुदायिक  श्री बिष्ण…

आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आइसिटिई क्लब सुर्खेतले घोषणा गर्यो आन्दोलनका कार्यक्रम

सुर्खेतको आइसिटिई क्लबले आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । आजको २१ औ शताब्दिमा आइपुग्दा र अन्र्तराष्ट्रिय जगत प्रविधि…

राजधानीमा २ दिने क्यान आइसिटी कन्फ्रेन्स सुरु

काठमाडौं । क्यान महासंघको आयोजनामा राजधानीमा 'सुबिसु क्यान आइसिटी सम्मेलन २०१८' सुरु भएको छ ।स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नाम दि…

एमआईटीले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्  

अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) क…

टेलिकमको पोष्टपेड मोबाइलमा आईएसडी सुविधा आफैले लिन सकिने

नेपाल टेलिकमको जीएसएम तथा सीडीएमए पोष्टपेड मोबाइलमा अब अन्तर्राष्ट्रिय कलका लागि आईएसडी ९क्ष्क्म्० सुविधा सेवाग्राही आफैले लिन सक्ने भएका छन् । यो सेवा आज (…

पहिलो वर्डक्याम्प पोखरा २०१८ आगामी मंसिरमा हुने

वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा’ पहिलोपटक हुने भएको छ । वर्डप्रेस पोखराको आयोजनामा आगामी मंसिर ८ गते शनिबार (नोभेम्बर २४)म…

हाम्रो पात्रोले ल्यायो विश्वकपको लाइभ अपडेट दिने \'फुटवल वर्ल्ड २०१८\' मोबाइल एप