समाचार
काठमाडौंमा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ सञ्चालन हुँदै
काठमाडौं । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ शनिबार काठमाडौंको होल र्याडिसनमा सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ सुरु हुँदैछ ।
‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने मूल नारासहित हुने समिटमा एक सय ७० जना भन्दा बढी सहभागी हुँदै छन् भने साइबर सेक्युरिटीका देशविदेशबाट विज्ञ र जानकारहरुले कि नोट स्पिच, प्रजेन्टेशन र प्यानल डिस्कसनमा भाग लिदैछन् ।
विश्वप्रसिद्ध आइटी र नेटवर्किङ कम्पनी सिस्कोको मुख्य प्रायोजन तथा टेक्सास इन्टरनेशनल कलेज, लगप्वइन्ट, चेकप्वइन्ट, कास्परस्की लगायतको सहप्रायोजनमा हुने यस ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ मा सूचना प्रविधि क्षेत्रमा आबद्ध व्यवसायीक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीहरुका साथमा आइटी विद्यार्थीहरुको सहभागिता हुनेछ ।
समिटको पहिलो दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र राष्ट्रिय कृषि तथा अनुसन्धान केन्द्र (नार्क) मा प्रि–समिट वर्कसप आयोजना गरिएको छ।
वर्कसपमा ‘साइबर सेक्युरिटी टेक्नोलोजी’ र ‘साइबर सेक्युरिटी क्याप्चर द फ्ल्याग (सिटिएफ)’ विषयमा सहभागीहरुलाई विभिन्न विधाका विज्ञहरुले क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए।
शनिवार दोस्रो दिन विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुने एनपीसर्ट अध्यक्ष एवं समिटका संयोजक चिरञ्जिवी अधिकारीले जानकारी दिए ।
‘विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने छ,’ अधिकारीले भने ।
समिटमा साइबर सेक्युरिटीसम्बन्धी पूूर्वाधार निर्माण गर्न विश्वव्यापी रुपमा भइरहेका अभ्यासहरुको जानकारी समेत दिइने उनले बताए । समिटमा साइबर सुरक्षाका जोखिम न्यूनिकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टको लागि आधार तयार पार्नेलगायतका विषयमा गम्भीर छलफल हुनेछ ।
समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र की–नोट लेक्चर रहने जानकारी दिइयो । यो अवसरमा सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, सरकारी अधिकारीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरुबिच अन्तरक्रिया गर्न सक्नेछन् ।
यो समिटलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, क्यान महासंघ, इन्टरनेट सोसाईटी, नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।
समिटको की–नोट स्पिकरमा आइक्यानका एसिया प्यासिफिक स्ट्याबिलिटी एन्ड रिजलेन्स म्यानेजर चाम्पिका वाइजायातुङ्गा र सिस्कोको भारत तथा सार्क क्षेत्र हेर्ने पार्टनर बिजनेश ग्रुपका सेक्युरिटी लिड विवेक श्रीवास्तव रहेका छन् । यसका साथमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुको समिटमा प्रस्तुति रहनेछ ।
समाचार
पहिलो पटक नेपालमा एङ्गुलर प्रोगामीङ् सम्मेलन सम्पन्न
नेपालमा पहिलो पटकएङ्गुलर प्रोगामीङ् सम्मेलन यहि २०७५ साउन ५ गते यल्लो प्यागोडा होटल, काठमाडौँमा सम्पन्न भईको छ । यो सम्मेलन काठमाडौँसगैँ पोखरा, बुटवल, विरग…
ओपो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा अगष्ट ४मा उपाधी विजेता घोषित हुने
सेल्फी एक्स्पर्ट तथा लिडर,ओपोद्वारा प्रमुखप्रायोजन गरिएको नेपालकै पहिलो अन्तरराष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगीवुगीसिजन–१ कार्यक्रम…
नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुँदै
काठमाडौं । साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्धेश्यका साथ यही साउन ११ र १२ गते राजधानीमा सिस्क…
६०औं प्रहरी संचार दिवस २०७५ सम्पन्न, संचार उपयोगी एप्लिकेशनहरु सार्बजनिक
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच ६०औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सोहि अवसरमा…
फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ \'बक्स अफिस प्रणाली\' लागू
सरकारले फिल्म क्षेत्रमा आजदेखि ई–टिकेटिङ÷बक्स अफिस प्रणाली लागू गरेको छ । चलचित्र विकास बोर्डमा आज आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकु…
एनआईसी एशिया बैंक लिमिटेडकोे Missed Call Banking सुचारु
एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गर…
बोटलर्स नेपाल लिमिटेड आईक्यानको ‘वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७’ उत्कृष्ट बिजेता अवार्डद्वारा सम्मानित
इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाल लिमिटेडलाई “वेस्ट प्रिजेन्टेड एनुयल रिपोर्ट अवार्ड २०१७” द्वारा सम्मान गरेको छ ।…
ओपोद्वारा यूके प्रवेशको घोषणा
सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले बजार विस्तारका क्रममा छिट्टै नै यूकेमा आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । यूकै स्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन य…
साउन १ देखि बढ्दैछ टेलिकम र इन्टरनेट सेवाको शुल्क
साउन १ गते मंगलबारदेखि इन्टरनेट र फोन सेवाहरुको शुल्क बढ्ने भएको छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा शुल्क बढाउने निर्णय गरेसँगै इन्टरनेट सेवाप्रद…
भोलीदेखि नेपाल टेलिकमको मनसुन अफर, रेट समायोजन
नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने केहि सेवामा टेलिकम सेवा शुल्क (टि.एस.सि) समायोजन गर्ने भए पनि…
बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला
DishHome ) र सिम्पल मिडिया नेटवर्क प्रा.लि. (
पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य
अगस्ट २०१८ मा पोकेमन फ्यानका लागि हेलो पिका रोबट टोव्य जापानको बजारमा आउने भएको छ । यो प्रक्रियात्मक रोबट हो जसलाई प्रक्रियात्मक प्रविधिको उपज भन्न सकिन्छ । य…
मोटोरोलाको मोटो इ ५ प्ले स्माट्फोनको एन्ड्रोई गो भर्जन जुलाई १४ देखि बजारमा
आधुनिक युगमा स्माट्फोन प्रयोकर्ताहरु विश्वमा नै वृद्घि भईरहेको अवस्थामा मोटोरोलाले मोटो इ ५ प्लेको एन्ड्रोई गो भर्जन जुलाईमा युरोप र ल्याटिन अमेरीकाको बजारमा …